Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री शिशिर खनालले पार्टीको महामन्त्री पदको प्रतिस्पर्धाबाट आफूलाई अलग गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत खनालले महामन्त्री पदका लागि दिएको उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन्। खनालले पार्टीभित्र सहमतिको वातावरण निर्माण गर्ने उद्देश्यले उम्मेदवारी फिर्ता लिएको बताएका छन्। उनले पहिलो ऐतिहासिक महाधिवेशनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै पार्टीलाई अझ सशक्त, एकताबद्ध र व्यवस्थित बनाउन सहमतिमार्फत नेतृत्व चयन हुनु आवश्यक रहेको उल्लेख गरेका छन्। साथै, आफ्नो निर्णयले महामन्त्री पदका अन्य आकांक्षी नेताहरूलाई पनि सहमतिको बाटो रोज्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।
काठमाडौं । प्रहरीले गत जेठमा देशभरबाट एक हजार ३६ जनालाई लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार उपत्यकाबाट १६९, कोसी प्रदेशबाट २१२, मधेसबाट ७३, बागमतीबाट १३७, गण्डकीबाट ४६, लुम्बिनीबाट १८२, कर्णालीबाट ५२, सुदूरपश्चिम प्रदेशबाट ११५ तथा लागूऔषध नियन्त्रण ब्यूरोले थप ५० जना पक्राउ गरेको हो। यो अवधिमा प्रहरीले ठूलो मात्रामा अवैध लागूऔषध बरामद गरेको छ। लागूऔषध कारोबारलगायत आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन प्रहरीले प्रभावकारी रूपमा कदम चाल्दै आएको छ। यस्तै प्रहरीले गत जेठमा देशभरबाट विभिन्न मुद्दाका दुई हजार १८२ फरार प्रतिवादीलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले १७, काठमाडौँ उपत्यका प्रहरी कार्यालयले…
काठमाडौं । फिफा विश्वकप अन्तर्गत समूह ‘इ’ को अन्तिम खेलमा जर्मनी इक्वेडरसँग २–१ ले पराजित भए पनि गोल अन्तरका आधारमा समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ। यसअघि जर्मनीले पहिलो खेलमा क्युरासाओलाई ७–१ र दोस्रो खेलमा आइभरीकोस्टलाई २–१ ले हराएको थियो। तीन खेलबाट ६ अंक जोडेको जर्मनीले समान अंक भएको आइभरीकोस्टलाई गोल अन्तरमा पछि पार्दै शीर्ष स्थान सुरक्षित गर्यो। खेलको दोस्रो मिनेटमै लेरी सेनको गोलबाट जर्मनीले अग्रता लिएको थियो। तर, सात मिनेटपछि निल्सन आर्ग्युलोले बराबरी गोल गर्दै इक्वेडरलाई खेलमा फर्काए। दोस्रो हाफको ७७औँ मिनेटमा गोन्जालो प्लाटाले निर्णायक गोल गरेपछि इक्वेडरले २–१ को महत्त्वपूर्ण जित निकाल्यो। यससँगै इक्वेडरले ४ अंक…
चितवन । राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय सदस्य तथा चितवनका पत्रकार अमिर रामदाम सम्मानित हुनुभएको छ। सुनचाँदी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चितवनले बिहीबार आयोजित एक विशेष कार्यक्रममा उहाँलाई पुष्पगुच्छा तथा सम्मानपत्र प्रदान गर्दै सम्मान गरेको हो। भरतपुर गार्डेन रिसोर्टमा सहकारी संस्थाका अध्यक्ष रूवेन रामुदामुको अध्यक्षतामा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा पत्रकार रामदामलाई सम्मान गरिएको थियो। कार्यक्रममा सहकारीका पदाधिकारी, सदस्य तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। गत जेठ १८ र १९ गते काठमाडौंको चन्द्रागिरिमा सम्पन्न राष्ट्रिय दलित पत्रकार संघ, नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनबाट पत्रकार अमिर रामदाम निर्विरोध रूपमा केन्द्रीय सदस्य पदमा निर्वाचित हुनुभएको थियो। उहाँको उक्त सफलताप्रति खुसी व्यक्त गर्दै…
काठमाडौं । काठमाडौं,ललितपुर र भक्तपुरका विभिन्न स्थानमा दर्ता नगरी सञ्चालनमा रहेका १५ वटा कन्सल्टेन्सीका १८ जना सञ्चालक तथा प्रतिनिधिलाई पक्राउ गरिएको छ । अनुगमनका क्रममा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका कन्सल्टेन्सीहरूबाट १८ जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी परिसरमा पठाइएको हो । पक्राउ परेकामध्ये १४ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौं, २ जनालाई जिल्ला प्रहरी परिसर भक्तपुर र २ जनालाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ । कारबाहीमा परेका कन्सल्टेन्सीहरूमा Guruba/Study Glider, LEXICO Education, Pascal Education, Apitome Education, Meghatech Education, Skill Point Education, Vibrant Education, Dream Education, Universal Gateway, Victory Education, 24 Hours Education, Greener Education, Global Impact,…
प्रहरी अस्पतालको एम्बुलेन्स दुरुपयोग गर्ने एसएसपीलाई एआईजीको संरक्षण, अख्तियारमा उजुरी !
