Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
बाँके । इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेका कालीकोटका ३८ वर्षीय वीरेन्द्रबहादुर सिंहको मृत्यु भएको घटनामा तत्कालीन कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी खनालमाथि विभागीय कारबाही गर्न सिफारिस गरिएको छ। सिंह गत भदौमा ज्यान मार्ने मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका थिए। पक्राउ परेको तीन दिनपछि हिरासतमै उनको स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको थियो। घटनापछि सिंहका परिवारले प्रहरी हिरासतमा यातना दिइएका कारण मृत्यु भएको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गरेका थिए। तर तत्काल घटनाको विस्तृत अनुसन्धान हुन सकेको थिएन। पछि लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रका तत्कालीन प्रमुख एसएसपी सन्तोष सिंह…
काठमाडौं । लागुऔषध नियन्त्रण ब्यूरो (एनसीबी), कोटेश्वरले राइड सेयरिङ एप InDrive को प्रयोग गरी लागुऔषध (ब्राउन सुगर/हेरोइन) कारोबार र डेलिभरी गर्ने गिरोहका तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट ४३ ग्राम ब्राउन सुगर, दुई थान डिजिटल तराजु, ११ थान मोबाइल फोन र नगद ५० हजार रुपैयाँ बरामद गरिएको ब्यूरोले जनाएको छ। ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) दुर्गा राज रेग्मीका अनुसार प्रारम्भिक अनुसन्धानबाट गिरोहले प्रविधिको प्रयोग गर्दै लागुऔषध कारोबार गर्ने नयाँ शैली अपनाएको खुलेको छ। उनका अनुसार भुनाको रूपमा लागुऔषध खरिद गर्ने व्यक्तिले InDrive मार्फत रकम पठाउने, त्यसपछि अर्को InDrive बुक गरी लागुऔषध डेलिभरी गर्ने गरिएको थियो।…
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना दुई जना प्रहरी नायब उपरीक्षक (डीएसपी) शिव अधिकारी र पूर्णचन्द्र भट्टलाई प्रहरी उपरीक्षक (एसपी) को फुली लगाउने निर्णय गरेपछि महानगरभित्रै विवाद चर्किएको छ। साउन १९ गते बसेको कार्यपालिका बैठकको निर्णयअनुसार बुधबार बिहान ११ बजे दुवै अधिकृतलाई एसपीको फुली लगाउने कार्यक्रम तय गरिएको छ। महानगरभित्र एक पक्षले आवश्यक योग्यता नपुगेका डीएसपीलाई एसपीसरहको फुली लगाउने निर्णय गरिएको भन्दै आपत्ति जनाएको छ। उनीहरूको तर्क छ कि यस्तो निर्णयले बढुवा प्रणाली र संस्थागत प्रक्रियामाथि प्रश्न उठाउनेछ। अर्कोतर्फ, अर्को पक्षले भने शिव अधिकारी र पूर्णचन्द्र भट्टलाई वरिष्ठताको आधारमा प्रचलित व्यवस्था र कार्यपालिकाको निर्णयअनुसार जिम्मेवारी तथा दर्जा प्रदान गरिएको दाबी गरेको…
सर्लाही । सर्लाहीको भारतसँग जोडिएको सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेको १३ लाख रुपैयाँ नगदसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। मंगलबार दिउँसो सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बिओपी) संग्रामपुरबाट खटिएको गस्ती टोलीले पर्सा गाउँपालिका–६ मा नियमित चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा सर्लाहीको पर्सा गाउँपालिका–६ निवासी २३ वर्षीय असपाक साह र महोत्तरीको श्रीपुर नगरपालिका–४ निवासी ४६ वर्षीय साजन मुखिया रहेका छन्। सशस्त्र प्रहरीका अनुसार उनीहरूको साथबाट स्रोत खुलाउन नसकिएको १३ लाख रुपैयाँ नगद तथा दुई थान मोबाइल फोन बरामद गरिएको छ। बरामद नगद र पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला भन्सार…
बुटवल । नेपाल प्रहरीको आन्तरिक कार्यसम्पादन मूल्याङ्कनमा लगातार तीन महिना उत्कृष्ट बन्दै नयाँ कीर्तिमान कायम गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयमाथि सीमावर्ती जिल्लामा बढ्दो तस्करी र अवैध कारोबार नियन्त्रण गर्न नसकेको भन्दै आलोचनामा परेको छ। डिआईजी भूपेन्द्रबहादुर खत्रीको नेतृत्वमा प्रदेश प्रहरी कार्यालयले कागजी रूपमा उत्कृष्ट मूल्याङ्कन हासिल गरे पनि सीमाक्षेत्रमा तस्करी नरोकिएको भन्दै स्थानीय व्यवसायीहरूले नेतृत्वको प्रभावकारितामाथि प्रश्न उठाएका छन्। लुम्बिनी प्रदेशअन्तर्गत भारतसँग खुला सीमा जोडिएका रूपन्देही, कपिलवस्तु, बाँके, पश्चिम नवलपरासी र दाङ तस्करीका मुख्य केन्द्रका रूपमा चिनिन्छन्। यी जिल्लामा क्रमशः एसपी जनकबहादुर शाही, एसपी मनोहर भट्ट, एसपी अंगुर जिसी, एसपी रामबहादुर केसी र एसपी दीपक श्रेष्ठ प्रहरी प्रमुखका रूपमा कार्यरत…
