Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइ प्रकरणमा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग बयान लिएको छ । शुक्रबार श्रेष्ठसँग आयोगको मुख्यालय टंगालमा बयान लिएको आयोग स्रोतले जानकारी दिएको हो । पुष्कमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री रहेका श्रेष्ठसहित अख्तियारले परराष्ट्र सचिव अमृतबहादुर राई र पूर्व सचिव एवम् नेपालका लागी बेल्जियमका राजदूत सेवा लम्सालसँग पनि बयान लिएको छ । श्रेष्ठ परराष्ट्रमन्त्री हुँदा लम्साल पररारष्ट्र सचिव थिइन् भने विद्युत्तिय राहदानीको टेण्डर प्रक्रिया हुँदा अहिलेका सचिव राई परराष्ट्रमै सह सचिव थिए । राहदानी छपाइमा भएको अनियमितताबारे बयानमा आउन अख्तियारले पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालाई तीन दिनको समय दिएर बयानका लागि बोलाएको थियो । अख्तियारले असार…
बल बालेनको खुट्टामा छ, गोल उहाँले हान्ने हो, मेरा खुट्टामा आयो भने फर्काउनेछुः रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी ५ वर्षको कार्यकाल नै वालेन्द्र शाह ‘बालेन’ नै प्रधानमन्त्री बन्ने स्पष्ट पारेका छन् । आइतबार पार्टीको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै रविले आफूहरुबिच कुनै मनमुटाव हुनेमा कुनै शंका नगर्न आग्रह गरे । उनले चुनाव अघि नै बालेनलाई प्रधानमन्त्री बनाउने सहमति भएको स्पष्ट पार्दै प्रधानमन्त्रीका लागि कुनै शंका नगर्न आग्रह गरे । ‘सरकार सञ्चालन गर्न चुनाव अगाडि नै पार्टीका बरिष्ठ नेता बालेन शाहको खुट्टामा बल पुर्याइसकेको छ । अब भटाभट गोल हान्ने जिम्मा बालेनजीको,’ रविले भने, ‘झुक्किएर त्यो बल कही आएछ भने पनि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो ।’ त्यस्तै…
काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत समुह ‘एच’को आज भएको खेलमा स्पेनले साउदी अरेबियामथि जित निकालेको छ । एटलान्टा स्टेडियममा भरखरै सम्पन्न खेलमा स्पेनले साउदी अरेबियामाथि ४-० गोलअन्तरको जित निकालेको हो । स्पेनले खेलको पहिलो हाफमा तीन गोल गरयो भने खेलको दोस्रो हाफमा एक गोल उपहार पायो । खेलको १०औँ मिनेटमा स्पेनका लामिन यामालले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको २१ औँ मिनेटमा मिकेल ओयार्जाबलले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए । त्यसको तीन मिनेटमा उनै मिकेलले गोल गर्दै स्पेनको अग्रता तेब्बर बनाए । खेलको ४९ औँ मिनेटमा साउदीका खेलाडी हसन अल्ताम्बक्तिले स्पेनका लागि आत्मघाती…
अख्तियारलाई पाँच घण्टा होइन, चाहियो भने पाँच वर्ष राखेर प्रश्न सोध्छौं : प्रधानमन्त्री बालेन
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले भ्रष्टाचार र सरकारी स्रोत–साधनको दुरुपयोगका विषयमा आफ्नो पार्टी कुनै पनि हालतमा सम्झौता नगर्ने बताएका छन्। आवश्यक परे अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पाँच घण्टा होइन, पाँच वर्षसम्म पनि प्रश्न सोध्ने उनको भनाइ छ। रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सरकारी दोहन र अनियमितताका घटनामाथि कडाइका साथ प्रश्न उठाइने स्पष्ट पारे। ‘सरकारी दोहन भएको छ भने निहुँ खोज्छौं। अख्तियारलाई पाँच घण्टा होइन, चाहियो भने पाँच वर्ष राखेर पनि प्रश्न सोधिन्छ,’ उनले भने।
चितवन । चितवनको भरतपुर महानगरपालिका–१५ स्थित अतिथि पार्टी प्यालेस नजिक ट्रकको पछाडि स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु भएको छ। भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ना ५ ख ५८१६ नम्बरको ट्रकमा सोही दिशातर्फ गइरहेको बा.प्र.०६–००४ प ७२४८ नम्बरको स्कुटर पछाडिबाट ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरीले जनाएको छ। दुर्घटनामा स्कुटर चालक भरतपुर महानगरपालिका–२६ दिव्यनगर निवासी २२ वर्षीय अशोक भण्डारी र स्कुटरको पछाडि सवार लमजुङ घर भई हाल भरतपुर महानगरपालिका–२० बस्दै आएका १९ वर्षीय राजिब गुरुङ गम्भीर घाइते भएका थिए। दुवै जनालाई उपचारका लागि अस्पताल लगिएको भए पनि उपचारकै क्रममा बिहान २ः४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि ट्रक चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–३…
