Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा जिल्ला अदालत काठमाडौंमा अन्तिम सुनुवाइ चलिरहेका बेला पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वमन्त्री डा. आरजु राणासहितका केही हाइप्रोफाइल व्यक्तिलाई बयानका लागि झिकाउन माग गर्दै निवेदन दर्ता भएको छ। जाहेरीकर्ताहरू रामकुमार रेग्मी, प्रेमराज पन्थी र सुमन दाहालले बिहीबार जिल्ला अदालत काठमाडौंमा निवेदन दर्ता गर्दै तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल), तत्कालीन गृहसचिव प्रेमकुमार राई र पूर्वमन्त्री डा. आरजु राणालाई अदालतमा उपस्थित गराई बयान लिन माग गरेका हुन्। उनीहरूले पूर्वमन्त्री बालकृष्ण खाँणकी पत्नी तथा पूर्वसांसद मञ्जु खाँण, नैनकला थापा, ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, पूर्वसांसद अजय क्रान्ति शाक्य तथा काठमाडौंका पूर्वमेयर विद्यासुन्दर शाक्यलाई…
काठमाडौं । विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोले प्रभावशाली प्रदर्शन गर्दै दक्षिण अफ्रिकालाई २–० गोल अन्तरले पराजित गरेको छ । जितसँगै मेक्सिकोले प्रतियोगितामा विजयी सुरुआत गर्दै महत्वपूर्ण तीन अंक हासिल गरेको छ । खेलको नवौँ मिनेटमै जुलियस क्विनेजले गोल गर्दै विश्वकपको यस संस्करणको पहिलो गोलकर्ताको कीर्तिमान आफ्नो नाममा लेखाए। उक्त गोलले मेक्सिकोलाई प्रारम्भिक अग्रता दिलाएको थियो। पहिलो हाफ १–० ले आफ्नो पक्षमा पारेको मेक्सिकोले दोस्रो हाफमा पनि दबाब कायम राख्यो। खेलको उत्तरार्धमा राउल जिमिनेजले अर्को गोल थप्दै टोलीको जित सुनिश्चित गरे। खेल प्रतिस्पर्धात्मक र तनावपूर्ण बनेको थियो। रेफ्रीले दक्षिण अफ्रिकाका दुई तथा मेक्सिकोका एक खेलाडीलाई रातो कार्ड देखाएका थिए, जसले खेललाई…
काठमाडौं । बाँके जिल्लाकाे बैजनाथ गाउँपालिका–६ एच गाउँ स्थित ईश्वरी माध्यमिक विद्यालय को सरकारी जग्गा अतिक्रमण हटाउने क्रममा प्रहरीमाथि धारिलो हतियार (दाउ) प्रहार भएको छ । उक्त सरकारी जग्गामा घरटहरा निर्माण गरी बस्दै आएकी अं. ३६ वर्षीया शाबित्री कुमारी शाहीले प्रहरी चौकी सम्झना बाँकेमा कार्यरत प्रहरी हवल्दार सुनिल कुमार चौधरीलाई धारिलो हतियार प्रहार गरेकी हुन । गाउँपालिकाले पटक–पटक सूचना जारी गरी जग्गा खाली गर्न आग्रह गरे पनि अटेर गरेपछि जिल्ला प्रशासन कार्यालय बाँकेको मिति २०८३ जेठ २७ गतेको पत्रका आधारमा अतिक्रमित संरचना हटाउने कार्य अघि बढाइएको थियो । प्रहारबाट प्रहरी हवल्दार चौधरीको दाहिने काँध पछाडिको भागमा सामान्य निलडाम देखिएको छ…
काठमाडौं । काठमाडौंको न्युरोड क्षेत्रबाट स्रोत नखुलेको ४० लाख रुपैयाँ नगदसहित एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्वरुपराज दवाडी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। प्रहरीका अनुसार दवाडीको साथबाट बरामद गरिएको ४० लाख रुपैयाँको वैध स्रोत खुल्न नसकेपछि उनलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले बरामद रकम हुण्डी कारोबार वा अन्य अवैध वित्तीय गतिविधिसँग सम्बन्धित हुन सक्ने आशंकामा अनुसन्धान अघि बढाएको जनाएको छ। दवाडीलाई नियन्त्रणमा लिएर रकमको स्रोत, प्रयोग तथा सम्भावित संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनासम्बन्धी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।
रौतहट । रौतहटको गढीमाई नगरपालिका–४ सुन्दरपुर चोकमा चार दिनअघि भएको घातक सवारी दुर्घटनाको रहस्य अन्ततः खुलेको छ। दुर्घटनापछि सवारीसाधनसहित फरार भएका टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेसँगै घटनाको वास्तविकता सार्वजनिक भएको हो। जेठ २४ गते राति करिब १ बजे गरुडा–समनपुर सडकखण्ड अन्तर्गत सुन्दरपुर चोकमा साइकलमा घर फर्किरहेका गढीमाई नगरपालिका–९ मलाही निवासी ३५ वर्षीय प्रमोद सहनीलाई एउटा टिप्परले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका सहनीको घटनास्थलमै मृत्यु भएको थियो भने चालक सवारीसहित फरार भएका थिए। घटनापछि स्थानीयवासी तथा मृतकका आफन्त आक्रोशित बनेका थिए। दोषी चालक र दुर्घटनामा संलग्न सवारीसाधनलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गर्दै उनीहरूले गरुडा बजार क्षेत्रमा…
