Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । प्रहरी प्रधान कार्यालयले एक जना प्रहरी सहायक निरीक्षक (असई) सहित १२ जना प्रहरी कर्मचारीलाई सेवाबाट हटाउने प्रक्रिया अघि बढाएको छ। प्रहरी प्रधान कार्यालयअन्तर्गतको कानुन शाखाले बुधबार सूचना जारी गर्दै लामो समयदेखि गैरहाजिर रहेका असई खड्गबहादुर गुरुङसहित १२ जना प्रहरी कर्मचारीसँग स्पष्टीकरण माग गरेको हो। स्पष्टीकरण माग गरिएकामा गुरुङसहित एक जना प्रहरी हवलदार, पाँच जना प्रहरी सहायक हवलदार र पाँच जना प्रहरी जवान रहेका छन्। प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैरहाजिर रहनुको कारण खुलाउँदै सन्तोषजनक स्पष्टीकरणसहित सम्बन्धित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ। तोकिएको समयभित्र स्पष्टीकरण नदिएमा वा स्पष्टीकरण सन्तोषजनक नभएमा प्रहरी नियमावलीअनुसार…
काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरी जवानमाथि हातपात भएको छ। मंगलबार बिहान बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरी जवानले जथाभावी बाटो काट्न खोजेका एक पुरुषलाई आकाशे पुल प्रयोग गर्न आग्रह गरेकी थिइन्। त्यसक्रममा ती पुरुषले प्रहरी जवानमाथि हातपात गरेका हुन्। घटनालगत्तै प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिए। पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई हाल काठमाडौंको बानेश्वर–१० बस्दै आएका २७ वर्षीय राज कठायत रहेका छन्। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
काठमाडौं । विशेष अदालतले प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । लागुऔषधसम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस मागेको अभियोगमा विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र न्यायाधीश हेमन्त रावलको इजलासले मंगलबार थापालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । उनको सजाय भने पछि निर्धारण हुनेछ । जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत थापाले लागुऔषधसम्बन्धी मुद्दामा सहजीकरण गरिदिने, पक्राउ नगर्ने तथा केस मिलाइदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेको आरोप लागेको थियो । घुस मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई घुस रकमसहित पक्राउ गरेको…
मलको ‘कालोबजारी’ गर्ने राजेन्द्रभक्तलाई स्मार्ट टेलिकम लिलामी घोटालामा सीआईबीको उन्मुक्ति !
काठमाडौं । स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा ९६ अर्ब १२ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै २२ जनाविरुद्ध मुद्दा दायर भएको छ। तर, लिलामी प्रक्रियामा जोडिएको भनिएको ट्रान्सगेट टेक प्रालिका प्रमुख पात्रमध्येका एक व्यवसायी राजेन्द्रभक्त श्रेष्ठलाई सीआईबीको अनुसन्धानको दायरामै नल्याइएको विषयले प्रश्न उठाएको छ। स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरिएको आरोपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डेसहित बैंकका अधिकारी, स्मार्ट टेलिकम तथा एनसेलसँग सम्बन्धित व्यक्ति र नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षसहित २२ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगी, आपराधिक विश्वासघात, संगठित अपराध तथा बैंकिङ कसुरमा सीआईबीको अनुसन्धानपछि अभियोग दायर भएको हो। लिलामी प्रक्रियामा एनसेलका सञ्चालक सतिशलाल आचार्यसँग निकट सम्बन्ध रहेका…
रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिका–४ पचरुखी छतौना टोलमा मंगलबार बिहान असामान्य सन्नाटा थियो। गाउँका होनहार युवा तथा सरकारी सेवामा कार्यरत शाखा अधिकृत ओमप्रकाश यादवको पार्थिव शरीर घरमा आइपुगेपछि गाउँ शोकमा डुबेको हो। गृह मन्त्रालय, काठमाडौंमा कार्यरत ४२ वर्षीय यादवको सोमबार राति उपचारका क्रममा निधन भएको हो। मस्तिष्कघात भएपछि करिब १० दिनदेखि काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत यादवको अन्ततः निधन भएको हो। दुर्गा भगवती गाउँपालिका–४ का वडाध्यक्ष रामानन्द यादवका अनुसार काठमाडौंमै रहेका बेला यादवलाई अचानक मस्तिष्कघात भएको थियो। ‘अझै धेरै गर्न बाँकी रहेको उमेरमै उहाँलाई गुमाउनुपर्यो,’ यादवको निधनले गाउँ नै स्तब्ध बनेको बताउँदै वडाध्यक्ष यादवले भने। डेढ वर्षदेखि गृह मन्त्रालयमा…
