Author: Scoop Khabar

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको शब्द रचना रहेको चर्चित गीत ‘सिक्का नोटैमा’ ले युट्युबमा १० मिलियनभन्दा बढी भ्युज प्राप्त गरेको छ । गीतले १० मिलियन भ्युजको आँकडा पार गरेपछि गीतसँग सम्बन्धित सम्पूर्ण टिमले केक काटेर खुसीयाली मनाएको छ । गीतको सफलताले सिर्जनाकार, गायक–गायिका, कलाकार तथा प्राविधिक टिममा उत्साह थपिएको छ । पछिल्लो समय दर्शक–श्रोतामाझ लोकप्रिय बन्दै गएको ‘सिक्का नोटैमा’मा आईजीपी कार्कीको शब्द रहेको छ । कार्कीले यसअघि पनि विभिन्न सामाजिक तथा मनोरञ्जनात्मक गीतका लागि शब्द लेखिसकेका छन् । १० मिलियनभन्दा बढी भ्युज पुग्नुलाई टिमले गीतप्रति दर्शक–श्रोताको बढ्दो आकर्षण र लोकप्रियताको संकेतका रूपमा लिएको छ । यही अवसरमा…

थप

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको एक महिनामै प्रहरी नायव महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईले लागूऔषध नियन्त्रण, तस्करी रोकथाम, अपराध अनुसन्धान, ट्राफिक व्यवस्थापन र प्रहरी संगठनभित्रको सुशासनमा कडाइ गरेका छन् । पदभार सम्हालेलगत्तै उनले अघिल्लो नेतृत्वले गरेको ४ सय ४४ प्रहरी कर्मचारीको काज सरुवा बदर गर्दै पारदर्शिता र अनुशासनलाई प्राथमिकता दिएका थिए । यसअघि तत्कालीन डीआईजी ओमबहादुर रानाले गरेको उक्त काज सरुवामा आर्थिक चलखेल भएको आरोप लागेको थियो । भट्टराईको नेतृत्वमा पछिल्लो एक महिनामा लागूऔषधसम्बन्धी १ सय १४ मुद्दा दर्ता भएका छन् भने १ सय ८९ पुरुष र ७ महिला गरी १ सय ९६ जना पक्राउ परेका छन् ।…

थप

काठमाडौं । मधेश प्रदेशका ८ जिल्लाको ट्राफिक व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैयामाथि दरबन्दी व्यवस्थापनदेखि आर्थिक चलखेलसम्मका गम्भीर आरोप सार्वजनिक भएका छन् । कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्रबहादुर बस्नेतको नेतृत्वमा रहेको पथलैया ट्राफिक कार्यालयमा केही प्रहरी कर्मचारीलाई लामो समयदेखि दरबन्दीभन्दा बाहिर राखिएको तथा सरुवा व्यवस्थापनमा समेत आर्थिक प्रभाव र व्यक्तिगत पहुँच हाबी भएको आरोप लगाइएको छ । प्राप्त विवरणअनुसार सञ्चार शाखामा दरबन्दी रहेका प्रहरी सहायक निरीक्षक (सई) अमित चौरासिया र सञ्चार शाखामै दरबन्दी रहेका प्रहरी सहायक हवल्दार सतीश ठाकुरलाई समेत फिल्डमा परिचालन गरिएको आरोप छ । यद्यपी यस विषयमा बुझ्न एसपीको नम्बरमा फोन…

थप

काठमाडौं । काठमाडौंको टीकाथलीस्थित डेरातर्फ मोटरसाइकलमा जाँदै गरेका एक युवकलाई आफूहरू प्रहरी भएको भन्दै आएको समूहले बाटोमै रोकेर स्कर्पियोमा राखी लगेपछि उनी बेपत्ता भएका छन् । पाटन बहुमुखी क्याम्पसमा अध्ययनरत कञ्चनपुरका पुष्पेश भाट शनिबार दिउँसो कोटेश्वरको नरेफाँटबाट टीकाथली जान याङ्गोमार्फत मोटरसाइकल बुक गरेर गएका थिए । तर, टीकाथली पुग्नुअघि नै चारवटा स्कुटर र एउटा स्कर्पियोमा आएका व्यक्तिहरूले उनलाई रोकेका थिए । मोटरसाइकल चालक जिलाप तामाङका अनुसार समूहले आफूहरू प्रहरी भएको भन्दै परिचय दिएको थियो । उनीहरूले भाटलाई मोटरसाइकलबाट झारेर स्कर्पियोमा राखी लगेका थिए । भाटलाई लैजाँदा समूहमा रहेकी एक महिलाले मोटरसाइकलको यात्राबापतको रकमसमेत तिरेको चालक तामाङले बताएका छन् । घटनापछि…

थप

काठमाडौं । अवैध रूपमा सट्टेबाजी गराई दुई करोड ७३ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका–१२ का ४१ वर्षीय प्रेम थापा रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई शुक्रबार अपराह्न करिब साढे ५ बजे काठमाडौं महानगरपालिका–११, भद्रकालीबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार थापाको साथबाट चार थान मोबाइल फोन र एक थान ल्यापटप बरामद गरिएको छ । ती विद्युतीय उपकरणको प्रारम्भिक जाँचका क्रममा ‘वान एक्स बेट’, ‘वान एक्स बेट पार्टनर्स’ तथा ‘मोब–क्यास’ एप्लिकेसनमार्फत ठूलो रकमको कारोबार भएको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त माध्यमबाट दुई करोड…

