Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । हास्यकलाकार सीताराम कट्टेल (धुर्मुस)ले न्याय पाउने आशासहित मातृभूमि फर्किएको बताएका छन् । अमेरिकामा रहँदै आएका कट्टेलले सामाजिक सञ्जालमा लेखेका छन्- ‘न्याय अवश्य मिल्ने छ भन्ने पूर्ण आशा र अटल विश्वास बोकेर आफ्नै मातृभूमिको आँगनमा फर्किएको छु।’ उनले थप लेखेका छन्- ‘आशा छ, न्यायको अनुभूति गर्दै आफ्नै माटोको काखमा सुख-दुःख साटेर जीवनका घाउहरू निको पार्ने अवसर अवश्य प्राप्त हुनेछ।’ उनी केही सयमयता परिवारसहित अमेरिकामा बस्दै आएका थिए ।
संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका–७ बिहीबारेमा ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्थानीय महेश कटुवाल, वसन्त कटुवाल र विष्णु कटुवाल रहेका छन्। उनीहरूले इलाका प्रहरी कार्यालय बानाबाट खटिएको प्रहरी टोलीमाथि दुर्व्यवहार तथा आक्रमण गरेको आरोप लागेको प्रहरीले जनाएको छ। घटनामा प्रहरी हवल्दार सन्तोष राई घाइते भएका छन्। प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई जिल्ला अस्पताल संखुवासभा पठाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी केही व्यक्तिहरूले होहल्ला गरिरहेको सूचना पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। सोही क्रममा प्रहरीमाथि नै आक्रमण भएको बताइएको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक धनश्याम…
कास्की । पोखरा महानगरपालिका–२६ माझको डाँडामा घरमा चोरी गरिरहेको अवस्थामा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ का ३६ वर्षीय राजन तामाङ रहेका छन्। प्रहरीका अनुसार गत शुक्रबार बिहान करिब साढे ११ बजे स्थानीय धनबहादुर खड्काको घरमा कोही नभएको मौका पारेर तामाङ घरभित्र प्रवेश गरेका थिए। उनले घरको मूल ढोका तथा भित्रका विभिन्न कोठाको ताल्चा फोडेर दराजसमेत तोडफोड गर्दै धनमाल चोरी गरिरहेका थिए। चोरी भइरहेको थाहा पाएपछि स्थानीय बासिन्दाले तत्काल प्रहरीलाई खबर गरेका थिए। प्रहरी पुग्नुअघि तामाङ घटनास्थलबाट भाग्ने प्रयास गरेका थिए। सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले भाग्दै…
काठमाडौं । सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपालले ओमानलाई सहज रूपमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। आइतबार बिहान सिंगा ओभल मैदानमा सम्पन्न खेलमा नेपालले ओमानमाथि ८ विकेटको प्रभावशाली जित दर्ता गर्यो। ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले मात्र ९.२ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो। नेपालको जितमा लोकेश बमले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ४४ रन बनाए। कप्तान रोहित पौडेल २१ रनमा नटआउट रहे। कुशल भुर्तेलले २० रन जोड्दा आसिफ शेख १ रन बनाएर आउट भए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा ९४ रनमा समेटिएको थियो। ओमानका कप्तान सुफिया मेहमुदले…
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विशेष साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि आज हुने निर्वाचनले वैदेशिक रोजगार क्षेत्रको आगामी दिशा तय गर्नेछ। संघको नेतृत्वका लागि तीन समूह चुनावी मैदानमा उत्रिएका छन्। तर अध्यक्ष पदका प्रत्याशीमध्ये डिकबहादुर खत्री (कुमार) लाई अनुभवी, समन्वयकारी र सक्षम नेतृत्वका रूपमा हेरिएको छ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघ वैदेशिक रोजगार क्षेत्रका व्यवसायीहरूको साझा छाता संगठन हो। व्यवसायीका हकहित संरक्षण, श्रम गन्तव्य मुलुकसँग सम्बन्धित नीतिगत विषय, सरकारी निकायसँग समन्वय, व्यवसायिक समस्या समाधान तथा श्रमिक र व्यवसायीबीचको विश्वास कायम राख्न संघको महत्वपूर्ण भूमिका रहँदै आएको छ। त्यसैले संघको नेतृत्व चयनलाई व्यवसायीहरूले विशेष महत्वका साथ लिएका छन्।…
