Author: Scoop Khabar

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाको अनुसन्धान गर्दै गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पूर्व प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलाई १० वर्ष र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई ३ वर्ष कैद सजाय सिफारिस गरेको पाइएको छ। गत भदौ २३ र २४ गते भएको जेनजी युवाहरूको आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठित उक्त आयोगले आफ्नो प्रतिवेदन फागुन २४ गते सरकारलाई बुझाएको थियो। तर, प्रतिवेदन हालसम्म सार्वजनिक नभएको अवस्थामा यसका मुख्य अंशहरू बाहिरिएका हुन्। स्रोतका अनुसार आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायत अन्य सुरक्षा निकायका उच्च अधिकारीहरूमाथि समेत फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको छ। यसैगरी, तत्कालीन…

थप

काठमाडौँ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले विदेशमा रहेका नेपाली नागरिकलाई अमेरिकी गुप्तचर निकायले प्रभावमा पारेर घण्टिमा भोट हाल्न लगाइएको दाबी गरेका छन्। एक सार्वजनिक कार्यक्रममा बोल्दै उनले नेपालको निर्वाचन प्रक्रियामा बाह्य शक्तिको हस्तक्षेप बढ्दो चिन्ताको विषय बनेको बताए। केसीले विशेषगरी प्रवासमा रहेका नेपालीहरूलाई लक्षित गर्दै मत प्रभावित पार्ने प्रयास भएको आरोप लगाउँदै यस विषयमा गम्भीर छानबिन आवश्यक रहेको उल्लेख गरे। उनले “नेपालको सार्वभौमिकता र लोकतन्त्र जोगाउन विदेशी चलखेलमाथि कडा निगरानी आवश्यक छ” भन्ने धारणा राखे। उनको यस अभिव्यक्तिपछि राजनीतिक वृत्तमा बहस सुरु भएको छ। केहीले यसलाई गम्भीर आरोपका रूपमा लिएर प्रमाणसहित स्पष्ट पार्न माग गरेका छन् भने अर्कोतर्फ कतिपयले…

थप

काठमाडौँ । हालै सम्पन्न निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन भूमिका निर्वाह गर्ने विभिन्न सुरक्षा निकाय तथा सरकारी अधिकारीहरूलाई गृहमन्त्री ओमप्रकाश अर्यालले सम्मान गरेका छन्। गृह मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, नेपाली सेनाका बलाध्यक्ष रथि प्रदीपजङ्ग केसी, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीलाई प्रशंसापत्र प्रदान गर्दै सम्मान व्यक्त गरे। यसैगरी काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, गृह मन्त्रालयका उच्च अधिकारी तथा निर्वाचनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीहरूलाई समेत बधाईसहित सम्मान गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले यसपटकको निर्वाचनलाई ‘ऐतिहासिक रूपमा…

थप

काठमाडौं । कञ्चनपुरको पुनर्वास क्षेत्रमा जुवा र वेश्यावृत्ति जस्ता अवैध गतिविधि खुलेआम सञ्चालन भइरहेको पाइएको छ। अझ चिन्ताको विषय, ती गतिविधि नियन्त्रण गर्नुपर्ने प्रहरीकै संरक्षण र संलग्नतामा सञ्चालन भइरहेको आरोपले सुरक्षा संयन्त्रमाथि नै प्रश्न उठाएको छ। पुनर्वासको डोकेबजार, आईबीआरडी बजार तथा आसपासका क्षेत्रका केही होटल तथा लजहरूमा यौनजन्य गतिविधि नियमित रूपमा सञ्चालन भइरहेको स्थानीय स्रोतको दाबी छ। साथै, विभिन्न स्थानमा तास तथा खडखडे जुवासमेत दैनिकजसो हुने गरेको बताइन्छ। एक स्थानीयकाअनुसार यस्ता गतिविधि प्रहरीकै ‘मिलेमतोमै चलिरहेको’ आशंका बढ्दो छ। ‘प्रहरीलाई थाहा नभएर यस्तो सम्भव हुँदैन, तर रोकिएको पनि देखिँदैन,’ एक स्थानीयले गुनासो गरे। घुमुवामार्फत असुलीको आरोपइलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती अन्तर्गत सादा…

थप

काठमाडौँ । संसारको पाँचौँ अग्लो तथा नेपालको चौथो अग्लो हिमाल मकालु आरोहणका लागि प्रस्थान गर्न लागेका जिल्ला प्रहरी कार्यालय संखुवासभामा कार्यरत प्रहरी नायव निरीक्षक (सई) नन्दलाल चौधरीलाई नेपाल प्रहरीको तर्फबाट सम्मानसहित बिदाइ गरिएको छ। सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले सई चौधरीलाई राष्ट्रिय झण्डा तथा नेपाल प्रहरीको झण्डा हस्तान्तरण गर्दै सफल आरोहणका लागि शुभकामना व्यक्त गरे। कार्यक्रमलाई सम्बोधन गर्दै आइजीपी कार्कीले प्रहरी संगठन केवल शान्ति सुरक्षा कायम गर्ने निकाय मात्र नभई साहस, समर्पण र राष्ट्रप्रतिको गौरव अभिवृद्धि गर्ने संस्थाको रूपमा समेत स्थापित हुँदै गएको उल्लेख गरे। उनले चौधरीको मकालु आरोहणले नेपाल प्रहरीको…

