Author: Scoop Khabar

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीपछि सम्पर्कविहीन भएका प्रहरी कर्मचारीको खोजी कार्यलाई नेपाल प्रहरीले तीव्रता दिएको छ। प्रहरी प्रधान कार्यालयले बाढीका कारण सम्पर्कविहीन भएका प्रहरी कर्मचारीको अवस्था पहिचान, खोजी कार्यमा सहजीकरण तथा उनीहरूका परिवारजनसँग आवश्यक समन्वय गर्न सम्पर्क अधिकृत तोकेको जनाएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार सम्पर्क अधिकृतको जिम्मेवारीमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोषकुमार भट्टराई, प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारी, प्रहरी निरीक्षकहरू चुडाकुमारी खड्का, प्रकाश थापा र राजेश बस्नेत तथा प्रहरी सहायक निरीक्षक ज्ञानेन्द्र कोइरालालाई तोकिएको छ। चीनको तिब्बत क्षेत्रबाट आएको आकस्मिक बाढीले रसुवाको बेत्रावती, टिमुरे, स्याफ्रुबेँसी तथा सीमावर्ती क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण टिमुरेस्थित…

थप

काठमाडौं । किवानिज इन्टरनेशनल नेपाल डिस्ट्रिक्ट K69 का गभर्नर डा. रामशरण थपलियाले रसुवा, नुवाकोट र धादिङमा आएको भीषण बाढीबाट प्रभावित बालबालिका तथा परिवारको तत्काल उद्धार, उपचार र राहतका लागि सबै पक्षलाई सक्रिय हुन अपिल गरेका छन्। बुधबार बिहान भोटेकोशी नदीमा आएको अचानकको ठूलो बाढीका कारण रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीबाट जनधनको क्षति हुनुका साथै बालबालिका तथा अन्य नागरिक प्रभावित भएका छन्। किवानिज नेपाल डिस्ट्रिक्टका तर्फबाट जारी गरिएको अपिलमा डा. थपलियाले प्रभावित बालबालिका तथा परिवारप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। ‘विपद्को यस कठिन घडीमा प्रभावित बालबालिका तथा परिवारको उद्धार, राहत…

थप

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय इटहरी, सुनसरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास हमाललाई साउन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ (BEST POLICE OF THE MONTH) घोषित गर्दै पुरस्कृत गरेको छ। डीएसपी हमालले जिम्मेवारी निर्वाहका क्रममा उच्च मनोबल, साहस र व्यावसायिकताका साथ उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै उनलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको हो। साउन १० गते सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा विभिन्न समुदायका व्यक्तिबीच भएको झडपपछि उत्पन्न हिंसात्मक तथा ध्वंसात्मक गतिविधि नियन्त्रणमा डीएसपी हमालको नेतृत्वमा प्रहरीले प्रभावकारी भूमिका निर्वाह गरेको थियो। साउन २७ गतेसम्म उक्त क्षेत्रमा प्रहरी परिचालन गरी संवेदनशील क्षेत्रको निगरानी, निषेधाज्ञा तथा कर्फ्यु कार्यान्वयन र सुरक्षा व्यवस्थापन प्रभावकारी बनाइएको…

थप

काठमाडौं । रसुवालगायत बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका गम्भीर घाइते तथा बिरामीको उपचारका लागि सशस्त्र प्रहरी बल, नेपालको काठमाडौंस्थित अस्पतालमा १ सय बेड खाली राखिएको छ। बाढी प्रभावितको उपचारलाई प्राथमिकतामा राख्दै अस्पतालमा आवश्यक स्वास्थ्यकर्मी तथा उपचारका अन्य व्यवस्थासमेत तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ। बाढीमा परेका गम्भीर घाइतेको तत्काल प्राथमिक उपचार तथा उद्धारका लागि चिकित्सकसहितको MEDEVAC टोली र Mass Casualty Vehicle समेत प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। सशस्त्र प्रहरीले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ड्रोन र K9 Sniffer Dogs सहितका टोलीसमेत परिचालन गरेको जनाएको छ।

थप

काठमाडौं । ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि गालीगलौज तथा हातपात गर्ने युवकलाई नियन्त्रणमा लिएर कानुनी दायरामा ल्याउन सफल तीन प्रहरी कर्मचारी पुरस्कृत भएका छन्। भदौ ९ गते बिहान करिब ९ः३० बजे काठमाडौं महानगरपालिका–१० स्थित बानेश्वरबाट थापागाउँ जाने सडकखण्डमा आकाशे पुलमुनि ड्युटीमा खटिएका प्रहरी कर्मचारीले सर्वसाधारणलाई आकाशे पुलबाट बाटो काट्न सम्झाइरहेका थिए। सोही क्रममा प्रहरीको आग्रह अटेर गर्दै ड्युटीमा खटिएका प्रहरीमाथि गालीगलौज तथा हातपात गर्ने जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका–३१ बस्ने २७ वर्षीय राज कठायतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार कठायतलाई नियन्त्रणमा लिई कानुनी प्रक्रियामा ल्याउन उत्कृष्ट ढंगले जिम्मेवारी निर्वाह गरेको भन्दै प्रहरी सहायक हवल्दार भरत कुमार राना, प्रहरी…

