Author: Scoop Khabar

काठमाडौं । पत्नी हत्या अभियोगमा कैद भुक्तान गरिरहेका सशस्त्र प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरेको छ। बुधबार न्यायाधीशद्वय महेश शर्मा पौडेल र बालकृष्ण ढकालको संयुक्त इजलासले रिट खारेज गर्ने आदेश दिएको हो। कोइरालाले स्वास्थ्य लगायतका कारण देखाउँदै मंसिर २६ गते सर्वोच्चमा रिट दायर गरेका थिए। यसअघि मंसिर २८ गते न्यायाधीश ढकालकै एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको थियो। रिटमा गृह मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कारागार व्यवस्थापन विभाग र जिल्ला प्रशासन कार्यालयलाई विपक्षी बनाइएको थियो। कोइरालालाई २०६८ माघमा पत्नी गीता ढकालको हत्या गरेको अभियोगमा जिल्ला र उच्च अदालतले…

थप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ । जिलाको बाणगंगा नगरपालिका– ८ का भट्टराईले प्रहरी अनुसन्धानमा रहेको बैंक कारोबारका कागजातहरू फेसबुकमार्फत सार्वजनिक गरेपछि प्रहरीले बुधबार गरेको हो । गत माघ २६ गते भट्टराईले आफ्नो फेसबुकबाट ती कागजातहरू सार्वजनिक गरेपछि पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिए । सामाजिक सञ्जाल फेसबुकमा विभिन्न सामग्री पोष्ट गरेर घृणा र द्वेष फैलाउने कार्य तथा गोपनीयता भङ्ग गरेको उजुरीपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक सिंहले जानकारी दिए । उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने उनले बताए । भट्टराईले…

थप

काठमाडौं । गैर कानुनी रूपमा २ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको हुन्डी कारोबार गरेको आरोपमा पक्राउ परेका वीरगन्जका एक व्यक्तिलाई पर्सा जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ । वीरगन्ज महानगरपालिका(१ निवासी प्रशान्तकुमार गुप्ता गत १७ पुसमा पक्राउ परेका थिए । प्रारम्भमा उनी ५० हजार रुपैयाँसहित पक्राउ परेका थिए । त्यसपछि प्रहरीले उनका विभिन्न बैंक खातामाथि अनुसन्धान अघि बढाएको थियो । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अनुसन्धानका क्रममा गुप्ताको विभिन्न बैंक खाताबाट कुल २ अर्ब ४१ करोड ७८ लाख २३ हजार ३ सय रुपैयाँ बराबरको कारोबार भएको पाइएको छ । पर्सा प्रहरी प्रमुख सुदीप राज पाठकका अनुसार सुरुवाती रूपमा…

थप

काठमाडौं । नेपाली सेनाले जङ्गी अड्डामा आयोजना गरेको ‘पृतनापति समन्वयात्मक बैठक–२०८२’ सम्पन्न भएको छ। बैठकमा राष्ट्रिय सुरक्षा अवस्था, तालिमको प्रभावकारिता, बन्दोबस्ती व्यवस्थापन तथा समसामयिक सुरक्षा चुनौतीबारे विस्तृत समीक्षा गरिएको सेनाले जनाएको छ। समापन समारोहलाई सम्बोधन गर्दै प्रधान सेनापति महारथी अशोक राज सिग्देलले पृतना स्तरमा भएका कार्यसम्पादनको प्रशंसा गर्दै पृतनापतिहरूलाई धन्यवाद व्यक्त गरे। उनले सकलदर्जाबीच सामूहिक भावना र एकता सुदृढ राख्दै ‘एकीकृत सुरक्षा योजना–२०८२’ अनुरूप अन्य सुरक्षा निकाय र सरोकारवालासँग प्रभावकारी समन्वयमा काम गर्न निर्देशन दिए। आसन्न निर्वाचनलाई सुरक्षित, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन नेपाली सेनाले आफ्नो तयारी र भूमिका अझ सशक्त बनाउनुपर्नेमा प्रधान सेनापति सिग्देलले जोड दिए। उनले बदलिँदो…

थप

जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका–६ मालटोलस्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक जना प्रहरी असईको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता गणेश बमका अनुसार बिहिबार साँझ करिब ६ः२० बजेको समयमा इटहरीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको ना ७ ख ३७१८ नम्बरको तेल ट्याङ्करले सोही दिशातर्फ गइरहेका प्र २–०३–००१ प ८७२० र प्र २–०१–००३ प ९९९३ नम्बरका दुईवटा मोटरसाइकललाई ठक्कर दिएकोे जानकारी दिएका छन् । दुर्घटनामा प्र २–०३–००१ प ८७२० नम्बरको मोटरसाइकल चालक, इ.प्र.का. चित्लाङ मकवानपुर दरबन्दी भई हाल इ.प्र.का. ढल्केवर धनुषामा लेखा प्रमुखका रूपमा कार्यरत प्रहरी असई देवानन्द फनैत गम्भीर घाइते भएका…

