Author: Scoop Khabar

बारा । प्रहरीले बाराको जितपुर–सिमरा उपमहानगरपालिका–८ इमलिप्रति क्षेत्रबाट १५५ किलोभन्दा बढी गाँजासहित एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको विशेष टोलीले शंकास्पद रूपमा मनहरीबाट वीरगन्जतर्फ जाँदै गरेको बा १३ च ४७३४ नम्बरको कारलाई रोक्न खोज्दा चालकले कार नरोकी भगाएका थिए। त्यसपछि प्रहरीले कारको पिछा गर्दै जितपुर–सिमरा उपमहानगरपालिका–८ इमलिप्रतिस्थित कृष्ण फ्याक्ट्री अगाडिबाट कारलाई नियन्त्रणमा लिएको हो। कार नियन्त्रणमा लिएर जाँच गर्दा रातो प्लास्टिकमा बेरेर लुकाइछिपाई राखिएको अवस्थामा १५५ किलो ६३५ ग्राम लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ। गाँजासहित प्रहरीले कारका चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–१ बस्ने करिब २८ वर्षीय अम्बिर डिम्डुङलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका डिम्डुङलाई कारसहित…

थप

काठमाडौं । निर्वाचन प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरण अध्ययन गर्न संसद्को सार्वजनिक लेखा समितिले ९ सदस्यीय अध्ययन समिति गठन गरेको छ। शुक्रबार बसेको लेखा समितिको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाको नेतृत्वमा अध्ययन समिति गठन गरेको हो। समितिका सदस्यमा ऐन महर, योगेश गौचन थकाली, आरेन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही रहेका छन्। समितिले दुई महिनाभित्र अध्ययन गरी प्रतिवेदन सार्वजनिक लेखा समितिमा बुझाउनेछ। निर्वाचन प्रहरीका लागि कपडा खरिदमा अनियमितताको प्रश्न उठेपछि लेखा समितिमा अध्ययन तथा छानबिन समिति गठन गर्ने विषयमा सांसदहरूबीच मतभेद देखिएको थियो। बैठकमा सांसद खगेन्द्र सुनारले कपडा खरिदमा अनियमितताको…

थप

विराटनगर । विराटनगर महानगरपालिका–१६ मा डेराको कोठाभित्र एक पुरुष मृत अवस्थामा फेला परेका छन्। कोठाबाट अस्वाभाविक दुर्गन्ध आउन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। स्थानीय अमोद लामाको घरमा डेरा गरी बस्दै आएका ४८ वर्षीय बब्लु श्रेष्ठ शुक्रबार बिहान मृत अवस्थामा फेला परेका हुन्। श्रेष्ठ सिटी सफारी चलाएर जीविकोपार्जन गर्दै आएका थिए। कोठाबाट दुर्गन्ध आउन थालेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए। सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर प्रवीण घिमिरेको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीका अनुसार घटनास्थलमा पुग्दा कोठाको ढोकामा भित्रबाट चुकुल लगाइएको थियो। स्थानीय जनप्रतिनिधिको रोहबरमा ढोका खोलेर हेर्दा श्रेष्ठ फ्रिजमा टाँसिएको अवस्थामा मृत फेला परेका थिए। मोरङ…

थप

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा विभिन्न पदमा नेताहरूले उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनेको छ। केन्द्रीय पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मका पदमा नेताहरूले आफ्नो दाबी प्रस्तुत गरिरहेका छन्। यसैक्रममा काठमाडौं क्षेत्र नं. ५ का युवा नेता प्रकाश महर्जनले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि नेपाली कांग्रेसको राजनीति तथा लोकतान्त्रिक आन्दोलनमा सक्रिय महर्जनले पार्टीलाई थप सुदृढ बनाउँदै समुन्नत देश निर्माणमा योगदान गर्ने संकल्पसहित केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको बताएका छन्। विद्यार्थी जीवनदेखि नै राजनीतिक यात्रा सुरु गरेका महर्जन १२औँ महाधिवेशनदेखि हालसम्म लगातार कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि रहँदै आएका छन्। उनले २०६० सालमा शंकरदेव क्याम्पसको स्ववियु सचिव तथा…

थप

काठमाडौं । भ्रष्टाचार, बलात्कार, बहुविवाह र मानव बेचबिखनजस्ता गम्भीर अपराधमा अदालतबाट दोषी ठहरिएका पूर्वसरकारी कर्मचारीको पेन्सन रोक्का गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। राज्यको सेवा गरेकै आधारमा अवकाशपछि आजीवन आर्थिक सुविधा पाइरहने, तर गम्भीर अपराधमा दोषी ठहरिँदा पनि राज्यकोषबाट सुविधा निरन्तर लिइरहने अवस्थालाई अन्त्य गर्ने उद्देश्यसहित यस्तो प्रावधान प्रस्ताव गरिएको हो। प्रस्तावित व्यवस्थाअनुसार सार्वजनिक सेवामा रहँदा वा अवकाशपछि गम्भीर अपराधमा संलग्न भई अदालतबाट दोषी ठहरिएको अवस्थामा त्यस्ता पूर्वकर्मचारीले प्राप्त गर्दै आएको पेन्सन सुविधामाथि रोक लगाउन सकिनेछ। भ्रष्टाचार तथा अन्य गम्भीर अपराधमा दोषी प्रमाणित भइसकेपछि पनि सरकारी सेवाबाट प्राप्त सुविधाको निरन्तर उपभोग गरिरहने अवस्थामाथि प्रश्न उठाउँदै यस्तो व्यवस्था अघि सारिएको हो। यसले…

