Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
कपिलवस्तु । ‘अदालत र प्रहरीमा मेरो राम्रो पहुँच छ, तपाईंको छोरालाई जेलबाट छुटाइदिन्छु’ भन्दै एक व्यक्तिबाट ५ लाख ६२ हजार रुपैयाँ ठगी गरेको आरोपमा कपिलवस्तु प्रहरीले शिवराज नगरपालिका–५ बालानगरका ३६ वर्षीय जग्गु तेलीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार बाणगंगा नगरपालिका–४ गजेहडाका ६५ वर्षीय अब्दुल मोविन मुसलमानका छोरा अकबर अली सवारी ज्यानसम्बन्धी मुद्दामा तौलिहवा कारागारमा पुर्पक्षका लागि थुनामा रहेका थिए। सोही अवस्थाको फाइदा उठाउँदै तेलीले विभिन्न सरकारी निकायमा आफ्नो पहुँच रहेको दाबी गर्दै मुद्दा मिलाइदिने र जेलबाट छुटाइदिने आश्वासन दिएका थिए। प्रहरीका अनुसार तेलीले विभिन्न मितिमा पटक–पटक गरी पीडितबाट ५ लाख ६२ हजार रुपैयाँ लिएका थिए। रकम बुझाएपछि…
बिर्तामोड । साइबर अपराध मुद्दामा जिल्ला अदालत झापाबाट पक्राउ पुर्जी जारी भएका नितेश ओली एक महिनाभन्दा बढी समय बितिसक्दा पनि पक्राउ नपरेपछि नेपाल पत्रकार महासंघले झापा प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र झापा शाखाले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै फरार अभियुक्तलाई पक्राउ गर्न नसक्नुले प्रहरी प्रशासनको कार्यसम्पादनमाथि नै शंका उत्पन्न भएको बताएका छन्। महासंघका अनुसार पत्रकार तथा सञ्चार संस्थालाई लक्षित गरी सामाजिक सञ्जालमार्फत निरन्तर चरित्रहत्या, भ्रम फैलाउने, गालीगलौज तथा ज्यान मार्ने धम्की दिँदै आएका नितेश ओलीविरुद्ध संस्थागत रूपमा असार १५ गते जिल्ला प्रहरी कार्यालय झापामा साइबर अपराध कसुरअन्तर्गत जाहेरी दर्ता गरिएको थियो। त्यसपछि जिल्ला अदालतबाट…
साउथ सुडान शान्ति मिसनमा खटिने सशस्त्र प्रहरीको १३औं टोलीलाई आईजीपी पौडेलद्वारा बिदाइ
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेलले संयुक्त राष्ट्रसंघको शान्ति स्थापना अभियानअन्तर्गत दक्षिण सुडानमा खटिन लागेको नेपाल फर्म्ड पुलिस युनिट (एफपीयू) को १३औं टोलीलाई मंगलबार बिदाइ गरेका छन्। सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा आयोजित कार्यक्रममा आईजीपी पौडेलले टोलीलाई सफल कार्यसम्पादनको शुभकामना दिँदै नेपालको व्यावसायिक छवि र प्रतिष्ठा उच्च राख्ने गरी जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए। संयुक्त राष्ट्रसंघको अनुरोधमा युनाइटेड नेशन्स मिसन इन साउथ सुडान (UNMISS) अन्तर्गत नेपाल फर्म्ड पुलिस युनिट (FPU) का रूपमा खटिन लागेको उक्त टोलीले शान्ति स्थापना, सुरक्षा प्रवर्द्धन तथा नागरिक संरक्षणसम्बन्धी जिम्मेवारी निर्वाह गर्नेछ। बिदाइ कार्यक्रममा आईजीपी पौडेलले अन्तर्राष्ट्रिय शान्ति मिसनमा नेपाली सुरक्षा…
बाँके । इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेका कालीकोटका ३८ वर्षीय वीरेन्द्रबहादुर सिंहको मृत्यु भएको घटनामा तत्कालीन कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी खनालमाथि विभागीय कारबाही गर्न सिफारिस गरिएको छ। सिंह गत भदौमा ज्यान मार्ने मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका थिए। पक्राउ परेको तीन दिनपछि हिरासतमै उनको स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको थियो। घटनापछि सिंहका परिवारले प्रहरी हिरासतमा यातना दिइएका कारण मृत्यु भएको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गरेका थिए। तर तत्काल घटनाको विस्तृत अनुसन्धान हुन सकेको थिएन। पछि लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रका तत्कालीन प्रमुख एसएसपी सन्तोष सिंह…
काठमाडौं । लागुऔषध नियन्त्रण ब्यूरो (एनसीबी), कोटेश्वरले राइड सेयरिङ एप InDrive को प्रयोग गरी लागुऔषध (ब्राउन सुगर/हेरोइन) कारोबार र डेलिभरी गर्ने गिरोहका तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट ४३ ग्राम ब्राउन सुगर, दुई थान डिजिटल तराजु, ११ थान मोबाइल फोन र नगद ५० हजार रुपैयाँ बरामद गरिएको ब्यूरोले जनाएको छ। ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) दुर्गा राज रेग्मीका अनुसार प्रारम्भिक अनुसन्धानबाट गिरोहले प्रविधिको प्रयोग गर्दै लागुऔषध कारोबार गर्ने नयाँ शैली अपनाएको खुलेको छ। उनका अनुसार भुनाको रूपमा लागुऔषध खरिद गर्ने व्यक्तिले InDrive मार्फत रकम पठाउने, त्यसपछि अर्को InDrive बुक गरी लागुऔषध डेलिभरी गर्ने गरिएको थियो।…
