काठमाडौ ।
सशस्त्र प्रहरी बल नेपाल पर्साले भन्सार छलि गरि भित्राएको ५ लाख रुपैया बराबरको लत्ताकपडा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल( प्रस्तावित ) सिमा सुरक्षा गुल्म अलौका प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण सिंह पुजाराको कमान्डमा खटिएको टोली पर्साको प्रसौनीनाकाबाट ठुलो मात्रामा अवैध रुपले भित्राएको लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।
पक्राउ परेको ५लाख१ हजार रुपैयाँ बराबर लत्ताकपडा भन्सार कार्यालय वीरगन्जमा बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक पुजारले बताए।
Facebook Comments Box
