Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । नेपाल प्रहरीले जिल्ला तहको ट्राफिक व्यवस्थापनमा महत्त्वपूर्ण संरचनागत परिवर्तन गरेको छ। प्रहरी प्रधान कार्यालयले परिपत्र जारी गर्दै अबदेखि जिल्ला ट्राफिक प्रहरी कार्यालय सम्बन्धित जिल्ला प्रहरी प्रमुखकै कमान्डमा रहने व्यवस्था लागू गरेको हो। यसअघि जिल्ला ट्राफिक प्रहरी कार्यालय नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय मातहत सञ्चालन हुँदै आएको थियो। प्रदेशभर कार्यरत ट्राफिक प्रहरीको सरुवा, खटनपटन तथा प्रशासनिक व्यवस्थापन पनि सोही कार्यालयबाट हुने गरेको थियो। नयाँ व्यवस्थाअनुसार अब जिल्ला ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित जिल्ला प्रहरी प्रमुखको प्रत्यक्ष कमान्ड र निर्देशनमा काम गर्नेछ। ट्राफिक प्रहरीको दैनिक परिचालन, समन्वय र जिल्लास्तरीय सुरक्षा व्यवस्थापनमा जिल्ला प्रहरी प्रमुखको भूमिका थप प्रभावकारी हुने…
दरबन्दीमै प्रहरी फर्काउने अभियान, ‘जायज पीरमर्का संगठनभित्रै राख्नुस्’ : आईजीपी कार्की
काठमाडौं । नेपाल प्रहरीमा लामो समयदेखि देखिँदै आएको दरबन्दीभन्दा बाहिर कार्यरत रहने र सरुवा–बढुवाका लागि विभिन्न माध्यमबाट पहल गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्दै प्रहरी प्रधान कार्यालयले संगठनलाई विधि र प्रक्रियामा आधारित बनाउन थालेको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको नेतृत्वमा अहिले प्रहरी कर्मचारीलाई आफ्नै दरबन्दी भएको कार्यालयमा फर्काउने अभियान तीव्र रूपमा अघि बढाइएको छ। प्रहरी प्रधान कार्यालयले हालै विभिन्न प्रहरी इकाइमा कार्यरत कर्मचारीलाई उनीहरूको दरबन्दी रहेको कार्यालयमा फिर्ता पठाउने निर्णय कार्यान्वयन गरिरहेको छ। यसलाई संगठनभित्र अनुशासन, जिम्मेवारी र जनशक्ति व्यवस्थापनलाई थप व्यवस्थित बनाउने प्रयासका रूपमा हेरिएको छ। लामो समयदेखि दरबन्दीभन्दा बाहिर बसेर काम गर्ने अभ्यासले जनशक्ति व्यवस्थापनमा असन्तुलन सिर्जना गरिरहेको अवस्थामा…
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका पाँच जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको छ। सशस्त्र प्रहरी बल मुख्यालयले संगठनको आवश्यकता अनुसार पाँच एसपीको जिम्मेवारी हेरफेर गर्दै नयाँ कार्यस्थलमा खटाउने निर्णय गरेको हो। सरुवाअनुसार सम्बन्धित एसपीहरूलाई विभिन्न गण तथा कार्यालयमा नयाँ जिम्मेवारी तोकिएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ। हेर्नुस् सुची
आत्मघाती गोलले जोगियो अर्जेन्टिना, वीरतापूर्ण प्रदर्शनसँगै केप भर्डको ऐतिहासिक यात्रा टुंगियो
काठमाडौं । विश्व फुटबलले लामो समय सम्झिरहने रोमाञ्चक भिडन्तमा साविक विजेता अर्जेन्टिना अन्तिम क्षणमा भाग्यमानी सावित भएको छ। डेब्यु टोली केप भर्डले विश्व फुटबलको महाशक्तिलाई घुँडा टेक्न बाध्य पार्ने प्रदर्शन गरे पनि अतिरिक्त समयको आत्मघाती गोलका कारण ३–२ को हार बेहोर्दै विश्वकपबाट बाहिरिएको छ। अमेरिकाको मायामी रंगशालामा भएको खेलमा कप्तान लिओनल मेसीले २९औँ मिनेटमा व्यक्तिगत कौशल प्रदर्शन गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। यो उनको विश्वकप करिअरको २०औँ गोल पनि बन्यो। तर विश्व वरीयताको ६४औँ स्थानमा रहेको केप भर्ड दबाबमा झुकेन। दोस्रो हाफमा डेरोय दुआर्टेले बराबरी गोल फर्काएपछि रंगशालाभर केप भर्डका समर्थकहरूको उत्साह छायो। अतिरिक्त समयको ९२औँ मिनेटमा लिसान्ड्रो मार्टिनेजले अर्जेन्टिनालाई…
काठमाडौं । बझाङको दुर्गाथली गाउँपालिका–३ रकेलस्थित श्री भगवती आधारभूत विद्यालयमा सामान्य विवादपछि भएको कुटपिट घटनामा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार असार १९ गते बिहान करिब ११ः३० बजे विद्यालयका शिक्षक ५० वर्षीय मदन धामी र स्थानीय २५ वर्षीय सन्तोष धामीबीच सामान्य विवाद हुँदा कुटपिट भएको थियो। घटनामा शिक्षक मदन धामी टाउकोमा चोट लागेर घाइते भएका थिए। कुटपिट छुट्याउन गएका सन्तोषका बुवा ५८ वर्षीय गगन धामी पनि टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए। दुवैलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ लगिएको थियो। उपचारपछि शिक्षक मदन धामी सोही दिन साँझ अस्पतालबाट डिस्चार्ज भएका थिए।…
