Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा प्रहरीले उनलाई आइतबार बिहान महाराजगन्जस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिएको हो। एक उच्च प्रहरी अधिकारीका अनुसार उजुरीका आधारमा जबरालाई नियन्त्रणमा लिइएको हो। यद्यपि, उनीविरुद्ध परेको उजुरीको विषयवस्तु र आरोपबारे प्रहरीले विस्तृत जानकारी सार्वजनिक गरेको छैन। जबराले २०७५ पुस १८ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए। उनको कार्यकालमा २०७८ फागुन १ गते संसद्मा महाभियोग प्रस्ताव दर्ता भएको थियो। महाभियोग प्रस्ताव दर्ता भएसँगै निलम्बनमा परेका जबराविरुद्धको प्रस्ताव संसद्बाट पारित हुन सकेन। तर, त्यसपछि पनि उनी सर्वोच्च अदालतमा फर्किन पाएनन्। निलम्बित अवस्थामै उनको प्रधानन्यायाधीशको कार्यकाल समाप्त…
धनगढी । आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रहरी कार्यालय बाजुरा सुदूरपश्चिम प्रदेशकै सर्वोत्कृष्ट जिल्ला प्रहरी कार्यालय घोषित भएको छ। कार्यालयबाट सम्पादित विभिन्न कार्यको मूल्यांकनका क्रममा जिल्ला प्रहरी कार्यालय बाजुराले उच्चतम अंक हासिल गर्दै निर्धारित लक्ष्य पूरा गरेपछि प्रदेशकै पहिलो हुन सफल भएको हो। कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट नतिजा हासिल गरेपछि जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहरासहित सम्पूर्ण प्रहरी टोलीलाई बधाई तथा शुभकामना व्यक्त गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईले कार्यसम्पादन मूल्यांकनमा सर्वोत्कृष्ट हुन सफल भएकोमा डीएसपी बोहरा तथा जिल्ला प्रहरी कार्यालय बाजुरा परिवारलाई बधाई दिएका छन्। डीआईजी…
फलामको डण्डीले सहकर्मीको हत्या, भाग्दै गरेका जावेदलाई इन्स्पेक्टर सुवेदीको टोलीले समात्यो
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ चिसापानीस्थित ग्यारेजमा फलामको डण्डी प्रहार गरी सहकर्मीको हत्या गरेको आरोपमा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ। भारतको मोतिहारी जिल्ला घर भई हाल चिसापानीस्थित सोही ग्यारेजमा काम गर्दै आएका ५० वर्षीय लालवचन शाहको फलामको डण्डी प्रहारबाट मृत्यु भएको हो। प्रहरीका अनुसार भारतको बेतिया जिल्ला घर भएका तथा सोही ग्यारेजमा काम गर्ने ३२ वर्षीय जावेद आलमले गएराति मादक पदार्थ सेवन गरी शाहको टाउकोमा फलामको डण्डी प्रहार गरेका थिए। गम्भीर घाइते शाहलाई तत्काल उपचारका लागि आँबुखैरेनी अस्पताल लगिएको थियो। अस्पताल पुर्याइएका शाहलाई चिकित्सकले राति ८ः३५ बजे मृत घोषणा गरेका थिए। घटनापछि आलम फरार भएका थिए। घटना लगत्तै…
रौतहट । मधेश प्रदेश र कोशी प्रदेश सरकारबीच आर्थिक तथा वित्तीय क्षेत्रमा सहकार्य र समन्वय गर्ने समझदारी भएको छ । दुई प्रदेशले बजेट, राजस्व प्रशासन, सार्वजनिक वित्तीय व्यवस्थापन, रोजगारी, लगानी तथा पर्यटन प्रवर्द्धनदेखि विपद् व्यवस्थापनसम्म सहकार्य गर्ने भएका छन् । मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराई र कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बिदुर कुमार लिङ्थेपले शुक्रवार समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । अर्थमन्त्री भट्टराईका अनुसार समझदारीअनुसार प्रत्येक आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउनुभन्दा कम्तीमा तीन महिनाअघि दुवै प्रदेशले साझा प्राथमिकता, संयुक्त कार्यक्रम, राजस्व तथा आर्थिक नीतिका विषयमा पूर्व-बजेट परामर्श गर्नेछन् । बजेट र राजस्वमा साझा रणनीतिदुवै प्रदेशले सार्वजनिक…
काठमाडौं । कलंकी क्षेत्रमा बसेर ठेक्कापट्टाको काम गरेबापत रकम माग्दै ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुरको चौदण्डीगढी गाउँपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–१४, कलंकी बस्ने ३० वर्षीय भुपाल जंग खड्का रहेका छन्। प्रहरीका अनुसार खड्काले ठेक्कापट्टाको काम गरेबापत रकम नदिए ज्यान लिने धम्की दिँदै अश्लील शब्द प्रयोग गरी फोन तथा म्यासेजमार्फत रकम माग गरेको आरोपमा उनीविरुद्ध प्रहरी वृत्त थानकोटमा जाहेरी परेको थियो। जाहेरीपछि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले असोज २ गते कलंकी क्षेत्रबाट खड्कालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका…