थप

काठमाडौं । प्रहरी संगठनमा तीन दशक लामो सेवा पूरा गरेर अवकाश जीवन बिताइरहेका पूर्व एआईजी विज्ञानराज शर्मा यतिबेला फेरि शक्तिकेन्द्रित बहसको केन्द्रमा उभिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बन्ने दौडमा सक्रिय देखिएका उनीमाथि पुराना विवाददेखि नयाँ आरोपसम्म एकपछि अर्को गरी थपिँदै गएका छन्। सबैभन्दा बढी चासोको विषय बनेको छ- उनको कथित सम्बन्ध गुन्डा नाइके राजु गोर्खालीसँग। प्रहरी स्रोतहरूका अनुसार एसएसपी रहँदा नै गोर्खालीसँग उनको नजिकको सम्बन्धबारे प्रश्न उठेको थियो। करिब १० करोड रुपैयाँको चेक बाउन्स मुद्दामा फरार रहेका गोर्खालीलाई शर्माले आफ्नै गाडीमा राखेर हिँडिरहेका बेला प्रहरीले रोकेर नियन्त्रणमा लिएको घटना अझै पनि प्रहरी वृत्तमा चर्चाको विषय बन्ने गरेको छ।…

थप

चैत, ७ काठमाडौं । नेपाली कांग्रेसबाट सांसद बनेका प्राध्यापक डा. चन्द्रमोहन यादव संसदीय दलको नेता बन्ने चर्चा पार्टी भित्र चुलिएको छ । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा संसदीय अभ्यास र अनुभवको आधारमा डा। यादवलाई संसदीय दलको नेता बनाउने विषयमा छलफल भएको काँग्रेसका एक नेताले जानकारी दिए । डा. यादव संविधान सभा सदस्यसमेत रहेका व्यक्ती हुन् र नेपाली कांग्रेसका केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाल्दै आएका उनी चिकित्साशास्त्रमा स्नातकोत्तर र मेडिकल साइन्समा एम।डी। गरेका रेडियोलोजीका प्राध्यापक समेत हुन् । पटक पटक विश्वास जित्दै आएका डा। यादव दोश्रो पटक सांसद बनेर संसदीय परिपक्वता प्रमाणित गरिसकेका छन् । तराई–मधेशमा विश्वास जित्न डा. यादव नेतृत्वको अपेक्षा राजनीतिक…

थप

काठमाडौं । डाँका चोरी मुद्दामा कैद भुक्तान गरी छुटेको केही समयमै पुनः चोरीमा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन्। ललितपुरको सिद्धिपुर क्षेत्रमा भएको सुन–चाँदी चोरी प्रकरणमा अनुसन्धान गर्दै प्रहरीले उनीहरूलाई चोरीका गरगहनासहित नियन्त्रणमा लिएको हो। गत चैत ३ गते महालक्ष्मी नगरपालिका–६ सिद्धिपुरस्थित कृष्णप्रसाद श्रेष्ठको घरबाट सुन–चाँदी चोरी भएको घटनापछि उपत्यका अपराध अनुसन्धान महाशाखा, जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको संयुक्त टोली अनुसन्धानमा खटिएको थियो। अनुसन्धानका क्रममा प्रहरीले काठमाडौंका विभिन्न स्थानमा लुकीछिपी बस्दै आएका दुई जनालाई चोरीका गरगहनासहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा दोलखा भिमेश्वर नगरपालिका–२ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने ३२ वर्षीय सजनकुमार…

थप

काठमाडौं । ललितपुरको टिकाथली क्षेत्रमा ग्यारेज सञ्चालन गर्दै मोटरसाइकल चोरी गरी किर्ते कागजात बनाएर बिक्री गर्ने गिरोह पक्राउ परेको छ। जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले विशेष सूचनाको आधारमा कारबाही गर्दै तीन जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका–५ टिकाथलीस्थित ‘Bike Hospital’ नामक ग्यारेज सञ्चालन गर्दै विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी ल्याउने, त्यसका इन्जिन तथा चेसिस नम्बर परिवर्तन गरी नक्कली कागजात तयार पारेर बिक्री गर्ने कार्यमा उनीहरू संलग्न थिए। पक्राउ पर्नेमा सर्लाही बरहथवा नगरपालिका–२ घर भई हाल टिकाथली बस्ने २३ वर्षीय विशाल महतो, सोही स्थानका २९ वर्षीय भिमबहादुर अधिकारी (हाल काठमाडौं नरेफाँट बसोबास) तथा रौतहट वृन्दावन नगरपालिका–९ घर भई हाल…

थप

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) ले करिब एक महिनापछि नयाँ नेतृत्व पाउनेछ। वर्तमान महानिरीक्षक राजु अर्याल आफ्नो चारवर्षे कार्यकाल पूरा गर्दै अवकाशतर्फ उन्मुख भएसँगै संगठनभित्र भावी कमाण्डर को बन्ने भन्ने विषयले तीव्र चर्चा पाएको हो। अर्यालपछि सशस्त्रको १३औं महानिरीक्षक बन्ने दौडमा मुख्यतः नारायणदत्त पौडेल र बंशीराज दाहाल देखिएका छन्। दुवै जना सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हुन् र संगठनभित्र लामो अनुभव बटुलेका अधिकृतका रूपमा चिनिन्छन्। यद्यपि, बरियताका आधारमा हेर्दा पौडेल अगाडि देखिन्छन्। उनी दाहालभन्दा सिनियर अधिकृत हुन् र एआईजी पदमा पनि पहिल्यै बढुवा भइसकेका कारण स्वाभाविक रूपमा उनको दाबी बलियो मानिएको छ। संगठनभित्रको परम्परागत अभ्यासअनुसार बरियतालाई नै प्रमुख…

थप