काठमाडौं । नारायणी नदी र दरमखोलामा जलसतहले सतर्कता तह पार गरेको छ। जलसतह निरन्तर बढ्दो क्रममा रहेकाले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
महाशाखाले आज बिहान ६ः५० बजे सूचना जारी गर्दै चितवनको देवघाटस्थित नारायणी नदी र बागलुङको वामिटक्सारस्थित दरमखोला जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको जनाएको हो।
जलसतह बढ्दो क्रममा रहेकाले नदीको तल्लो तटीय क्षेत्र तथा डुबान भइरहने स्थानका बासिन्दालाई आज बेलुकासम्मै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
महाशाखाले नदी किनार तथा आसपासका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सम्भावित जोखिमप्रति सचेत रहन समेत अनुरोध गरेको छ।
Facebook Comments Box
