Author: Scoop Khabar

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा मोटरसाइकलसहित बगेका एक युवकको प्रहरीले सकुशल उद्धार गरेको छ। प्रहरीका अनुसार बर्दगोरिया गाउँपालिका–२ का ३९ वर्षीय लौटन चौधरी गएराति करिब साढे ९ बजे घर फर्किने क्रममा खोलामा आएको बाढीले मोटरसाइकलसहित बगाएको थियो। घटना देखेपछि स्थानीयले तत्काल इलाका प्रहरी कार्यालय चिसापानीमा खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक (इन्स्पेक्टर) मिरा खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। टोलीले करिब एक घण्टासम्म निरन्तर प्रयास गरेपछि चौधरीलाई सकुशल उद्धार गर्न सफल भएको हो। अत्यधिक बाढीका कारण चौधरी सवार मोटरसाइकल भने खोलाबाट निकाल्न नसकिएको प्रहरीले जनाएको छ। उद्धार गरिएका चौधरीलाई सोही राति सुरक्षित रूपमा घर…

थप

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालका प्रमुख स्वकीय सचिव प्रतीक श्रेष्ठ र स्वकीय सचिव पारस क्षेत्री संयुक्त अरब इमिरेट्स (यूएई) पुगेको खुलेको छ। स्रोतकाअनुसार एशियाली विकास बैंक (एडीबी) का कर्मचारी संजय कक्षपतिको स्पोन्सरमा श्रेष्ठ दुबई गएका हुन्। उनीसँगै क्षेत्री पनि गएका हुन्। श्रेष्ठको हवाई यात्रालगायतको खर्चसमेत कक्षपतिले नै व्यहोरेको स्रोतको दाबी छ। श्रेष्ठ र क्षेत्री काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाईदुबईको FZ 1134 उडानमार्फत दुबई गएका हुन्। कक्षपति भने युरोपबाट दुबई पुगेको बताइएको छ। उनीहरु दुबईको होटल हिल्टनमा बसेका छन्। कक्षपति नेपाली कांग्रेसकी नेतृ आरजु राणाका नातेदार हुन्। एडीबीमा कार्यरत कक्षपति र मन्त्रीका स्वकीय सचिवबीच दुबईमा हुने भेटघाटलाई लिएर…

थप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं महानगरपालिकाको अध्यक्षमा अवकाशप्राप्त वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दीपक रञ्जित निर्विरोध निर्वाचित भएका छन्। राप्रपा काठमाडौं महानगरपालिकाको अधिवेशनअन्तर्गत अध्यक्ष पदका लागि आज दिउँसो १२ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। निर्धारित समयभित्र अध्यक्ष पदमा रञ्जितको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। महानगर समितिका सदस्य पदका अन्य उम्मेदवारसमेत सर्वसम्मत चयन भएका छन्। प्रहरी सेवामा रहँदा रञ्जितले काठमाडौं, ललितपुर र भक्तपुरको प्रहरी नेतृत्व सम्हाल्ने अवसर पाएका थिए। काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थापनमा लामो अनुभव हासिल गरेका उनी महानगरको भूगोल र सुरक्षा अवस्थाबारे जानकार अवकाशप्राप्त प्रहरी अधिकृतका रूपमा चिनिन्छन्। महानगरको निर्वाचन प्रक्रिया सम्पन्न भए पनि निर्वाचित…

थप

काठमाडौं । विभागीय अनुसन्धानको दायरामा परेका झापा र सुनसरीका प्रमुखसहित सशस्त्र प्रहरी बल (एपीएफ) का ३३ जना प्रहरी उपरीक्षक (एसपी) को एकैपटक सरुवा गरिएको छ। सशस्त्र प्रहरी मुख्यालयले संगठनभित्र अनुशासन, कार्यसम्पादन र सीमा सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सरुवा सूची सार्वजनिक गरेको हो। मुख्यालयका अनुसार महानिरीक्षकको साउन २१ गतेको निर्णयअनुसार सशस्त्र प्रहरी नियमावली, २०७२ बमोजिम सरुवा गरिएको हो। सरुवा आगामी भदौ १ गतेदेखि लागू हुनेछ। झापाका एसपीमाथि के आरोप? झापास्थित नम्बर–२ हेडक्वार्टरका तत्कालीन प्रमुख एसपी अम्बिकाप्रसाद जोशीमाथि सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणमा कमजोरी, घुमुवा परिचालनमार्फत अवैध असुली तथा संगठनभित्र अनुशासनसम्बन्धी विषयमा अनुसन्धान सुरु भएपछि उनलाई मुख्यालय तानिएको स्रोतको दाबी…

थप

काठमाडौं। ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा फरार रहेका तथा इन्टरपोलको रेड नोटिस जारी भएका एक प्रतिवादीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँ जिल्लाको साविक भिरकोट–६, हाल ऋषिङ गाउँपालिका–४ निवासी अम्मर सिंह नेपाली रहेका छन्। उनी कर्तव्य ज्यान मुद्दामा वारदातपछि फरार रहेका थिए। नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागअन्तर्गतको इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले सन् २०२४ जुन ६ मा उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो। त्यसयता उनी अन्तर्राष्ट्रिय स्तरमा खोजीको सूचीमा रहेका थिए। रेड नोटिस जारी भएपछि साउदी अरेबियाबाट Air Arabia को उडान नम्बर G9 530 मार्फत नेपाल फर्किने जानकारी प्राप्त भएपछि प्रहरीले आवश्यक समन्वय गरेको थियो।…