काठमाडौं । वि.सं. २०५८ जेठ १९ गते भएको अकल्पनीय ‘नारायणहिटी दरबार हत्याकाण्ड’ का बेला नेपाली सेनाको संवैधानिक संरचना र सुरक्षा संवेदनशीलताको विषय फेरि एकपटक चर्चाको केन्द्रमा आएको छ। उक्त बीभत्स घटना हुँदा नेपालको विद्यमान संवैधानिक व्यवस्था अनुसार तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाह स्वयम् नेपाली सेनाको ‘परमसेनाधिपति’ (सुप्रिम कमान्डर) थिए। शाही नेपाली सेनाको सर्वोच्च पदमा राजा आफैँ आसिन रहेको र राजदरबारभित्रै सेनाको विशेष सुरक्षा घेरा (शाही रक्षक वाहिनी) तैनाथ रहेको अवस्थामा राजाको वंश नै नाश हुने गरी भएको उक्त नरसंहारलाई इतिहासकै सबैभन्दा ठुलो सुरक्षा चुकका रूपमा हेरिने गरिएको छ। सेनाको सर्वोच्च कमान्डर नै आफ्नै निवासभित्र असुरक्षित हुनु र सेनाले राजाको…
काठमाडौं । प्रहरीले काठमाडौं भित्रिने मुख्य नाका नागढुङ्गाबाट ठूलो परिमाणमा भन्सार छली ल्याइएको महँगो मोबाइल फोन बरामद गरेको छ। मंगलबार नागढुङ्गामा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा १४ थान आइफोन बरामद गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं एसपी पवन भट्टराईका अनुसार बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको लु।२ ख। ६५६६ नम्बरको यात्रुवाहक बसलाई नागढुङ्गा चेकपोष्टमा रोकी खानतलासी गरिएको थियो। सोही क्रममा बसका चालक बस्ने सिटको साइडमा एउटा झोलाभित्र लुकाएर राखेको अवस्थामा ती आइफोनहरू फेला परेका हुन्। बरामद गरिएका आइफोनहरूको कुनै पनि बिलबिजक वा आधिकारिक कागजात नभेटिएपछि प्रहरीले त्यसलाई भन्सार छलीको अवैध सामानका रूपमा नियन्त्रणमा लिएको हो। प्रहरीले बरामद गरेका सबै १४…
रौतहट । रौतहट प्रहरीले नेपाल–भारत सीमावर्ती क्षेत्रबाट ९० लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध फर्सीको बिउ बरामद गरेको छ। बरामद प्रक्रियाका क्रममा स्थानीयको अवरोधपछि स्थिति तनावग्रस्त बन्दा प्रहरीले अश्रुग्यास र चेतावनीस्वरूप गोली प्रहार गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार विशेष सूचनाको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बुधबार साँझ बौधीमाई नगरपालिका–७ बाडस्थित बंकुल टोलमा छापा मारेको थियो। सीमावर्ती क्षेत्र नजिक त्रिपालले छोपेर राखिएको अवस्थामा भारततर्फ तस्करी गर्न तयारी गरिएको ठूलो परिमाणको फर्सीको बिउ फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले ३२२ बोरा फर्सीको बिउ बरामद गरेको छ। बरामद बिउको तौल १२ हजार ८८० किलोग्राम रहेको र यसको अनुमानित मूल्य…
काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको बिहीबारको निर्णयअनुसार ५०९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो । त्यसमध्ये केही काजमा रहेका छन् । सरुवा भएकाहरूले आगामी असार महिनादेखि तलबभत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउनेछन् । इन्स्पेक्टर सरुवा/काजको सूची https://www.facebook.com/share/p/1bf9WJJGzS
काठमाडौं । नेपाल प्रहरीको नेतृत्व सम्हाल्ने दौडमा रहे पनि आईजीपी बन्ने अवसर गुमाएका पूर्व प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मानबहादुर रावल सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री बनेका छन्। अछाम–२ बाट नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्य निर्वाचित रावलले मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका हुन्। २०३१ सालमा सहायक प्रहरी निरीक्षक (असई) का रूपमा प्रहरी सेवामा प्रवेश गरेका रावल पछि खुला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षक बनेका थिए। कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट मानिने रावललाई प्रहरी संगठनभित्र भावी नेतृत्वका रूपमा हेरिन्थ्यो। तर शाही शासनकालमा उनको बढुवाको यात्रा अवरुद्ध भयो। आफूभन्दा पछिल्ला बरियताका अधिकृतहरू डीआईजीमा बढुवा हुँदा रावल भने एसएसपी पदमै रोकिए।…