काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भूपेन्द्रबहादुर खत्रीले आफूलाई जोडेर प्रकाशित समाचारप्रति खण्डन गरेका छन्।
‘स्कूप खबर’ अनलाइन न्यूज पोर्टलमा प्रकाशित ‘आईजीपीविरुद्ध निरन्तर प्रहार, कतै खगेन्द्र सुनार परिचालित त छैनन् ?’ शीर्षकको समाचारमा आफूलाई जोडेर विभिन्न आरोप तथा दाबी प्रस्तुत गरिएको भन्दै डीआईजी खत्रीले त्यसप्रति आपत्ति जनाएका हुन्।
प्रेस काउन्सिल नेपाललाई पठाएको खण्डनपत्रमा खत्रीले आफूले कुनै पनि व्यक्ति, समूह वा राजनीतिक शक्तिको स्वार्थमा काम गरेको भन्ने आशयमा प्रकाशित सामग्री तथ्य, प्रमाण र अनुसन्धानबिनाको, काल्पनिक तथा पूर्वाग्रही भएको दाबी गरेका छन्।
उनले समाचारमा आफ्नो व्यक्तिगत, व्यावसायिक तथा प्रतिष्ठामा आँच पुग्ने गरी तथ्यहीन आरोप लगाइएको भन्दै समाचारको खण्डन गरेका छन्। आफूले प्रहरी संगठनको जिम्मेवार अधिकृतका रूपमा व्यावसायिक मर्यादा र कानुनी दायराभित्र रहेर काम गर्दै आएको पनि खत्रीले स्पष्ट पारेका छन्।
खण्डनपत्रमा उनले समाचारमा आफूलाई कुनै व्यक्ति वा समूहसँग जोडेर प्रस्तुत गरिएको विषय पुष्टि हुने प्रमाण नभएको उल्लेख गरेका छन्। त्यस्तै, समाचारमा प्रयोग गरिएका केही विवरण तथा निष्कर्षलाई समेत उनले असत्य र भ्रामक भएको दाबी गरेका छन्।
डीआईजी खत्रीले पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) मा तथ्य, प्रमाण र आधिकारिक आधारबिना कसैको व्यक्तिगत तथा व्यावसायिक प्रतिष्ठामा आँच पुग्ने किसिमको सामग्री प्रकाशित गर्न नहुने व्यवस्था रहेको स्मरण गराएका छन्।
प्रेस काउन्सिल नेपालले समेत उक्त समाचारका सम्बन्धमा समाचार सञ्चारमाध्यमलाई खण्डन प्रकाशन तथा समाचार सच्याउन अनुरोधसहित पत्राचार गरेको उल्लेख गर्दै खत्रीले आफ्नो खण्डनलाई उचित स्थान दिन आग्रह गरेका छन्।
उनले आफूविरुद्ध प्रकाशित सामग्रीका सम्बन्धमा पुनः जाँच गरी असत्य वा अपुष्ट विवरण सच्याउन तथा आफ्नो खण्डन प्रकाशित गर्न सञ्चारमाध्यमसँग आग्रह गरेका छन्।
उनको खण्डन यस्तो छ

