बुटवल । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार अर्थमान तामाङ २०८३ साल भदौ महिनाको ‘उत्कृष्ट प्रशिक्षक (Best Instructor of the Month)’ घोषित भएका छन्।
सांगठनिक नीति तथा निर्देशनअनुसार आफूलाई सुम्पिएको जिम्मेवारी तथा पदीय दायित्व अनुशासित, लगनशील, इमान्दार र व्यावसायिक ढङ्गले सम्पादन गरेको मूल्यांकन गर्दै तामाङलाई उत्कृष्ट प्रशिक्षक घोषणा गरिएको हो।
तालिम केन्द्रमा सञ्चालन हुने विभिन्न आधारभूत तथा सेवाकालीन तालिममा बाह्य तथा आन्तरिक प्रशिक्षकका रूपमा जिम्मेवारी निर्वाह गर्दै आएका तामाङले हवल्दार मेजरको भूमिकासमेत प्रभावकारी रूपमा सम्पादन गर्दै दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्याएको तालिम केन्द्रले जनाएको छ।
उनको कार्यकुशलता, अनुशासन, लगनशीलता र जिम्मेवारीप्रतिको प्रतिबद्धताले तालिम केन्द्रको गरिमा तथा छवि उच्च राख्न योगदान पुगेको मूल्यांकन गरिएको छ।
उत्कृष्ट कार्यसम्पादनको उच्च मूल्यांकन गर्दै तामाङलाई ‘Best Instructor of the Month’ को प्रशंसा–पत्र प्रदान गरिएको हो।
