Author: Scoop Khabar

विराटनगर । विराटनगरका उद्योगी तथा व्यवसायी बेनी गोपाल मुन्दडाको घर तथा कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरी गरिएको खानतलासी विवादमा परेपछि कोशी प्रदेश प्रहरी कार्यालयले मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद कटवालसँग ९ बुँदे स्पष्टीकरण माग गरेको छ। प्रदेश प्रहरी कार्यालयले पठाएको स्पष्टीकरणमा प्रहरी परिचालनको आधार, कानुनी प्रक्रिया, निर्णयको औचित्यदेखि उक्त कारबाहीबाट प्राप्त उपलब्धिसम्मका विषयमा विस्तृत जवाफ मागिएको छ। स्पष्टीकरणमा सोधिएका ९ प्रश्न यस्ता छन्– १. बेनी गोपाल मुन्दडाको घरमा प्रहरी परिचालन गर्ने निर्णय कुन सूचना, तथ्य वा विश्वसनीय गोप्य सूचनाको आधारमा गर्नुभयो ? प्राप्त सूचनाको विश्वसनीयता परीक्षण कसरी, कसबाट र कुन अभिलेखका आधारमा गरिएको थियो ? २. ठूलो संख्यामा प्रहरी…

थप

दाङ । दाङको घोराही उपमहानगरपालिका–७, बेसाही नजिक रहेको करिब १० कट्ठा जग्गा कित्ताकाट गरिदिने भन्दै जग्गाधनीलाई झुक्याएर अन्य व्यक्तिको नाममा पास गरिएको पाइएको छ। घटनापछि पीडित परिवारले वडा अध्यक्षका भाइसहित तीन जनाविरुद्ध जिल्ला अदालत दाङमा लिखत बदर तथा जालसाजी सम्बन्धी मुद्दा दर्ता गरेका छन्। अदालतमा दायर गरिएको मुद्दाअनुसार घोराही–७ निवासी कौसिला दाहालको नाममा रहेको करिब १० कट्ठा जग्गा कित्ताकाटको प्रक्रिया मिलाइदिने भन्दै विश्वासमा पारेर विभिन्न कागजातमा हस्ताक्षर गराइएको र त्यसपछि जग्गा अन्य व्यक्तिको नाममा नामसारी गरिएको हो। उजुरीमा घोराही उपमहानगरपालिका–१४ का वडा अध्यक्ष भानसिंह बुढा मगरका भाइ इश्वर बुढा, प्रकाश कुवर तथा लिला डाँगीको नाममा मालपोत कार्यालय दाङमार्फत उक्त जग्गा…

थप

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका विभिन्न मुद्दाका ८ जना प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार सम्मानित धनुषा जिल्ला अदालतको फैसला कार्यान्वयन अभियानअन्तर्गत फरार रहेका प्रतिवादीहरूलाई खोजतलास गरी पक्राउ गरिएको हो। पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत धनुषामा पेश गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये एक जना सवारी ज्यान मुद्दामा १५ दिन कैद र २ हजार रुपैयाँ जरिवाना सजाय तोकिएका व्यक्ति रहेका छन्। त्यस्तै बहुविवाह मुद्दाका दुई जना प्रतिवादीलाई जनही १ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना सजाय रहेको प्रहरीले जनाएको छ। यस्तै, चोरी मुद्दाका दुई…

थप

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवारबीच वार्ता भइरहेको छ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा केहीबेर अघिदेखि वार्ता सुरु भएको हो । यही साउन १० गते राति कोशी प्रदेशको सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भइ शिक्षण अस्पतालमा उपचाररत २२ वर्षे मेहताको उपचारका क्रममा आज निधन भएको थियो । निधनपछि रविन्द्रको परिवारले गृहमन्त्री गुरुङ स्वयं अस्पतालमा आएर आफ्ना माग सम्बोधन गर्नुपर्ने अडान राख्दै शव बुझ्न अस्वीकार गरेका थिए । मेहताका आफन्त यता शिक्षण अस्पताल परिसरमा धर्नामा बसेका थिए भने उता सुनसरीको कप्तानगञ्जमा सडकमा रुख ढालेर प्रदर्शन गरिरहेका थिए । त्यसैले गृहमन्त्री गुरुङ…

थप

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विदेशबाट नेपाल फर्किने नेपाली नागरिकलाई अपरिचित व्यक्ति, दलाल वा सुन तस्करको प्रलोभनमा नपरी कसैको सुन, बहुमूल्य धातु वा अन्य सामान आफ्नो नाममा बोकेर नेपाल नल्याउन विशेष आग्रह गरेको छ। कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै सार्वजनिक सूचनामा पछिल्लो समय दुबई, कतारलगायत विभिन्न मुलुकबाट श्रम स्वीकृति (लेबर भिसा) मा काम गरेर फर्किने नेपालीलाई आर्थिक प्रलोभन देखाई सुनका सिक्री, बहुमूल्य धातु तथा अन्य सामग्री नेपाल ल्याउन लगाउने प्रयास बढेको उल्लेख गरिएको छ। विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी वसन्त रजौरेले सामान्य आर्थिक प्रलोभनमा परेर अरूको सामान बोक्दा निर्दोष नागरिक नै कानुनी झमेलामा पर्ने अवस्था सिर्जना भइरहेको…

