Author: Scoop Khabar

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवारबीच वार्ता भइरहेको छ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा केहीबेर अघिदेखि वार्ता सुरु भएको हो । यही साउन १० गते राति कोशी प्रदेशको सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भइ शिक्षण अस्पतालमा उपचाररत २२ वर्षे मेहताको उपचारका क्रममा आज निधन भएको थियो । निधनपछि रविन्द्रको परिवारले गृहमन्त्री गुरुङ स्वयं अस्पतालमा आएर आफ्ना माग सम्बोधन गर्नुपर्ने अडान राख्दै शव बुझ्न अस्वीकार गरेका थिए । मेहताका आफन्त यता शिक्षण अस्पताल परिसरमा धर्नामा बसेका थिए भने उता सुनसरीको कप्तानगञ्जमा सडकमा रुख ढालेर प्रदर्शन गरिरहेका थिए । त्यसैले गृहमन्त्री गुरुङ…

थप

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विदेशबाट नेपाल फर्किने नेपाली नागरिकलाई अपरिचित व्यक्ति, दलाल वा सुन तस्करको प्रलोभनमा नपरी कसैको सुन, बहुमूल्य धातु वा अन्य सामान आफ्नो नाममा बोकेर नेपाल नल्याउन विशेष आग्रह गरेको छ। कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै सार्वजनिक सूचनामा पछिल्लो समय दुबई, कतारलगायत विभिन्न मुलुकबाट श्रम स्वीकृति (लेबर भिसा) मा काम गरेर फर्किने नेपालीलाई आर्थिक प्रलोभन देखाई सुनका सिक्री, बहुमूल्य धातु तथा अन्य सामग्री नेपाल ल्याउन लगाउने प्रयास बढेको उल्लेख गरिएको छ। विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी वसन्त रजौरेले सामान्य आर्थिक प्रलोभनमा परेर अरूको सामान बोक्दा निर्दोष नागरिक नै कानुनी झमेलामा पर्ने अवस्था सिर्जना भइरहेको…

थप

विराटनगर । विराटनगरका उद्योगी तथा व्यवसायीको घर तथा कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरेर गरिएको खानतलासी विवादले मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालमाथि नै प्रश्न उठाएको छ। घटनापछि कोशी प्रदेश प्रहरी कार्यालयले एसपी कटवालसँग लिखित स्पष्टीकरण माग्नुका साथै प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनाल आफैं उद्योगी–व्यवसायीसँग संवादमा उत्रिएका छन्। प्रदेश प्रहरी कार्यालयले मंगलबार एसपी कटवाललाई २४ घण्टाभित्र नौबुँदे लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ। स्पष्टीकरणमा प्रहरी परिचालन कुन सूचना र प्रमाणका आधारमा गरिएको थियो, त्यसको विश्वसनीयता कसरी परीक्षण गरियो, ठूलो संख्यामा प्रहरी परिचालन गर्नुको औचित्य के थियो, माथिल्लो निकायको स्वीकृति लिइएको थियो वा थिएन, कानुनी प्रक्रिया पूरा गरिएको थियो…

थप

काठमाडौं । नेकपा एमालेका बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया वीर अस्पतालमा भर्ना भएका छन्। थपलियाका छोरा सुरज थपलियाका अनुसार सोमबार राति भक्तपुरको मध्यपुर ठिमी अस्पतालमा प्रारम्भिक उपचारपछि घर फर्किएका उनलाई मंगलबार स्वास्थ्यमा थप समस्या देखिएपछि वीर अस्पताल लगिएको हो। उच्च रक्तचाप र रगतमा चिनीको मात्रा बढेका कारण उनी हाल चिकित्सकको निगरानीमा उपचाररत छन्। सोमबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेश सरकार गठनबारे छलफल गर्न प्रदेशका १७ जना सांसदलाई भक्तपुरको गुण्डुस्थित निजी निवासमा बोलाएका थिए। छलफलका क्रममा सरकार गठनका लागि आवश्यक राजनीतिक समीकरणबारे कुराकानी भएको थियो। स्रोतका अनुसार बैठकमा प्रदेश सरकार गठनका विषयमा पर्याप्त गृहकार्य नगरेको भन्दै…

थप

बर्दिया । बर्दियामा मोटरसाइकल दुर्घटनापछि घाइते भएका आफ्नै सहयात्रीको हत्या गरी शव सिँचाइ नालामा फाल्ने मोटरसाइकल चालक पक्राउ परेका छन्। प्रहरीका अनुसार साउन १५ गते राति करिब २ बजे ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वाराबाट हात्तीसारतर्फ जाँदै गरेको लु.प्र.००१–०१२ प ०८२५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो। दुर्घटनामा मोटरसाइकल चालक डोटीको शिखर नगरपालिका–४ तिनाडी स्थायी घर भई हाल ठाकुरबाबा नगरपालिका–७ कालीगौडी बस्दै आएका २० वर्षीय गोविन्द जैसी घाइते भएका थिए भने पछाडि सवार ठाकुरबाबा नगरपालिका–९ बेथहनी गाउँका २७ वर्षीय आसाराम थारु सम्पर्कविहीन भएका थिए। घटनाको अनुसन्धानका क्रममा साउन १७ गते ठाकुरद्वाराबाट कुशलपुरतर्फ जाने सिँचाइ नालामा घोप्टो परेको अवस्थामा आसाराम थारुको शव फेला परेको प्रहरीले…

