Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । जेनजी आन्दोलनका सहिद रसिक खतिवडाकी आमा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडा खत्रीको जाहेरीका आधारमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। प्रहरीले प्रसाईंलाई भक्तपुरस्थित उनकै निवासबाट नियन्त्रणमा लिएर अनुसन्धानका लागि साइबर ब्युरोमा बुझाएको बताइएको छ। उनीमाथि रचना खतिवडालाई लक्षित गरी दिएको अभिव्यक्तिसम्बन्धी उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको जनाइएको छ। प्रसाईंले सार्वजनिक कार्यक्रममा रचना खतिवडाले आफ्नो छोराको मृत्युको बदलामा सांसद पद प्राप्त गरेको आशयको अभिव्यक्ति दिएका थिए। उनले ‘छोराको लाससँग सांसद पद साटेको’ भन्ने टिप्पणी गरेको विषयलाई लिएर खतिवडाले आपत्ति जनाउँदै आएकी थिइन्। उक्त अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै खतिवडा गत मंगलबार प्रतिनिधिसभाको बैठकमै भावुक बनेकी थिइन्। उनले…
काठमाडौं । लामो समयदेखि कार्यालयमा गैरहाजिर भई सम्पर्कविहीन रहेका ९ जना प्रहरी कर्मचारीलाई नेपाल प्रहरी प्रधान कार्यालयले अन्तिम अवसर दिएको छ। प्रहरी प्रधान कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र सम्बन्धित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो। प्रधान कार्यालयका अनुसार गैरहाजिर रहनुको कारण खुलाउँदै सन्तोषजनक स्पष्टीकरणसहित तोकिएको अवधिभित्र सम्बन्धित कार्यालयमा हाजिर हुनुपर्नेछ। प्रहरी नियमावली, २०७१ को नियम ११५ बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस गर्दा समेत ती प्रहरी कर्मचारी सम्पर्कमा नआएपछि प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गरेको जनाएको छ। अब तोकिएको सात दिनभित्र पनि उनीहरू कार्यालयमा उपस्थित नभए प्रहरी नियमावली, २०७१ का नियम ११३ र १०९ बमोजिम…
काठमाडौं । नेपाल प्रहरीमा तल्लो तहका कर्मचारीको नियमित बढुवा प्रक्रिया ढिलाइ हुँदा संगठनभित्र असन्तुष्टि बढ्दै गएको गुनासो छ। विशेषगरी प्रहरी जवान र प्रहरी सहायक हवल्दार तहमा कार्यरत कर्मचारीले लामो समयदेखि बढुवाको प्रतीक्षा गर्नुपरेको भन्दै समयमै बढुवा प्रक्रिया अघि बढाउन माग गरेका छन्। प्रहरी कर्मचारीहरूका अनुसार करिब २.५ महिनादेखि नियमित बढुवा प्रक्रिया प्रभावित हुँदा जवानदेखि हवल्दार तहसम्मका कर्मचारीमा अन्योल र निराशा बढेको छ। लामो समय एउटै दर्जामा रहेर जिम्मेवारी निर्वाह गर्नुपर्दा वृत्तिविकासमा असर परेको उनीहरूको गुनासो छ। तर यहीबीच नेपाल प्रहरीकै तथ्यांकले संगठनभित्र कर्मचारी टिकाइराख्ने चुनौती गम्भीर बन्दै गएको देखाएको छ। प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक…
काठमाडौं । धरानका तत्कालीन मेयर तथा हालका प्रतिनिधिसभा सदस्य हर्क साम्पाङकी जेठी पत्नी दिलमाया राईलाई अंश दिन अदालतले फैसला गरेको छ। दिलमायाले २०७३ असोज ६ गते दायर गरेको अंशचलन मुद्दामा अदालतले हर्कराज राईसहित पाँच अंशियार कायम गर्दै सम्पत्ति अंशबण्डा गर्नुपर्ने ठहर गरेको हो। अदालतका अनुसार हर्कराज, उनका दाजुहरू आशय कुमार राई र एकराज राई, आमा जसामाया राई तथा धनकुमारी राई पाँच अंशियार हुन्। उनीहरूबीच यसअघि कानुनबमोजिम अंशबण्डा भएको प्रमाण नदेखिएको फैसलामा उल्लेख छ। दिलमायाले आफूलाई कुटपिट गरी घरबाट निकालिएको र अंश नदिएको दाबी गर्दै मुद्दा दायर गरेकी थिइन्। अदालतले हर्कराजको हिस्साबाट दिलमाया र छोरी एलिसासमेतलाई अंश छुट्याउनुपर्ने ठहर गरेको छ।…
काठमाडौं । नेपाल प्रहरीले पुलिस लिडरसिप एण्ड स्टाफ कोर्स (पीएलएससी) ब्याच–३ को प्रवेश परीक्षा मंसिर १८ गतेदेखि सञ्चालन गर्ने भएको छ। प्रहरी प्रधान कार्यालयअन्तर्गत मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले प्रवेश परीक्षासम्बन्धी कार्यादेश, २०८२ बमोजिम परीक्षामा सहभागी हुने उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार प्रवेश परीक्षा मंसिर १८ गतेदेखि २३ गतेसम्म महाराजगञ्जस्थित तालिम केन्द्रमा सञ्चालन हुनेछ। प्राप्त आवेदन, निर्धारित योग्यता तथा पूर्वशर्त पूरा गरेका उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक नामावलीमा नाम समावेश भएका तर परीक्षामा सहभागी हुन नसक्ने वा स्वेच्छाले सहभागी नहुने उम्मेदवारलाई तोकिएको समयभित्र सम्बन्धित कार्यालयमा जानकारी गराउन भनिएको थियो। त्यस्तै,…
