चितवन । चितवनस्थित वडा प्रहरी कार्यालयमा कार्यरत केही सादा पोसाक (सिभिल) प्रहरीमाथि होटल व्यवसायीहरूले विभिन्न किसिमका रक्सी तथा नगद रकम माग्ने गरेको आरोप लगाएका छन्।
होटल व्यवसायीहरूको भनाइअनुसार केही सिभिल प्रहरीहरूले पटक–पटक होटल तथा रेष्टुरेन्टमा पुगेर रक्सी तथा आर्थिक सहयोगको नाममा रकम माग्ने गरेका छन्। व्यवसायीहरूले यस्तो गतिविधिले व्यवसाय सञ्चालनमा समस्या उत्पन्न भएको गुनासो गरेका छन्।
यस सम्बन्धमा एक भिडियो समेत सार्वजनिक भएको छ। भिडियोमा देखिएका गतिविधिबारे प्रहरी संगठनकै बदनाम भएको छ। भिडिओमा २ जना व्यक्ती गएर रक्सी र पैसा मागेका छन्।
जुनकुरा रक्सी पसल संचालकले समेत बताएका छन्। वडाको।प्रहरी भनेर आएपछि एक बोतल रक्सी र ५ सय रुपैयाँ दिएर पठाएको हो। जुनकुरा भिडिओमा समेत सुन्न सकिन्छ।
यद्यपि भिडियोको प्रामाणिकता तथा त्यसमा देखिएका व्यक्तिहरूको पहिचान स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी रहेको छ। तर, वडा प्रहरी कार्यालय नारायणगढका इन्स्पेक्टर छन् कुशराम कार्की।

उक्त रक्सी र नगद माग्न इन्स्पेक्टर कार्कीले पठाएका थिए वा आफै गएका थिए त्यो पछि थाहा होला। तर, इन्सपेक्टर कार्की विवादित प्रहरी अधिकृत हुन्। कार्की थर भएकै कारण प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको बदनाम गराएर नारायणगढ प्रहरीको विश्वसनीयता माथि नै धज्जा उडाइरहेका छन्।
उक्त आरोपबारे सम्बन्धित प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय चितवनको आधिकारिक प्रतिक्रिया भने प्राप्त हुन सकेको छैन। यदि व्यवसायीहरूले लगाएका आरोप पुष्टि भएमा सम्बन्धित निकायले छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने माग स्थानीय व्यवसायीहरूको रहेको छ।
भिडिओ हेर्नुस् (गोपनियताको कारण अडिओ Mute गरिएको छ) आवश्यक परेमा सम्बन्धित निकायमा दिन सकिन्छ।
इन्स्पेक्टर कार्कीको विगत
त्यतिमात्र नभएर वडा प्रहरी कार्यालयको टोलीमाथि उजुरी लिएर पुगेका सर्वसाधारणले प्रहरी प्रशासनले आफ्नो अनुकूल वा फाइदा हुने विषयमा मात्र चासो दिने, अन्यथा बेवास्ता गर्ने गरेको आरोप समेत छ।
नारायणगढ वडा प्रहरी कार्यालयमा उजुरी दिएका एक स्थानीयले आफ्नो चोरी भएको सामानबारे प्रमाणसहित जानकारी गराउँदा समेत प्रहरीले आवश्यक चासो नदिएको गुनासो गर्दै हामीसमक्ष आइपुगेका थिए।
चितवनको मुख्य व्यापारिक केन्द्र नारायणगढमा सुरक्षाको जिम्मेवारी पाएको वडा प्रहरी कार्यालयका प्रमुख कार्कीको कार्यशैलीप्रति स्थानीय व्यवसायी, सर्वसाधारण र यातायात मजदुरहरूले तीव्र असन्तुष्टि व्यक्त गर्दै आर्थिक चलखेल र शक्तिको दुरुपयोग बढेको आरोप लगाएका छन्।
नारायणगढ क्षेत्रका दोहोरी साँझ, रोधीघर र होटलहरूबाट मासिक रूपमा निश्चित रकम असुली हुने गरेको तथ्य पनि बाहिर आएको छ।
व्यवसायीहरूका अनुसार प्रहरीले तोकेको समयमा रकम नबुझाएमा प्रहरी टोली आफैं व्यवसायभित्र प्रवेश गरी ग्राहकलाई त्रसित बनाउने र व्यवसाय नै बन्द गराउनेसम्मको हर्कत गर्ने गरेको छ।
प्रहरी महानिरीक्षक कार्कीको नाममा इन्स्पेक्टर कार्कीको आतंक नै छ । इन्स्पेक्टर कार्कीले आईजीपीको भतिज हो भन्दै थर्काउनेसमेत गरेको व्यवसायीहरु बताउँछन्।
