Author: Scoop Khabar

काठमाडौं । आत्मदाह गरेका सर्लाहीका विवेक मण्डलको उपचारका क्रममा निधन भएपछि नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गहिरो दुःख व्यक्त गरेका छन्। आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको उपचारकै गएराति क्रममा मृत्यु भएको हो । सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै थापाले मण्डलको निधनले आफूलाई अत्यन्त मर्माहत बनाएको उल्लेख गरेका छन्। शोकको यस घडीमा आफू पीडित परिवारसँगै जनाउँदै उनले मण्डलका सन्तानको शिक्षा–दीक्षामा निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन्।थापाले मण्डलका सन्तानको शिक्षा–दीक्षाका लागि आवश्यक साथ र सहयोग निरन्तर उपलब्ध गराउने प्रतिबद्धता परिवारलाई जानकारी गराइसकेको बताएका छन्। उनले दुःखद क्षतिप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसन्तप्त परिवारलाई यो…

थप

काठमाडौं । तस्करीसँग सम्बन्धित गम्भीर आरोपको छानबिनका क्रममा सशस्त्र प्रहरी बल (एपीएफ) ले दुई जना डीएसपीसहित आठ जना सुरक्षाकर्मीलाई मुख्यालय हल्चोक तानेर अनुसन्धान सुरु गरेको छ। छानबिनका लागि मुख्यालय तानिनेमा यसअघि झापाको काँकडभिट्टामा कार्यरत रही हाल इलाममा कार्यरत डीएसपी लोकनाथ उप्रेती, सीमा सुरक्षा गुल्म हरिपुर (सुनसरी) का डीएसपी शमशेर कार्की तथा बोर्डर आउट पोस्ट (बीओपी) लौकही, सुनसरीका इन्स्पेक्टर नरेन्द्र चन्द रहेका छन्। यसअघि नै नं. ३८ रिजर्भ गणमा कार्यरत हवल्दार हरि मगर र केशव गुरुङ, नं. २ गण झापाका हवल्दार विश्वास राजवंशी, सशस्त्र प्रहरीको पूर्व क्षेत्रीय अस्पताल सुनसरीमा कार्यरत सई गणेश खड्का तथा नं. ४ गण सुनसरीका जवान पारस यादव…

थप

काठमाडौं । २०८३ जेठ २२ गते जिल्ला प्रहरी परिसर काठमाडौंको नेतृत्व सम्हालेको ४० दिन नपुग्दै एसएसपी दिलिप घिमिरे विभिन्न विवादका कारण आलोचनाको केन्द्रमा परेका छन्। राजधानीको सुरक्षा, कानुन कार्यान्वयन र प्रहरीको निष्पक्ष भूमिकामाथि प्रश्न उठ्ने गरी पछिल्ला केही घटनाक्रम सार्वजनिक भएपछि काठमाडौं प्रहरीको नेतृत्व शैलीमाथि प्रश्नचिन्ह खडा भएको छ। सबैभन्दा बढी चर्चा किर्तिपुरस्थित होल्डिङ सेन्टरमा आएको डुबानपछि भएको घटनाले पायो। डुबानमा परेका व्यक्तिहरूको उद्धारका लागि प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यही समयमा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधि तथा नागरिक अभियन्ताहरू पनि त्यहाँ पुगेका थिए। त्यसक्रममा प्रहरी र नागरिक अभियन्ताबीच तनाव सिर्जना भएको देखियो। सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोमा प्रहरीबाट जेनजी अभियन्ता…

थप

रौतहट । काठमाडौंमा एक महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक वर्षभन्दा बढी समयदेखि फरार रहेका एक अभियुक्तलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको राजपुर नगरपालिका–८ अकोलवा निवासी २२ वर्षीय आफान आलम रहेका छन्। उनी काठमाडौं महानगरपालिका–१३ टंकेश्वर क्षेत्रमा भएको जबर्जस्ती करणी घटनापछि फरार हुँदै विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार परिवर्तित नाम ०८२/०८३ (३४) (क) को जाहेरीका आधारमा दर्ता भएको जबर्जस्ती करणी मुद्दामा फरार रहेका आलमको खोजी तीव्र पारिएको थियो। गोप्य सूचनाका आधारमा काठमाडौं प्रहरी वृत्त कालिमाटीसँग समन्वय गरी रौतहट प्रहरीले विशेष खोजतलास अभियान सञ्चालन गरेको थियो। सोही क्रममा…

