Author: Scoop Khabar

काठमाडौं । क्षेत्रीय होटल संघ नेपाल चितवन, Asian-African Chamber of Commerce & Industry तथा World Trade Center Mumbai (WTC Mumbai) बीच व्यापारिक तथा आर्थिक सहकार्यका लागि समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ। समझदारीले नेपाल र भारतबीच व्यापार, लगानी, पर्यटन तथा व्यवसायिक सम्पर्क विस्तारका लागि सहकार्यको नयाँ आधार तयार गर्ने अपेक्षा गरिएको छ। विशेषगरी चितवन, सौराहा तथा समग्र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्दै भारतीय तथा अन्य विदेशी पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्ने उद्देश्यमा यस सहकार्यले योगदान पुर्‍याउने विश्वास गरिएको छ। समझदारीअन्तर्गत पर्यटन व्यवसायीबीच सहकार्य तथा व्यवसायिक नेटवर्क विस्तारसँगै भारतका विभिन्न शहर र अन्तर्राष्ट्रिय व्यापारिक सञ्जालमार्फत चितवन तथा नेपालको पर्यटन…

थप

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भूपेन्द्रबहादुर खत्रीले आफूलाई जोडेर प्रकाशित समाचारप्रति खण्डन गरेका छन्। ‘स्कूप खबर’ अनलाइन न्यूज पोर्टलमा प्रकाशित ‘आईजीपीविरुद्ध निरन्तर प्रहार, कतै खगेन्द्र सुनार परिचालित त छैनन् ?’ शीर्षकको समाचारमा आफूलाई जोडेर विभिन्न आरोप तथा दाबी प्रस्तुत गरिएको भन्दै डीआईजी खत्रीले त्यसप्रति आपत्ति जनाएका हुन्। प्रेस काउन्सिल नेपाललाई पठाएको खण्डनपत्रमा खत्रीले आफूले कुनै पनि व्यक्ति, समूह वा राजनीतिक शक्तिको स्वार्थमा काम गरेको भन्ने आशयमा प्रकाशित सामग्री तथ्य, प्रमाण र अनुसन्धानबिनाको, काल्पनिक तथा पूर्वाग्रही भएको दाबी गरेका छन्। उनले समाचारमा आफ्नो व्यक्तिगत, व्यावसायिक तथा प्रतिष्ठामा आँच पुग्ने गरी तथ्यहीन आरोप लगाइएको भन्दै समाचारको…

थप

जनकपुरधाम । धनुषामा २०८३ भदौ महिनाका लागि प्रहरी वरिष्ठ नायव निरीक्षक सन्तोष गोले ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित भएका छन् । मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार ‘महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि– २०८३’ बमोजिम प्रहरी चौकी गिद्वा तिनकौरियामा कार्यरत वरिष्ठ सई गोलेलाई भदौ महिनाको “Best Province Police Of The Month” घोषणा गरिएको हो । वरिष्ठ सई गोलेले भदौ महिनामा चोरी तथा अवैध हतियारसम्बन्धी घटनाको अनुसन्धान र नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनको कार्यक्षेत्रमा भएका विभिन्न घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन तथा अवैध हतियार बरामद गर्न महत्वपूर्ण भूमिका खेलेको मधेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरी संगठनको नीति…

थप

नेपालगञ्ज । नेपाल प्रहरीको भदौ महिनाको कार्यसम्पादन मूल्यांकनमा नेपाल प्रहरी विशेष सुरक्षा गण सुर्खेत (हाल नेपालगञ्ज) देशभरका २० गणमध्ये पहिलो भएको छ। प्रहरी प्रधान कार्यालय, नक्सालले मातहतका गणहरूको कार्यसम्पादनका आधारमा गरेको मासिक मूल्यांकनमा विशेष सुरक्षा गणले सर्वोत्कृष्ट स्थान हासिल गरेको हो। प्रहरी उपरीक्षक (एसपी) रुगमबहादुर कुँवरको कमाण्डमा रहेको गणले सुरक्षा व्यवस्थापन, जनशक्ति परिचालन, अनुशासन तथा संगठनबाट प्राप्त जिम्मेवारी कार्यान्वयनमा उत्कृष्ट प्रदर्शन गरेको जनाइएको छ। २० वटा गणबीच भएको मूल्यांकनमा पहिलो स्थान हासिल हुनु गणको समग्र व्यवस्थापन र कार्यसम्पादनको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। अब भने उक्त प्रदर्शनलाई आगामी महिनाहरूमा समेत निरन्तरता दिनु गणका लागि चुनौती हुनेछ।