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना दुई जना प्रहरी नायब उपरीक्षक (डीएसपी) शिव अधिकारी र पूर्णचन्द्र भट्टलाई प्रहरी उपरीक्षक (एसपी) को फुली लगाउने निर्णय गरेपछि महानगरभित्रै विवाद चर्किएको छ। साउन १९ गते बसेको कार्यपालिका बैठकको निर्णयअनुसार बुधबार बिहान ११ बजे दुवै अधिकृतलाई एसपीको फुली लगाउने कार्यक्रम तय गरिएको छ। महानगरभित्र एक पक्षले आवश्यक योग्यता नपुगेका डीएसपीलाई एसपीसरहको फुली लगाउने निर्णय गरिएको भन्दै आपत्ति जनाएको छ। उनीहरूको तर्क छ कि यस्तो निर्णयले बढुवा प्रणाली र संस्थागत प्रक्रियामाथि प्रश्न उठाउनेछ। अर्कोतर्फ, अर्को पक्षले भने शिव अधिकारी र पूर्णचन्द्र भट्टलाई वरिष्ठताको आधारमा प्रचलित व्यवस्था र कार्यपालिकाको निर्णयअनुसार जिम्मेवारी तथा दर्जा प्रदान गरिएको दाबी गरेको…
सर्लाही । सर्लाहीको भारतसँग जोडिएको सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेको १३ लाख रुपैयाँ नगदसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। मंगलबार दिउँसो सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बिओपी) संग्रामपुरबाट खटिएको गस्ती टोलीले पर्सा गाउँपालिका–६ मा नियमित चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा सर्लाहीको पर्सा गाउँपालिका–६ निवासी २३ वर्षीय असपाक साह र महोत्तरीको श्रीपुर नगरपालिका–४ निवासी ४६ वर्षीय साजन मुखिया रहेका छन्। सशस्त्र प्रहरीका अनुसार उनीहरूको साथबाट स्रोत खुलाउन नसकिएको १३ लाख रुपैयाँ नगद तथा दुई थान मोबाइल फोन बरामद गरिएको छ। बरामद नगद र पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला भन्सार…
बुटवल । नेपाल प्रहरीको आन्तरिक कार्यसम्पादन मूल्याङ्कनमा लगातार तीन महिना उत्कृष्ट बन्दै नयाँ कीर्तिमान कायम गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयमाथि सीमावर्ती जिल्लामा बढ्दो तस्करी र अवैध कारोबार नियन्त्रण गर्न नसकेको भन्दै आलोचनामा परेको छ। डिआईजी भूपेन्द्रबहादुर खत्रीको नेतृत्वमा प्रदेश प्रहरी कार्यालयले कागजी रूपमा उत्कृष्ट मूल्याङ्कन हासिल गरे पनि सीमाक्षेत्रमा तस्करी नरोकिएको भन्दै स्थानीय व्यवसायीहरूले नेतृत्वको प्रभावकारितामाथि प्रश्न उठाएका छन्। लुम्बिनी प्रदेशअन्तर्गत भारतसँग खुला सीमा जोडिएका रूपन्देही, कपिलवस्तु, बाँके, पश्चिम नवलपरासी र दाङ तस्करीका मुख्य केन्द्रका रूपमा चिनिन्छन्। यी जिल्लामा क्रमशः एसपी जनकबहादुर शाही, एसपी मनोहर भट्ट, एसपी अंगुर जिसी, एसपी रामबहादुर केसी र एसपी दीपक श्रेष्ठ प्रहरी प्रमुखका रूपमा कार्यरत…
काठमाडौं । नेपाली सेनाका सहायक रथी (अप्रा) राजुप्रताप केसीको निधन भएको छ। केही वर्षदेखि मिर्गौला रोगबाट पीडित रहेका केसी उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। केसीको जीवन व्यक्तिगत रूपमा पनि अत्यन्त पीडादायी रह्यो। विसं २०४२ सालमा काठमाडौंबाट दिपायल जाँदै गरेको सैनिक विमान दुर्घटनामा उनकी श्रीमती र सन्तानको मृत्यु भएपछि उनी गम्भीर पारिवारिक शोकमा परेका थिए। त्यसअघि परिवार नियोजन गरिसकेका केसीले पछि दोस्रो विवाह गरे। त्यसपछि शल्यक्रियामार्फत परिवार नियोजन उल्टाएर पुनः सन्तान प्राप्त गरेका थिए। काठमाडौंको कमलपोखरी निवासी केसी पूर्वप्रधानसेनापति रुक्माङ्गद कटुवालका नाताले साला पर्थे। सैनिक वृत्तमा केसीको बढुवासम्बन्धी विषय पनि एक समय चर्चामा रहेको थियो। उनीले नेशनल डिफेन्स…
काठमाडौँ । सिन्धुलीको भिमानबाट स्कर्टिङ गर्दै काठमाडौंतर्फ ल्याइँदै गरेको खैरो हेरोइनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। मंगलबार लागुऔषध नियन्त्रण ब्यूरोको बर्दिबास शाखाबाट खटिएको टोलीले महोत्तरीबाट काठमाडौं आउँदै गरेको मधेस प्रदेश ०५–००१ ज ००८६ नम्बरको हाइस माइक्रो र त्यसलाई स्कर्टिङ गरिरहेको मोटरसाइकललाई नियन्त्रणमा लिँदै तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका–५ का २० वर्षीय सन्देश यादव, धनुषाको कमला नगरपालिका–७ का २० वर्षीय राहुल कुमार मण्डल र सिरहाको कल्याणपुर नगरपालिका–६ का २० वर्षीय अभिषेक कुमार साह रहेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका एसपी दुर्गाराज रेग्मीका अनुसार उनीहरूले आलुको बोराभित्र लुकाएर खैरो हेरोइन माइक्रोबसमार्फत काठमाडौं पठाएका थिए भने दुई जना…
