काठमाडौँ । गृह मन्त्रालयले दुई जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)को सरुवा गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखामा कार्यरत डिआइजी शेखर खनाललाई नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागमा सरुवा गरिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागमा कार्यरत डिआइजी अरुण पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखामा सरुवा गरिएको छ ।
Facebook Comments Box
