Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
मलको ‘कालोबजारी’ गर्ने राजेन्द्रभक्तलाई स्मार्ट टेलिकम लिलामी घोटालामा सीआईबीको उन्मुक्ति !
काठमाडौं । स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा ९६ अर्ब १२ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै २२ जनाविरुद्ध मुद्दा दायर भएको छ। तर, लिलामी प्रक्रियामा जोडिएको भनिएको ट्रान्सगेट टेक प्रालिका प्रमुख पात्रमध्येका एक व्यवसायी राजेन्द्रभक्त श्रेष्ठलाई सीआईबीको अनुसन्धानको दायरामै नल्याइएको विषयले प्रश्न उठाएको छ। स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरिएको आरोपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डेसहित बैंकका अधिकारी, स्मार्ट टेलिकम तथा एनसेलसँग सम्बन्धित व्यक्ति र नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षसहित २२ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगी, आपराधिक विश्वासघात, संगठित अपराध तथा बैंकिङ कसुरमा सीआईबीको अनुसन्धानपछि अभियोग दायर भएको हो। लिलामी प्रक्रियामा एनसेलका सञ्चालक सतिशलाल आचार्यसँग निकट सम्बन्ध रहेका…
रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिका–४ पचरुखी छतौना टोलमा मंगलबार बिहान असामान्य सन्नाटा थियो। गाउँका होनहार युवा तथा सरकारी सेवामा कार्यरत शाखा अधिकृत ओमप्रकाश यादवको पार्थिव शरीर घरमा आइपुगेपछि गाउँ शोकमा डुबेको हो। गृह मन्त्रालय, काठमाडौंमा कार्यरत ४२ वर्षीय यादवको सोमबार राति उपचारका क्रममा निधन भएको हो। मस्तिष्कघात भएपछि करिब १० दिनदेखि काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत यादवको अन्ततः निधन भएको हो। दुर्गा भगवती गाउँपालिका–४ का वडाध्यक्ष रामानन्द यादवका अनुसार काठमाडौंमै रहेका बेला यादवलाई अचानक मस्तिष्कघात भएको थियो। ‘अझै धेरै गर्न बाँकी रहेको उमेरमै उहाँलाई गुमाउनुपर्यो,’ यादवको निधनले गाउँ नै स्तब्ध बनेको बताउँदै वडाध्यक्ष यादवले भने। डेढ वर्षदेखि गृह मन्त्रालयमा…
काठमाडौं । गोरखाको गण्डकी गाउँपालिका–४, फलाटेका १८ वर्षीय विकास श्रेष्ठको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। सोमबार साँझ काठमाडौंको बल्खु क्षेत्रमा भएको स्कुटर दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि स्टार अस्पताल लगिएको थियो। अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको जनाइएको छ। श्रेष्ठसँगै स्कुटरमा सवार उनकी श्रीमतीसमेत दुर्घटनामा घाइते भएको बताइएको छ। उनको अवस्था र दुर्घटनाको विस्तृत विवरण भने खुल्न बाँकी छ। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
काठमाडौं । जापानमा विगत पाँच वर्षदेखि सञ्चालन हुँदै आएको रेड बड ट्राभल्सले नेपालमा पनि आफ्नो शाखा विस्तार गरेको छ। कम्पनीले काठमाडौंको कान्तिपथबाट नेपालस्थित शाखाको सेवा सुरु गरेको हो। नेपालस्थित शाखामार्फत जापान, इन्डोनेसिया, माल्दिभ्स, संयुक्त अरब इमिरेट्स (यूएई), भियतनाम, थाइल्यान्ड तथा युरोपलगायत विभिन्न देशका लागि टुर प्याकेज तथा संसारभरका गन्तव्यका लागि हवाई टिकट बुकिङ सेवा उपलब्ध गराइने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण रिमालले जानकारी दिए। उनका अनुसार कम्पनीले एयर टिकट बुकिङ, ट्राभल प्याकेजलगायतका सेवा प्रदान गर्नेछ। रेड बड ट्राभल्सले अस्ट्रेलियामा समेत सेवा विस्तार गरिसकेको छ भने चालु वर्षभित्रै यूएई र स्पेनमा पनि शाखा विस्तार गर्ने योजना बनाएको छ। ‘हामीले जापानबाट…
काठमाडौं । राष्ट्रिय परिचयपत्र (NID) लिंक नभएको भन्दै २४ घण्टाभित्र मोबाइल बैंकिङ सेवा बन्द हुने दाबी गर्दै सर्वसाधारणलाई पठाइएका शंकास्पद सन्देशप्रति नेपाल प्रहरीले सचेत गराएको छ। नेपाल प्रहरीको साइबर ब्यूरोले पछिल्लो समय ‘प्रिय ग्राहक, राष्ट्रिय परिचयपत्र (NID) लिंक नभएको कारण तपाईंको मोबाइल बैंकिङ सेवा २४ घण्टाभित्र बन्द हुनेछ’ भन्ने व्यहोराको सन्देश पठाएर शंकास्पद लिंकमा क्लिक गराउने प्रयास भइरहेको जनाएको छ। ब्यूरोका अनुसार यस्ता सन्देशमा पठाइएको लिंकमा क्लिक गर्दा बैंकिङ तथा व्यक्तिगत विवरण चोरी हुन सक्ने जोखिम हुन्छ। त्यसैले अफवाहपूर्ण तथा शंकास्पद सन्देशमा विश्वास नगर्न र त्यस्ता लिंकमा कुनै पनि हालतमा क्लिक नगर्न प्रहरीले आग्रह गरेको छ। बैंक वा डिजिटल वालेटसम्बन्धी…