थप

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनामा बढुवा भएका चार जना सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्। जंगी अड्डामा आयोजित विशेष समारोहबीच प्रधानसेनापति सिग्देलले सहायक रथीमा बढुवा भएका सोबेन्द्रसिंह महत र प्रकाश थापालाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। त्यसैगरी महासेनानीमा पदोन्नति भएका मदनजङ्ग राणा तथा प्राविधिकतर्फ महासेनानीमा बढुवा भएका भरतलाल श्रेष्ठलाई पनि प्रधानसेनापति सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरे। दर्ज्यानी चिह्न प्रदान गर्दै प्रधानसेनापति सिग्देलले बढुवा भएका अधिकृतलाई नयाँ जिम्मेवारीसँगै संगठनप्रतिको दायित्व थपिएको सन्देश दिएका थिए। समारोहमा नेपाली सेनाका रथी तथा अधिकृतहरूका साथै बढुवा भएका सैनिक अधिकृतका परिवारजनको समेत उपस्थिति रहेको थियो। बढुवासँगै चारै अधिकृतले नेपाली सेनाको नेतृत्वदायी जिम्मेवारीमा थप…

थप

बुटवल । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार अर्थमान तामाङ २०८३ साल भदौ महिनाको ‘उत्कृष्ट प्रशिक्षक (Best Instructor of the Month)’ घोषित भएका छन्। सांगठनिक नीति तथा निर्देशनअनुसार आफूलाई सुम्पिएको जिम्मेवारी तथा पदीय दायित्व अनुशासित, लगनशील, इमान्दार र व्यावसायिक ढङ्गले सम्पादन गरेको मूल्यांकन गर्दै तामाङलाई उत्कृष्ट प्रशिक्षक घोषणा गरिएको हो। तालिम केन्द्रमा सञ्चालन हुने विभिन्न आधारभूत तथा सेवाकालीन तालिममा बाह्य तथा आन्तरिक प्रशिक्षकका रूपमा जिम्मेवारी निर्वाह गर्दै आएका तामाङले हवल्दार मेजरको भूमिकासमेत प्रभावकारी रूपमा सम्पादन गर्दै दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याएको तालिम केन्द्रले जनाएको छ। उनको कार्यकुशलता, अनुशासन, लगनशीलता र जिम्मेवारीप्रतिको प्रतिबद्धताले तालिम केन्द्रको गरिमा…

थप

झापा । पूर्वी नेपालको प्रमुख सीमा नाका काँकडभिट्टामा तस्करी नियन्त्रण गर्नुपर्ने प्रहरी संयन्त्रभित्रै ‘घुमुवा परिचालन’ र कथित असुलीको विषय बाहिर आएको छ। इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी निशेष चापागाईंमाथि आफ्नै संयन्त्रमार्फत सादा पोशाकका प्रहरी परिचालन गरी सीमा क्षेत्रमा ‘सेटिङ’ र असुली चलाएको आरोप लागेको छ। स्रोतका अनुसार कार्यालयमा सादा पोशाकमा खटिएका सहायक हवल्दार रमेश लुइँटेल र सुमन खत्रीको भूमिका पछिल्लो समय शंकास्पद देखिएको भन्दै प्रश्न उठ्न थालेको छ। उनीहरूले साना तस्करदेखि नाकासँग जोडिएका केही व्यवसायिक क्षेत्रसम्मबाट नियमित रकम उठाउने गरेको स्रोत बताउँछ। हाकिमलाई गुमराहमा राखेर घुमुवामार्फत ‘सेटिङ’ चलाइएको हो वा होइन भन्ने प्रश्नसमेत अहिले काँकडभिट्टामा उठेको छ। काँकडभिट्टा नाकामा तस्करी…

