Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
भोटेकोसीमा ठूलो बाढी, त्रिशूली तटीय क्षेत्रका जिल्लामा उच्च सतर्कता अपनाउन नेपाल प्रहरीको आग्रह
काठमाडौं । भोटेकोसी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि त्रिशूली नदीको तटीय क्षेत्रका जिल्लामा उच्च सतर्कता अपनाउन नेपाल प्रहरीले आग्रह गरेको छ। नेपाल प्रहरीले अर्को सूचना नआएसम्म नुवाकोट, धादिङ, चितवन, गोरखा लगायत त्रिशूली नदीको तटीय क्षेत्रका जिल्लाका नागरिकलाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन अनुरोध गरेको हो। बाढीका कारण त्रिशूली नदीको जलसतह बढ्न सक्ने भएकाले नदी तथा खोलाको तटीय क्षेत्रमा रहेका नागरिकलाई विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ। प्रहरीले जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थानमा जान तथा नदीको तटीय क्षेत्रमा नजानसमेत अनुरोध गरेको छ। नेपाल प्रहरीले अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको…
‘गत वर्षभन्दा १० गुणा ठूलो विनाशकारी बाढी’, डीएसपी थापाले भने- ‘दर्जनौँ बस्ती र बजार बगायो’
रसुवा । तिब्बततर्फबाट भोटेकोसी नदीमा अचानक आएको भीषण बाढीले रसुवाको तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख डीएसपी अशोक थापाले बाढी गत वर्षको तुलनामा कम्तीमा १० गुणा ठूलो र विनाशकारी रहेको बताएका छन्। उनका अनुसार बाढीले तटीय क्षेत्रमा रहेका दर्जनौँ बस्ती तथा बजार बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। बाढीका कारण ठूलो जनधनको क्षति भएको हुनसक्ने उनको भनाइ छ। डीएसपी थापाका अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मीसँग समेत सम्पर्क हुन नसकेको अवस्था छ। बुधबार बिहान करिब ९ बजे टिमुरे बजार क्षेत्रमा अचानक बाढी आएको थियो। बाढीले टिमुरे बजारसहित आसपासका…
रसुवा । भोटेकोसी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान ९ः१५ बजे तिब्बततर्फबाट भोटेकोसी नदीमा ठूलो बाढी प्रवेश गरेको हो। बाढीका कारण त्रिशूली नदीको तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै महाशाखाले अर्को सूचना जारी नभएसम्म मुग्लिनसम्मका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।
कैलाली । शारीरिक तथा मानसिक रूपमा अपाङ्गता भएकी ३० वर्षीया युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा कैलालीमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोदावरी नगरपालिका–८ धनचौरीका अन्दाजी २५ वर्षीय कृष्णराज भट्टराई रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले पक्राउ गरेको हो। पीडित युवतीकी भाउजुले दिएको किटानी जाहेरीका आधारमा भट्टराईलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मंगलबार बिहान करिब ११ बजेतिर भट्टराई युवती सुत्ने कोठामा प्रवेश गरी जबरजस्ती करणी गरेको आरोप छ। पीडित पक्षका अनुसार परिवारका अन्य सदस्यहरू भूमि सम्बन्धी समस्या समाधान आयोगको कामका सिलसिलामा घर नजिकै रहेको सामुदायिक वनको भवनमा गएका बेला युवती घरमा…
काठमाडौं । प्रहरी प्रधान कार्यालयले एक जना प्रहरी सहायक निरीक्षक (असई) सहित १२ जना प्रहरी कर्मचारीलाई सेवाबाट हटाउने प्रक्रिया अघि बढाएको छ। प्रहरी प्रधान कार्यालयअन्तर्गतको कानुन शाखाले बुधबार सूचना जारी गर्दै लामो समयदेखि गैरहाजिर रहेका असई खड्गबहादुर गुरुङसहित १२ जना प्रहरी कर्मचारीसँग स्पष्टीकरण माग गरेको हो। स्पष्टीकरण माग गरिएकामा गुरुङसहित एक जना प्रहरी हवलदार, पाँच जना प्रहरी सहायक हवलदार र पाँच जना प्रहरी जवान रहेका छन्। प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैरहाजिर रहनुको कारण खुलाउँदै सन्तोषजनक स्पष्टीकरणसहित सम्बन्धित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ। तोकिएको समयभित्र स्पष्टीकरण नदिएमा वा स्पष्टीकरण सन्तोषजनक नभएमा प्रहरी नियमावलीअनुसार…
काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरी जवानमाथि हातपात भएको छ। मंगलबार बिहान बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरी जवानले जथाभावी बाटो काट्न खोजेका एक पुरुषलाई आकाशे पुल प्रयोग गर्न आग्रह गरेकी थिइन्। त्यसक्रममा ती पुरुषले प्रहरी जवानमाथि हातपात गरेका हुन्। घटनालगत्तै प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिए। पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई हाल काठमाडौंको बानेश्वर–१० बस्दै आएका २७ वर्षीय राज कठायत रहेका छन्। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
काठमाडौं । विशेष अदालतले प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । लागुऔषधसम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस मागेको अभियोगमा विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र न्यायाधीश हेमन्त रावलको इजलासले मंगलबार थापालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । उनको सजाय भने पछि निर्धारण हुनेछ । जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत थापाले लागुऔषधसम्बन्धी मुद्दामा सहजीकरण गरिदिने, पक्राउ नगर्ने तथा केस मिलाइदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेको आरोप लागेको थियो । घुस मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई घुस रकमसहित पक्राउ गरेको…
मलको ‘कालोबजारी’ गर्ने राजेन्द्रभक्तलाई स्मार्ट टेलिकम लिलामी घोटालामा सीआईबीको उन्मुक्ति !
काठमाडौं । स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा ९६ अर्ब १२ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै २२ जनाविरुद्ध मुद्दा दायर भएको छ। तर, लिलामी प्रक्रियामा जोडिएको भनिएको ट्रान्सगेट टेक प्रालिका प्रमुख पात्रमध्येका एक व्यवसायी राजेन्द्रभक्त श्रेष्ठलाई सीआईबीको अनुसन्धानको दायरामै नल्याइएको विषयले प्रश्न उठाएको छ। स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरिएको आरोपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डेसहित बैंकका अधिकारी, स्मार्ट टेलिकम तथा एनसेलसँग सम्बन्धित व्यक्ति र नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षसहित २२ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगी, आपराधिक विश्वासघात, संगठित अपराध तथा बैंकिङ कसुरमा सीआईबीको अनुसन्धानपछि अभियोग दायर भएको हो। लिलामी प्रक्रियामा एनसेलका सञ्चालक सतिशलाल आचार्यसँग निकट सम्बन्ध रहेका…
रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिका–४ पचरुखी छतौना टोलमा मंगलबार बिहान असामान्य सन्नाटा थियो। गाउँका होनहार युवा तथा सरकारी सेवामा कार्यरत शाखा अधिकृत ओमप्रकाश यादवको पार्थिव शरीर घरमा आइपुगेपछि गाउँ शोकमा डुबेको हो। गृह मन्त्रालय, काठमाडौंमा कार्यरत ४२ वर्षीय यादवको सोमबार राति उपचारका क्रममा निधन भएको हो। मस्तिष्कघात भएपछि करिब १० दिनदेखि काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत यादवको अन्ततः निधन भएको हो। दुर्गा भगवती गाउँपालिका–४ का वडाध्यक्ष रामानन्द यादवका अनुसार काठमाडौंमै रहेका बेला यादवलाई अचानक मस्तिष्कघात भएको थियो। ‘अझै धेरै गर्न बाँकी रहेको उमेरमै उहाँलाई गुमाउनुपर्यो,’ यादवको निधनले गाउँ नै स्तब्ध बनेको बताउँदै वडाध्यक्ष यादवले भने। डेढ वर्षदेखि गृह मन्त्रालयमा…
काठमाडौं । गोरखाको गण्डकी गाउँपालिका–४, फलाटेका १८ वर्षीय विकास श्रेष्ठको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। सोमबार साँझ काठमाडौंको बल्खु क्षेत्रमा भएको स्कुटर दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि स्टार अस्पताल लगिएको थियो। अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको जनाइएको छ। श्रेष्ठसँगै स्कुटरमा सवार उनकी श्रीमतीसमेत दुर्घटनामा घाइते भएको बताइएको छ। उनको अवस्था र दुर्घटनाको विस्तृत विवरण भने खुल्न बाँकी छ। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।