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१ मा प्रहरीमाथि चक्कु प्रहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। घटनामा एक प्रहरी सहायक निरीक्षक (असई), एक प्रहरी जवान तथा एक सुधारगृहका कर्मचारी घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रामेछाप घर भई हाल विराटनगर–१ अनुकरण मार्गमा डेरा गरी बस्दै आएका २९ वर्षीय रुबिन कार्कीलाई धारिलो हतियार (चक्कु) सहित नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार कार्कीलाई उनका आफन्तले काठमाडौंस्थित एक सुधारगृह पठाउने तयारी गरिरहेका थिए। सोही क्रममा उनी कोठाभित्र गएर आत्महत्याको प्रयास गरिरहेको सूचना प्राप्त भएपछि सीआरभी भृकुटीचोकबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। आफन्त र प्रहरीको उपस्थितिमा कार्कीलाई सम्झाउने प्रयास भइरहेका बेला उनले अचानक…
धनगढी । धनगढीस्थित साथी होटलमा सञ्चालित किङ्ग्स लाउञ्ज क्यासिनोमाथि एक व्यक्तिलाई बन्धक बनाएर करिब २० लाख रुपैयाँ असुल गरेको आरोप लागेको छ। पीडित पक्षले क्यासिनोभित्र मदिरा सेवन गराई विभिन्न खेल खेल्न लगाएर ठूलो रकम गुमाउन बाध्य बनाइएको दाबी गरेको छ। आकाश भण्डारीले आफ्ना मामाको छोरा बलबहादुर रावत क्यासिनोका कर्मचारीहरूको सम्पर्कमा पुगेपछि तीन दिनसम्म क्यासिनो परिसरमा राखिएको र सो अवधिमा उनको साथमा रहेको करिब २० लाख रुपैयाँ गुमेको बताए। भण्डारीका अनुसार जापानबाट हालै नेपाल फर्किएका रावतलाई क्यासिनोका कर्मचारीले डान्स बारमा लैजाने बहानामा भित्र प्रवेश गराएका थिए। त्यसपछि मदिरा सेवन गराई विभिन्न गेम खेल्न लगाइएको र अन्ततः ठूलो रकम गुमाउन पुगेको उनको…
सिरहामा ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ, प्रहरीमाथि ढुंगामुढा भएपछि गोली चल्यो
सिरहा । सिरहाको सिरहा नगरपालिका–२१ लकडिगोठबाट ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय महेशपुरपतार र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार सिरहाको संयुक्त प्रहरी टोलीले ९२.३ ग्राम ब्राउनसुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार नियन्त्रणमा लिने क्रममा उनीहरूले प्रहरीमाथि ढुंगामुढा गर्दै भारततर्फ भाग्ने प्रयास गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर र एक राउण्ड गोली प्रहार गरेको जनाएको छ । गोली लागेर भारतको मधुवनी जिल्ला पदमाहा ग्राम पञ्चायत–२ जोगिया टोल निवासी अन्दाजी २८ वर्षीय छोटु भनिने रञ्जित कुमार पासवान घाइते भएका छन् । घाइते पासवानको प्रादेशिक…
काठमाडौं । लागू औषध नियन्त्रण ब्युरो, कोटेश्वरले भारततर्फ निकासी गर्न लागेको १५ किलो ३४० ग्राम अफिम (चोप) सहित दुई जनालाई पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुबासचन्द्र बोहोराको नेतृत्वमा ब्युरोले लागू औषधको अवैध ओसारपसार नियन्त्रण अभियानलाई तीव्र बनाएको छ । ब्युरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले नेपालको पहाडी जिल्लाबाट अवैध रूपमा उत्पादन गरिएको लागू औषध अफिम (चोप) खरिद संकलन गरी बिक्रीका लागि भारततर्फ लैजान लागेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार बर्दिया जिल्लाको बाँसगढी नगरपालिका–३ बाट दुई जनालाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा बर्दिया बढैयाताल गाउँपालिका–४ का ३० वर्षीय…
काठमाडौं । कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलमा आर्थिक अनियमितता भएको आशंकापछि सशस्त्र प्रहरी बल, नेपालले आन्तरिक छानबिन सुरु गरेको छ। विद्यालयको बैंक खातामा हुनुपर्ने रकम व्यक्तिगत खातामा राखिएको तथा त्यसको दुरुपयोग भएको भन्ने उजुरी सशस्त्र प्रहरी प्रधान कार्यालयमा परेपछि छानबिन प्रक्रिया अघि बढाइएको हो। एपीएफ स्कुलको लेखा शाखामा कार्यरत इन्स्पेक्टर कल्पना गुरुङमाथि विद्यालयको रकम व्यवस्थापनमा अनियमितता गरेको आरोप लागेको छ। उजुरीमा विद्यालयको रकम व्यक्तिगत खातामार्फत कारोबार गरिएको दाबी गरिएको छ। सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले विद्यालयसँग सम्बन्धित आर्थिक विषयमा कानुन निर्देशनालयमार्फत आन्तरिक छानबिन भइरहेको जानकारी दिएका छन्। स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा विद्यालयको रकम असम्बन्धित व्यक्ति तथा संस्थाका खातामा समेत…