थप

विराटनगर । विराटनगरका उद्योगी तथा व्यवसायीको घर तथा कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरेर गरिएको खानतलासी विवादले मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालमाथि नै प्रश्न उठाएको छ। घटनापछि कोशी प्रदेश प्रहरी कार्यालयले एसपी कटवालसँग लिखित स्पष्टीकरण माग्नुका साथै प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनाल आफैं उद्योगी–व्यवसायीसँग संवादमा उत्रिएका छन्। प्रदेश प्रहरी कार्यालयले मंगलबार एसपी कटवाललाई २४ घण्टाभित्र नौबुँदे लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ। स्पष्टीकरणमा प्रहरी परिचालन कुन सूचना र प्रमाणका आधारमा गरिएको थियो, त्यसको विश्वसनीयता कसरी परीक्षण गरियो, ठूलो संख्यामा प्रहरी परिचालन गर्नुको औचित्य के थियो, माथिल्लो निकायको स्वीकृति लिइएको थियो वा थिएन, कानुनी प्रक्रिया पूरा गरिएको थियो…

थप

काठमाडौं । नेकपा एमालेका बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया वीर अस्पतालमा भर्ना भएका छन्। थपलियाका छोरा सुरज थपलियाका अनुसार सोमबार राति भक्तपुरको मध्यपुर ठिमी अस्पतालमा प्रारम्भिक उपचारपछि घर फर्किएका उनलाई मंगलबार स्वास्थ्यमा थप समस्या देखिएपछि वीर अस्पताल लगिएको हो। उच्च रक्तचाप र रगतमा चिनीको मात्रा बढेका कारण उनी हाल चिकित्सकको निगरानीमा उपचाररत छन्। सोमबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेश सरकार गठनबारे छलफल गर्न प्रदेशका १७ जना सांसदलाई भक्तपुरको गुण्डुस्थित निजी निवासमा बोलाएका थिए। छलफलका क्रममा सरकार गठनका लागि आवश्यक राजनीतिक समीकरणबारे कुराकानी भएको थियो। स्रोतका अनुसार बैठकमा प्रदेश सरकार गठनका विषयमा पर्याप्त गृहकार्य नगरेको भन्दै…

थप

बर्दिया । बर्दियामा मोटरसाइकल दुर्घटनापछि घाइते भएका आफ्नै सहयात्रीको हत्या गरी शव सिँचाइ नालामा फाल्ने मोटरसाइकल चालक पक्राउ परेका छन्। प्रहरीका अनुसार साउन १५ गते राति करिब २ बजे ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वाराबाट हात्तीसारतर्फ जाँदै गरेको लु.प्र.००१–०१२ प ०८२५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो। दुर्घटनामा मोटरसाइकल चालक डोटीको शिखर नगरपालिका–४ तिनाडी स्थायी घर भई हाल ठाकुरबाबा नगरपालिका–७ कालीगौडी बस्दै आएका २० वर्षीय गोविन्द जैसी घाइते भएका थिए भने पछाडि सवार ठाकुरबाबा नगरपालिका–९ बेथहनी गाउँका २७ वर्षीय आसाराम थारु सम्पर्कविहीन भएका थिए। घटनाको अनुसन्धानका क्रममा साउन १७ गते ठाकुरद्वाराबाट कुशलपुरतर्फ जाने सिँचाइ नालामा घोप्टो परेको अवस्थामा आसाराम थारुको शव फेला परेको प्रहरीले…

थप

काठमाडौं । उद्योगी तथा व्यवसायी प्रकाश मुन्दडाको विराटनगरस्थित निवासमा ठूलो संख्यामा प्रहरी परिचालन गरी गरिएको खानतलासी विवादमा तानिएपछि कोशी प्रदेश प्रहरी कार्यालयले मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालसँग २४ घण्टाभित्र स्पष्टीकरण मागेको छ। कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी योगेन्द्रसिंह थापाले पठाएको पत्रमा उक्त कारबाहीको वैधानिकता, निर्णय प्रक्रिया, कानुनी आधार तथा कार्यसम्पादनबारे गम्भीर प्रश्न उठाउँदै ९ बुँदे स्पष्टीकरण मागिएको हो। पत्रमा प्रहरी संगठनको व्यावसायिकता, कानुनी शासन, आवश्यकताको सिद्धान्त, समानुपातिकता तथा जवाफदेहिताका मापदण्ड पूर्ण रूपमा पालना भएको नदेखिएको उल्लेख गरिएको छ। प्रदेश प्रहरी कार्यालयले बेनी गोपाल मुन्दडाको घरमा ठूलो संख्यामा प्रहरी परिचालन गर्नुपरेको आधार, गोप्य सूचनाको विश्वसनीयता परीक्षण, परिचालन आदेश कसको स्वीकृतिमा…

थप

चितवन । नारायणगढ वडा प्रहरी कार्यालयसँग सम्बन्धित समाचार प्रकाशित भएपछि इन्स्पेक्टर कुशराम कार्कीका विश्वासपात्र सिभिल प्रहरी सुजन थापामगरले पत्रकारलाई फोन गरेर प्रलोभन देखाएका छन्। समाचार प्रकाशित भएपछि पत्रकारसँग भएको टेलिफोन संवादको अडियोमा पत्रकारलाई ‘ब्ल्याक लेभल दिन्छु’ भन्ने अभिव्यक्ति प्रयोग भएको सुनिएको छ। सम्बन्धित समाचारमा वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत इन्स्पेक्टर कार्कीमाथि बार्गेनिङ तथा रकम असुलीको आरोप सार्वजनिक गरिएको थियो। सो समाचार प्रकाशित भएपछि सिभिल प्रहरी थापामगरले पत्रकारलाई फोन गरी समाचार हटाउन दबाब दिएको तथा प्रलोभनको भाषा प्रयोग गरेको आरोप छ। हामीसँग उक्त टेलिफोन संवादको अडियो सुरक्षित रहेको दाबी गरेको छ। अडियोमा प्रयोग भएका अभिव्यक्तिबारे सम्बन्धित निकायले आवश्यक छानबिन गर्नुपर्ने मागसमेत…

थप