थप

काठमाडौं । सिद्धार्थ बैंकका सञ्चालक तथा चार्टर्ड एकाउन्टेन्ट (एफसीए) भोजन अर्याल अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका राजस्व सल्लाहकार नियुक्त भएका छन्। अर्थमन्त्री वाग्लेले मन्त्रीस्तरीय निर्णय गर्दै अर्याललाई राजस्व क्षेत्र हेर्ने अवैतनिक सल्लाहकारका रूपमा नियुक्त गरेका हुन्। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री वाग्लेले अर्याललाई नियुक्तिपत्र हस्तान्तरण गर्दै सरकारको १६ खर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य पूरा गर्न उनको विज्ञता, अनुभव र इमानदार सल्लाहको अपेक्षा रहेको बताए। नवनियुक्त सल्लाहकार अर्यालले सरकार र अर्थमन्त्रीले गरेको विश्वासलाई आफ्नो दक्षता र अनुभवमार्फत नतिजामा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे। स्याङ्जा स्थायी घर भएका अर्याल विगत १५ वर्षदेखि लेखापरीक्षण तथा वित्तीय परामर्श क्षेत्रमा सक्रिय छन्। यद्यपि, सिद्धार्थ बैंकको मनिग्राम…

थप

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो घरअगाडि शंकास्पद रूपमा गाडी राखिएको घटनालाई लिएर सरकारमाथि गम्भीर आरोप लगाएका छन् । सोमबार पार्टीको एक कार्यक्रममा बोल्दै थापाले आफू पहिले बस्ने घर रहेको स्थानको मुखमा बिहान करिब ७ बजे दुई जना व्यक्तिले गाडी राखेर हिँडेको जानकारी स्थानीयबाट प्राप्त भएको बताए। उनका अनुसार स्थानीयले ती व्यक्तिहरू गाडी राखेपछि प्रशासनकै गाडी चढेर गएको जानकारी दिएका छन्। ‘त्यहाँ मेरो घर पहिले थियो, अहिले छैन। त्यसको मुखमा एउटा गाडी राखिएको रहेछ। स्थानीय साथीहरूले भनेअनुसार गाडी राख्ने मान्छे प्रशासनको गाडी चढेर गएको छ। यो अत्यन्त अचम्मको विषय हो। यस्तो कसले गर्‍यो भन्ने प्रश्न उठ्छ, तर सरकार…

थप

काठमाडौं । अगुवा जेनजी अभियान्ता रक्षा बमले सरकारले काठमाडौंमा गरेको पार्किङ व्यवस्थापनको शैली र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको भूमिकाप्रति तीव्र असन्तुष्टि जनाएकी छन्। सामाजिक सञ्जालमार्फत उनले मिडिया हाउसअगाडि गाडी पार्क गरेर ‘जथाभावी पार्किङले कस्तो समस्या निम्त्याउँछ’ भन्ने देखाउने तर्कलाई ‘स्टन्ट’को संज्ञा दिइन्। उनले पार्किङ समस्या समाधान गर्नु सरकारको दायित्व भए पनि शक्ति प्रदर्शन गरेर नागरिकलाई सास्ती दिने काम स्वीकार्य नहुने बताएकी छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीको विवादका बेला कुमार बेनज्यूले आलोचकलाई बागमतीमा चोबाल्ने र सामाजिक सञ्जालमा समर्थन गर्नेहरूलाई समेत थुन्ने अभिव्यक्ति दिएको दाबी गर्दै त्यसले तानाशाही मानसिकताको संकेत गरेको उल्लेख समेत गरेकी छिन्। उनले प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको…

