Author: Scoop Khabar

स्याङ्जा । नेपाल प्रहरी प्रधान कार्यालयको पत्रादेशअनुसार प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौर जिल्ला प्रहरी कार्यालय स्याङ्जाको कार्यालय प्रमुखको रूपमा सरुवा भई हाजिर भएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा आयोजित स्वागत कार्यक्रममा कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूले नवनियुक्त प्रमुख राठौरलाई स्वागत गरेका थिए। पदभार ग्रहणपछि एसपी राठौरले जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा नागरिकमैत्री प्रहरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै सम्पूर्ण प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले संगठनको अनुशासन, जिम्मेवारी र जनविश्वासलाई अझ मजबुत बनाउँदै स्याङ्जामा सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाइने बताए। एसपी राठौरको आगमनसँगै जिल्ला प्रहरी कार्यालय स्याङ्जाको कार्यसम्पादन अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।

थप

काठमाडौं । सिन्धुपाल्चोकस्थित भोटेकोशी क्षेत्रको एक रिसोर्टमा पुगेको प्रहरी टोलीबारे विभिन्न अनलाइन माध्यममा प्रकाशित समाचारप्रति प्रश्न उठ्न थालेको छ । केही अनलाइनले प्रहरी टोलीको उपस्थितिलाई विवादास्पद बनाउने प्रयास गरेपछि घटनाको वास्तविक पक्षबारे चर्चा सुरु भएको हो । हिजो अर्थात् ५ जेठमा एक चर्चित अनलाइनले प्रहरी अधिकारी सुधन गुरुङ युवतीसहित रिसोर्ट पुगेको भन्दै समाचार प्रकाशित गरेको थियो । समाचारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली रिसोर्ट पुगेको र उक्त कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले पनि त्यसलाई स्वीकार गरेको दाबी गरिएको थियो । तर, सोही समाचारमा रिसोर्टका कर्मचारीको भनाइ उद्धृत गर्दै ‘सिआईबीबाट आएको’ भन्दै टोली पुगेको उल्लेख गरिएको छ । यही बुँदाले…

थप

काठमाडौं । भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) बाल अस्पतालका लागि ७१ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका छन्। गुरुङले किओच बाल अस्पतालको वेस्ट ब्लक भवन निर्माणका लागि हालसम्म ७१ करोड रुपैयाँभन्दा बढी दान गरेका हुन् । जेठ ९ गते नवनिर्मित भवन उद्घाटन तथा भवन हस्तान्तरण कार्यक्रम हुने भएको छ । अस्पतालका अनुसार अत्याधुनिक भवन निर्माण अन्तिम चरणमा पुगे पनि बालबालिकाको गुणस्तरीय उपचारका लागि अत्यावश्यक मानिएको एमआरआई र सिटी स्क्यान मेसिन अभावमा अस्पताल पूर्ण रूपमा सञ्चालनमा आउन बाँकी रहेको छ । किओचको निर्माणाधीन अस्पतालका लागि आवश्यक एमआरआई र सिटी स्क्यान मेसिन…

थप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङ र ट्राफिक प्रहरीबीच भनाभन भएको छ। काठमाडौंको थापाथली चोकमा गुडिरहेको गाडी रोकेको विषयलाई लिएर भनाभन भएको हो। सर्वसाधारण सवारी साधनभन्दा केही अगाडि बढेर रोकिएको भन्दै ड्युटीमा रहेका ट्राफिक प्रहरीले सोधपुछ गरेपछि सांसद तामाङले गाडीबाटै ओर्लिएर असन्तुष्टि जनाएकी हुन्। केहीबेर जाममा परेपछि आक्रोशित मुद्रामा गाडीबाट ओर्लिएकी उनले त्यहाँ उपस्थित अर्का ट्राफिक प्रहरीलाई इसारा गर्दै नियम सिकाउन आग्रह गरेकी थिइन्। ‘उहाँलाई सम्झाउनुस्, ग्रीन सिग्नल (हरियो बत्ती) बल्दा पनि गाडी रोकेर राखिएको छ । यता सर्वसाधारण जाममा फसिरहेका छन्, यो तरिका भएन,’ तामाङले आक्रोशित हुँदै भनिन्। थापाथली जस्तो व्यस्त चोकमा सांसद नै सडकमा ओर्लिएर…

थप

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह संसदप्रति जिम्मेवार र उत्तरदायी नहुञ्जेलसम्म संसद्मा आफ्नो पार्टीको विरोध जारी रहने बताएका छन्। बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष साम्पाङले सरकारको गृहमन्त्री समेत प्रधानमन्त्री स्वयं भएको उल्लेख गर्दै मन्त्रालयसँग सम्बन्धीत प्रश्नहरूको जवाफ दिनुपर्नेमा जोड दिए। गृह मन्त्रालयमाथि सुकुम्वासी बस्ती खाली गराए लगायतका विषयमा प्रश्न उठेकाले त्यसको जवाफ संसदमा दिनुपर्ने बताए। ‘हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ। यदि सरकारको आलोचना गर्दैमा र संसदप्रति उत्तरदायी बनाउने कुरा आएकै आधारमा निलम्वन गरिन्छ भने पनि हामी रेडी छौँ,’ साम्पाङले भने। उनले सरकारको आलोचना गरेकै आधारमा निलम्वन गरिन्छ भने पनि आफूहरू तयार…

