धनगढी । सहकारी रकम हिनामिना मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालतको २०८२ मंसिर २ गतेको फैसलाअनुसार २ वर्ष कैद र ८ लाख ८७ हजार २ सय ७८ रुपैयाँ जरिवाना सजाय सुनाइएका भीमदत्त नगरपालिका–१८ निवासी ४१ वर्षीय सिद्धराज सोतीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले सोमबार दिउँसो आफ्नै घरबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेका सोतीलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गर्ने प्रक्रिया अघि बढाइएको छ।
Facebook Comments Box