थप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रसुवामा आएको भीषण बाढीपछि प्रभावित नागरिकको उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकतामा राख्न अपिल गरेका छन्। लामिछानेले विपद्को यस कठिन अवस्थामा पार्टीका नेता, सदस्य, शुभेच्छुक तथा सर्वसाधारणलाई उद्धार, राहत र स्वयंसेवी कार्यमा सक्रिय हुन आग्रह गरेका हुन्। उनले सामाजिक सञ्जालमार्फत विपद्को समयमा अपुष्ट सूचना तथा गलत हल्ला नफैलाउनसमेत आग्रह गरेका छन्। आधिकारिक निकायबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन र उद्धार कार्यमा सहयोग पुग्ने गरी जिम्मेवार भूमिका निर्वाह गर्न उनले आग्रह गरेका हुन्। रसुवाको स्याफ्रुबेँसी, टिमुरेलगायत क्षेत्रमा बुधबार बिहान आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ। बाढीपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना…

थप

काठमाडौं । बुधबार बिहान रसुवामा आएको भीषण बाढीपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी २८ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी दीपक रेग्मीका अनुसार रसुवागढी प्रहरी चौकीमा कार्यरत २२ प्रहरीमध्ये ९ जना मात्रै सम्पर्कमा आएका छन्। बाँकी १३ जना प्रहरी सम्पर्कविहीन छन्। यस्तै, स्याफ्रुबेसीमा कार्यरत ९ प्रहरीमध्ये ३ जना सम्पर्कमा आएका छन् भने ६ जना सम्पर्कविहीन रहेको डीआईजी रेग्मीले जानकारी दिए। बाढीले रसुवाका केही प्रहरी कार्यालयसमेत बगाएको छ। बाढी प्रभावित क्षेत्रमा तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ। यसैबीच, टिमुरे बीओपीमा कार्यरत ९ जना सशस्त्र प्रहरीसमेत सम्पर्कविहीन रहेको बताइएको छ। यससँगै रसुवामा सम्पर्कविहीन सुरक्षाकर्मीको संख्या २८ पुगेको…

थप

गोरखा । भोटेकोसी नदीमा तिब्बततर्फबाट ठूलो बाढी आएको सूचनापछि गोरखाको गण्डकी गाउँपालिकाले त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। गाउँपालिकाले त्रिशूली नदीको तटीय तथा आसपासका क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण घरपरिवारलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको हो। बाढीको जोखिमलाई मध्यनजर गर्दै गाउँपालिकाले तटीय क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा रहन तथा आवश्यकता परे तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुनसमेत आग्रह गरेको छ। गाउँपालिकाले सम्भावित जोखिमबाट बच्न नदी तथा आसपासका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्नसमेत अनुरोध गरेको छ।

थप

काठमाडौं । रसुवाको टिमुरे बजारमा बुधबार बिहान आएको भीषण बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन भएका छन्। बिहान करिब ९ बजे चीनको तिब्बततर्फबाट आएको ठूलो बाढीले टिमुरे बजारमा रहेका बस्ती तथा संरचना बगाउँदा बोर्डर आउट पोस्ट (बीओपी) टिमुरेबाट ड्युटीमा खटिएका इन्स्पेक्टर अम्बिर खत्रीसहित ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएको स्रोतले जनाएको छ। स्रोतका अनुसार बीओपीमा भने बाढीले क्षति पुर्‍याएको छैन। बीओपीमा कार्यरत ३० जनामध्ये ६ जना बिदामा र १५ जना सुरक्षित अवस्थामा रहेको बताइएको छ। ड्युटीमा खटिएका बाँकी ९ जना भने बाढी आएपछि सम्पर्कविहीन भएका हुन्। यस्तै, टिमुरे क्षेत्रमा खटिएको नेपाल प्रहरीको टोलीसँग समेत सम्पर्क हुन नसकेको बताइएको छ।…

थप

काठमाडौं । तिब्बततर्फबाट भोटेकोसी नदीमा आएको भीषण बाढीले रसुवाका तीन वटा प्रहरी कार्यालय बगाएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बाढीले इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याप्रुबेसी र प्रहरी चौकी रसुवागढी बगाएको हो। अचानक आएको भीषण बाढीका कारण ती प्रहरी कार्यालयहरूमा ठूलो क्षति पुगेको छ। बाढीले कार्यालय भवन तथा संरचना बगाएपछि त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरूको अवस्थाबारे पनि यकिन विवरण आउन बाँकी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा सञ्चार तथा आवागमनसमेत प्रभावित भएको छ। घटनाको विस्तृत विवरण संकलन तथा प्रभावित क्षेत्रमा रहेका प्रहरी कर्मचारीको अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

थप