थप

काठमाडौं । उच्च पदस्थ व्यक्तिहरूलाई ज्यान मार्ने धम्की दिएका प्रकाश पाठकलाई प्रहरीले फिलिपिन्सबाट नेपालमा फिर्ता ल्याएको छ। पाठकलाई बुधबार फिलिपिन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए। पाठकलाई लिन नेपाल प्रहरीको टोली फिलिपिन्स गएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौं र इन्टरपोलको संयुक्त टोलीले फिलिपिन्सबाट पक्राउ गरी नेपाल ल्याएको हो। पाठकले अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालका प्रमुख प्रेम राईसहित १० जना उच्च पदस्थ व्यक्तिहरूलाई अल्टिमेटम दिएर ज्यान मार्ने धम्की दिएका थिए। उनले भदौ २४ गते कारागारबाट भागेका कैदीलाई सुपारी दिएर मार्ने धम्की दिएका थिए।

थप

धनगढी। दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या गरिएको घटनामा बार सञ्चालकसहित सात जनाको संलग्नता खुलेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ भने अन्य चार जना फरार रहेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टका अनुसार पक्राउ पर्नेमा महाकाली नगरपालिका–४ बस्ने २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बम रहेका छन्। प्रहरीका अनुसार घटनामा संलग्न तथा सहयोगीको भूमिका खेलेका अन्य चार जना फरार छन्। फरार हुनेमा ‘अस्मिता बियर बार’का सञ्चालक आशिक पाल, उनकी जेठी श्रीमती लक्ष्मी बडु, भाइ मनिस पाल तथा शव व्यवस्थापनमा सहयोग…

थप

वीरगञ्ज- पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा (एमाले) का प्रतिनिधि सभा उम्मेदवार रुपेश पाण्डे जनताको स्पष्ट एजेन्डा, सुशासनप्रतिको दृढ अडान र विकासको ठोस खाकासहित चुनावी मैदानमा उत्रिएका छन । “सुशासन र विकास, एमालेको पहिचान” भन्ने नारा अब पर्सा–३ मा केवल नारा होइन, जनअपेक्षाको प्रतिबिम्ब बन्दै गएको हो। लामो समयदेखि अस्थिरता, अवसरवाद र खोक्रा भाषणबाट आजित मतदाता अब परिणाम चाहन्छन। यही चाहनालाई बुझेर एमालेले पर्सा–३ बाट रुपेश पाण्डेजस्ता स्पष्ट दृष्टिकोण, स्वच्छ छवि र संगठनात्मक क्षमताले अब्बल उम्मेदवारको रूपमा स्थापित भएका छन। पाण्डेले चुनावी अभियानका क्रममा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, स्थानीय विकासलाई प्राथमिकता, युवा रोजगारी, पूर्वाधार विस्तार र जनताको दैनिक समस्यामा प्रत्यक्ष हस्तक्षेप…

थप

वीरगन्ज ।पर्सा निर्वाचन क्षेत्र नम्बर३बाट रावस्पाका उम्मेदवार रामाकान्त चौरसिया माथि जनताको बिच कहिले नदेखा नपर्ने नेता रहेकोले मतदाता बिच असुन्तुष्टी र विवाद बढेको छ। चौरसियाले स्थायी क्षेत्र नम्बर २ छोडेर राजनितिक समरक्षणको आधारमा क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएको आरोप लागेको छ। निर्माण व्यासाय संग जोडेका अनियमिता , गुणस्तरीय हिन काम,अधुरा योजनाको बिषयले उनको नैतिकता र जिम्मेवारी माथि स्थानी स्तरबाट प्रशन उठन् थालेको छ। शौक्षिक यौगता सिमित भएपनि पैसाको बलमा निर्वाचन लडेको आरोप मतदाले लगाएका छन्।चौरसियाले आफ्नो निर्वाचन क्षेत्रमा प्रचार प्रसारमा स्कूलै बालबालिकालाई प्रयोग गरेको भन्दै आचारसहिता उल्लेघनको जन-आक्रोस बढेको छ। यस्तो आरोपमा उनको दल र अन्य पार्टीबाट केही स्पष्ट…

थप

वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले वीरगञ्जमा खानेपानीको हाहाकार भएका बेला काठमाडौँबाट आएर २४ घण्टाभित्रै बोरिङ गाड्ने काम सुरु गराएको बताएका छन् । वीरगञ्ज–३२ टेढा राम वनमा मङ्गलवार आयोजित एमालेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्व खानेपानी मन्त्रीसमेत रहेका यादवले यस क्षेत्रका जनताको हरेक सुखदुखमा आफू जनताकै माझमा आएर काम गरेको बताए । उनले भने, ‘जुन समयमा वीरगञ्जमा खानेपानीको हाहाकार भएको थियो । त्यो बेला म संयोगले खानेपानी मन्त्री नै थिए । त्यो थाहा पाउने बित्तिकै म वीरगञ्ज आए । वीरगञ्ज आएको २४ घण्टाभित्रै टोल र गल्लीमा डीप बोरिङ गाड्ने काम सुरु गराए ।घरघरमा पानी…

थप