Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्की कै उपस्थितिमा प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारले प्रहरी प्रशासनको भूमिका र कार्यशैलीमाथि कडा प्रश्न उठाएका छन्। राष्ट्रिय दलित आयोगद्वारा आयोजित कार्यक्रममा बोल्दै सुनारले प्रहरीलाई राज्यको ‘पहिलो अनुहार’ भन्दै निष्पक्ष र प्रभावकारी ढंगले काम गर्नुपर्नेमा जोड दिए। उनले प्रहरी कुनै पनि राजनीतिक वा अन्य प्रभावमा नपर्नुपर्ने स्पष्ट सन्देश दिएका छन्। ‘प्रहरी दायाँ–बायाँ प्रभावमा पर्नु हुँदैन,’ उनले भने, ‘अहिलेसम्म मुद्दा लिन नमानेको, लिए पनि कमजोर बनाउने प्रवृत्ति देखिन्छ, यो अन्त्य हुनुपर्छ।’ उनले पीडितले न्याय नपाउने अवस्था रहिरहे राज्यको औचित्यमाथि नै प्रश्न उठ्ने बताए। प्रहरी प्रशासनले नागरिकको विश्वास जित्ने गरी काम गर्नुपर्ने उनको भनाइ थियो। सुनारले थप…
काठमाडौं । नेपाल प्रहरीमा नायब उपरीक्षक (डिएसपी) बढुवाको तयारी भएको छ । संगठनमा २१ वटा डिएसपी पद रिक्त छ । बढुवाको सरगर्मी बढेसँगै प्रहरी निरीक्षक (इन्सपेक्टर) हरूले लबिङ सुरु गरेका छन् । रिक्त रहेका २१ डिएसपी पदका लागि १२९ जना इन्स्पेक्टरहरु प्रतिस्पर्धामा छन् । प्रतिस्पर्धीहरूमध्ये २०६४ सालमा भर्ना भएका एक जना इन्स्पेक्टर, २०७१ सालमा बढुवा भएका समूहका चार जना र बाँकी १२४ जना २०७२ सालमा भर्ना भएको टोलीका इन्स्पेक्टर रहेका छन्सि नियारिटीको आधारमा अगाडिका पाँच जना बढुवा सूचीमा पर्ने निश्चित देखिए पनि बाँकी १६ पदका लागि १२४ जनाबीच कडा प्रतिस्पर्धा हुने अवस्था सिर्जना भएको छ । स्रोतका अनुसार सिनियारिटीलाई मात्र…
काठमाडौं । नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक नियुक्ति पाएका सबैलाई पद त्याग्न आग्रह गरेको विषय अहिले बजारमा व्यापक चर्चा बनेको छ। नयाँ जनादेशअनुसार पुराना संरचना परिवर्तन गर्ने योजनासहित यस्तो कदम चाल्न लागिएको हल्ला चलिरहेको छ। रास्वपा स्रोतका अनुसार, करिब ११ सय ७० भन्दा बढी पदमा रहेका नियुक्तिहरू प्रभावित हुन सक्ने बताइएको छ। राष्ट्र बैंकका गभर्नरदेखि राजदूत, विश्वविद्यालय तथा विभिन्न संस्थानहरूमा रहेका पदाधिकारीहरूलाई लक्षित गर्दै मेरिट र क्षमताका आधारमा नयाँ नियुक्ति गरिने तयारी भइरहेको चर्चा छ। यस्तै, स्वयं पद नछाडेमा सरकार गठनलगत्तै निलम्बन प्रक्रिया सुरु हुन सक्ने संकेत पनि सार्वजनिक रूपमा आएको भनाइ छ। यता,…
काठमाडौं । नेपाल प्रहरीमा २४ जना इन्स्पेक्टरको काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले उनीहरुको काज सरुवा गरेको हो ।
काठमाडौँ । अहिले सामाजिक सञ्जालमा प्रहरी अधिकारीमाथि टिप्पणी गरिएको एउटा भिडिओ भाइरल छ । मधेशी भएकै कारण प्रहरीलाई हेपिएको भन्दै उक्त भिडिओको चौतर्फी चर्चा र विरोध भइरहेको छ । भिडिओ भाइरल भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले जुनसुकै स्थानका नेपालीले देशको जुनसुकै ठाउँमा गएर काम गर्न पाउने अधिकार रहेको भन्दै खेद प्रकट गरेका छन् । उनीहरूले ‘प्रहरीलाई त मधेशी भएकै कारण यसरी हेपिन्छ भने, सर्वसाधारण मधेशीले कति अपमान सहनुपर्ला ?’ भन्दै प्रश्नसमेत गरेका छन् । १९ मार्च बिहान ७:२५ मा ‘Madhesh poeple’ नामको फेसबुक पेजले सो भिडिओ सार्वजनिक गरेको छ । भिडिओको क्याप्सनमा लेखिएको छ, “जब एउटा प्रहरी मधेशी भएको कारण यति हेपाइ खान्छ…
काठमाडौं । सर्वोत्तम पेन्टस्ले राष्ट्रिय गुणस्तर प्रमाण पत्रप्राप्त गरेको छ । कम्पनीले उत्पादन गर्ने विभिन्न प्रकारका पेन्टस् तथा अन्य सामग्रीसमेत अन्तराष्ट्रिय स्तरको गुणस्तर, सुरक्षा मापदण्ड, तथा वातावरणीय मापदण्ड भएको भन्दै उक्त प्रमाण पत्र दिएको हो । कम्पनीले अन्तराष्ट्रिय प्रमाणपत्र प्राप्त गरेसँगै अन्तराष्ट्रिय बजारमा समेत व्यावसाय बिस्तारका लागि बाटो खुलेको जनाएको छ । सर्वोत्तम पेन्टस्लाई राष्ट्रिय गुणस्तर प्रमाण पत्रप्राप्त गर्न सम्पूर्ण टीमको मेहनत र ग्राहक प्रतिको समर्पण गरेको कम्पनीका प्रवन्ध निर्देशन नवीन प्रसाद भट्टले जानकारी दिए । कैलालीको गोदावरीमा मूख्य कार्यालय रहेको सर्वोत्तमले सूदुरपश्चि प्रदेश र कर्णाली प्रदेशलाई मूख्य आधार बनाएको थियो । राष्ट्रिय गुणस्तर प्रमाण पत्रप्राप्त गरेसँगै देशका अन्य सहरहरु…
काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रहरी प्रधान कार्यालयले २ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी), ७ जना नायब महानिरीक्षक (डिआइजी), ७ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहित कुल ६९ जना प्रहरी अधिकृत तथा कर्मचारीलाई पुरस्कृत गरेको छ। प्रहरी महानिरीक्षक (आइजीपी) दान बहादुर कार्कीले कार्य विभागका एआइजी उमा प्रसाद चतुर्वेदीसहित ६९ जनालाई पुरस्कृत गरेका छन्। चतुर्वेदीकै नेतृत्वमा निर्वाचन केन्द्रित सुरक्षा रणनीति तयार पारिएको थियो, जसले देशभर शान्तिपूर्ण मतदान सम्पन्न गर्न सहयोग पुर्याएको थियो। त्यसैगरी, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआइजी ईश्वर कार्की पनि सम्मानित भएका छन्। काठमाडौं उपत्यकामा शान्तिपूर्ण र व्यवस्थित…
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी संगठनलाई थप अनुशासित, निष्ठावान् र इमानदार बनाउन कडा निर्देशन दिएका छन्। उनले सबै प्रहरी कर्मचारीलाई उच्च व्यावसायिकता प्रदर्शन गर्दै उत्कृष्ट व्यवहार, बोली र वचनमार्फत नागरिकको अपेक्षा पूरा गर्न आग्रह गरेका छन्। नेपाल प्रहरी प्रधान कार्यालयबाट बुधबार भर्चुअल सम्बोधन गर्दै महानिरीक्षक कार्कीले कार्यशैलीमा अझ सुधार आवश्यक रहेको उल्लेख गरे। उनले हालै सम्पन्न निर्वाचन शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गराउन प्रहरीको भूमिका प्रशंसनीय रहेको बताए। ‘यसले संगठनको समग्र छविमा सकारात्मक योगदान पुर्याएको छ,’ उनले भने। कार्कीले प्रहरीको धर्म र कर्म नै सेवा र सुरक्षा भएको उल्लेख गर्दै आफ्नो जिम्मेवारी क्षेत्रको विस्तृत अध्ययन गरी…
दरबारमार्ग रक्सी बितन्डा प्रकरण: ‘प्रहरी नै मेरोमा आएर बस्छन्’ भन्दै अमेरिका बस्ने कांग्रेस नेता पाण्डेको स्पष्टीकरण
काठमाडौं । दरबारमार्गस्थित सारंगी रेस्टुरेन्टमा भएको विवादपछि तीन जना मजदुर पक्राउ परेको घटनामा अमेरिका बस्दै आएका नेपाली कांग्रेस निकट नेता राजेश पाण्डेले आफ्नो धारणा सार्वजनिक गरेका छन्। घटनापछि विभिन्न आरोपहरू सार्वजनिक भइरहेका बेला पाण्डेले आफूविरुद्ध गलत बुझाइ फैलाइएको दाबी गर्दै रेस्टुरेन्टमै आफू असहज परिस्थितिमा परेको बताएका छन्। उनका अनुसार उनीहरूकै निमन्त्रणामा उक्त रेस्टुरेन्टमा पुगेका थिए र त्यहाँ पहिले देखिकै चिनजान समेत रहेको थियो। पाण्डेका अनुसार रेस्टुरेन्टमा बस्दै जाँदा मदिरा सेवनका क्रममा बिलसम्बन्धी सामान्य विवाद भएको थियो। उनले बिल भुक्तानीका लागि कार्ड प्रयोग गर्न चाहेको तर रेस्टुरेन्ट पक्षले अस्वीकार गरेको दाबी गरेका छन्। यसै कारण विवाद बढ्दै गएको उनको भनाइ छ।…
काठमाडौँ । निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि नेपाली कांग्रेसका सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन् । केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । तर, उनको राजीनामाबारे पार्टीले औपचारिक रूपमा सार्वजनिक भने गरेको छैन । ‘६ चैतमा बस्ने गरी बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा सभापतिको राजीनामाबारे औपचारिक रूपमा छलफल हुनेछ । राजीनामा दिने अधिकार र निर्णय सभापतिको हो, उहाँले दिनुभएको छ,’ पार्टीका एक पदाधिकारीले थापाको राजीनामा पुष्टि गर्दै भने, ‘तर स्वीकृत गर्ने वा नगर्ने भन्ने विषय केन्द्रीय कार्यसमिति बैठकको अधिकार हो ।’ २७ देखि ३० पुससम्म काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न कांग्रेस विशेष…