Author: Scoop Khabar

बारा । बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिकाको घटनामा पक्राउ परेका एक किशोरको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि नेपाल प्रहरीले उक्त भिडियो सुरुमा कसले सार्वजनिक गरेको हो भन्ने विषयमा गोप्य अनुसन्धान थालेको छ। स्रोतका अनुसार भिडियो भाइरल भएको लगत्तै नेपाल प्रहरीको साइबर ब्युरोलाई पहिलो पटक उक्त भिडियो पोस्ट गर्ने व्यक्तिको पहिचान गर्न जिम्मेवारी दिइएको छ। अनुसन्धानको मुख्य उद्देश्य भिडियोको ‘ओरिजिन’ अर्थात् पहिलो स्रोत पत्ता लगाउनु रहेको बताइएको छ। प्रहरी स्रोतका अनुसार साइबर ब्युरोले सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा भिडियोको डिजिटल ट्रेल खोजिरहेको छ। सुरुमा कसले पोस्ट गरेको खुल्न सकेपछि त्यस व्यक्तिसम्म भिडियो कसले पठाएको थियो भन्ने श्रृंखला पनि पत्ता लाग्ने विश्वास…

थप

पोखरा । प्रधानमन्त्री बालेन शाह आज पोखराको मझेरी मन्जिल रिसोर्टमा बस्ने भएका छन्। पोखरा महानगरपालिका–१४ मा अवस्थित उक्त रिसोर्टमा प्रधानमन्त्री शाह मुस्ताङ भ्रमण सकेर फर्किएपछि बस्ने तयारी गरिएको बताइएको छ। मझेरी मन्जिल रिसोर्ट पोखरामा अवस्थित पर्यटकीय रिसोर्टका रूपमा गुगलमा समेत सूचीबद्ध रहेको छ। प्रधानमन्त्री शाहको पोखरा बसाइका क्रममा सुरक्षा व्यवस्था पनि कडा बनाइएको बताइएको छ।

थप

सप्तरी । सप्तरीमा सौताबीचको विवादका कारण दुई वर्षीया बालिकाको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ। शम्भुनाथ नगरपालिका–३ की दुई वर्षीया सान्या खातुनको शव आइतबार बिहान घरपछाडिको झाडीमा फेला परेको थियो। बिहानैदेखि बालिका हराएपछि परिवारले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बालिकाकी कान्छीआमा १९ वर्षीया मुस्कान खातुनलाई पक्राउ गरेको छ। सप्तरीका प्रहरी प्रमुख एसपी रुपेश खड्काका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा मुस्कानले बालिकाको घाँटी थिचेर हत्या गरेको स्वीकार गरेकी छन्। बालिकाको शरीरमा अन्य चोटपटक भने नदेखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मुस्कान र बालिकाकी आमा रुविना खातुनबीच यसअघि पनि पटक–पटक विवाद हुँदै आएको थियो। शनिबारसमेत…

थप

काठमाडौं । सुदूरपश्चिम सरोकार मञ्चले स्थापनको २०औँ वार्षिकोत्सव मनाएको छ । काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा मञ्चले शनिबार आफ््नो स्थापना दिवस् मनाएको हो । स्थापनादिवस्को प्रमुख अतिथिका रुपमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द सहभागी थिए । मञ्चले स्थापनको २० वर्षपुराको अवसरमा शुभकामना दिदै चन्दले समग्र सुदूरपश्चिमको विकाशका लागि काठमाडौंमा बसोबास गर्दै आएका विभिन्न क्षेत्रका विज्ञहरु एक ठाउँमा आएर लाग्नुपर्ने बताए । उनले सम्बोधन गर्दै भने,‘‘सुदूरपश्चिप्रतिको आफ्नो भाव र मायाले नै म स्वास्थ अवस्था कमजोर हुँदापनि यहाँ आउन सके । तपाईंहरुसित भेट्न सके । यो भाव र आफ्नो माटो र जन्मेको ठाउँका लागि तपाईंहरु सबैमिलेर जानुहोस् ।’’ वार्र्षिकोत्सवकै क्रममा मञ्चका अध्यक्ष डां.दीर्घबहादुर बमले रणसमुन्द्र…

थप

काठमाडौं । प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटनाहरू प्रहरी संगठनको ‘इन्स्टिच्युसनल मेमोरी’मा रहने भएकाले पुराना अपराधमा संलग्न व्यक्तिलाई जुनसुकै बेला कानुनी दायरामा ल्याइने बताएका छन्। उनले दशकौँअघि भएका घटनामा संलग्न व्यक्तिहरूलाई समेत पक्राउ गरी कानुनी कारबाही गर्दै आएको उल्लेख गर्दै प्रहरी संगठनले यस्ता घटनालाई नबिर्सने बताए। ‘व्यक्तिका स्मरण छोटो समयमा समाप्त हुन्छन्। तर प्रहरी व्यक्तिको न्यायका लागि अनवरत रूपमा लडिरहने संस्था हो। यो संस्थाले त्यस्ता घटनाहरू बिर्सन्न,’ आइजिपी कार्कीले भने। यद्यपि, पुराना आपराधिक घटनाको अनुसन्धानमा प्रहरीले अपेक्षाअनुसार सफलता हासिल गर्न नसकेको उनले स्वीकार गरे। उनका अनुसार पुराना घटनाको अध्ययन तथा निरन्तर अनुसन्धानबाट दोषीलाई कानुनी दायरामा ल्याउने काम…

