काठमाडौं । गोरखाको गण्डकी गाउँपालिका–४, फलाटेका १८ वर्षीय विकास श्रेष्ठको सवारी दुर्घटनामा परी मृत्यु भएको छ।
सोमबार साँझ काठमाडौंको बल्खु क्षेत्रमा भएको स्कुटर दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि स्टार अस्पताल लगिएको थियो। अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको जनाइएको छ।
श्रेष्ठसँगै स्कुटरमा सवार उनकी श्रीमतीसमेत दुर्घटनामा घाइते भएको बताइएको छ। उनको अवस्था र दुर्घटनाको विस्तृत विवरण भने खुल्न बाँकी छ।
दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
Facebook Comments Box
