काठमाडौं । माछापुच्छ्रे बैंकद्धारा जारी ‘८ दशमलब २५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।
प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका तीन करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
यो सेयरको निष्काशन मूल्य तीन अर्ब रुपैयाँ रहेको बैंकले जनाएको छ । बैंकका अनुसार सूचीकृत भएको यो अग्राधिकार सेयर हिजोदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि उपलब्ध छ ।
Facebook Comments Box