काठमाडौं । नारायणी नदी र दरमखोलामा जलसतहले सतर्कता तह पार गरेको छ। जलसतह निरन्तर बढ्दो क्रममा रहेकाले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाले आज बिहान ६ः५० बजे सूचना जारी गर्दै चितवनको देवघाटस्थित नारायणी नदी र बागलुङको वामिटक्सारस्थित दरमखोला जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको जनाएको हो। जलसतह बढ्दो क्रममा रहेकाले नदीको तल्लो तटीय क्षेत्र तथा डुबान भइरहने स्थानका बासिन्दालाई आज बेलुकासम्मै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। महाशाखाले नदी किनार तथा आसपासका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सम्भावित जोखिमप्रति सचेत रहन समेत अनुरोध गरेको छ।
सेफ्टी ट्याङ्कीमा आफैं पसेर नागरिकको ज्यान जोगाउने इन्स्पेक्टर रिमाल कोशीकै ‘सर्वोत्कृष्ट प्रहरी’
विराटनगर । जोखिमपूर्ण अवस्थामा आफैं सेफ्टी ट्याङ्कीभित्र प्रवेश गरेर अचेत अवस्थामा रहेका एक नागरिकको सकुशल उद्धार गरेका इलाममा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिवश रिमाल कोशी प्रदेशकै ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएका छन्। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले रिमाललाई भदौ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको हो। इलाम नगरपालिका–७, कुलधारास्थित कुवेरप्रसाद शर्माको घरमा रहेको सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा सोही स्थानका ४७ वर्षीय रामसी डोम ट्याङ्कीभित्र अचेत अवस्थामा रहेको सूचना पाएपछि प्रहरी निरीक्षक रिमालको नेतृत्वमा प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। उद्धारका क्रममा रिमाल स्वयंले जोखिम मोलेर सेफ्टी ट्याङ्कीभित्र प्रवेश गरी अचेत अवस्थामा रहेका डोमलाई सकुशल बाहिर निकालेका थिए। कर्तव्य निर्वाहका क्रममा उच्च…
बाढीले बेपत्ता बनाएकी ऋचाको लोकसेवामा पहिलो प्रयासमै सफलता, परिवारको एउटै प्रार्थना-‘छोरी सकुशल फर्किऊन्’
मोरङ । भोटेकोशी बाढीपछि बेपत्ता रहेकी इन्जिनियर ऋचा निरौलाले लोकसेवा आयोगको परीक्षामा पहिलो प्रयासमै सफलता हासिल गरेकी छन्। तर, उनको सफलताको खबर परिवारका लागि खुसीभन्दा बढी पीडादायी बनेको छ—किनकि ऋचा अझै परिवारको सम्पर्कमा छैनन्। लोकसेवा आयोगले असोज ८ गते सार्वजनिक गरेको लिखित परीक्षाको नतिजामा ऋचाको नाम क्रम संख्या १२ मा समावेश भएको छ। उनले सब–इन्जिनियर पदका लागि परीक्षा दिएकी थिइन्। मोरङको पथरी शनिश्चरे–७ स्थायी घर भएकी ऋचा पछिल्लो ६ महिनादेखि २१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको प्लानिङ सेक्सनमा इन्जिनियरका रूपमा कार्यरत थिइन्। भदौ १० गते आएको भोटेकोशी बाढीपछि आयोजनामा कार्यरत ऋचासहित केही व्यक्ति बेपत्ता भएका थिए। त्यसयता उनको परिवार…
वीरगञ्ज । पर्साको वीरगञ्जस्थित बहुअरी क्षेत्रमा भारतीय नम्बर प्लेटका मालवाहक सवारीसाधनलाई लक्षित गरी ट्राफिक प्रहरीले अनधिकृत रकम असुल्ने गरेको आरोप लागेको छ। एकीकृत जाँच चौकी (आईसीपी) अलौबाट भन्सार जाँचपास भएर निस्किएका भारतीय नम्बरका मालवाहक गाडीलाई बहुअरी क्षेत्रमा रोकेर ओभरलोडको बहाना बनाउँदै रकम माग्ने गरिएको चालकहरूको गुनासो छ। चालकहरूका अनुसार माग गरिएको रकम नदिए विभिन्न बहाना बनाएर गाडी रोक्ने, अनावश्यक दुःख दिने तथा गालीगलौजसमेत गर्ने गरिएको छ। उनीहरूले बहुअरी ट्राफिक बिटमा प्रति गाडी ५ सयदेखि १ हजार रुपैयाँसम्म रकम मागिने गरेको हो। ‘ओभरलोड’को नाममा रकम उठाउनेआईसीपीबाट जाँचपास भएर निस्किएका मालवाहक सवारीसाधनमाथि निगरानी गर्ने क्रममा नियम उल्लंघन भेटिए कानुनी कारबाही गर्नुपर्ने भए…
प्रहरी सरुवाको सूची तयार, निर्णय किन अड्कियो ? इन्स्पेक्टरदेखि डीआईजीसम्म ‘पर्ख र हेर’मा !
काठमाडौं । नेपाल प्रहरीमा निरीक्षक (इन्स्पेक्टरदे)खि प्रहरी नायब महानिरीक्षक (डीआईजी) तहसम्मका अधिकृतको सरुवा तयारी पूरा भए पनि निर्णय भने अनिश्चित बनेको छ । कार्यअवधि पूरा गरेका अधिकृतहरूलाई जिम्मेवारी हेरफेर गर्ने गरी प्रहरी प्रधान कार्यालयले गृहकार्य अघि बढाएको लामो समय भइसक्दा पनि अन्तिम निर्णय हुन नसक्दा संगठनभित्र सरुवालाई लिएर अन्योल बढेको छ । प्रहरी प्रधान कार्यालयले विभिन्न तहमा कार्यअवधि पूरा गरेका अधिकृतहरूको विवरण संकलन गरी सरुवाको प्रस्ताव तयार गरेको बताइएको छ । तर, सरुवा अधिकार र निर्णय प्रक्रियामा गृह मन्त्रालयको समेत भूमिका रहने उच्च तहका पदमा सहमति जुट्न नसक्दा प्रक्रिया रोकिएको हो । सामान्यतया कमाण्ड सम्हालेको एक वर्ष पूरा भएपछि प्रहरी…