थप

काठमाडौं । अमेरिकी सेनासँग हुने उच्चस्तरीय सैन्य वार्तामा सहभागी हुन नेपाली सेनाको सात सदस्यीय टोली अमेरिका प्रस्थान गरेको छ । उपरथी अनुपजंग थापाको नेतृत्वमा रहेको टोली सोमबार राति कोरियन एयरको उडान नम्बर केइ ६९६ बाट सिओल हुँदै अमेरिकाको होनोलुलु प्रस्थान गरेको हो । अमेरिकाको होनोलुलुमा साउन २६ देखि २८ गतेसम्म ‘ल्याण्ड फोर्सेज टक्स’ नामक वार्ता हुँदैछ । नेपाली सेना र अमेरिकी सेनाबीच हुने उक्त वार्ता सातौँ संस्करण भएको जनाइएको छ । वार्तामा नेपाली सेनाको तर्फबाट उपरथी थापासहित सात सदस्यीय टोली सहभागी हुनेछ । वार्तामा दुई देशका स्थल सेनाबीचको सहकार्य, सैन्य सम्बन्ध तथा आपसी चासोका विषयमा छलफल हुने जनाइएको छ ।…

थप

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा संसद् भवनमा आगजनी हुँदा त्यसलाई लिएर उत्सव मनाउँदै भिडियो बनाएको भन्दै आलोचित पूर्वफुटबल खेलाडी, कमेन्टेटर तथा विभिन्न रियालिटी शोका निर्देशक अमनप्रताप अधिकारीकी छोरी अक्षता अधिकारी नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य नियुक्त भएकी छिन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तनहुँकी अक्षतालाई साउन २२ गते प्राज्ञ सभा सदस्य नियुक्त गरेको हो । मन्त्रालयले गरेको नियुक्तिको सूचीमा उनको नाम १८औँ नम्बरमा रहेको छ । अक्षताको नियुक्तिपछि सामाजिक सञ्जालमा भने सरकारको निर्णयमाथि प्रश्न उठ्न थालेका छन् । विशेषगरी उनका पिता अमनप्रतापले जेनजी आन्दोलनका क्रममा संसद् भवनमा…

थप

काठमाडौं । पक्राउ परेर कारागारबाट छुटेपछि पुनः लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। उनीहरूलाई लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। प्रहरीका अनुसार लागुऔषध मुद्दामा पक्राउ परी कारागारबाट छुटेपछि पुनः लागुऔषध कारोबारमा संलग्न हुन सक्ने व्यक्तिहरूको प्रोफाइलिङ गर्ने क्रममा उनीहरूमाथि निगरानी बढाइएको थियो। सोही क्रममा प्रहरी टोलीले ललितपुर महानगरपालिका–१ कुपण्डोलस्थित एक घरबाट २१ वर्षीय प्रज्वल के.सी.लाई पक्राउ गरेको हो। उनको साथबाट खैरो हेरोइन ११० ग्राम ३५० मिलिग्राम, लागुऔषध तौल गर्न प्रयोग हुने डिजिटल तराजु थान–१ र कारोबारमा प्रयोग भएको फरक–फरक सिमसहितको मोबाइल थान–५ बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका…

थप

काठमाडौं । ‘अनुसन्धानमा लापरवाही गरेको वा अपराधीलाई सहयोग गरेको पाइएमा प्रहरीका जोसुकै वा जुनसुकै तहका हुन्, निलम्बनसँगै बर्खास्त गर्न पनि पछि हट्दिनँ।’ केही दिनअघि एक कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दिएको यो अभिव्यक्ति सामान्य चेतावनी मात्र थिएन। प्रहरी संगठनभित्र अनुसन्धानमा लापरवाही गर्ने र अपराधीलाई संरक्षण गर्ने प्रवृत्तिविरुद्ध उनको स्पष्ट सन्देश थियो। कार्कीले आईजीपीको जिम्मेवारी सम्हालेयता अपराध अनुसन्धानलाई प्राथमिकतामा राख्दै प्रहरीको व्यावसायिकता र जवाफदेहितामा जोड दिँदै आएका छन्। कतिपय घटनामा अपराध भएको छोटो समयमै संलग्न व्यक्ति पक्राउ पर्नुले पनि उनको नेतृत्वमा अनुसन्धानलाई तीव्रता दिने प्रयास भएको देखाउँछ। तर कार्कीको यही कार्यशैली सबैलाई मन परेको देखिँदैन।प्रहरी संगठनभित्र लामो समयदेखि चल्दै…

थप

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवा पक्षलाई समेत समेटेर पार्टीको १५औँ महाधिवेशन निष्पक्ष रूपमा सम्पन्न गर्न आफू तयार रहेको बताएका छन्। तर, दबाब वा धम्कीका आधारमा आफू पछि नहट्ने उनले स्पष्ट पारेका छन्। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले निवर्तमान सभापति देउवासहित निवर्तमान कार्यसमितिका नेताहरूप्रति आफ्नो सम्मान रहेको बताए। महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय बनाउन आवश्यक सबै काम गर्न आफू तयार रहेको उनको भनाइ थियो। थापाले भने, ‘तर एउटा कुरा के स्पष्ट पार्छु भने, म तर्साएर तर्सिन्नँ, दबाएर दबिन्नँ र फकाएर फकिन्नँ। यो पार्टीमा चार पुस्ताको सहभागिता छ, सबैलाई समेटेर लैजानुछ।’ सभापति थापाले…

थप