काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्र राईले कोशी प्रदेशको आन्तरिक कानुन मन्त्री इन्द्रमणि पराजुलीको क्वार्टरमा प्रहरीले खानतलासी गरेकोप्रति आपत्ति जनाएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री सङ्खुवासभा घर जाँदा खानतलासी गरेको भन्दै असन्तुष्टि जनाए।
उनले भने, ‘कोशी प्रदेशको आन्तरिक कानुन मन्त्री इन्द्रमणि पराजुलीको क्वार्टरमा उहाँ नहुँदा राती पुलिसहरूले खानतलासी गरेछ। त्यस्तो किन हुँदै छ नयाँ सरकारबाट? अलि मैले बुझ्न सक्दिनँ।’
उनले छानबिन गरेको विषयमा छानबिन गर्न माग गरे।
Facebook Comments Box
