धनगढी । आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रहरी कार्यालय बाजुरा सुदूरपश्चिम प्रदेशकै सर्वोत्कृष्ट जिल्ला प्रहरी कार्यालय घोषित भएको छ।
कार्यालयबाट सम्पादित विभिन्न कार्यको मूल्यांकनका क्रममा जिल्ला प्रहरी कार्यालय बाजुराले उच्चतम अंक हासिल गर्दै निर्धारित लक्ष्य पूरा गरेपछि प्रदेशकै पहिलो हुन सफल भएको हो।
कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट नतिजा हासिल गरेपछि जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहरासहित सम्पूर्ण प्रहरी टोलीलाई बधाई तथा शुभकामना व्यक्त गरिएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईले कार्यसम्पादन मूल्यांकनमा सर्वोत्कृष्ट हुन सफल भएकोमा डीएसपी बोहरा तथा जिल्ला प्रहरी कार्यालय बाजुरा परिवारलाई बधाई दिएका छन्।
डीआईजी भट्टराईले आगामी दिनमा समेत उत्कृष्ट, व्यावसायिक तथा जनमुखी कार्यलाई निरन्तरता दिन शुभकामना व्यक्त गरेका छन्।
उच्चतम अंकसहित लक्ष्य पूरा गर्दै प्रदेशकै उत्कृष्ट बन्न सफल बाजुरा प्रहरीले आफ्नो कार्यसम्पादनलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।
