काठमाडौं । जापानमा विगत पाँच वर्षदेखि सञ्चालन हुँदै आएको रेड बड ट्राभल्सले नेपालमा पनि आफ्नो शाखा विस्तार गरेको छ। कम्पनीले काठमाडौंको कान्तिपथबाट नेपालस्थित शाखाको सेवा सुरु गरेको हो।
नेपालस्थित शाखामार्फत जापान, इन्डोनेसिया, माल्दिभ्स, संयुक्त अरब इमिरेट्स (यूएई), भियतनाम, थाइल्यान्ड तथा युरोपलगायत विभिन्न देशका लागि टुर प्याकेज तथा संसारभरका गन्तव्यका लागि हवाई टिकट बुकिङ सेवा उपलब्ध गराइने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण रिमालले जानकारी दिए।
उनका अनुसार कम्पनीले एयर टिकट बुकिङ, ट्राभल प्याकेजलगायतका सेवा प्रदान गर्नेछ। रेड बड ट्राभल्सले अस्ट्रेलियामा समेत सेवा विस्तार गरिसकेको छ भने चालु वर्षभित्रै यूएई र स्पेनमा पनि शाखा विस्तार गर्ने योजना बनाएको छ।
‘हामीले जापानबाट युरोप, मलेसिया, सिंगापुर, इन्डोनेसिया, भियतनामलगायतका देशका लागि टुर प्याकेज सञ्चालन गर्दै आएका छौँ,’ रिमालले भने, ‘अब जापानी पर्यटकलाई नेपाल ल्याउनका लागि आवश्यक लाइसेन्सको प्रक्रिया पनि भइरहेको छ। लाइसेन्स प्राप्त गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।’
जापानी पर्यटकलाई नेपाल भित्र्याउन आवश्यक अनुमतिपत्र प्राप्त भएपछि नेपालमा पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने कम्पनीको अपेक्षा छ।
रिमालका अनुसार नेपालीहरूको बसोबास उल्लेख्य रहेका विभिन्न देशमा क्रमशः शाखा विस्तार गर्दै जाने कम्पनीको योजना छ। जापानमा स्थापित अनुभवलाई आधार बनाएर नेपालसहित अन्य मुलुकमा समेत ट्राभल्स सेवा विस्तार गर्ने लक्ष्य रहेको उनले बताए।
