Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
गोरखा । भोटेकोसी नदीमा तिब्बततर्फबाट ठूलो बाढी आएको सूचनापछि गोरखाको गण्डकी गाउँपालिकाले त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। गाउँपालिकाले त्रिशूली नदीको तटीय तथा आसपासका क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण घरपरिवारलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको हो। बाढीको जोखिमलाई मध्यनजर गर्दै गाउँपालिकाले तटीय क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा रहन तथा आवश्यकता परे तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुनसमेत आग्रह गरेको छ। गाउँपालिकाले सम्भावित जोखिमबाट बच्न नदी तथा आसपासका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्नसमेत अनुरोध गरेको छ।
काठमाडौं । रसुवाको टिमुरे बजारमा बुधबार बिहान आएको भीषण बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन भएका छन्। बिहान करिब ९ बजे चीनको तिब्बततर्फबाट आएको ठूलो बाढीले टिमुरे बजारमा रहेका बस्ती तथा संरचना बगाउँदा बोर्डर आउट पोस्ट (बीओपी) टिमुरेबाट ड्युटीमा खटिएका इन्स्पेक्टर अम्बिर खत्रीसहित ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएको स्रोतले जनाएको छ। स्रोतका अनुसार बीओपीमा भने बाढीले क्षति पुर्याएको छैन। बीओपीमा कार्यरत ३० जनामध्ये ६ जना बिदामा र १५ जना सुरक्षित अवस्थामा रहेको बताइएको छ। ड्युटीमा खटिएका बाँकी ९ जना भने बाढी आएपछि सम्पर्कविहीन भएका हुन्। यस्तै, टिमुरे क्षेत्रमा खटिएको नेपाल प्रहरीको टोलीसँग समेत सम्पर्क हुन नसकेको बताइएको छ।…
काठमाडौं । तिब्बततर्फबाट भोटेकोसी नदीमा आएको भीषण बाढीले रसुवाका तीन वटा प्रहरी कार्यालय बगाएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बाढीले इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याप्रुबेसी र प्रहरी चौकी रसुवागढी बगाएको हो। अचानक आएको भीषण बाढीका कारण ती प्रहरी कार्यालयहरूमा ठूलो क्षति पुगेको छ। बाढीले कार्यालय भवन तथा संरचना बगाएपछि त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरूको अवस्थाबारे पनि यकिन विवरण आउन बाँकी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा सञ्चार तथा आवागमनसमेत प्रभावित भएको छ। घटनाको विस्तृत विवरण संकलन तथा प्रभावित क्षेत्रमा रहेका प्रहरी कर्मचारीको अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
भोटेकोसीमा ठूलो बाढी, त्रिशूली तटीय क्षेत्रका जिल्लामा उच्च सतर्कता अपनाउन नेपाल प्रहरीको आग्रह
काठमाडौं । भोटेकोसी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि त्रिशूली नदीको तटीय क्षेत्रका जिल्लामा उच्च सतर्कता अपनाउन नेपाल प्रहरीले आग्रह गरेको छ। नेपाल प्रहरीले अर्को सूचना नआएसम्म नुवाकोट, धादिङ, चितवन, गोरखा लगायत त्रिशूली नदीको तटीय क्षेत्रका जिल्लाका नागरिकलाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन अनुरोध गरेको हो। बाढीका कारण त्रिशूली नदीको जलसतह बढ्न सक्ने भएकाले नदी तथा खोलाको तटीय क्षेत्रमा रहेका नागरिकलाई विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ। प्रहरीले जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थानमा जान तथा नदीको तटीय क्षेत्रमा नजानसमेत अनुरोध गरेको छ। नेपाल प्रहरीले अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको…
‘गत वर्षभन्दा १० गुणा ठूलो विनाशकारी बाढी’, डीएसपी थापाले भने- ‘दर्जनौँ बस्ती र बजार बगायो’
