Author: Scoop Khabar

काठमाडौँ । नेपाल प्रहरीका ३६८ जना लेखा प्रमुखहरूको सरुवा भएको छ। आन्तरिक लेखा परीक्षण शाखाको सिफारिसको आधारमा लेखा प्रमुखहरूको काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाले जनाएको छ। प्रहरी प्रधान कार्यालय स्थित विशेष ब्यूरोको लेखा प्रमुखमा इन्स्पेक्टर उदय कुमार चौधरीलाई सरुवा गरिएको छ। कल्याण महाशाखामा इन्स्पेक्टर डेकेन्द्र शर्मा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा दिपेश खरेल, सीआईबीको लेखा प्रमुखका प्रकाश शाह र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको लेखा प्रमुखमा इन्स्पेक्टर महेश बिक्रम शाहलाई सरुवा गरिएको छ। साइबर ब्यूरोमा रविन ढकाल, लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा राकेश रेग्मी, महाराजगञ्ज स्थित प्रहरी अस्पतालमा राजन उप्रेती, बागमती प्रदेश प्रहरी कार्यालयमा सविन कुमार संग्रौलालाई पठाइएको छ।…

थप

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि सिफारिस भएका उत्कृष्ट १० उम्मेदवारको सूची सार्वजनिक गरेसँगै पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रियामाथि पनि प्रश्न उठ्न थालेको छ। सार्वजनिक सूचीमा परेका केही उम्मेदवारहरूको पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धित निजी कलेजहरूसँग प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध तथा लगानी रहेको दाबी गर्दै हितको द्वन्द्व (Conflict of Interest) को विषयमा बहस सुरु भएको हो। सार्वजनिक रूपमा उठाइएका दाबीअनुसार, प्राध्यापक डा. अनिलकुमार पोखरेल कला तथा कानून संकायका डीन रहेका बेला विराटनगरस्थित अन्नपूर्ण ल कलेजले सम्बन्धन प्राप्त गरेको थियो। उक्त कलेजमा उनको लगानी रहेको र पद तथा प्रभाव प्रयोग गरी सम्बन्धन दिलाइएको भन्ने आरोपसमेत उठाइएको छ। यद्यपि,…

थप

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले लागू औषध ट्रामाडोलसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार मिति २०८२/०३/२९ गते राति करिब ११:०० बजेको समयमा काठमाडौं महानगरपालिका–११ भोटेबहालस्थित पौडेल टोलमा लागू औषध बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले निगरानी तथा चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा बा ६४ प ५०२२ नम्बरको स्कुटरमा आएका जिल्ला सिन्धुपाल्चोक, सागाचोक नगरपालिका–११ घर भई हाल काठमाडौं महानगरपालिका–११ भोटेबहाल बस्ने २६ वर्षीय अनिल गिरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको साथबाट लागू औषध ट्रामाडोल ३६५० ट्याब्लेट (३६५ पत्ता), नगद रु ३५ हजार ३५० र स्कुटर बरामद गरिएको छ। पक्राउ परेका गिरीलाई लागू…

थप

काठमाडौं । जिल्ला काठमाडौंको कोटेश्वरस्थित खरिबोट क्षेत्रबाट गृह मन्त्रालयको जिम्मेवार व्यक्ति हुँ भन्दै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्न खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३० वर्षीय आदित्य सिंह रहेका छन्। प्रहरीका अनुसार उनले आफू गृह मन्त्रालयसँग सम्बन्धित जिम्मेवार अधिकारी भएको परिचय दिँदै विभिन्न प्रहरी कार्यालयमा पहुँच विस्तार गर्न र प्रभाव जमाउन खोजेका थिए। प्रारम्भिक अनुसन्धानका क्रममा उनले आफ्नो प्रभाव र पहुँच देखाएर संवेदनशील जानकारी तथा प्रशासनिक गतिविधिमा हस्तक्षेप गर्न खोजेको खुलेको प्रहरीले जनाएको छ। शंकास्पद गतिविधिका आधारमा नियन्त्रणमा लिइएका सिंहमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको र यसमा अन्य व्यक्तिको संलग्नता भए/नभएको…

थप

काठमाडौं । नियमविपरीत कालो सिसा (Tinted Glass) जडान गरी निजी सवारी चलाउने चालकहरूमाथि ट्राफिक प्रहरीले कारबाही तीव्र बनाएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडक सुरक्षा र अनुशासनलाई मध्यनजर गर्दै कालो सिसा राखिएका सवारी साधनलाई सडकमै नियन्त्रणमा लिएर कारबाही गर्दै आएको जनाएको छ। कसुरको प्रकृति हेरी तत्काल जरिवाना गरिनुका साथै सवारीको सिसामा लगाइएको कालो फिल्म हटाउन लगाइने गरिएको छ। सरकारले प्रस्ताव गरेको नयाँ सवारी तथा यातायातसम्बन्धी विधेयकमा भने यस्तो कसुरमा जरिवाना रकम अझ बढाउने प्रस्ताव गरिएको छ। प्रस्तावित व्यवस्थाअनुसार नियमविपरीत कालो सिसा प्रयोग गर्ने चालकलाई १ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने उल्लेख छ। हाल ट्राफिक नियम उल्लंघनअन्तर्गत कालो सिसा प्रयोग गर्ने…