धनगढी । भारतको केदारनाथमा रोजगारी गरेर घर फर्किरहेका बझाङका एक युवक बाटोबाटै बेपत्ता भएका छन्। बझाङको सुर्मा गाउँपालिका–४ का शम्शेर बोहरा सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। पारिवारिक स्रोतका अनुसार बोहरा गत चैतमा गाउँकै अन्य दुई युवासँग कामका लागि केदारनाथ गएका थिए। उनीहरू २० जेठमा घर फर्किने योजना अनुसार नेपालतर्फ प्रस्थान गरेका थिए। तर, सँगै यात्रा गरिरहेका दुई जना सकुशल घर फर्किए पनि शम्शेर भने बाटोबाटै हराएका हुन्। शम्शेरका काका नरेश बोहराका अनुसार उनीसँगै आएका अनु पुजारा र निरज बोहराले केदारनाथदेखि हरिद्वारसम्म शम्शेर आफूहरूसँगै रहेको बताएका छन्। उनीहरूका अनुसार बाटोमा अपरिचित व्यक्तिसँग चिया खाएपछि आफूहरूलाई केही याद नभएको र पछि…
काठमाडौं । ५४ औं विश्व वातावरण दिवसको अवसरमा विद्याभूषण स्कुलका विद्यार्थीहरुले प्लास्टिकजन्य सामग्री निरुत्साहित गर्ने प्रतिबद्धता जनाएका छन् । विद्यालयमा एक कार्यक्रम आयोजना गरी उनीहरुले उक्त प्रतिबद्धता जनाएका हुन् । प्लास्टिक तथा रासायनिक पदार्थको प्रयोग वातावरणका लागि गम्भीर चुनौती बनेको छ । त्यसैले आजदेखि हामी आफ्नो दैनिक जीवनमा प्लास्टिक तथा रासायनिक पदार्थको प्रयोग घटाउने दृढ संकल्प गर्दछौँ भन्दै कार्यक्रममा स्कुल क्याप्टेनद्वय अर्पणा लिम्बू र साइन राईले प्रतिबद्धता जनाए । सम्पूर्ण विद्यार्थीहरुका बीच उनीहरुले थपे कि हामी अनावश्यक प्लास्टिक प्याकेजिङ भएका खाद्यवस्तु तथा पेय पदार्थहरूको प्रयोग कम गर्नेछौँ । एकपटक मात्र प्रयोग गरिने प्लास्टिकका बोतल, झोला, स्ट्र, कप तथा अन्य सामग्रीहरूको…
काठमाडौं । जिल्ला प्रहरी कार्यालय सप्तरीको प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) रुपक खड्कालाई दिइएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार यसअघि भएको सरुवामा एसपी नवराज मल्ललाई सप्तरी पठाइएको थियो। तर मल्लले त्यहाँ हाजिर हुन नचाहेपछि सप्तरी प्रहरी प्रमुखको जिम्मेवारी खड्कालाई दिइएको हो। प्रहरी प्रधान कार्यालयले मल्लको सट्टा खड्कालाई सप्तरी खटाउने निर्णय गरेको जनाएको छ। खड्काले चाँडै नै सप्तरीमा हाजिर भएर जिम्मेवारी सम्हाल्ने छन्। सप्तरीमा नयाँ प्रहरी नेतृत्व आएसँगै जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा प्रहरी प्रशासनको कामकारबाही थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
पूर्वमुख्यमन्त्रीसँगै तीन जना एउटै मोटरसाइकलमा, रोकेपछि ट्राफिक प्रहरीमाथि हेलमेट प्रहार
धनगढी । सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी सवार मोटरसाइकललाई ट्राफिक प्रहरीले रोकेपछि धनगढीमा विवाद भएको छ। तीन जना सवार रहेको मोटरसाइकललाई शुक्रबार साँझ शिवनगर क्षेत्रमा ट्राफिक जाँचका क्रममा रोकिएको थियो। प्रहरीका अनुसार मोटरसाइकलमा चालक शिवराज विनाडी, पूर्वमुख्यमन्त्री सोडारी र अर्का एक व्यक्ति सवार थिए। चेकजाँचका क्रममा चालक र ट्राफिक प्रहरीबीच भनाभन भएपछि विनाडीले हेलमेटले ट्राफिक प्रहरीमाथि प्रहार गरेको आरोप छ। घटनापछि प्रहरीले विनाडीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। चालक पक्राउ परेपछि मोटरसाइकलमा रहेका अन्य दुई जना घटनास्थलबाट बाहिरिएका थिए। घटनाले ट्राफिक नियम उल्लङ्घन, सार्वजनिक व्यक्तित्वको जिम्मेवारी र कानुनको समान कार्यान्वयनबारे बहस सुरु गराएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको…
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको २१ नम्बर दक्षिणकाली गणमा कार्यरत सुवेदार मेजर जयराम बस्नेतको हृदयघातका कारण निधन भएको छ। सशस्त्र बरिष्ठ सई ४८ वर्षीय बस्नेतको कार्यक्षेत्रमै भएको असामयिक निधनले सशस्त्र प्रहरी संगठन तथा उनको गाउँ–समाज शोकमग्न बनेको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका–१० भद्धाल निवासी बस्नेत दक्षिणकाली गणमा कार्यरत थिए। सशस्त्र प्रहरी बलका अनुसार उनी राति सामान्य अवस्थामै सुतेका थिए। तर भोलिपल्ट बिहान नियमित शारीरिक व्यायाम (पीटी) मा उपस्थित नभएपछि सहकर्मीहरूले खोजी गरेका थिए। ढिलासम्म पनि नउठेपछि सहकर्मीहरू उनको कोठामा पुगेका थिए। त्यतिबेला उनी ओछ्यानमै अचेत अवस्थामा फेला परेका थिए। चिकित्सकीय परीक्षणपछि रातिकै समयमा हृदयघातका कारण उनको मृत्यु भएको निष्कर्ष निकालिएको…