Author: Scoop Khabar

काठमाडौं । सरकारले वरिष्ठ सहसचिव इन्दु घिमिरेलाई सचिवमा बढुवा गर्दै रक्षा मन्त्रालयको सचिवमा पदस्थापन गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिस समितिबाट पहिलो नम्बरमा सिफारिस भएकी घिमिरेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। सचिवमा बढुवा हुनुअघि उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत थिइन्। यसैगरी, रक्षा सचिव केदारनाथ शर्मालाई गृह मन्त्रालयको सचिवमा सरुवा गरिएको छ। शर्मालाई गृहमा सरुवा गरेपछि रिक्त भएको रक्षा सचिवमा नवनियुक्त सचिव घिमिरेलाई पदस्थापन गरिएको हो। सचिवमा बढुवा भएलगत्तै पहिलो पदस्थापनमै रक्षा मन्त्रालयको जिम्मेवारी पाउने अवसर घिमिरेले पाएकी छन्।

थप

काठमाडौं । सरकारले गृह सचिवको जिम्मेवारी केदारनाथ शर्मालाई दिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई गृह सचिवमा सरुवा गर्ने निर्णय गरेको हो। यसअघि रक्षा मन्त्रालयका सचिव रहेका शर्मा २०८२ मंसिरमा रक्षा मन्त्रालयको जिम्मेवारीमा पुगेका थिए। अब उनलाई गृह मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको हो। हाल गृह सचिव रहेका राजकुमार श्रेष्ठ भदौ १५ गतेदेखि अनिवार्य अवकाशमा जाने भएपछि सरकारले नयाँ गृह सचिवका रूपमा शर्मालाई जिम्मेवारी दिने निर्णय गरेको हो। शर्माले अब गृह प्रशासन, सुरक्षा व्यवस्थापन तथा मन्त्रालयअन्तर्गतका महत्वपूर्ण जिम्मेवारी सम्हाल्नेछन्।

थप

रौतहट । मधेश प्रदेश सरकारले एउटै कार्यालयमा लामो समयदेखि कार्यरत लेखा समूहका कर्मचारीहरूको सरुवा गरेको छ। प्रदेश सरकारको अर्थ मन्त्रालयले लेखा अधिकृत र लेखापाल गरी ७६ जना कर्मचारीको सरुवा गरेको हो। मन्त्रालयका अनुसार दुई वर्षभन्दा बढी समयदेखि एउटै कार्यालयमा कार्यरत कर्मचारीलाई सरुवामा समेटिएको छ। लामो समय एउटै कार्यालयमा रहँदा उत्पन्न हुन सक्ने एकाधिकार तथा प्रशासनिक बेथिति नियन्त्रण गर्ने उद्देश्यले सरुवा गरिएको मन्त्रालयले जनाएको छ। मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले प्रदेशको वित्तीय प्रशासनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले सरुवा प्रक्रिया अघि बढाइएको बताएका छन्। मन्त्रालयले एउटै कार्यालयमा लामो समयसम्म कर्मचारी बस्ने प्रवृत्तिले वित्तीय सुशासनमा चुनौती सिर्जना गर्नसक्ने भन्दै प्रशासनिक…

थप

रौतहट । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन बनेका रौतहटका नागरिकमध्ये ६ जना परिवारको सम्पर्कमा आएका छन्। एक प्रहरी हवलदारसहित १० जना भने अझै सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ। गत बुधबार आएको बाढीपछि रोजगारी तथा विभिन्न कामका सिलसिलामा रसुवामा रहेका रौतहटका १६ जना नागरिक सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको थियो। उनीहरूको खोजी भइरहेका बेला ६ जना परिवार तथा आफन्तको सम्पर्कमा आएको प्रशासनले जनाएको हो। रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले शुक्रबार सूचना जारी गर्दै सम्पर्कमा आएका तथा अझै सम्पर्कविहीन व्यक्तिहरूको विवरण सार्वजनिक गरेका छन्। ६ जना परिवारको सम्पर्कमाप्रशासनका अनुसार ईशनाथ नगरपालिका–४ का मोहम्मद एजार (शेख…

थप

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाका कामलाई तीव्रता दिइएको बताएका छन्। नुवाकोट पुगेर बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी काठमाडौं फर्किएका प्रधानमन्त्री साहले फेसबुक स्ट्याटस राख्दै प्रभावित नागरिक, जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा उद्धार र राहतमा खटिएका व्यक्तिहरूसँग प्रत्यक्ष जानकारी लिएको बताएका छन्। उनका अनुसार अहिले पनि अवस्था चुनौतीपूर्ण रहेकाले राज्यका सबै संयन्त्र पूर्ण क्षमतामा परिचालन गरिएको छ। नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार र प्रभावित परिवारलाई तत्काल राहत पुर्‍याउनु सरकारको पहिलो प्राथमिकता रहेको उनले बताएका छन्। उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी १३ हजार २९५ सुरक्षाकर्मी…

