चितवन । चितवन प्रहरीले भरतपुर महानगरपालिकाबाट तास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रास्वपा नेता मनोज पौडेल समेत छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर पौडेलले तास खेलिरहेको अवस्थामा ७१ हजार ५१५ रुपैयाँसहित ११ जनालाई शनिबार भरतपुरबाट पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ पर्नेमा पौडेलसहित चिरन तिवारी, वीरेन्द्र गिरी, धुव्र कोइराला, कमल प्रसाद न्यौपाने, नवीन सुवेदी, मनोज सुवेदी, मोति शर्मा (विष्णु बेडेल), अमित कोइराला, सुदेश खनाल र रविन काफ्ले रहेका छन्।
पक्राउ परेका सबैलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको पौडेलले जानकारी दिए।
Facebook Comments Box