थप

राजेन्द्र बाबू रेग्मी राष्ट्रको सुरक्षा केवल सेना, प्रहरी वा हतियारले मात्र सुनिश्चित गर्दैन- यसको पहिलो र सबैभन्दा बलियो आधार गुणस्तरीय सूचना हो। समयमै सही सूचना संकलन गर्ने, त्यसको गहिरो विश्लेषण गर्ने र सम्भावित जोखिमबारे राज्यलाई अग्रिम चेतावनी दिने दायित्व राष्ट्रिय अनुसन्धान विभाग (राअवि) को हो। जब यही संयन्त्र कमजोर बन्छ, राज्यको निर्णय क्षमता पनि स्वतः कमजोर हुन्छ। आज राअविको कार्यसम्पादनबारे अनेक प्रश्न उठिरहेका छन्। समस्या केवल सूचना संकलनको अभावमा सीमित छैन, प्राप्त सूचनालाई रणनीतिक रूपमा विश्लेषण गरी नीतिनिर्माण र निर्णय प्रक्रियामा उपयोगी बनाउन नसक्नु पनि उत्तिकै गम्भीर चुनौती बनेको छ। परिणाममुखी अनुसन्धानभन्दा प्रक्रियामुखी कार्यशैली हाबी हुँदा विभागको प्रभावकारिता क्रमशः खुम्चिँदै…

थप

काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरेको तलब वृद्धिसँगै नेपाल प्रहरी कर्मचारीहरूको नयाँ तलबमान लागू भएको छ। नयाँ तलबमानअनुसार प्रहरीका सबै तहका कर्मचारीको आधारभूत तलबमा वृद्धि गरिएको हो। सार्वजनिक भएको नयाँ तलबमानअनुसार प्रहरी महानिरीक्षक (आईजीपी)को मासिक तलब ८४ हजार ५७६ रुपैयाँ पुगेको छ। १० प्रतिशत प्रोत्साहन भत्ता जोड्दा आईजीपीको तलब ९२ हजार ५०५ हुन पुग्छ। त्यस्तै अतिरिक्त महानिरीक्षक (एआईजी)ले पनि ८४ हजार ५७६ रुपैयाँसँगै प्रोत्साहन भत्ता जोड्दा ९२ हजार ५०५ हुन पुग्छ । प्रहरी नायब महानिरीक्षक (डीआईजी)ले ७३ हजार ७५० रुपैयाँ मासिक तलब पाउने भएका छन्। प्रोत्साहन भत्तासँगै ८० हजार ४५५ रुपैयाँ पाउनेछन्। यसैगरी प्रहरी वरिष्ठ…

थप

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको प्रमुखका रूपमा प्रहरी नायब उपरीक्षक (डीएसपी) पविन्द्र बमले बुधबारदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हालेका छन्। प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार काज सरुवामा अछाम आएका डीएसपी बमले पदभार ग्रहण गरेसँगै जिल्ला प्रहरी कार्यालयको समग्र अवस्थाबारे जानकारी लिँदै विभिन्न शाखाको निरीक्षण गरेका छन्। निरीक्षणपछि उनले कार्यालयमा कार्यरत प्रहरी कर्मचारीलाई नागरिकमैत्री सेवा प्रवाह, शान्ति सुरक्षा सुदृढीकरण, अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउने, व्यावसायिक अनुशासन कायम राख्ने र सेवाग्राहीसँग मर्यादित व्यवहार गर्न निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयले साउन १५ गते डीएसपी बमलाई अछामको जिम्मेवारी दिँदै काज सरुवा गरेको थियो। यसअघि अछामका प्रहरी प्रमुख रहेका डीएसपी ओमप्रकाश खनालको जिल्ला प्रहरी…

थप

काठमाडौं । इप्रका सिम्रौनगढ बाराको प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) किसुन्देव साह अर्थात केडीले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई नै चुनौती दिँदै तस्करीलाई संरक्षण गरेको पाइएको छ। इन्स्पेक्टर साहले झण्डै ९ महिनाअघि सिम्रौनगढको इन्चार्ज सम्हालेका थिए। मधेस प्रदेश बाहिर अर्थात इलाका प्रहरी कार्यालय डकाहा सिन्धुली दरबन्दी भएका प्रहरी हवल्दार सुजित पटेललाई घुमुवा राखेर इन्स्पेक्टर साहले तस्करी धमाधम खुलाएर आईजीपी कार्कीलाई नै चुनौती दिएका हुन्। जबकी ७ वर्षदेखि सिम्रौनगढमा बसेर हवल्दार घुमुवाले आर्थिक आतंक नै मच्चाएको बताइन्छ। आईजीपी कार्कीको निर्देशन लत्याउँदै इन्स्पेक्टर साहले घुमुवा पटेललाई आफूसँगै राखेर पैसा उठाउन सक्रिय राखेको आरोप पनि छ। जबकी आईजीपी कार्कीले जसको दरबन्दी जहाँ छ, त्यहाँ…

थप

धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिका–१ स्थित बौनिया बजारमा बिहीबार साँझ दुई समूहबीच भएको झडपमा एक जना घाइते भएका छन् भने प्रहरीले सात जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार बर्दगोरिया–२ झगडपुरका कृष्ण सेरेला र बौनियाका १७ वर्षीय विवेक विकको समूहबीच साँझ करिब ५ः३० बजे विवाद भएपछि झडप भएको हो। झडपमा विवेक विक घाइते भएका छन्। उनको घाँटीमा चोट लागेको छ। हाल उनको बर्दगोरिया अस्पताल प्रालि, बौनियामा उपचार भइरहेको प्रहरीले जनाएको छ। चिकित्सकका अनुसार उनको अवस्था सामान्य छ। घटनापछि प्रहरीले दीपेश मलाल, विजय कार्की, विपिन रावल, भरत सुनार, प्रवेश भण्डारी, विशाल रावल र दीपेन्द्र बमलाई पक्राउ गरेको छ। उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको…

थप