थप

रौतहट । नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनालले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गर्दै विपत्तिको समयमा हुने चोरी, लुटपाट, कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि तत्काल रोक्न आग्रह गरेका छन्। खनालले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत बाढी प्रभावित क्षेत्र, शोकमा रहेका परिवार, उद्धार तथा सुरक्षामा खटिएका सुरक्षाकर्मी र सेवामा जुटेका कर्मचारीप्रति सम्मान तथा ऐक्यबद्धता व्यक्त गरेका हुन्। बाढीका कारण धेरै परिवार विस्थापित भएको, कतिपयले घरबार गुमाएको र कतिपयले आफन्तसमेत गुमाउनुपरेको उल्लेख गर्दै उनले यस्तो पीडादायी अवस्थामा प्रभावित परिवारको साथमा उभिनु सबैको मानवीय दायित्व भएको बताएका छन्। विपत्तिको समयमा राहत र सहयोगका नाममा हुने चोरी, लुटपाट, कालोबजारी, कृत्रिम अभाव…

थप

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेल पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पौडेललाई बिहीबार काठमाडौंको बबरमहलबाट पक्राउ गरेको हो। नेपाल बीमा प्राधिकरणको पत्रमार्फत ट्रस्ट इन्स्योरेन्स ब्रोकरमा गरिएको निरीक्षण प्रतिवेदनका आधारमा बीमा ऐनअन्तर्गतको कसुरमा अनुसन्धान गर्न पौडेललाई पक्राउ गरिएको सीआईबीले जनाएको छ। सीआईबीका अनुसार बीमा प्राधिकरणबाट प्राप्त निरीक्षण प्रतिवेदनमा उल्लेखित विषयमाथि थप अनुसन्धानका लागि पौडेललाई नियन्त्रणमा लिइएको हो। घटनाबारे सीआईबीले थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

थप

रौतहट । नेपाल–भारत सीमावर्ती भारतीय क्षेत्रमा भारतीय प्रहरी र सशस्त्र सीमा बल (एसएसबी) ले लागुऔषधविरुद्धको निगरानी तथा कारबाही तीव्र पारेका छन्। मोतीहारी जिल्ला प्रहरी प्रमुख एसपी सुवर्ण प्रभातको निर्देशनपछि सीमावर्ती क्षेत्रमा लागुऔषध नियन्त्रणका लागि सुरक्षा निकायले सक्रियता बढाएको हो। रक्सौल र आदापुरमा गरिएको छुट्टाछुट्टै कारबाहीमा १९२ किलो ४२६ ग्राम गाँजा बरामद भएको छ। घटनामा एक नेपाली नागरिकसहित दुई जना पक्राउ परेका छन्। बुधबार अपराह्न रक्सौलको हरैया थाना क्षेत्रअन्तर्गत सीवान टोलमा हरैया प्रहरी र एसएसबीको संयुक्त टोलीले मोटरसाइकल जाँच गर्ने क्रममा सिटमुनि लुकाएर राखिएको ४ किलो ४२६ ग्राम गाँजा बरामद गरेको हो। गाँजासहित प्रहरीले पर्सा जिल्ला सुगौली थाना क्षेत्रअन्तर्गत कुहडी निवासी…

थप

रौतहट । चोरी भएको मोटरसाइकलको खोजीमा जडान गरिएको जीपीएसले देखाएको लोकेसन पछ्याउँदै प्रहरी रौतहटको कटहरिया नगरपालिका–५ स्थित एक शाखा अधिकृतको घरसम्म पुगेको छ। प्रहरीले उक्त घरबाट चोरीको मोटरसाइकल बरामद गर्नुका साथै शाखा अधिकृतका १४ वर्षीय छोरासहित दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र इलाका प्रहरी कार्यालय कटहरियाको संयुक्त प्रहरी टोलीले जीपीएसको लोकेसनका आधारमा बुधबार बिहान करिब ६ बजे फतुवा विजयपुर नगरपालिकामा कार्यरत शाखा अधिकृत हरेन्द्र प्रसाद यादवको कटहरिया–५ स्थित घरमा छापा मारेको थियो। घरभित्र लुकाएर राखिएको अवस्थामा प्रदेश २–०३–००७ प ३६०० नम्बरको २२० सीसी पल्सर मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ। उक्त मोटरसाइकल गरुडा नगरपालिका–५ निवासी तथा…

थप

काठमाडौं । नेपाल-चीन सीमा क्षेत्र रसुवाको टिमुरे-रसुवागढीमा बुधबार बिहान आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि नेपालको बाढी पूर्वानुमान तथा पूर्वसूचना प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ। अचानक आएको बाढीले रसुवागढी, टिमुरे, स्याफ्रुबेँसी हुँदै भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। प्रारम्भिक विवरणअनुसार बाढीमा ठूलो संख्यामा मानिस बेपत्ता भएका छन् भने सडक, पुल, प्रहरी कार्यालय, जलविद्युत आयोजना, व्यापारिक संरचना तथा अन्य पूर्वाधारमा क्षति पुगेको छ। उद्धार तथा खोजी कार्य जारी रहेकाले क्षतिको पूर्ण विवरण आउन बाँकी छ। वर्षा नभए पनि एकाएक आयो बाढीप्रारम्भिक अध्ययनअनुसार यो बाढी सामान्य मनसुनी वर्षाका कारण आएको देखिएको छैन। नेपाल–चीन सीमा क्षेत्रभन्दा…

थप