Author: Scoop Khabar

बुटवल । प्रहरी नायब महानिरीक्षक (डीआईजी) भूपेन्द्र खत्रीको नेतृत्वमा रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले नेपाल प्रहरीको आन्तरिक कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट नतिजा हासिल गर्दै पहिलो स्थान प्राप्त गरेको छ । प्रहरी प्रधान कार्यालयले मातहतका प्रदेश प्रहरी कार्यालयहरूको कार्यसम्पादन, अपराध नियन्त्रण, शान्ति सुरक्षा व्यवस्थापन तथा नागरिकमुखी प्रहरी सेवाका आधारमा गरेको मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी उत्कृष्ट ठहरिएको हो । डीआईजी खत्रीको नेतृत्वपछि लुम्बिनी प्रहरीले प्रविधिमैत्री सेवा, नागरिकसँगको सम्बन्ध सुधार र सुरक्षा व्यवस्थापनलाई प्राथमिकतामा राख्दै विभिन्न अभियान सञ्चालन गर्दै आएको छ । प्रहरी सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन डिजिटल उजुरी प्रणाली, एसएमएसमार्फत सेवाग्राहीलाई जानकारी दिने व्यवस्था लगायतका प्रविधिको प्रयोगलाई विस्तार गरिएको छ ।…

थप

विराटनगर । नेपाली कांग्रेसका नेता अभिषेक गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला कारागार मोरङका कैदीबन्दीबाट रकम असुली गरेको आरोपमा गिरीलाई शनिबार बिहान विराटनगर–८, मधुमारास्थित उनकै निवासबाट नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले गिरीको निवासमा खानतलासी गरेको थियो । घरमा शंकास्पद वस्तु फेला नपरे पनि थप अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार गिरीमाथि कारागारका कैदीबन्दीलाई सरकारले दिने दैनिक भत्ता, जाडो र गर्मीको लुगा भत्ता तथा कैदीबन्दीले श्रम गरेर कमाएको रकम समेत असुली गर्ने गरेको आरोप छ । मोरङ कारागारमा हाल १ हजार ९२ पुरुष र १०७ महिला गरी कुल १ हजार…

थप

फुटबल केवल खेल होइन, कहिलेकाहीँ यो एउटा राष्ट्रको सपना, आमाको त्याग र खेलाडीको जीवनभरको संघर्षको प्रतिफल पनि हुन्छ। त्यही दृश्य देखियो जब केप भर्डेले पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित गर्‍यो। समूह चरणका तीनै खेलमा हार नमान्दै लगातार तीन बराबरी नतिजा निकालेर केप भर्डेले अन्तिम ३२ मा स्थान बनायो। अंक तालिकाको समीकरण आफ्नो पक्षमा पार्दै सानो टापु राष्ट्रले विश्व फुटबलमा ठूलो इतिहास रच्यो। यस ऐतिहासिक उपलब्धिपछि टोलीका स्टार गोलरक्षक भोजिन्हा मैदानमै भावुक बने। खुशीका आँसु रोक्न नसकेका उनका अनुहारमा वर्षौँको संघर्ष, समर्पण र सफलताको अनुभूति स्पष्ट देखिन्थ्यो। तर त्यो क्षणलाई अझ विशेष बनाउने पात्र थिइन्—उनकी आमा। स्टेडियमको दर्शकदीर्घामा बसेर…

थप

काठमाडौं । सामाजिक सञ्जालमार्फत सम्प्रदायिक घृणा फैलाउने तथा जातीय सद्भावमा खलल पुर्‍याउने गतिविधिमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार “Jiban Oli” नामक फेसबुक पेजमा मधेशी मूलका व्यक्तिलाई दुर्व्यवहार गरिएको भिडियो सामग्री सार्वजनिक गरी सामाजिक सञ्जालमार्फत जातीय तथा साम्प्रदायिक द्वेष फैलाउने प्रयास गरिएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। उक्त भिडियो सामग्रीले विभिन्न जात, जाति तथा समुदायबीचको आपसी सद्भाव र सामाजिक सम्बन्धमा नकारात्मक असर पार्ने देखिएपछि प्रहरीको विशेष निगरानी तथा अनुसन्धानका क्रममा मिति २०८३ साल असार १२ गते बेलुका करिब ४:४५ बजे जिल्ला रुकुम (पश्चिम) मुसिकोट नगरपालिका वडा नं. ३ माछिमी क्षेत्रबाट तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।…

थप

काठमाडौं । नेपाल प्रहरीको मासिक कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रहरी परिसर काठमाडौं देशभरका जिल्ला प्रहरी कार्यालयमध्ये उत्कृष्ट अङ्क हासिल गर्दै पहिलो स्थानमा पर्न सफल भएको छ। नेपाल प्रहरीले अपराध नियन्त्रण, शान्ति सुरक्षा व्यवस्थापन, अनुसन्धानको प्रभावकारिता, फरार अभियुक्त पक्राउ, समुदाय–प्रहरी साझेदारी तथा नागरिकमैत्री सेवा प्रवाहलगायतका विभिन्न सूचकलाई आधार बनाएर गरेको मूल्याङ्कनमा काठमाडौं प्रहरी अग्रस्थानमा आएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंको नेतृत्व हाल एसएसपी दिलीप घिमिरेले गरिरहेका छन्। उहाँको नेतृत्वमा प्रविधिमैत्री प्रहरी परिचालन, अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्राथमिकता दिँदै अघि बढाइएको रणनीतिले सकारात्मक परिणाम दिएको प्रहरी स्रोतको भनाइ छ। काठमाडौं प्रहरीले इलेक्ट्रोनिक क्विक रेस्पोन्स टिम (EQRT), जीपीएस प्रणालीमार्फत प्रहरी परिचालन, फरार अभियुक्त पक्राउ…

