काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–२, सन्तोषी टोलस्थित आफ्नै डेरामा बस्दै आएका एक प्रहरी जवान झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
मृतक दार्चुलाको महाकाली नगरपालिका–१ स्थायी घर भएका ३२ वर्षीय प्रहरी जवान राजेन्द्र सिंह सामन्त रहेको प्रहरीले जनाएको छ। उनी प्रहरी चौकी सुलेखान, बैतडीमा दरबन्दी रहे पनि हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीमा कार्यरत थिए।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बुधबार दिउँसो आफ्नै कोठा नजिक रहेको जामुनको रुखमा प्लास्टिकको डोरीको सहायताले झुण्डिएको अवस्थामा सामन्तलाई फेला पारिएको हो।
घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलाली र बसपार्क प्रहरीबाट खटिएको टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान थालेको छ।
Facebook Comments Box
