काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ले काठमाडौं उपत्यका प्रहरी कार्यालयको नेतृत्व सम्हालेका छन्।
सरकारले बिहीबार गरेको एआईजीहरूको सरुवा निर्णयअनुसार अपराध अनुसन्धान विभागबाट सरुवा भएका राठौरले उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका हुन्।
यसअघिको अपराध अनुसन्धान विभागमा कार्यरत रहेका राठौरलाई सरकारले काठमाडौं उपत्यका प्रहरी कार्यालयको कमान्ड सुम्पिएको हो।
उपत्यका प्रहरी कार्यालयका तत्कालीन प्रमुख एआईजी ईश्वर कार्कीको भने प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा सरुवा भएको छ।
सरकारले बिहीबार ८ जना एआईजीको सरुवा गर्ने निर्णय गरेको थियो।
Facebook Comments Box