थप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीभित्र कुनै पनि किसिमको गुटबन्दी नभएको दाबी गरेका छन्। बुधबार संघीय संसद् परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै पराजुलीले रास्वपाभित्र विभिन्न राजनीतिक शक्तिहरू समाहित भए पनि सबैको लक्ष्य राष्ट्र निर्माण नै रहेकाले गुट र उपगुटको कुनै सम्भावना नरहेको जिकिर गरे। पार्टीको आगामी महाधिवेशनका सन्दर्भमा बोल्दै उनले सभापति रवि लामिछानेको विकल्प पार्टी र जनता कसैले पनि नखोजेको बताए। ‘राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ नेतृत्व खोजिरहेको छैन र नेपाली जनताले पनि सभापतिको विकल्प खोजेका छैनन्,’ उनले भने, ‘असार ७, ८ र ९ गते हुने ऐतिहासिक राष्ट्रिय महाधिवेशनले लोकतान्त्रिक प्रक्रियामार्फत सबै वैधानिक जिम्मेवारीहरू टुङ्ग्याउनेछ।’…

थप

काठमाडौं । सशस्त्र प्रहरीका १५ जना इन्स्पेक्टरलाई प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमा बढुवा सिफारिस गरिएको छ । बढुवा समितिको बुधबार बसेको निर्णयअनुसार सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहअन्तर्गत रिक्त रहेको डीएसपी पदमा १५ जनालाई बढुवा सिफारिस गरिएको हो। सुची

थप

नेपालगञ्ज । बुद्ध एयरले करिब पाँच वर्षदेखि सञ्चालन गर्दै आएको नेपालगञ्ज–पोखरा सिधा उडान अस्थायी रूपमा स्थगित गरेको छ । मंगलबारदेखि लागू हुने गरी उडान रोकिएको बुद्ध एयर नेपालगञ्ज स्टेशनले जनाएको छ । भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या घट्नु, मलमासका कारण यात्रु अभाव हुनु तथा इन्धन खर्च बढ्दै जानुले उडान सञ्चालन गर्न कठिन भएको बुद्ध एयर नेपालगञ्जका स्टेशन प्रमुख विनितविक्रम शाहले बताए । विसं २०७८ साउन १७ गतेदेखि सातामा तीन दिन सञ्चालन हुँदै आएको उक्त उडानले पश्चिम नेपालका यात्रु र पर्यटन व्यवसायीलाई ठूलो राहत दिएको थियो । उडानमार्फत पोखराबाट नेपालगञ्ज हुँदै बर्दिया राष्ट्रिय निकुञ्ज, कर्णाली चिसापानी र रारासम्म पुग्न सहज भएको…

थप

भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनको नेतृत्व प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलले सम्हालेका छन् । बुधबार निवर्तमान प्रहरी प्रमुख एसपी गोविन्द पुरीले पौडेललाई औपचारिक रूपमा कमाण्ड हस्तान्तरण गरेका हुन् । यसक्रममा सरुवा भएर प्रहरी प्रधान कार्यालय नक्साल जान लागेका एसपी पुरीको बिदाइ समेत गरिएको थियो । कार्यक्रममा प्रहरी अधिकृत तथा कर्मचारीहरूले पुरीको कार्यकालको प्रशंसा गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए । एसपी पुरीको प्रहरी प्रधान कार्यालय नक्सालमा सरुवा भएपछि पौडेल चितवन प्रहरी प्रमुखका रूपमा आएका हुन् । पदभार ग्रहणपछि एसपी पौडेलले जिल्लाको शान्ति सुरक्षा सुदृढ बनाउने, अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने तथा नागरिकको जिउधनको सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त…

थप

काठमाडौं । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको प्रमुखको रुपमा सरुवा भएका प्रहरी उपरीक्षक (एसपी) रविन कार्कीले आज आफ्नो जिम्मेवारी सम्हालेका छन्। पदभार ग्रहण गर्दै एसपी कार्कीले अपराध नियन्त्रण, जनताको जिउधनको सुरक्षा आफ्नो प्राथमिकतामा रहेको बताए । प्रहरी कर्मचारीको मनोबल बढाउने र परिणाममुखी कार्यसम्पादनमा आफूकेन्द्रित हुने उनको भनाइ थियो । ‘नेपालको संविधान प्रचलित ऐन कानुनको पूर्ण परिपालना गर्दै जिल्लाको सार्वजनिक सुरक्षा शान्ति र अमनचयन कायम राख्न सम्पूर्ण प्रहरी कर्मचारीलाई परिचालन गर्दै हरपल निष्ठापूर्वक प्रयत्नरत रहनेछु । अपराध नियन्त्रण र अनुसन्धानमा व्यावसायिकता र कानुनको कार्यान्वयनको माध्यमले कानुनी शासनको महसुस हुने गरी काम गर्नेछु,’ उनले प्रतिबद्धता जनाए, ‘अग्रजहरू तथा प्रहरी महानिरीक्षकको निर्देशनका साथसाथै मानव…

थप