काठमाडौं । सिराहाको गोलबजारमा भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीमाथि ढुंगामुढा प्रहार हुँदा एक जना प्रहरी नायब उपरीक्षक (डीएसपी) घाइते भएका छन्।
सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार प्रदर्शनका क्रममा दुई जनालाई गोली लागेको भए पनि गोली कसले चलाएको हो भन्ने विषयमा अहिलेसम्म पुष्टि हुन सकेको छैन।
झडपका क्रममा प्रहरीमाथि ढुंगामुढा भएपछि डीएसपी रमेश पालको ओठमा ढुंगा लागेर चोट लागेको हो। उनको ओठमा टाँका लगाइएको छ भने हाल उपचार भइरहेको प्रशासनले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ भने सुरक्षा व्यवस्था कडा पारिएको प्रशासनले जनाएको छ।
Facebook Comments Box