रसुवा । तिब्बततर्फबाट भोटेकोसी नदीमा अचानक आएको भीषण बाढीले रसुवाको तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख डीएसपी अशोक थापाले बाढी गत वर्षको तुलनामा कम्तीमा १० गुणा ठूलो र विनाशकारी रहेको बताएका छन्। उनका अनुसार बाढीले तटीय क्षेत्रमा रहेका दर्जनौँ बस्ती तथा बजार बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। बाढीका कारण ठूलो जनधनको क्षति भएको हुनसक्ने उनको भनाइ छ। डीएसपी थापाका अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मीसँग समेत सम्पर्क हुन नसकेको अवस्था छ। बुधबार बिहान करिब ९ बजे टिमुरे बजार क्षेत्रमा अचानक बाढी आएको थियो। बाढीले टिमुरे बजारसहित आसपासका…
रसुवा । भोटेकोसी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान ९ः१५ बजे तिब्बततर्फबाट भोटेकोसी नदीमा ठूलो बाढी प्रवेश गरेको हो। बाढीका कारण त्रिशूली नदीको तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै महाशाखाले अर्को सूचना जारी नभएसम्म मुग्लिनसम्मका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।
कैलाली । शारीरिक तथा मानसिक रूपमा अपाङ्गता भएकी ३० वर्षीया युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा कैलालीमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोदावरी नगरपालिका–८ धनचौरीका अन्दाजी २५ वर्षीय कृष्णराज भट्टराई रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले पक्राउ गरेको हो। पीडित युवतीकी भाउजुले दिएको किटानी जाहेरीका आधारमा भट्टराईलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मंगलबार बिहान करिब ११ बजेतिर भट्टराई युवती सुत्ने कोठामा प्रवेश गरी जबरजस्ती करणी गरेको आरोप छ। पीडित पक्षका अनुसार परिवारका अन्य सदस्यहरू भूमि सम्बन्धी समस्या समाधान आयोगको कामका सिलसिलामा घर नजिकै रहेको सामुदायिक वनको भवनमा गएका बेला युवती घरमा…
काठमाडौं । प्रहरी प्रधान कार्यालयले एक जना प्रहरी सहायक निरीक्षक (असई) सहित १२ जना प्रहरी कर्मचारीलाई सेवाबाट हटाउने प्रक्रिया अघि बढाएको छ। प्रहरी प्रधान कार्यालयअन्तर्गतको कानुन शाखाले बुधबार सूचना जारी गर्दै लामो समयदेखि गैरहाजिर रहेका असई खड्गबहादुर गुरुङसहित १२ जना प्रहरी कर्मचारीसँग स्पष्टीकरण माग गरेको हो। स्पष्टीकरण माग गरिएकामा गुरुङसहित एक जना प्रहरी हवलदार, पाँच जना प्रहरी सहायक हवलदार र पाँच जना प्रहरी जवान रहेका छन्। प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैरहाजिर रहनुको कारण खुलाउँदै सन्तोषजनक स्पष्टीकरणसहित सम्बन्धित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ। तोकिएको समयभित्र स्पष्टीकरण नदिएमा वा स्पष्टीकरण सन्तोषजनक नभएमा प्रहरी नियमावलीअनुसार…
काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरी जवानमाथि हातपात भएको छ। मंगलबार बिहान बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरी जवानले जथाभावी बाटो काट्न खोजेका एक पुरुषलाई आकाशे पुल प्रयोग गर्न आग्रह गरेकी थिइन्। त्यसक्रममा ती पुरुषले प्रहरी जवानमाथि हातपात गरेका हुन्। घटनालगत्तै प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिए। पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई हाल काठमाडौंको बानेश्वर–१० बस्दै आएका २७ वर्षीय राज कठायत रहेका छन्। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
काठमाडौं । विशेष अदालतले प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । लागुऔषधसम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस मागेको अभियोगमा विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र न्यायाधीश हेमन्त रावलको इजलासले मंगलबार थापालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । उनको सजाय भने पछि निर्धारण हुनेछ । जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत थापाले लागुऔषधसम्बन्धी मुद्दामा सहजीकरण गरिदिने, पक्राउ नगर्ने तथा केस मिलाइदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेको आरोप लागेको थियो । घुस मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई घुस रकमसहित पक्राउ गरेको…