रौतहट । रौतहटका राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरविरुद्ध विद्यालय भवन निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनको कार्यकाल, सम्पत्ति तथा आयस्रोतबारे समेत स्थानीय तहमा चर्चा सुरु भएको छ। ठाकुर २०५५ सालमा तत्कालीन पिपरा पोखरिया गाविसमा प्राविधिक सहायकका रूपमा सरकारी सेवामा प्रवेश गरेका थिए। त्यसपछि जिल्ला विकास समिति रौतहट हुँदै प्रशासनिक जिम्मेवारीमा पुगेका उनी पछि जिल्ला समन्वय समिति र राजपुर नगरपालिकामा समेत कार्यरत रहे। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पटक–पटक सरुवा गरे पनि उनी लामो समय राजपुर नगरपालिकामै कार्यरत रहेको बताइन्छ। अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेसँगै ठाकुरको सम्पत्तिको स्रोतबारे…
काठमाडौं । गृह मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत नेपाल प्रहरीको टोलीमा एकैपटक व्यापक फेरबदल गरेको छ। डिआइजी तहबाटै नेतृत्व परिवर्तन गर्दै एसपी, डीएसपी र इन्स्पेक्टरसहित एक दर्जनभन्दा बढी प्रहरी अधिकारीलाई आयोगबाट फिर्ता बोलाइएको छ। आयोगमा कार्यरत प्रहरी संरचनाकै ‘सेट’ परिवर्तन गरिएकाले यसलाई सामान्य सरुवाभन्दा ठूलो प्रशासनिक अभ्यासका रूपमा हेरिएको छ। गृहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डिआइजी शेखर खनाललाई नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागमा सरुवा गरेको छ। कार्य विभागमा कार्यरत डिआइजी अरुण पौडेललाई अख्तियारमा पठाएको छ। डिआइजीको सरुवासँगै आयोगमा काजमा रहेका एसपी मोहन थापासहित एक दर्जनभन्दा बढी प्रहरी अधिकारीलाई पनि फिर्ता बोलाइएको छ। थापाको स्थानमा संयुक्त राष्ट्रसंघ (यूएन)…
काठमाडौँ । गृह मन्त्रालयले दुई जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)को सरुवा गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखामा कार्यरत डिआइजी शेखर खनाललाई नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागमा सरुवा गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागमा कार्यरत डिआइजी अरुण पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखामा सरुवा गरिएको छ ।
काठमाडौं । कैलाली प्रहरीले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। कैलाली जिल्ला अदालतको २०५६ चैत १३ गतेको फैसलाअनुसार कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका कैलालीको टीकापुर नगरपालिका– १, बनगाउँ निवासी अन्दाजी ४५ वर्षीय धनबहादुर घर्तीमगरलाई आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। घर्तीमगर ०६१ माघ २७ गते कैलाली कारागारबाट फरार भएका थिए। फरार रहेकै अवस्थामा उनलाई प्रहरीले खोजतलासका क्रममा पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ परेका घर्तीमगरलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कैलाली जिल्ला अदालतमा पेस गर्ने तयारी भइरहेको छ।
काठमाडौं । सप्तरीको राजविराज नगरपालिका–६ स्थित कारागार कार्यालयमा ड्युटीमा खटिएका प्रहरी जवानले बोकेको एसएलआर राइफल असावधानीवश पड्किँदा अर्का एक प्रहरी जवान घाइते भएका छन्। बुधबार राति करिब ११ः२० बजे कारागार सुरक्षा गार्डको ‘ए’ ब्लकमा ड्युटीमा रहेका प्रहरी जवान बिसोजित राय यादवले बोकेको एसएलआर राइफलबाट अचानक गोली चलेको थियो। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी रूपक खड्काका अनुसार गोली कारागारको भित्तामा लागेको थियो। त्यसपछि उछिट्टिएको गोलीको टुक्रा लागेर २२ वर्षीय प्रहरी जवान अजयकुमार मोताको कम्मरमाथिको ढाडमा चोट लागेको हो। घाइते मोतालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे…