काठमाडौं । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले काठमाडौं, ललितपुर र भक्तपुरमा कार्यरत ४०० जना प्रहरी कर्मचारीको एकैपटक सरुवा तथा अदलीबदली गरेको छ।
प्रहरी स्रोतका अनुसार प्रहरी जवानदेखि वरिष्ठ हवल्दारसम्मका कर्मचारीलाई विभिन्न प्रहरी वृत्त, प्रभाग, ट्राफिक कार्यालय तथा सुरक्षा इकाइहरूमा नयाँ जिम्मेवारीसहित खटाइएको हो।
लामो समयदेखि एउटै कार्यालयमा कार्यरत जनशक्तिलाई कार्यक्षेत्र परिवर्तन गर्दै संगठनभित्र सन्तुलन कायम गर्ने, कार्यक्षमता अभिवृद्धि गर्ने तथा सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले सरुवा गरिएको बताइएको छ।
उपत्यकामा बढ्दो सुरक्षा चुनौती, अपराध नियन्त्रण र सेवाप्रवाहलाई थप सुदृढ बनाउन गरिएको यो अदलीबदलीलाई प्रहरी संगठनभित्र महत्वपूर्ण फेरबदलका रूपमा हेरिएको छ। नयाँ कार्यक्षेत्रमा खटिएका प्रहरी कर्मचारीले सम्बन्धित क्षेत्रमा थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।
हेर्नुहोस् को कहाँ पुगे ?
















![उपत्यकामा व्यापक फेरबदल, ४०० प्रहरीको एकैपटक सरुवा [सूचीसहित]](https://scoopkhabar.com/wp-content/uploads/2026/06/kathmandu-valley-police-office.png)