थप

दाङ । काठमाडौंमा २२ वर्षीय छोराको हत्या भएको खबर सुनेलगत्तै दाङमा उनकी आमाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१७ की ३८ वर्षीया बिना कालाथोकीले काठमाडौंमा रहेका जेठा छोरा वसन्त कालाथोकीको हत्या भएको खबर सुनेपछि ज्यान गुमाएकी हुन्। दुई दिनअघि काठमाडौं महानगरपालिका–१० शंखमूलस्थित भ्याली ब्वाइज होस्टलमा वसन्तमाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो। वसन्त फ्रान्स जाने तयारीका लागि काठमाडौंमा बसेर भाषा अध्ययन गरिरहेका थिए। छोराको हत्या भएको खबर सुनेलगत्तै घरमै रहेकी बिना अचेत भएर ढलेकी थिइन्। उनलाई तत्काल अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। वसन्तका बुवा रोमहर्श कालाथोकी रोजगारीका लागि मलेसियामा थिए। श्रीमती र छोराको मृत्युको खबरपछि उनी सोमबार…

थप

काठमाडौं । गृहमन्त्री सुधन गुरुङको पछिल्लो कार्यशैलीलाई नजिकबाट नियाल्नेहरूका अनुसार उनको सुरक्षा नीतिको महत्वपूर्ण प्राथमिकता नेपाल प्रहरीलाई थप बलियो, सक्षम र व्यावसायिक संगठनका रूपमा विकास गर्नु हो। प्रहरी संगठन कमजोर हुँदा राज्यको शान्ति सुरक्षा र नागरिकको सुरक्षामाथि प्रत्यक्ष असर पर्ने भएकाले प्रहरीलाई स्रोत, साधन, जनशक्ति र नेतृत्वका हिसाबले सक्षम बनाउनुपर्ने उनको बुझाइ रहेको बताइन्छ। राज्यको शान्ति सुरक्षा मजबुत बनाउन प्रहरी संगठन सक्षम हुनुपर्ने र प्रहरी कमजोर हुँदा त्यसको प्रत्यक्ष असर नागरिकको सुरक्षामा पर्ने उनको बुझाइ रहेको बताइन्छ। गुरुङले प्रहरी संगठनको संस्थागत हितका विषयमा आवश्यक निर्णय लिन आफू पछि नहट्ने सन्देशसमेत दिँदै आएका छन्। यही सोचअनुसार गृहमन्त्री गुरुङले प्रहरी नेतृत्वलाई आफ्नो…

थप

प्युठान । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) नरहरी अधिकारी लुम्बिनी प्रदेश प्रहरीअन्तर्गत २०८३ साल साउन महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषित भएका छन्। जिम्मेवारीप्रतिको प्रतिबद्धता, व्यावसायिक कार्यसम्पादन, शान्ति सुरक्षा व्यवस्थापन तथा अपराध नियन्त्रणमा पुर्‍याएको योगदानको मूल्यांकन गर्दै उनलाई महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको हो। लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार संगठनको नीति, निर्देशन तथा कार्ययोजनाअनुसार आफूलाई सुम्पिएको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुका साथै प्रहरी सेवाको व्यावसायिक मर्यादा कायम राख्दै अपराध नियन्त्रण र अनुसन्धानमा सक्रिय भूमिका खेलेको आधारमा अधिकारीलाई उत्कृष्ट प्रहरी घोषणा गरिएको हो। लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) भूपेन्द्र खत्रीले अधिकारीलाई उत्कृष्ट प्रहरी घोषणा गर्दै…

थप

काठमाडौं । एउटा प्रहरी जवानको पोशाकबाट सुरु भएको यात्रा आज नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) पदसम्म पुगेको छ। यो यात्रा केवल पदोन्नतिको कथा होइन, निरन्तर मेहनत, त्याग, धैर्यता र दृढ इच्छाशक्तिको प्रेरणादायी उदाहरण हो। २०७३ सालमा प्रहरी जवानका रूपमा नेपाल प्रहरीमा प्रवेश गरेका कमलेश पासवानले करिब एक दशक लामो सेवायात्रापछि २०८३ सालमा आएको अन्तिम नतिजामा प्रहरी निरीक्षक पदमा नाम निकाल्न सफल भएका छन्। प्रहरी सेवामा प्रवेश गर्दा उनको जिम्मेवारी सीमित थिएन। चौबीसै घण्टाको ड्युटी, रातदिनको खटाइ, चाडपर्वमा समेत परिवारबाट टाढा रहनुपर्ने बाध्यता र संगठनको कडा अनुशासनबीच उनले आफ्नो अर्को सपना पनि सँगसँगै बोकेर हिँडे- प्रहरी निरीक्षक बन्ने सपना। ड्युटीको व्यस्तताबीच अध्ययनलाई…

थप

सप्तरी । तस्करीका सामानसहित नियन्त्रणमा लिइएका व्यक्तिलाई छाडेको तथा घटनाको विवरण बंग्याएको आरोपमा सप्तरीको इलाका प्रहरी कार्यालय बोदेबरसाइनका प्रमुख प्रहरी नायब निरीक्षक (सई) शिवशंकर शर्मा जिल्ला प्रहरी कार्यालय तानिएका छन्। भारतबाट भन्सार छली ल्याइएको मोबाइलका पार्टपुर्जा, मोटरसाइकल तथा तस्करीका भरिया भनिएका सुनिल मण्डललाई साउन १८ गते स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको थियो। सोही क्रममा सामान र भरियालाई छुटाउन पुगेका मुख्य कारोबारी भनिएका देवकुमार यादवलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो। तर, नियन्त्रणमा लिइएका दुवै जनालाई पछि छाडिएको तथा बरामद सामान र घटनासम्बन्धी मुचुल्कासमेत फेरबदल गरिएको आरोप सार्वजनिक भएपछि प्रहरीको भूमिकामाथि प्रश्न उठेको थियो। घटनालाई ढाकछोप गर्न साउन १९ गते राति प्रहरीले…

थप