काठमाडौं । नेपाल प्रहरी अस्पतालकी वरिष्ठ चिकित्सक प्रहरी उपरीक्षक (एसएसपी) डा. दीपा न्हूच्छे प्रधानविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। शैक्षिक योग्यता, विशेषज्ञता दर्ता, रेडियोलोजी अभ्यास तथा विगतमा विभागीय कारबाही सिफारिस भएको विषयलाई दबाएर जिम्मेवारी दिइएको आरोपसहित उजुरी दर्ता भएको हो। हाल नेपाल प्रहरी अस्पतालमा कार्यरत डा. प्रधान अस्पतालका वरिष्ठ चिकित्सकमध्ये दशौं नम्बरको वरीयतामा रहेकी छन्। उनी हाल रेडियोलोजी विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हालिरहेकी छन्। अख्तियारमा २०८२ चैत १९ गते दर्ता भएको बेनामी उजुरी C०५३४५५/२०८२-१२-१९ मा डा. प्रधानले पेश गरेका शैक्षिक प्रमाणपत्र, नेपाल मेडिकल काउन्सिल (एनएमसी) दर्ता, रेडियोलोजी विभागमा गरेको अभ्यास तथा विभागीय नेतृत्वबारे विस्तृत छानबिनको माग गरिएको छ। उजुरीकर्ताको…
राजविराज । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारीले प्रहरी कर्मचारीलाई उच्च मनोबलका साथ व्यावसायिक, अनुशासित र नागरिकमैत्री भएर जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन्। बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरी तथा मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर (सम्पर्क कार्यालय राजविराज) को अनुगमन तथा निरीक्षणका क्रममा डीआईजी अधिकारीले प्रहरी कर्मचारीलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिएका हुन्। जिल्ला प्रहरी कार्यालय सप्तरीको निरीक्षणका क्रममा उनले जिल्लाको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण तथा अनुसन्धान, फरार प्रतिवादी पक्राउ, ट्राफिक व्यवस्थापन, विपद् जोखिम न्यूनीकरणको तयारी, जनशक्ति तथा स्रोत–साधनको अवस्थाबारे जानकारी लिएका थिए। त्यसैगरी मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर (सम्पर्क कार्यालय राजविराज) मा…
काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) ले हल्चोकस्थित मोटर ट्रान्सपोर्ट (एमटी) शाखामा गत जेठमा भएको आगलागी दुर्घटनावश भएको प्रारम्भिक निष्कर्ष सार्वजनिक गरेको छ। बिहीबार सशस्त्र प्रहरी मुख्यालय हल्चोकमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्कीले आगलागीलाई दुर्घटनाका रूपमा व्याख्या गर्दै हालसम्मको छानबिनले कुनै नियोजित घटना नभई प्राविधिक कारण देखाएको बताए। ‘त्यो घटना नभएर दुर्घटना रहेछ। विपद् अन्य व्यक्तिजस्तै हामीलाई पनि पोलेको छ,’ आगलागीबारे सोधिएको प्रश्नमा डीआईजी कार्कीले भने। उनका अनुसार घटनाको अन्तिम प्रतिवेदन आउन बाँकी रहेकाले थप तथ्य त्यसपछि सार्वजनिक हुनेछ। हल्चोकस्थित रंगशालाको पछाडि रहेको एमटी शाखाको अन्डरग्राउन्ड पार्किङमा २० जेठ राति आगलागी भएको थियो। घटनामा एआईजीले प्रयोग…
पदाधिकारी टुंग्याउन रविको सूत्रः विपिनलाई महामन्त्री बनाउन कवीन्द्रलाई मन्त्री र प्रतिभालाई उपसभापति !
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पदाधिकारी चयनलाई लिएर आन्तरिक छलफल तीव्र बनेको छ। सभापति रवि लामिछानेले चुनावभन्दा सहमतिका आधारमा पदाधिकारी चयन गर्ने प्रयास गरिरहेका बेला विभिन्न पदमा नयाँ समीकरणबारे छलफल भइरहेको स्रोतले जनाएको छ। रास्वपाका एक उच्च स्रोतका अनुसार लामिछानेले वर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटीको विकल्पमा विपिन आचार्यलाई महामन्त्रीमा ल्याउने गृहकार्य गरिरहेका छन्। त्यसका लागि बुर्लाकोटीलाई सरकारमा मन्त्री बनाउने प्रस्तावसमेत अघि सारिएको बताइएको छ। स्रोतका अनुसार महिला कोटाको उपसभापतिमा प्रतिभा रावललाई अघि सार्ने र हालको मन्त्री पदबाट फिर्ता बोलाउने प्रस्ताव पनि लामिछानेले गरेका छन्। रावल फिर्ता भएपछि रिक्त हुने मन्त्री पदमा बुर्लाकोटीलाई पठाउने र त्यसपछि विपिन आचार्यलाई महामन्त्रीमा ल्याउने…
सीमा नाकामा बोर्डर इन्टर्याक्सन टिम, मनसुनका लागि ८ हजारभन्दा बढी सशस्त्र स्ट्याण्डबाई
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदै मुख्य सीमा नाकाहरूमा सादा पोसाकमा खटिने बोर्डर इन्टर्याक्सन टिम (बीआईटी) परिचालन गर्ने तयारी गरेको छ। सर्वसाधारणको आवतजावतलाई सहज बनाउनुका साथै सीमा व्यवस्थापनलाई व्यवस्थित गर्न यस्तो टोली गठन गर्न लागिएको सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले बताएका छन्। बिहीबार सशस्त्र प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आईजीपी पौडेलले नेपाल प्रवेश गर्ने प्रमुख नाकाहरूमा बीआईटी परिचालन गरिने जानकारी दिए। उनका अनुसार सीमा क्षेत्रमा खटिने उक्त टोलीले यात्रुहरूको आवश्यक सहजीकरण, स्क्रिनिङ तथा भारतीय सुरक्षाकर्मी लगायत काउन्टर पार्ट्ससँग समन्वय गरेर काम गर्नेछ। ‘सीमा नाकामा बोर्डर इन्टर्याक्सन टिम गठन गर्दैछौं। यो अभ्यास छिमेकी देशका…