Author: Scoop Khabar

वीरगञ्ज । पर्साको पश्चिमी ग्रामीण तथा सीमावर्ती क्षेत्रमा आफूलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको घुमुवा बताउँदै सर्वसाधारण तथा व्यापारीसँग रकम असुली गरेको आरोपमा पक्राउ परेका अशोक वर्णवालमाथि ठगीको अर्को आरोप सार्वजनिक भएको छ। पोखरिया नगरपालिका–५, सतवरिया निवासी करिब ४५ वर्षीय वर्णवालले प्रहरीमा जागिर लगाइदिने भन्दै एक व्यक्तिसँग २ लाख ५ हजार रुपैयाँ लिएको, तर जागिर नलगाइदिएको र रकमसमेत फिर्ता नगरेको आरोप सार्वजनिक भएको हो। पोखरिया नगरपालिका–७, रानीगञ्ज निवासी श्रीराम राउतका छोरालाई प्रहरीमा जागिर लगाइदिने भन्दै वर्णवालले उक्त रकम लिएको पीडित पक्षको भनाइ छ। जागिर लगाइदिने आश्वासनमा रकम दिए पनि काम नभएको र पटक–पटक रकम फिर्ता माग्दा ‘आज दिन्छु, भोलि दिन्छु’…

थप

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रैबाट प्रधानमन्त्री बालेन्द्र शाहलाई असफल बनाउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । शुक्रबार रौतहटको गरुडामा अग्रगामी मोर्चाको नगर कमिटीले आयोजना गरेको शुभकामना विशेष कार्यक्रमलाई सम्बोधन गर्दै साहले प्रधानमन्त्री शाहलाई अन्य दलबाट भन्दा आफ्नै पार्टीभित्रको कोर टिमबाट खतरा रहेको दाबी गरेका हुन् । सरकार गठन भएको ६ महिना नपुग्दै प्रधानमन्त्रीलाई विस्थापित गर्ने प्रयास भइरहेको आरोप लगाउँदै उनले रास्वपा सभापति रवि लामिछाने, अर्थमन्त्री स्वर्णिम वाग्ले र सभामुख डीपी अर्यालबीच प्रधानमन्त्रीलाई असफल बनाउने गरी मोर्चाबन्दी भएको दाबी गरे । साहले लामिछानेको यसअघिको भारत भ्रमण, चीन भ्रमणको तयारी तथा…

थप

काठमाडौं । बडादसैँ २०८३ को अवसरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूका परिवारजनलाई विजयादशमीको टीका, जमरा तथा प्रसाद प्रदान गरेका छन्। शुक्रबार स्वयम्भूस्थित ‘शरद भवन’ मा आयोजित कार्यक्रममा महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका परिवारजनलाई दसैँको टीका लगाइदिँदै पर्वको शुभकामना व्यक्त गरेका हुन्। सो अवसरमा महानिरीक्षक पौडेलले राज्यले सुम्पिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न सबै राष्ट्रसेवक कर्मचारी व्यावसायिक, अनुशासित, कर्तव्यनिष्ठ, इमानदार तथा जवाफदेही बन्नुपर्नेमा जोड दिए। उनले मातादुर्गा भवानीले सबैलाई आ–आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने शक्ति र आशीर्वाद प्रदान गरून् भन्ने कामनासमेत गरे। कार्यक्रममा सशस्त्र प्रहरी बलका बहालवाला तथा अवकाशप्राप्त कर्मचारी…

थप

धनुषा । धनुषा जिल्ला अदालतमा कार्यरत प्रहरी हवल्दार सर्वण सिंहमाथि मुद्दासँग सम्बन्धित काम गराइदिने आश्वासन दिएर रकम उठाउने गरेको आरोप लागेको छ। प्रहरी प्रशासनका अधिकारीसँग आफ्नो पहुँच रहेको देखाउँदै सेवाग्राहीलाई प्रभावमा पार्ने गरेको आरोपपछि उनको भूमिकामाथि छानबिन गर्नुपर्ने प्रश्न उठेको छ। प्राप्त स्रोतका अनुसार सिंहले प्रहरीका उच्च अधिकारीको नाम प्रयोग गरी विभिन्न मुद्दामा सहजीकरण गरिदिने भन्दै रकम माग्ने गरेको आरोप छ। प्रहरीसँग सम्बन्धित अनुसन्धान, पक्राउ तथा अदालतमा विचाराधीन विषयमा आफूले काम मिलाउन सक्ने आश्वासन दिएर सेवाग्राहीसँग आर्थिक लेनदेन गर्ने गरेको दाबीसमेत गरिएको छ। आरोपअनुसार, केही व्यक्तिलाई प्रहरीका माथिल्लो तहका अधिकारीसँग समन्वय गराइदिने र आवश्यक प्रक्रिया सहज बनाइदिने भन्दै रकम माग्ने…

थप

काठमाडौं । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका मानव बेचबिखन तथा ओसारपसार मुद्दाका एक कैदीलाई प्रहरीले १३ महिनापछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका–६, धर्मस्थली बस्दै आएका ४६ वर्षीय चन्द्र दमाई केसी रहेका छन्। केसी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कैद भुक्तान गरिरहेका बेला गत वर्ष भदौ २५ गते जेनजी आन्दोलनका क्रममा जगन्नाथदेवलस्थित केन्द्रीय कारागारबाट फरार भएका थिए। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले केसीलाई पक्राउ गरेको हो। पक्राउपछि उनलाई पुनः केन्द्रीय कारागार, जगन्नाथदेवल पठाइएको प्रहरीले जनाएको छ।