थप

काठमाडौं । अभिनेत्री केकी अधिकारीले सरकारको पछिल्लो कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जाल फेसबुकमार्फत तीखा टिप्पणी गरेकी छन्। उनले सरकारको ध्यान प्रचारमुखी गतिविधिभन्दा रोजगारी सिर्जना र जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने कामतर्फ केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरेकी हुन्। फेसबुकमा उनले लेखेकी छन्, “स्टन्टले देश बन्दैन। हरेक दिन कतिवटा रोजगारी सिर्जना गर्न सकियो? कतिले रोजगारी पाए? अब जनताले सोध्ने दिन आए। खै, रोजगारीको प्रत्येक दिनको उपलब्धिको लिस्ट राखौं बरु। त्यस्तो स्टन्टले चाहिँ पक्कै देश बन्ला। जनताको निराशा पनि पक्कै हटेर जाला। यो सस्तो स्टन्टले देश बन्दैन।” केकीको यो अभिव्यक्ति पछिल्लो समय सरकारको कामकारबाहीप्रति विभिन्न क्षेत्रबाट उठिरहेका आलोचनाकै बीच आएको हो। उनको पोस्ट…

थप

रविन सिंह बस्नेत एउटा मेहनती, संघर्षशील र सपनाले भरिएको युवा आफ्नै शरीरमा आगो लगाउन बाध्य हुन्छ भने त्यो केवल एउटा व्यक्तिको दुःखद अन्त्य होइन, राज्य व्यवस्था, सार्वजनिक सेवा प्रणाली र प्रशासनिक संवेदनशीलतामाथि उठेको गम्भीर प्रश्न हो। मुगुका गणेश नेपालीको आत्मदाहले सम्पूर्ण देशलाई झस्काएको छ। यो घटना केही दिन सामाजिक सञ्जालमा चर्चा भएर सेलाउने विषय होइन, बरु राज्यले आत्मसमीक्षा गरी सुधारको बाटो समात्नुपर्ने कठोर चेतावनी हो। गणेश नेपालीले किन यस्तो चरम निर्णय लिनुपर्‍यो? यसको उत्तर कुनै एक व्यक्तिको कमजोरीमा खोजेर पुगिँदैन। नागरिकले राज्यबाट सेवा लिन किन यति धेरै सास्ती भोग्नुपर्छ? किन एउटा सामान्य प्रशासनिक कामका लागि महिनौँसम्म कार्यालय धाउनुपर्छ? किन प्रक्रिया…

थप

काठमाडौं । राजधानी काठमाडौंमा सोमबार बिहान विभिन्न सञ्चारगृह तथा राजनीतिक व्यक्तिहरूका निवास अगाडि सवारीसाधन अनाधिकृत रूपमा पार्किङ गरिएपछि सर्वसाधारणदेखि सम्बन्धित संस्थासम्मले घण्टौं सास्ती बेहोर्नुपर्यो। घटनाले काठमाडौं प्रहरी र ट्राफिक प्रहरीको तत्काल प्रतिक्रिया तथा कमान्ड क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ। बिहानैदेखि कान्तिपुर पब्लिकेशन, अनलाइनखबर, हिमालय टेलिभिजनलगायतका कार्यालयको प्रवेशद्वारमै गाडी पार्किङ गरिँदा कर्मचारीका सवारीसाधन बाहिर निकाल्नसमेत समस्या भएको थियो। यस्तै नेपाली काङ्ग्रेसका सभापति गगन थापाको निवास अगाडि पनि यस्तै शैलीमा सवारीसाधन छाडियो। घटनास्थलमा लामो समयसम्म प्रहरी वा ट्राफिक प्रहरीको प्रभावकारी हस्तक्षेप नदेखिएको भन्दै स्थानीय तथा सरोकारवालाले सुरक्षा संयन्त्रको सक्रियतामाथि प्रश्न उठाएका छन्। काठमाडौंका व्यस्त चोक–चोकमा नियमित रूपमा खटिने प्रहरी र ट्राफिक प्रहरीको…

थप