थप

काठमाडौं । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरलाई १६ थान कम्प्युटर सेट सहयोग प्राप्त भएको छ। Kiwanis Children Fund Nepal (KCFN) र श्री प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको सहकार्यमा ब्यूरोलाई कम्प्युटर सेट सहयोग गरिएको हो। ब्यूरोमा आयोजित कार्यक्रममा CPU, Monitor, Keyboard र Mouse सहितका १६ थान कम्प्युटर सेट हस्तान्तरण गरिएको हो। ब्यूरोका शाखा कार्यालयहरूलाई प्रविधिमैत्री तथा आवश्यक साधनस्रोतले सम्पन्न गराई दैनिक प्रशासनिक तथा अपरेशनल काम–कारबाहीलाई थप प्रभावकारी बनाउने उद्देश्यले सहयोग गरिएको जनाइएको छ। कम्प्युटर अभावका कारण कार्यालय सञ्चालनमा देखिएको प्राविधिक कठिनाइलाई सहयोगले केही हदसम्म सहज बनाउने अपेक्षा गरिएको छ। कम्प्युटर हस्तान्तरण कार्यक्रममा Kiwanis International Nepal का गभर्नर डा. रामशरण थपलिया, KCFN Chair…

थप

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अपराध तथा अवैध गतिविधि नियन्त्रणमा निर्मम ढंगले प्रस्तुत हुन मातहतका सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन्। मधेश प्रदेशस्थित नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी तथा मातहतका गण, गुल्म, बोर्डर आउट पोस्ट (बीओपी) र सुरक्षा बेसमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिँदै आईजीपी पौडेलले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन उच्च सतर्कता अपनाउन आग्रह गरेका हुन्। निरीक्षण तथा भेटघाटका क्रममा उनले सीमावर्ती क्षेत्रमा कार्यरत कमाण्डर, सरोकारवाला निकाय तथा स्थानीय बासिन्दासँग सीमा सुरक्षा र समसामयिक विषयमा भइरहेका कामकारबाहीबारे जानकारीसमेत लिएका थिए। आईजीपी पौडेलले सीमा क्षेत्रमा हुने अवैध गतिविधिको प्रभावकारी निगरानी, नियन्त्रण र रोकथामलाई…

थप

काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीसाधनमा अब फायर एक्स्टिङ्गुइशर (अग्निनियन्त्रक यन्त्र) अनिवार्य गर्ने तयारी गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै सार्वजनिक सवारीसाधनको अनुगमनमा कडाइ गर्ने तयारी गरेको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेका अनुसार सार्वजनिक सवारीसाधनमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गर्ने तयारी भइरहेको छ। विद्युतीय तथा प्राविधिक समस्या, इन्धन चुहावटलगायतका कारण जुनसुकै बेला सवारीमा आगलागी हुनसक्ने भएकाले सुरुवाती अवस्थामै आगो नियन्त्रण गर्न सकिने उपकरण सवारीमै राख्नु आवश्यक रहेको उनले बताएका छन्। ट्राफिक प्रहरीले रुट परमिटसँगै सवारीसाधनमा प्रयोगयोग्य अवस्थामा रहेको फायर एक्स्टिङ्गुइशर भए/नभएको समेत जाँच गर्ने तयारी गरेको…

थप

भक्तपुर । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ को अधिवेशनमा सहमतिको नाममा निर्वाचन प्रक्रिया प्रभावित पार्न खोजिएको भन्दै असन्तुष्ट पक्षले आपत्ति जनाएको छ। ११ गतेदेखि सुरु भएको मनोनयन प्रक्रिया आज १५ गतेसम्म चलिरहेको अवस्थामा कांग्रेसको विधान तथा निर्वाचन निर्देशिकामा स्पष्ट व्यवस्था नभएको प्रावधान प्रयोग गरी ५१ प्रतिशत क्षेत्रीय प्रतिनिधिको हस्ताक्षर संकलन गरेर अधिवेशन सर्वसम्मत भएको घोषणा गर्न खोजिएको एक उम्मेदवारले आरोप लगाएका छन्। असन्तुष्ट पक्षले निर्वाचनलाई नै लोकतान्त्रिक प्रक्रियाको महत्वपूर्ण आधार भन्दै उम्मेदवारको निर्वाचन लड्ने अधिकार कुण्ठित गर्न नहुने जनाएको छ। उनीहरूले भनेका छन्, ‘लोकतन्त्रको सुन्दर पक्ष नै निर्वाचन हो। निर्वाचनलाई लत्याउन खोजिँदैछ। खबरदार, उम्मेदवारको अधिकार हनन गर्न पाइँदैन।’ केन्द्रीय…

थप

रुपन्देही । भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको ठूलो परिमाणको सुनका गहनासहित रुपन्देहीमा एक महिला पक्राउ परेकी छन्। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म डण्डा, रुपन्देहीबाट खटिएको टोलीले विशेष सुराकीका आधारमा काठमाडौँ महानगरपालिका–१९ बस्ने ४६ वर्षीया ईला पटेललाई सुनका गहनासहित नियन्त्रणमा लिएको हो। असोज १४ गते राति करिब ८ बजे सिद्धार्थनगर नगरपालिका–१ स्थित शान्तिगेट चेकप्वाइन्टमा सशस्त्र प्रहरी नायव उपरीक्षक गोपिकृष्ण भट्टराईको कमाण्डमा खटिएको टोलीले जाँच गर्दा पटेलको साथबाट २ किलो ६०५ ग्राम तौल बराबरका सुनजस्ता देखिने विभिन्न गहना बरामद गरेको थियो। बरामद गहनाको परीक्षण तथा परिमाण यकिन गर्न असोज १५ गते सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघमा पठाइएको थियो। परीक्षणका क्रममा…

थप