Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । आकर्षक रोजगारीको प्रलोभन देखाएर एक व्यक्तिसँग ठगी गर्न खोजेको आरोपमा बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डका सञ्चालक तथा मेनपावर व्यवसायी कृष्ण पौडेल पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पौडेललाई पक्राउ गरेको हो। उनलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार पौडेलले ‘काम मिलाइदिन्छु’ भन्दै एक व्यक्तिलाई प्रलोभनमा पारेको र ठगीको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनासँग सम्बन्धित केही प्रमाणसमेत फेला परेको एसएसपी घिमिरेले बताए। ‘काम मिलाइदिन्छु भनेर ठग्न खोजेको केही प्रमाण भेटिएका छन्, हामी अनुसन्धान गर्दै छौँ,’ घिमिरेले भने। पौडेल सोमबारदेखि प्रहरी हिरासतमा रहेको प्रहरीले जनाएको छ। उनले…
रौतहट । सिरहामा सशस्त्र प्रहरीको संयुक्त टोलीले एकैपटक एक टनभन्दा बढी प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ। प्रहरी टोलीलाई देखेपछि ओसारपसारमा संलग्न व्यक्तिहरू गाँजा बोकेको बोलेरो र मोटरसाइकल छाडेर फरार भएका छन्। सुखीपुर नगरपालिका–१० विश्वकर्माचोकस्थित गागन खोलाको पुलमा बुधबार राति करिब साढे १२ बजे विशेष सूचनाका आधारमा गरिएको कारबाहीमा २६ बोरामा राखिएको १ हजार १०२ किलो ६ सय ५५ ग्राम गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल मधेस प्रदेशका प्रमुख डीआईजी विष्णु भट्टका अनुसार नम्बर ७ गण हेडक्वार्टर सिरहा, सुरक्षा बेस गोलबजार र सुरक्षा बेस सुखीपुरबाट परिचालित संयुक्त टोलीले गाँजा बरामद गरेको हो। कारबाहीमा गण हेडक्वार्टरबाट इन्स्पेक्टर…
धनगढी । सुदूरपश्चिममा कार्यरत एक प्रहरी जवान झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत बैतडीको सिगास गाउँपालिका–३ कफल्गोडाका प्रहरी जवान ठगेन्द्रसिंह बोहरा सोमबार अमरगढी नगरपालिका–५ स्थित जंगल क्षेत्रमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। बोहरा चितवन दरबन्दी भएका प्रहरी जवान हुन्। स्रोतका अनुसार चार दिनअघि मात्रै चितवन दरबन्दीमा जानुपर्ने भएपछि उनले जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट रमाना बुझेका थिए। प्रहरी स्रोतका अनुसार बोहराले सोमबार आफ्नी श्रीमतीलाई आफू झुन्डिन लागेको अवस्थाको तस्बिर पठाएको खुलेको छ। त्यसपछि परिवार तथा आफन्तले उनको खोजी गरेका थिए। खोजीका क्रममा उनलाई अमरगढी–५ स्थित जंगलमा झुन्डिएको अवस्थामा फेला पारिएको हो। घटनाबारे जिल्ला…
विराटनगर । विराटनगरमा तास खेलिरहेको स्थानमा प्रहरी पुगेपछि भाग्ने क्रममा दुई तलामाथिबाट हामफाल्दा एक जना घाइते भएका छन्। प्रहरीले तास खेलिरहेको आरोपमा घाइतेसहित ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। विराटनगर महानगरपालिका–६ सरोचियास्थित लालु पासवानको घरमा सोमबार राति तास खेलिरहेको अवस्थामा प्रहरी पुगेपछि भागदौड मच्चिएको हो। प्रहरीलाई देखेपछि भाग्ने क्रममा विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखियाले घरको दुई तलाबाट हामफालेका थिए। हामफाल्दा उनको दाहिने खुट्टा भाँचिएको छ। एम्बुलेन्स चालकसमेत रहेका मुखियाको विराटनगरस्थित श्री अस्पतालमा प्रहरी निगरानीमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको अवस्था खतरामुक्त छ। मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार राति करिब ११ः३० बजे प्रहरी टोली गस्ती…
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्का राष्ट्रिय मानव अधिकार आयोगमा बयान दिन पुगेका छन्। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई प्रहरीले पक्राउ गरेपछि उनको अवस्था बुझ्न आइतबार टेकुस्थित कार्यालय पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई प्रवेशमा रोकिएको विषयमा आयोगले एसएसपी खड्कालाई बयानका लागि बोलाएको हो। आयोगका सदस्य मनोज दुवाडी नेतृत्वको टोली राणालाई भेट्न टेकु पुगेको थियो। तर, आयोगको टोलीलाई करिब एक घण्टासम्म कार्यालयको गेटमै रोकिएको थियो। घटनाबारे स्पष्टीकरण लिन आयोगले एसएसपी खड्कालाई मंगलबार बिहान ११ः३० बजे आयोगको कार्यालयमा उपस्थित हुन पत्र पठाएको थियो। सोही पत्रअनुसार खड्का मंगलबार साढे ११ बजे आयोग पुगेका हुन्। आयोगले घटनाको क्रममा मानव अधिकार अनुगमनका…