काठमाडौं । बाराको सिमरामा तीन वर्षीया बालिकाको बलात्कारपछि भएको हत्या घटनामा प्रहरीबाट भएका कमजोरीबारे छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालयले एसएसपी प्रभु ढकालको नेतृत्वमा समिति गठन गरेको छ। प्रहरीको भूमिकामाथि सुरुदेखि नै प्रश्न उठ्दै आएपछि छानबिन समिति गठन गरिएको हो। समितिमा काठमाडौं प्रहरीबाट समेत अनुसन्धानमा खटाइएको प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले बताएका छन्। छानबिनका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजु अधिकारीलाई समेत खटाइएको छ। तर, पछिल्लो समय विवादमा आएका अधिकारीलाई संवेदनशील घटनाको छानबिनमा खटाइएपछि प्रहरीभित्रै प्रश्न उठ्न थालेको छ। अधिकारी प्रहरी निरीक्षक हुँदा समेत विवादमा परेको र सोही कारण उनी पछिल्लो लटमा डीएसपीमा बढुवा भएका थिए। काठमाडौं प्रहरीको…
तीन यात्रुलाई जनही १० हजार दिएर ल्याइयो ७५ ग्राम धातु, ७२ लाखका मोबाइल–ल्यापटप समेत बरामद
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली गरी नेपाल भित्र्याइएका ठूलो परिमाणका मोबाइल, ल्यापटप, पार्टपुर्जा तथा चुरोट बरामद भएको छ। छुट्टै घटनामा विदेशबाट आएका तीन यात्रुलाई प्रयोग गरी ल्याइएको ७५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुका तीनवटा सिक्रीसमेत प्रहरीले बरामद गरेको छ। विमानस्थल सुरक्षा प्रहरी कार्यालयले भदौ ५ र ६ गते गरेको निगरानी तथा जाँचका क्रममा भन्सार छलीका दुई छुट्टाछुट्टै घटना सार्वजनिक गरेको हो। घटनामा संलग्न भएको आरोपमा एक चिनियाँ र एक नेपाली नागरिकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरीले जनाएको छ। तीन यात्रुलाई ‘भरिया’ बनाएर ७५ ग्राम धातुभदौ ५ गते कतारको…
जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी सहायक हवल्दार राजेश कुमार यादव मधेश प्रदेश प्रहरीतर्फ २०८३ साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन्। ‘महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि–२०८३’ बमोजिम यादवलाई Best Province Police of the Month छनोट गरिएको मधेश प्रदेश प्रहरीले जनाएको छ। साउन महिनामा उत्कृष्ट कार्यसम्पादन गरेको मूल्यांकनका आधारमा उनलाई सर्वोत्कृष्ट प्रहरी छनोट गरिएको हो। मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले यादवलाई प्रशंसापत्र तथा पुरस्कार प्रदान गर्दै बधाई तथा शुभकामना दिए। उत्कृष्ट प्रहरी घोषित यादवलाई प्रदेश प्रहरी प्रमुख अधिकारीले आगामी दिनमा पनि जिम्मेवारीलाई थप प्रभावकारी ढंगले निर्वाह गर्दै प्रहरी संगठनको गरिमा उँचो राख्न प्रेरित गरेका…
काठमाडौं । भारतसँग सीमा जोडिएका तराईका जिल्लाबाट खैरो हेरोइन खरिद गरी काठमाडौं उपत्यकामा ल्याएर बिक्री गर्ने समूहविरुद्ध कारबाही गर्दै लागुऔषध नियन्त्रण ब्यूरोले चार जनालाई पक्राउ गरेको छ। ब्यूरोले उपत्यकाका विभिन्न स्थानबाट पक्राउ परेका उनीहरूको साथबाट १४८ ग्राम ९५० मिलिग्राम खैरो हेरोइन, दुई थान डिजिटल तराजु र ९० हजार रुपैयाँ नगद बरामद गरेको जनाएको छ। ब्यूरोका अनुसार भारतसँग सीमा जोडिएका तराईका जिल्लाबाट लागुऔषध खैरो हेरोइन खरिद तथा संकलन गरी काठमाडौं उपत्यकामा ल्याएर दुर्व्यसनीलाई बिक्री गर्ने व्यक्तिहरूको ‘प्रोफाइलिङ’ गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्। ब्यूरोले २०८३ भदौ ४ गते सिरहाबाट दुई जना, भदौ ५ गते मोरङको बेलबारीबाट एक जना र भदौ ६…
जनकपुर । मधेस प्रदेश सरकारले प्रदेश मातहतका प्रहरीलाई चार करोड ६८ लाख रुपैयाँभन्दा बढी मूल्यका १२ वटा पिकअप गाडी हस्तान्तरण गरेको छ । प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सोमबार आयोजना गरेको कार्यक्रममा प्रदेशका आठवटै जिल्लाका प्रहरी कार्यालयलाई गाडी हस्तान्तरण गरेको हो । मन्त्रालयका अनुसार आठवटै जिल्लाका प्रहरी प्रमुखलाई एक–एक थानका दरले गाडी उपलब्ध गराइएको छ । प्रदेश मातहतका प्रहरी युनिटको कामलाई थप प्रभावकारी र सहज बनाउने उद्देश्यले जिल्ला प्रहरी प्रमुखहरूलाई बोलाएर गाडी हस्तान्तरण गरिएको मधेसका गृहमन्त्री फकिरा महतोले जानकारी दिए । प्रहरीलाई आवश्यक साधनस्रोत उपलब्ध गराउँदा शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण तथा प्रहरीको दैनिक कार्यसम्पादनमा सहजता पुग्ने…