काठमाडौं । नेपाली सेनाका सहायक रथी (अप्रा) राजुप्रताप केसीको निधन भएको छ। केही वर्षदेखि मिर्गौला रोगबाट पीडित रहेका केसी उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। केसीको जीवन व्यक्तिगत रूपमा पनि अत्यन्त पीडादायी रह्यो। विसं २०४२ सालमा काठमाडौंबाट दिपायल जाँदै गरेको सैनिक विमान दुर्घटनामा उनकी श्रीमती र सन्तानको मृत्यु भएपछि उनी गम्भीर पारिवारिक शोकमा परेका थिए। त्यसअघि परिवार नियोजन गरिसकेका केसीले पछि दोस्रो विवाह गरे। त्यसपछि शल्यक्रियामार्फत परिवार नियोजन उल्टाएर पुनः सन्तान प्राप्त गरेका थिए। काठमाडौंको कमलपोखरी निवासी केसी पूर्वप्रधानसेनापति रुक्माङ्गद कटुवालका नाताले साला पर्थे। सैनिक वृत्तमा केसीको बढुवासम्बन्धी विषय पनि एक समय चर्चामा रहेको थियो। उनीले नेशनल डिफेन्स…
काठमाडौँ । सिन्धुलीको भिमानबाट स्कर्टिङ गर्दै काठमाडौंतर्फ ल्याइँदै गरेको खैरो हेरोइनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। मंगलबार लागुऔषध नियन्त्रण ब्यूरोको बर्दिबास शाखाबाट खटिएको टोलीले महोत्तरीबाट काठमाडौं आउँदै गरेको मधेस प्रदेश ०५–००१ ज ००८६ नम्बरको हाइस माइक्रो र त्यसलाई स्कर्टिङ गरिरहेको मोटरसाइकललाई नियन्त्रणमा लिँदै तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका–५ का २० वर्षीय सन्देश यादव, धनुषाको कमला नगरपालिका–७ का २० वर्षीय राहुल कुमार मण्डल र सिरहाको कल्याणपुर नगरपालिका–६ का २० वर्षीय अभिषेक कुमार साह रहेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका एसपी दुर्गाराज रेग्मीका अनुसार उनीहरूले आलुको बोराभित्र लुकाएर खैरो हेरोइन माइक्रोबसमार्फत काठमाडौं पठाएका थिए भने दुई जना…
एसपी कटवाललाई कोशी प्रहरी प्रदेश कार्यालयले सोधेको ९ बुँदे स्पष्टीकरण, यी हुन् प्रश्नहरू
विराटनगर । विराटनगरका उद्योगी तथा व्यवसायी बेनी गोपाल मुन्दडाको घर तथा कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरी गरिएको खानतलासी विवादमा परेपछि कोशी प्रदेश प्रहरी कार्यालयले मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद कटवालसँग ९ बुँदे स्पष्टीकरण माग गरेको छ। प्रदेश प्रहरी कार्यालयले पठाएको स्पष्टीकरणमा प्रहरी परिचालनको आधार, कानुनी प्रक्रिया, निर्णयको औचित्यदेखि उक्त कारबाहीबाट प्राप्त उपलब्धिसम्मका विषयमा विस्तृत जवाफ मागिएको छ। स्पष्टीकरणमा सोधिएका ९ प्रश्न यस्ता छन्– १. बेनी गोपाल मुन्दडाको घरमा प्रहरी परिचालन गर्ने निर्णय कुन सूचना, तथ्य वा विश्वसनीय गोप्य सूचनाको आधारमा गर्नुभयो ? प्राप्त सूचनाको विश्वसनीयता परीक्षण कसरी, कसबाट र कुन अभिलेखका आधारमा गरिएको थियो ? २. ठूलो संख्यामा प्रहरी…
घोराहीमा १० कट्ठा जग्गा झुक्याएर आफ्नै नाममा पास गरेको आरोप, लिखत बदर र जालसाजी मुद्दा दर्ता
दाङ । दाङको घोराही उपमहानगरपालिका–७, बेसाही नजिक रहेको करिब १० कट्ठा जग्गा कित्ताकाट गरिदिने भन्दै जग्गाधनीलाई झुक्याएर अन्य व्यक्तिको नाममा पास गरिएको पाइएको छ। घटनापछि पीडित परिवारले वडा अध्यक्षका भाइसहित तीन जनाविरुद्ध जिल्ला अदालत दाङमा लिखत बदर तथा जालसाजी सम्बन्धी मुद्दा दर्ता गरेका छन्। अदालतमा दायर गरिएको मुद्दाअनुसार घोराही–७ निवासी कौसिला दाहालको नाममा रहेको करिब १० कट्ठा जग्गा कित्ताकाटको प्रक्रिया मिलाइदिने भन्दै विश्वासमा पारेर विभिन्न कागजातमा हस्ताक्षर गराइएको र त्यसपछि जग्गा अन्य व्यक्तिको नाममा नामसारी गरिएको हो। उजुरीमा घोराही उपमहानगरपालिका–१४ का वडा अध्यक्ष भानसिंह बुढा मगरका भाइ इश्वर बुढा, प्रकाश कुवर तथा लिला डाँगीको नाममा मालपोत कार्यालय दाङमार्फत उक्त जग्गा…
जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका विभिन्न मुद्दाका ८ जना प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार सम्मानित धनुषा जिल्ला अदालतको फैसला कार्यान्वयन अभियानअन्तर्गत फरार रहेका प्रतिवादीहरूलाई खोजतलास गरी पक्राउ गरिएको हो। पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत धनुषामा पेश गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये एक जना सवारी ज्यान मुद्दामा १५ दिन कैद र २ हजार रुपैयाँ जरिवाना सजाय तोकिएका व्यक्ति रहेका छन्। त्यस्तै बहुविवाह मुद्दाका दुई जना प्रतिवादीलाई जनही १ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना सजाय रहेको प्रहरीले जनाएको छ। यस्तै, चोरी मुद्दाका दुई…