गोरखा । भोटेकोसी नदीमा तिब्बततर्फबाट ठूलो बाढी आएको सूचनापछि गोरखाको गण्डकी गाउँपालिकाले त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
गाउँपालिकाले त्रिशूली नदीको तटीय तथा आसपासका क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण घरपरिवारलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको हो।
बाढीको जोखिमलाई मध्यनजर गर्दै गाउँपालिकाले तटीय क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा रहन तथा आवश्यकता परे तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुनसमेत आग्रह गरेको छ।
गाउँपालिकाले सम्भावित जोखिमबाट बच्न नदी तथा आसपासका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्नसमेत अनुरोध गरेको छ।
Facebook Comments Box
