चितवन । नारायणगढ वडा प्रहरी कार्यालयसँग सम्बन्धित समाचार प्रकाशित भएपछि इन्स्पेक्टर कुशराम कार्कीका विश्वासपात्र सिभिल प्रहरी सुजन थापामगरले पत्रकारलाई फोन गरेर प्रलोभन देखाएका छन्।
समाचार प्रकाशित भएपछि पत्रकारसँग भएको टेलिफोन संवादको अडियोमा पत्रकारलाई ‘ब्ल्याक लेभल दिन्छु’ भन्ने अभिव्यक्ति प्रयोग भएको सुनिएको छ।
सम्बन्धित समाचारमा वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत इन्स्पेक्टर कार्कीमाथि बार्गेनिङ तथा रकम असुलीको आरोप सार्वजनिक गरिएको थियो।
सो समाचार प्रकाशित भएपछि सिभिल प्रहरी थापामगरले पत्रकारलाई फोन गरी समाचार हटाउन दबाब दिएको तथा प्रलोभनको भाषा प्रयोग गरेको आरोप छ।
हामीसँग उक्त टेलिफोन संवादको अडियो सुरक्षित रहेको दाबी गरेको छ। अडियोमा प्रयोग भएका अभिव्यक्तिबारे सम्बन्धित निकायले आवश्यक छानबिन गर्नुपर्ने मागसमेत गरिएको छ।
यस घटनाले सञ्चारकर्मीको स्वतन्त्र रूपमा समाचार सम्प्रेषण गर्ने अधिकार र प्रेस स्वतन्त्रतामाथि प्रश्न उठाएको भन्दै निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न सरोकारवालाको ध्यानाकर्षण गराइएको छ।
यस विषयमा सिभिल प्रहरी सुजन थापामगर, वडा प्रहरी कार्यालय नारायणगढ वा जिल्ला प्रहरी कार्यालय चितवनबाट भने समाचार तयार पार्दासम्म कुनै आधिकारिक प्रतिक्रिया प्राप्त भएको छैन।
सुन्नुहोस अडिओ