थप

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीको सामना गर्न प्रहरी र नागरिकबीचको विश्वास तथा साझेदारीलाई थप सुदृढ गर्दै नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार सम्पन्न राष्ट्रिय प्रहरी समन्वय तथा समीक्षा बैठक–२०८३ लाई सम्बोधन गर्दै आईजीपी कार्कीले नागरिकसँगको विश्वास र साझेदारीलाई प्रहरी कार्यको प्राथमिकतामा राख्न निर्देशन दिएका हुन्। उनले अपराधको प्रवृत्ति र जोखिमको विश्लेषण गर्दै जोखिमआधारित प्रहरी परिचालन गर्न तथा प्रमाणमुखी अनुसन्धानमा प्रविधिको रणनीतिक उपयोग बढाउनुपर्नेमा जोड दिए। विगतका घटना तथा अनुभवबाट सिक्दै सूचना संकलन र विश्लेषणका आधारमा एकीकृत सुरक्षा योजना निर्माण गरी प्रहरीलाई सक्रिय रूपमा परिचालन गर्नुपर्ने उनको भनाइ थियो।…

थप

काठमाडौं । त्रिपुरेश्वरमा सार्वजनिक बसमा भएको आगलागी नहुनुपर्ने घटना थियो। चालक गम्भीर घाइते भएका छन्, घटनाको निष्पक्ष छानबिन हुनुपर्छ र वास्तविकता बाहिर आउनुपर्छ। तर घटनाको पूर्ण यथार्थ बाहिर नआउँदै ‘ट्राफिक प्रहरीले कारबाही गरेपछि चालकले बसमा आगो लगाए’ भनेर सामाजिक सञ्जालदेखि केही सञ्चारमाध्यममा व्याख्या हुन थालेपछि अर्को गम्भीर प्रश्न उठेको छ- के घटनाको सम्पूर्ण तथ्य नखुलेसम्म ट्राफिक प्रहरीलाई दोषी ठहर गर्नु न्यायोचित हुन्छ ? घटनाअघि चालक दावा लामा र ट्राफिक प्रहरीबीच विवाद भएको भिडियो सार्वजनिक भएको छ। भिडियोमा लामाले आफूलाई कुनै गल्ती नगरेको भन्दै जरिवाना गर्न खोजिएको गुनासो गरेका छन्। तर उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले भने उपलब्ध…

थप

झापा । पछिल्लो समय झापामा सवारी दुर्घटनाका घटना बढ्दै गइरहेका बेला जिल्ला ट्राफिक प्रहरीको कार्यशैली र ट्राफिक व्यवस्थापनमाथि प्रश्न उठ्न थालेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईको नेतृत्वमा ट्राफिक व्यवस्थापनभन्दा आर्थिक गतिविधिमा बढी ध्यान दिइएको भन्दै केही यातायात व्यवसायी तथा सरोकारवालाले गुनासो गरेका छन्। ट्राफिक प्रहरी र केही यातायात तथा ढुवानी व्यवसायीबीच अस्वाभाविक निकटता रहेको, व्यवसायीको प्रभावमा कतिपय निर्णय हुने गरेको तथा दुर्घटना वा ट्राफिक कारबाहीसँग जोडिएका विषयमा समेत ‘केस मिलाउने’ प्रयास हुने गरेको आरोपसमेत लगाइएको छ। विशेषगरी पूर्वेली ढुवानी सेवा तथा मेची बस सेवा/झापा बस सेवासँग सम्बन्धित गतिविधिमा ट्राफिक प्रहरीको भूमिका र निर्णयमाथि प्रश्न…

थप