थप

काठमाडौं । सशस्त्र प्रहरी बल सर्लाहीले बुधबार जिल्लाको छतौनाबाट ठूलो परिमाणमा फर्सिको बीउ नियन्त्रणमा लियो। चार वटा भारतीय नम्बर प्लेटका पिकअप गाडीमा लोड गरी भारततर्फ लैजान लागिएको अवस्थामा उक्त बीउ बरामद गरिएको हो। घटनामा एक नेपाली नम्बरको ट्रकसमेत नियन्त्रणमा लिइएको छ। प्राप्त जानकारीअनुसार भण्डारण गरिएको स्थानबाट फर्सिको बीउ नेपाली ट्रकमा लोड गरी विभिन्न स्थानमा ओसारपसार भइरहेको अवस्थामा ट्रक नियन्त्रणमा लिइएको हो। यद्यपि बरामद गरिएको सामानको वास्तविक स्वामित्वबारे सम्बन्धित निकायले औपचारिक रूपमा केही खुलाएको छैन। तर सुरक्षा स्रोतहरूका अनुसार उक्त कारोबारमा लामो समयदेखि सीमावर्ती क्षेत्रमा सक्रिय भनिएका उमेश साह तेलीको संलग्नता रहेको आशंका गरिएको छ। स्रोतका अनुसार भारतीय मूलका भनिएका साहले…

थप

काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। ब्यूरोको टोलीले काठमाडौं र ललितपुरबाट लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–१७ ढल्कुबाट जिल्ला रामेछाप दोरम्बा गाउँपालिका–३ का ४२ वर्षीय टेकबहादुर थापा मगरलाई पक्राउ गरेको हो। उनको साथबाट लागूऔषध खैरो हेरोइन ८६ ग्राम ७२० मिलिग्राम बरामद गरिएको प्रहरीले जनाएको छ। थप अनुसन्धानका क्रममा निज टेकबहादुर थापा मगरलाई खैरो हेरोइन बिक्री गर्ने व्यक्ति खोजी गर्ने क्रममा सिन्धुली दुधौली नगरपालिका–१० का २४ वर्षीय सन्तबहादुर बस्नेतलाई समेत पक्राउ गरिएको ब्यूरोले जनाएको छ। प्रहरीले बस्नेतलाई ललितपुर महानगरपालिका–७ बालकुमारीबाट लागूऔषध खैरो हेरोइन ८० ग्रामसहित…

थप

काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) को टोलीले लागूऔषध खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमध्ये एक जना कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय भुक्तान गरिसकेका व्यक्ति रहेको प्रहरीले जनाएको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट लामो समयदेखि निगरानीमा रहेका भारतबाट लागूऔषध खैरो हेरोइन ल्याई सुनसरी, धनकुटा, इलाम र भोजपुर जिल्लामा बिक्री वितरण गर्ने व्यक्तिहरूलाई पक्राउ गरिएको हो। प्रहरीकाअनुसार पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र नगरपालिका–३ का ४२ वर्षीय विष्णु धामी, सोही स्थानका ३६ वर्षीय रुद्रबहादुर सुवेदी र सुनसरी रामधुनी नगरपालिका–६ का ४८ वर्षीय विजय राज धामी रहेका छन्। अनुसन्धानका क्रममा विष्णु धामी कर्तव्य ज्यान मुद्दामा १० वर्ष…

थप

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले लागूऔषधको अवैध ओसारपसार र दुर्व्यसन नियन्त्रणका लागि यसको आपूर्ति सञ्जाल (सप्लाई चेन) नै तोड्नुपर्ने बताएका छन्। अन्तर्राष्ट्रिय लागूऔषध नियन्त्रण तथा अवैध ओसारपसारविरुद्धको दिवस (जुन २६) का अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले क्षणिक मनोरञ्जनका लागि प्रयोग गरिने लागूऔषधको कुलतबाट समाजलाई जोगाउन यसको आपूर्ति सञ्जाल ध्वस्त पार्न आवश्यक रहेको बताएका हुन्। उनले प्रहरी प्रशासनलाई लागूऔषधको स्रोत र सञ्जालसम्म पुगेर प्रभावकारी नियन्त्रण गर्न निर्देशन दिइएको उल्लेख गर्दै लागूऔषधविरुद्धको अभियानलाई केवल औपचारिक कार्यक्रममै सीमित नराखी परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका छन्। गृहमन्त्री गुरुङले जारी गरेको सन्देशमा, ‘क्षणिक मनोरञ्जनका लागि प्रयोग गरिने लागूऔषधको कुलतबाट जोगाउन यसको ‘सप्लाई चेन ब्रेक’…

थप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पुरुषतर्फ उपसभापति पदका लागि उम्मेदवारी दिएका विराजभक्त श्रेष्ठले आफ्नो दाबी फिर्ता लिएपछि वाग्ले निर्विरोध भएका हुन् । श्रेष्ठ वाग्लेको प्रस्तावकसमेत बनेका छन् । पार्टी विधानअनुसार एक सभापति, महिलासहित दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री पदका लागि निर्वाचन हुने व्यवस्था छ । यसअघि सभापति पदमा रवि लामिछाने पनि निर्विरोध निर्वाचित भइसकेका छन् । अन्य पदमा पनि सहमतिको प्रयास भइरहेको छ ।

थप