थप

काठमाडौं । उद्योगी तथा व्यवसायी प्रकाश मुन्दडाको विराटनगरस्थित निवासमा ठूलो संख्यामा प्रहरी परिचालन गरी गरिएको खानतलासी विवादमा तानिएपछि कोशी प्रदेश प्रहरी कार्यालयले मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालसँग २४ घण्टाभित्र स्पष्टीकरण मागेको छ। कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी योगेन्द्रसिंह थापाले पठाएको पत्रमा उक्त कारबाहीको वैधानिकता, निर्णय प्रक्रिया, कानुनी आधार तथा कार्यसम्पादनबारे गम्भीर प्रश्न उठाउँदै ९ बुँदे स्पष्टीकरण मागिएको हो। पत्रमा प्रहरी संगठनको व्यावसायिकता, कानुनी शासन, आवश्यकताको सिद्धान्त, समानुपातिकता तथा जवाफदेहिताका मापदण्ड पूर्ण रूपमा पालना भएको नदेखिएको उल्लेख गरिएको छ। प्रदेश प्रहरी कार्यालयले बेनी गोपाल मुन्दडाको घरमा ठूलो संख्यामा प्रहरी परिचालन गर्नुपरेको आधार, गोप्य सूचनाको विश्वसनीयता परीक्षण, परिचालन आदेश कसको स्वीकृतिमा…

थप

चितवन । नारायणगढ वडा प्रहरी कार्यालयसँग सम्बन्धित समाचार प्रकाशित भएपछि इन्स्पेक्टर कुशराम कार्कीका विश्वासपात्र सिभिल प्रहरी सुजन थापामगरले पत्रकारलाई फोन गरेर प्रलोभन देखाएका छन्। समाचार प्रकाशित भएपछि पत्रकारसँग भएको टेलिफोन संवादको अडियोमा पत्रकारलाई ‘ब्ल्याक लेभल दिन्छु’ भन्ने अभिव्यक्ति प्रयोग भएको सुनिएको छ। सम्बन्धित समाचारमा वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत इन्स्पेक्टर कार्कीमाथि बार्गेनिङ तथा रकम असुलीको आरोप सार्वजनिक गरिएको थियो। सो समाचार प्रकाशित भएपछि सिभिल प्रहरी थापामगरले पत्रकारलाई फोन गरी समाचार हटाउन दबाब दिएको तथा प्रलोभनको भाषा प्रयोग गरेको आरोप छ। हामीसँग उक्त टेलिफोन संवादको अडियो सुरक्षित रहेको दाबी गरेको छ। अडियोमा प्रयोग भएका अभिव्यक्तिबारे सम्बन्धित निकायले आवश्यक छानबिन गर्नुपर्ने मागसमेत…

थप

चितवन । चितवनस्थित वडा प्रहरी कार्यालयमा कार्यरत केही सादा पोसाक (सिभिल) प्रहरीमाथि होटल व्यवसायीहरूले विभिन्न किसिमका रक्सी तथा नगद रकम माग्ने गरेको आरोप लगाएका छन्। होटल व्यवसायीहरूको भनाइअनुसार केही सिभिल प्रहरीहरूले पटक–पटक होटल तथा रेष्टुरेन्टमा पुगेर रक्सी तथा आर्थिक सहयोगको नाममा रकम माग्ने गरेका छन्। व्यवसायीहरूले यस्तो गतिविधिले व्यवसाय सञ्चालनमा समस्या उत्पन्न भएको गुनासो गरेका छन्। यस सम्बन्धमा एक भिडियो समेत सार्वजनिक भएको छ। भिडियोमा देखिएका गतिविधिबारे प्रहरी संगठनकै बदनाम भएको छ। भिडिओमा २ जना व्यक्ती गएर रक्सी र पैसा मागेका छन्। जुनकुरा रक्सी पसल संचालकले समेत बताएका छन्। वडाको।प्रहरी भनेर आएपछि एक बोतल रक्सी र ५ सय रुपैयाँ दिएर…

थप

भारत । भारतको हरियाणा राज्यस्थित फरीदाबादको एक निजी विद्यालयमा सोमबार दिनदहाडै एक महिला शिक्षिकाको छुरा प्रहार गरी हत्या गरिएको छ। विद्यालय नजिकै रहेको प्रहरी चौकीबाट केही मिटरको दूरीमा भएको घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार सिकरौना गाउँकी शिक्षिका सन्ध्या नियमितझैँ पढाउन विद्यालय पुगेकी थिइन्। केही समयपछि अनुहारमा कपडा बाँधेका एक युवक विद्यालयमा प्रवेश गरी उनलाई भेट्न माग गरेका थिए। सन्ध्या गेटतर्फ पुगेलगत्तै ती युवकले उनको घाँटीमा छुरा प्रहार गरेका थिए। विद्यालयको सीसीटीभी फुटेजमा युवक केहीबेर विद्यालय परिसरमा पर्खिरहेको र सन्ध्या देखिएपछि उनलाई समातेर बाहिर घिसार्दै लगातार छुरा प्रहार गरेको देखिन्छ। फुटेजअनुसार ३२ सेकेन्डभित्र उनले ३४ पटक छुरा…

थप

धनगढी । सहकारी रकम हिनामिना मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालतको २०८२ मंसिर २ गतेको फैसलाअनुसार २ वर्ष कैद र ८ लाख ८७ हजार २ सय ७८ रुपैयाँ जरिवाना सजाय सुनाइएका भीमदत्त नगरपालिका–१८ निवासी ४१ वर्षीय सिद्धराज सोतीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले सोमबार दिउँसो आफ्नै घरबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ परेका सोतीलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गर्ने प्रक्रिया अघि बढाइएको छ।

थप