काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरी जवानमाथि हातपात भएको छ।
मंगलबार बिहान बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरी जवानले जथाभावी बाटो काट्न खोजेका एक पुरुषलाई आकाशे पुल प्रयोग गर्न आग्रह गरेकी थिइन्। त्यसक्रममा ती पुरुषले प्रहरी जवानमाथि हातपात गरेका हुन्।
घटनालगत्तै प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिए।
पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई हाल काठमाडौंको बानेश्वर–१० बस्दै आएका २७ वर्षीय राज कठायत रहेका छन्।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
Facebook Comments Box
