रसुवा । भोटेकोसी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान ९ः१५ बजे तिब्बततर्फबाट भोटेकोसी नदीमा ठूलो बाढी प्रवेश गरेको हो।
बाढीका कारण त्रिशूली नदीको तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै महाशाखाले अर्को सूचना जारी नभएसम्म मुग्लिनसम्मका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।
Facebook Comments Box