काठमाडौं । गोरखाको गण्डकी गाउँपालिका–४, फलाटेका १८ वर्षीय विकास श्रेष्ठको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। सोमबार साँझ काठमाडौंको बल्खु क्षेत्रमा भएको स्कुटर दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि स्टार अस्पताल लगिएको थियो। अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको जनाइएको छ। श्रेष्ठसँगै स्कुटरमा सवार उनकी श्रीमतीसमेत दुर्घटनामा घाइते भएको बताइएको छ। उनको अवस्था र दुर्घटनाको विस्तृत विवरण भने खुल्न बाँकी छ। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
काठमाडौं । जापानमा विगत पाँच वर्षदेखि सञ्चालन हुँदै आएको रेड बड ट्राभल्सले नेपालमा पनि आफ्नो शाखा विस्तार गरेको छ। कम्पनीले काठमाडौंको कान्तिपथबाट नेपालस्थित शाखाको सेवा सुरु गरेको हो। नेपालस्थित शाखामार्फत जापान, इन्डोनेसिया, माल्दिभ्स, संयुक्त अरब इमिरेट्स (यूएई), भियतनाम, थाइल्यान्ड तथा युरोपलगायत विभिन्न देशका लागि टुर प्याकेज तथा संसारभरका गन्तव्यका लागि हवाई टिकट बुकिङ सेवा उपलब्ध गराइने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण रिमालले जानकारी दिए। उनका अनुसार कम्पनीले एयर टिकट बुकिङ, ट्राभल प्याकेजलगायतका सेवा प्रदान गर्नेछ। रेड बड ट्राभल्सले अस्ट्रेलियामा समेत सेवा विस्तार गरिसकेको छ भने चालु वर्षभित्रै यूएई र स्पेनमा पनि शाखा विस्तार गर्ने योजना बनाएको छ। ‘हामीले जापानबाट…
काठमाडौं । राष्ट्रिय परिचयपत्र (NID) लिंक नभएको भन्दै २४ घण्टाभित्र मोबाइल बैंकिङ सेवा बन्द हुने दाबी गर्दै सर्वसाधारणलाई पठाइएका शंकास्पद सन्देशप्रति नेपाल प्रहरीले सचेत गराएको छ। नेपाल प्रहरीको साइबर ब्यूरोले पछिल्लो समय ‘प्रिय ग्राहक, राष्ट्रिय परिचयपत्र (NID) लिंक नभएको कारण तपाईंको मोबाइल बैंकिङ सेवा २४ घण्टाभित्र बन्द हुनेछ’ भन्ने व्यहोराको सन्देश पठाएर शंकास्पद लिंकमा क्लिक गराउने प्रयास भइरहेको जनाएको छ। ब्यूरोका अनुसार यस्ता सन्देशमा पठाइएको लिंकमा क्लिक गर्दा बैंकिङ तथा व्यक्तिगत विवरण चोरी हुन सक्ने जोखिम हुन्छ। त्यसैले अफवाहपूर्ण तथा शंकास्पद सन्देशमा विश्वास नगर्न र त्यस्ता लिंकमा कुनै पनि हालतमा क्लिक नगर्न प्रहरीले आग्रह गरेको छ। बैंक वा डिजिटल वालेटसम्बन्धी…
काठमाडौं । बाराको सिमरामा तीन वर्षीया बालिकाको बलात्कारपछि भएको हत्या घटनामा प्रहरीबाट भएका कमजोरीबारे छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालयले एसएसपी प्रभु ढकालको नेतृत्वमा समिति गठन गरेको छ। प्रहरीको भूमिकामाथि सुरुदेखि नै प्रश्न उठ्दै आएपछि छानबिन समिति गठन गरिएको हो। समितिमा काठमाडौं प्रहरीबाट समेत अनुसन्धानमा खटाइएको प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले बताएका छन्। छानबिनका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजु अधिकारीलाई समेत खटाइएको छ। तर, पछिल्लो समय विवादमा आएका अधिकारीलाई संवेदनशील घटनाको छानबिनमा खटाइएपछि प्रहरीभित्रै प्रश्न उठ्न थालेको छ। अधिकारी प्रहरी निरीक्षक हुँदा समेत विवादमा परेको र सोही कारण उनी पछिल्लो लटमा डीएसपीमा बढुवा भएका थिए। काठमाडौं प्रहरीको…
तीन यात्रुलाई जनही १० हजार दिएर ल्याइयो ७५ ग्राम धातु, ७२ लाखका मोबाइल–ल्यापटप समेत बरामद
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली गरी नेपाल भित्र्याइएका ठूलो परिमाणका मोबाइल, ल्यापटप, पार्टपुर्जा तथा चुरोट बरामद भएको छ। छुट्टै घटनामा विदेशबाट आएका तीन यात्रुलाई प्रयोग गरी ल्याइएको ७५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुका तीनवटा सिक्रीसमेत प्रहरीले बरामद गरेको छ। विमानस्थल सुरक्षा प्रहरी कार्यालयले भदौ ५ र ६ गते गरेको निगरानी तथा जाँचका क्रममा भन्सार छलीका दुई छुट्टाछुट्टै घटना सार्वजनिक गरेको हो। घटनामा संलग्न भएको आरोपमा एक चिनियाँ र एक नेपाली नागरिकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरीले जनाएको छ। तीन यात्रुलाई ‘भरिया’ बनाएर ७५ ग्राम धातुभदौ ५ गते कतारको…