काठमाडौं । राष्ट्र र जनताको सुरक्षाका लागि कर्तव्यमा खटिँदा प्रभावित बनेका नेपाल प्रहरीका कर्मचारी तथा उनीहरूका परिवारका लागि नेपाल प्रहरीले महत्वपूर्ण तथा ऐतिहासिक कल्याणकारी निर्णय गरेको छ। रसुवा जिल्लास्थित भोटेकोशी नदीमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढीका क्रममा प्रत्यक्ष प्रभावित बनेका प्रहरी कर्मचारीका परिवारलाई लक्षित गर्दै नेपाल प्रहरी नीति निर्माण समितिले दीर्घकालीन राहत र पुनःस्थापनासम्बन्धी निर्णय गरेको हो। समितिको २०८३ असोज १२ गते बसेको उच्चस्तरीय बैठकले बाढीबाट प्रत्यक्ष प्रभावित २८ जना नेपाल प्रहरी कर्मचारीका सन्ततिलाई प्राथमिक तहदेखि स्नातकोत्तर (मास्टर्स) तहसम्मको शिक्षा पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ। कर्तव्यपालनका क्रममा प्रहरी कर्मचारीले भोग्नुपरेको जोखिम र उनीहरूको परिवारले व्यहोर्नुपरेको…
सल्यान दुर्घटना : वास्तविक चालक जोगाएर अर्कैलाई जेल पठाएको आरोपबारे छानबिन प्रतिवेदन बुझाइयो
दाङ । पाँच जनाको ज्यान जाने गरी भएको सवारी दुर्घटनामा वास्तविक चालकलाई जोगाएर अर्कै व्यक्तिलाई नक्कली चालक बनाएर जेल पठाइएको आरोपबारे गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ। छानबिन प्रतिवेदन कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयमा पठाइएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटाले जानकारी दिएका छन्। २०८२ असोज १२ गते सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलास्थित राप्ती राजमार्गमा लु २ ख ६५०२ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो। दुर्घटनापछि वास्तविक चालक देवबहादुर बिकलाई जोगाएर कपुरकोट–३ डाँडागाउँका कर्णबहादुर खड्कालाई चालकका रूपमा प्रस्तुत गरी मुद्दा चलाइएको आरोप लागेको थियो। उक्त आरोपपछि कर्णाली प्रदेश प्रहरी कार्यालयले विशेष सुरक्षा गण नेपालगन्जका प्रहरी उपरीक्षक…
भोटेकोशी बाढीमा उद्धारदेखि अवैध औषधि नियन्त्रणसम्म, इन्स्पेक्टर सुवेदी ‘बेस्ट पुलिस अफ द मन्थ’
पोखरा । तनहुँको आँबुखैरेनीस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रदीप सुवेदी गण्डकी प्रदेश प्रहरी कार्यालयबाट २०८३ भदौ महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित भएका छन्। गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले सुवेदीले संगठनको नीति–निर्देशनअनुसार पदीय जिम्मेवारी इमानदार, कर्तव्यनिष्ठ र उच्च व्यावसायिक सुझबुझका साथ सम्पादन गरेको भन्दै उत्कृष्ट प्रहरी छनोट गरेको हो। कार्यालयका अनुसार सुवेदीले भदौ महिनामा विभिन्न नाम र परिमाणका अवैध लागूऔषधसहित ११ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याउन, भोटेकोशी बाढीमा परी मृत्यु भएका ३८ जनाको शव निकाल्न, फरार प्रतिवादी पक्राउ गर्न तथा जनचेतना अभिवृद्धिका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। उनले विपद्का बेला…
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरी हिरासतमा भेट्न नदिएको विषयमा राष्ट्रिय मानवअधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई सोधपुछका लागि बोलाएको छ। आयोगको निर्णयअनुसार पत्र लेखेर एसएसपी खड्कालाई बयानका लागि बोलाइएको आयोगकी सदस्य लिली थापाले जानकारी दिएकी छन्। पूर्वप्रधानन्यायाधीश जबरालाई आइतबार मध्यराति महाराजगञ्जस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएर टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुर्याएको थियो। उनलाई एसएसपी खड्काको कार्यकक्षमा राखिएको थियो। प्रहरीले भने जबरालाई ‘सुरक्षा थ्रेट’ भएका कारण सुरक्षित स्थानमा ल्याइएको दाबी गरेको थियो। जबरालाई भेट्न तथा उनको अवस्थाबारे जानकारी लिन राष्ट्रिय मानवअधिकार आयोगको टोली टेकु पुगेको थियो। तर प्रहरी कार्यालयको गेटमै करिब ४५ मिनेट कुर्दासमेत टोलीले जबरालाई…
रौतहट । लालबकैया नदीको तीव्र कटानले तटबन्ध नै जोखिममा परेपछि अग्रभागमा खटिएर सुरक्षा निकाय र स्थानीयवासीलाई परिचालन गरेका इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरी केसीको सक्रियताको प्रशंसा भएको छ। मौलापुर नगरपालिका–१ मर्यादपुरस्थित तटबन्ध कटानको उच्च जोखिममा परेपछि इन्स्पेक्टर केसी आफैं स्थलगत रूपमा खटिएका थिए। उनले नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा स्थानीयवासीबीच समन्वय गर्दै तत्काल तटबन्ध संरक्षण र मर्मतको काम अघि बढाएका थिए। कटानको अवस्था निरीक्षण गर्न पुगेका मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोसहित उच्च सुरक्षा अधिकारीहरूले केसीको सक्रियता र स्थलगत नेतृत्वको प्रशंसा गरेका छन्। निरीक्षणका क्रममा उनको भूमिकालाई अनौपचारिक रूपमा ‘कटान नियन्त्रणका हिरो’…
