काठमाडौं । प्रहरी प्रधान कार्यालयले एक जना प्रहरी सहायक निरीक्षक (असई) सहित १२ जना प्रहरी कर्मचारीलाई सेवाबाट हटाउने प्रक्रिया अघि बढाएको छ।
प्रहरी प्रधान कार्यालयअन्तर्गतको कानुन शाखाले बुधबार सूचना जारी गर्दै लामो समयदेखि गैरहाजिर रहेका असई खड्गबहादुर गुरुङसहित १२ जना प्रहरी कर्मचारीसँग स्पष्टीकरण माग गरेको हो।
स्पष्टीकरण माग गरिएकामा गुरुङसहित एक जना प्रहरी हवलदार, पाँच जना प्रहरी सहायक हवलदार र पाँच जना प्रहरी जवान रहेका छन्।
प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैरहाजिर रहनुको कारण खुलाउँदै सन्तोषजनक स्पष्टीकरणसहित सम्बन्धित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ।
तोकिएको समयभित्र स्पष्टीकरण नदिएमा वा स्पष्टीकरण सन्तोषजनक नभएमा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाउने चेतावनीसमेत दिइएको छ।
हेर्नुहोस्, प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचना :