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेसँगै उनका भाइ प्रभुशमशेर जबराको विगत पनि फेरि चर्चामा आएको छ। जबरालाई आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले महाराजगन्जस्थित निवासबाट नियन्त्रणमा लिएपछि उनका भाइ प्रभुशमशेरसँग जोडिएका पुराना छानबिन, अदालतमा बिचौलियाको भूमिका र सम्पत्तिसम्बन्धी विवादसमेत फेरि सतहमा आएका हुन्। प्रभुशमशेरमाथि विगतमा अदालतका मुद्दामा बिचौलियाको भूमिका खेलेको र न्यायिक ‘सेटिङ’मा संलग्न भएको आरोप लाग्दै आएको थियो। यस्ता आरोपकै बीच २०७९ असारमा प्रकाशित एक रिपोर्टमा उनी सिभिल सहकारीको ठगी मुद्दासँग जोडिएको घुस लेनदेनको अडियो प्रकरणमा छानबिनको दायरामा परेको र न्याय परिषद्को प्रारम्भिक छानबिनमा मध्यस्थकर्ताका रूपमा देखिएको दाबी गरिएको थियो। सोही आधारमा उनलाई निगरानीमा राख्न प्रहरीलाई जानकारी गराइएको…
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको हिरासतमा रहेका छन्।महाराजगन्जस्थित आफ्नै निवासबाट प्रहरीले नियन्त्रणमा लिएपछि उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय ल्याइएको हो। यसैबीच, जबराको सुरक्षामा खटिएका दुई जना व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) भने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाहिर रहेका छन्। उनीहरू अहिले कार्यालय कार्यालय प्रमुखको कार्यकक्ष बाहिर बसेर जबराको अवस्थाबारे जानकारी लिइरहेका छन्। मध्यराती जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि पीएसओहरुले आफू पनि जाने भनेपछि सँगै गएको बताइएको छ। अहिले जबरालाई सोधपुछ गर्ने काम भइरहेको स्रोतले बतायो। उनीमाथि उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काको कार्यकक्षमा राखेर सोधपुछ थालिएको स्रोत बताउँछ। जबरालाई कुन आरोपमा नियन्त्रणमा लिइएको हो भन्ने विषयमा…
वीरगञ्ज । मधेश प्रदेश सरकारको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयअन्तर्गत वीरगञ्जस्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमा कार्यरत अधिकृतस्तर छैठौँ तहका केशर प्रसाद पटेलमाथि वर्षौँदेखि एउटै कार्यालयमा बसेर आफ्नो प्रभाव कायम राखेको र सम्भावित सरुवा रोक्न राजनीतिक तथा प्रशासनिक तहमा दौडधुप गरेको आरोप लागेको छ। पटेल विगत ६ वर्षभन्दा लामो समयदेखि एउटै कार्यालयमा कार्यरत रहेको बताइएको छ। स्वयं पटेलले पनि आफू पाँच आर्थिक वर्षदेखि सोही कार्यालयमा कार्यरत रहेको स्वीकार गरेका छन्। मन्त्रालय स्रोतका अनुसार अहिले कर्मचारी सरुवाको तयारी भइरहेको छ। सोमबारसम्म सरुवा निर्णय हुन सक्ने बताइए पनि पटेलले वीरगञ्जमै रहन विभिन्न तहबाट पहल गरिरहेको बताइन्छ। स्रोतका अनुसार उनले मन्त्रालयका…
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ पुर्जीबिनै राति ३ बजे महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएको दाबी गरिएको छ। उनलाई ‘ठूलो अनुचित लेनदेन’सँग सम्बन्धित आरोपमा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई गएराति करिब ३ बजे घरबाटै नियन्त्रणमा लिएको हो। अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्का स्वयं जबरालाई पक्राउ गर्न गएको स्रोतले जनाएको छ। स्रोतका अनुसार जबराविरुद्ध कुनै मुद्दा दर्ता भएको छैन भने उनलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जीसमेत जारी भएको छैन। त्यसका बाबजुद उनलाई नियन्त्रणमा लिएर काठमाडौंकै एक प्रहरी कार्यालयमा हिरासतमा राखिएको बताइएको छ। जबरालाई ‘ठूलो अनुचित लेनदेन’सँग सम्बन्धित प्रमाणसहितको आरोपमा पक्राउ गरिएको…
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा प्रहरीले उनलाई आइतबार बिहान महाराजगन्जस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिएको हो। एक उच्च प्रहरी अधिकारीका अनुसार उजुरीका आधारमा जबरालाई नियन्त्रणमा लिइएको हो। यद्यपि, उनीविरुद्ध परेको उजुरीको विषयवस्तु र आरोपबारे प्रहरीले विस्तृत जानकारी सार्वजनिक गरेको छैन। जबराले २०७५ पुस १८ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए। उनको कार्यकालमा २०७८ फागुन १ गते संसद्मा महाभियोग प्रस्ताव दर्ता भएको थियो। महाभियोग प्रस्ताव दर्ता भएसँगै निलम्बनमा परेका जबराविरुद्धको प्रस्ताव संसद्बाट पारित हुन सकेन। तर, त्यसपछि पनि उनी सर्वोच्च अदालतमा फर्किन पाएनन्। निलम्बित अवस्थामै उनको प्रधानन्यायाधीशको कार्यकाल समाप्त…