थप

बरहथवा । ईलाका प्रहरी कार्यालय बरहथवाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र (महिला सेल) मा कार्यरत प्रहरी निरीक्षक सुस्मा कठायतमाथि सेवाग्राही तथा जनप्रतिनिधिसँग अभद्र व्यवहार गरेको आरोप लागेको छ। घटनापछि स्थानीयस्तरमा असन्तुष्टि बढेको छ भने आरोपबारे निष्पक्ष छानबिन गर्न माग गरिएको छ। स्थानीयका अनुसार महिला सेलमा घरेलु हिंसा, महिला हिंसा, पारिवारिक विवादलगायत संवेदनशील विषयका उजुरी लिएर आउने सेवाग्राहीसँग इन्स्पेक्टर कठायतले अपेक्षित संवेदनशीलता र शिष्ट व्यवहार नगरेको गुनासो उठ्दै आएको छ। महिला तथा बालबालिकासम्बन्धी विषय हेर्ने जिम्मेवारीमा रहेको इकाइका प्रहरी अधिकारीबाट पीडित र सेवाग्राहीले सहानुभूतिपूर्ण, सहयोगी र मर्यादित व्यवहारको अपेक्षा गर्ने भए पनि व्यवहारमा त्यसको अनुभूति नभएको स्थानीयको आरोप छ।…

थप

काठमाडौं । लागू औषध नियन्त्रण ब्युरोले पछिल्लो समय लागू औषधविरुद्धको कारबाहीलाई तीव्र बनाएको छ। ब्युरोको विभिन्न शाखाबाट परिचालित टोलीले छुट्टाछुट्टै स्थानबाट खैरो हेरोइनसहित ४ जनालाई पक्राउ गरेको छ। लागू औषध नियन्त्रण ब्युरो कोटेश्वर, काठमाडौंका अनुसार नेपालगञ्ज, भैरहवा र काठमाडौं उपत्यकाबाट गरी ठूलो मात्रामा खैरो हेरोइन बरामद गरिएको हो। ब्युरोका अनुसार पहिलो घटनामा नेपालगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले बाँकेको डुडुवा गाउँपालिका–२ बाट खैरो हेरोइन १०५ ग्राम ७१० मिलिग्रामसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दिया राजापुरका २८ वर्षीय राजेन्द्र लोनिया रहेका छन्। उनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ। त्यस्तै लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट…

थप

काठमाडौं । चन्द्रागिरि तेक्वान्दो डोजाङ्ले आफ्नो १२औँ स्थापना दिवस विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाएको छ । स्थापना दिवसको अवसरमा डोजाङ्ले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सम्मान गरेको छ । वर्ष उत्कृष्ट खेलाडीका रूपमा बाजुरा बुढिन्नदा नगरपालिका स्थायी घर भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका–३ मा बस्दै आएका सौरभ मल्ललाई सम्मान गरिएको हो । त्यस्तै, अनुशासित खेलाडीका रूपमा राकेश आले मगरलाई सम्मान गरिएको थियो । दुर्गम जिल्ला बाजुराबाट काठमाडौं आएर तेक्वान्दो क्षेत्रमा निरन्तर मेहनत गर्दै उत्कृष्ट प्रदर्शन गर्न सफल भएका सौरभ मल्लले चन्द्रागिरि तेक्वान्दो डोजाङ्मार्फत आफ्नो खेल क्षमता विकास गर्दै आएका छन् । कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी प्रमुख अतिथि…

थप

पर्सा । गण्डक प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हवल्दार पिन्टु सिंहमाथि चेकजाँचको नाममा सवारीसाधन तथा व्यवसायीसँग रकम असुल्ने गरेको आरोप लागेको छ । स्थानीय स्रोतका अनुसार सिंहले घुमुवा प्रहरीको भूमिकामा रहेर विभिन्न स्थानमा रकम उठाउने गरेको दाबी गरिएको छ । गण्डक चोक आसपासका क्षेत्रमा विभिन्न बहानामा सवारीसाधन रोकेर १ सयदेखि १ हजार रुपैयाँसम्म रकम लिने गरेको आरोप छ । यस्तै, सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भित्रिने सामान नियन्त्रण गर्ने नाममा बीच बाटोमै सामान रोक्ने र रकम लिएर छाड्ने गरेको स्रोतको दाबी छ । पर्सा र बारासँग जोडिएका विभिन्न नाकाबाट अवैध रूपमा भित्रिएका सामान जितपुर हुँदै काठमाडौंसम्म पुग्ने गरेको र त्यस्ता गतिविधिमा…

थप

रौतहट । रौतहट प्रहरीले भन्सार छली गरी नेपाल भित्र्याइएको आशंकामा बेवारिसे अवस्थामा फेला परेको भारतीय नम्बर प्लेटको स्कोर्पियो गाडी जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको छ । प्रहरीले सँगसँगै अदालतबाट दोषी ठहर भई लामो समयदेखि फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयन अभियानलाई समेत तीव्र बनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त गौतमका अनुसार डब्लु बी ०२ डब्लु १५८७ (WB 02 W 1587) नम्बरको भारतीय स्कोर्पियो गत जेठ ३१ गते मौलापुर नगरपालिका–स्थित आईटी चोक नजिक सडक किनारमा बेवारिसे अवस्थामा फेला परेको थियो । गाडीको स्वामित्व दाबी गर्न कोही नआएपछि प्रहरीले नियन्त्रणमा लिएर आवश्यक…

थप