थप

सर्लाही । सर्लाहीको हरिवन इलाका प्रहरी कार्यालय मातहत पर्ने कैलाशपुरी क्षेत्रमा दसैँको मौका छोपेर लाखौँ रुपैयाँको कौडासहित जुवाजन्य गतिविधि सञ्चालन हुने गरेको पाइएको छ। स्थानीय स्रोतका अनुसार घुर्कौलीका सुकमान लामाले जुवा सञ्चालन गर्दै आएको र रातभर मन्दिर क्षेत्रमा कौडामार्फत ठूलो रकमको हारजित हुने गरेको पाइएको हो। अझ उक्त क्षेत्रमा दसैँको समयमा तासदेखि कौडासम्मका जुवाजन्य गतिविधि सञ्चालन हुने गरेका छन्। कैलाशपुरी क्षेत्रमा रहेको एक मन्दिरमा समेत रातभर लाखौँ रुपैयाँको कौडा खेलाइने गरेको बताइएको छ। धार्मिक स्थलमा रातभर ठूलो रकमको जुवा खेलाइने गरेको आरोपले स्थानीय सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ। यस गतिविधिमा प्रहरीकै कर्मचारीको सहयोग र संरक्षण रहेको छ। स्रोतले घुर्कौलीका सुकमान…

थप

दाङ । दसैँ–तिहारजस्ता ठूला चाडपर्वमा हुने जुवातासका गतिविधि नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय दाङ अपेक्षित रूपमा प्रभावकारी देखिन नसकेको भन्दै प्रहरी नेतृत्वको कार्यक्षमतामाथि प्रश्न उठ्न थालेको छ। चाडपर्वको मौका छोपेर हुने जुवातासका गतिविधि नियन्त्रण गर्न प्रहरीले विशेष सक्रियता देखाउनुपर्ने भए पनि ठूला जुवाका अखडामाथि प्रभावकारी कारबाही हुन नसकेको भन्दै आलोचना भइरहेको छ। विगतमा जुवातास नियन्त्रणका लागि सक्रिय देखिने दाङ प्रहरी यसपटक भने अपेक्षाकृत कमजोर देखिएको गुनासो छ। दाङमा हरेक वर्ष दसैँ–तिहारलगायतका चाडपर्वका बेला जुवातासका गतिविधि हुने गरेको चर्चा हुँदै आएको छ। यस्ता गैरकानुनी गतिविधि नियन्त्रण गर्न प्रहरीले सूचना संकलन, निगरानी र लक्षित कारबाहीलाई तीव्र बनाउनुपर्ने भए पनि त्यसको प्रभावकारितामाथि प्रश्न…

थप

वीरगञ्ज । पर्साको पश्चिमी ग्रामीण तथा सीमावर्ती क्षेत्रमा आफूलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको घुमुवा बताउँदै सर्वसाधारण तथा व्यापारीसँग रकम असुल्ने गरेको पाइएको छ। सुरक्षा निकायमा आधिकारिक जिम्मेवारी नरहेका व्यक्तिले प्रहरीको नाम र पहुँचको धाक देखाएर रकम माग्ने, नदिए सामान पक्राउ गराइदिने भन्दै धम्क्याउने गरेको आरोप लागेको हो। पर्साको पोखरिया नगरपालिका–५, सतवरिया निवासी करिब ४५ वर्षीय अशोक वर्णवालले अमरपट्टी, प्रसौनीभाठा, धोरे, सबैठवा, भिस्वा, टिहुकी, भेडिहर्वा, मिर्जापुर, असवारी र जानकीटोललगायत सीमावर्ती क्षेत्रमा यस्तो गतिविधि गर्ने गरेको बताइन्छ। उक्त क्षेत्र इलाका प्रहरी कार्यालय पोखरियाको कार्यक्षेत्रमा पर्छ। स्रोतका अनुसार वर्णवालले कहिले नेपाल प्रहरी त कहिले सशस्त्र प्रहरीको घुमुवा भएको बताउँदै सीमावर्ती क्षेत्रमा आवतजावत…

थप

काठमाडौं । सरकारले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने तयारी गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने सरकारको योजना रहेको बताएका हुन्। नेपाल प्रहरीको ७१औँ प्रहरी दिवसका अवसरमा प्रधानमन्त्री शाहले पठाएको सन्देश प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले समारोहमा पढेर सुनाएका थिए। उक्त सन्देशमार्फत प्रधानमन्त्री शाहले प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने सरकारको तयारीबारे जानकारी गराएका हुन्। नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने योजना कार्यान्वयनमा आएमा प्रहरीको स्वास्थ्य सेवाको दायरा विस्तार हुनुका साथै चिकित्सा शिक्षा र स्वास्थ्य सेवा क्षेत्रमा समेत योगदान पुग्न सक्नेछ। प्रहरी अस्पतालको क्षमता र सेवा विस्तारसँगै दक्ष जनशक्ति उत्पादन…

थप

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राज्यका गोप्य सूचना चुहिने विषयलाई गम्भीरतापूर्वक लिन र त्यस्ता गतिविधिमा संलग्नमाथि कारबाही गर्न प्रहरी नेतृत्वलाई निर्देशन दिएका छन्। नेपाल प्रहरीको ७१औँ प्रहरी दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले राज्यका सूचना चुहावट नियन्त्रणमा विशेष ध्यान दिन आग्रह गरेका हुन्। उनले राज्यका गोप्य तथा संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए। गृहमन्त्री गुरुङले नेपाल प्रहरीलाई नागरिककेन्द्रित, सक्षम, व्यावसायिक र आधुनिक संगठनका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताए। प्रहरी संगठनलाई थप प्रभावकारी बनाउन आवश्यक सुधारका काम अघि बढाइने उनको भनाइ थियो। प्रहरी कर्मचारीको सरुवा तथा बढुवालाई निष्पक्ष र पारदर्शी बनाउने, सेवा–सुविधा वृद्धि…

थप