काठमाडौं । कैलाली प्रहरीले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
कैलाली जिल्ला अदालतको २०५६ चैत १३ गतेको फैसलाअनुसार कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका कैलालीको टीकापुर नगरपालिका– १, बनगाउँ निवासी अन्दाजी ४५ वर्षीय धनबहादुर घर्तीमगरलाई आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
घर्तीमगर ०६१ माघ २७ गते कैलाली कारागारबाट फरार भएका थिए। फरार रहेकै अवस्थामा उनलाई प्रहरीले खोजतलासका क्रममा पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेका घर्तीमगरलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कैलाली जिल्ला अदालतमा पेस गर्ने तयारी भइरहेको छ।
Facebook Comments Box
