काठमाडौं । मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई सरुवा गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआइजीलाई सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआइजी ईश्वर कार्कीलाई प्रहरी प्रधान कार्यालय मानव स्रोत विभागमा सरुवा गरेको छ।
यस्तै अ. अ. विभागमा कार्यरत एआइजी सुशील सिंह राठौरलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरी खटाइएको छ भने केन्द्रिय अनुसन्धान ब्युरोमा उमा चतुर्वेदीलाई पठाइएको छ भने सिआइबीका एआइजी मनोज केसीको अ.अ. विभागमा सरुवा भएको छ।
त्यस्तै मानव स्रोत विभागका एआइजी राजन अधिकारीको प्रहरी एकेडेमीमा सरुवा भएको छ भने प्रदेश समन्वयमा कार्यरत एआइजी डम्बर विकको प्रशासन विभागमा सरुवा भएको छ ।
प्रहरी एकेडेमीका कार्यरत सिद्धीविक्रम शाहको प्रदेश समन्वय विभागमा सरुवा भएको छ। यस्तै कार्य विभागमा हिमालय श्रेष्ठको सरुवा भएको छ।
![नेपाल प्रहरीका ८ जना एआईजीको सरुवा, को कहाँ पुगे ? [सुचीसहित]](https://scoopkhabar.com/wp-content/uploads/2026/02/aigp-1024x512.jpg)