Author: Scoop Khabar

सिरहा । सिरहाको सीमावर्ती क्षेत्रमा लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरी र कारोबारी समूहबीच गोली हानाहान भएको छ। घटनामा भारतका एक लागूऔषध कारोबारी प्रहरीको गोली लागेर घाइते भएका छन् भने उनका केही सहयोगी फरार भएका छन्। शुक्रबार दिउँसो नवराजपुर गाउँपालिका–५ स्थित सीमावर्ती क्षेत्रमा लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट प्रहरी निरीक्षक विशाल मल्लको नेतृत्वमा टोली परिचालन गरिएको थियो। प्रहरीले संदिग्ध व्यक्तिहरूलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरीमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। कारोबारी समूहले एक राउन्ड गोली चलाएपछि प्रहरीले जवाफी कारबाहीस्वरूप दुई राउन्ड गोली चलाएको थियो। प्रहरीको गोली लागेर भारतको बिहार राज्य,…

थप

काठमाडौं । राहदानी खरिद प्रक्रियामा भएको भनिएको अनियमितताको अनुसन्धानलाई लिएर प्रश्न उठिरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी टोलीमा व्यापक फेरबदल गरिएको छ। प्रहरी प्रधान कार्यालयले आयोगमा काजमा रहेका एसपी मोहन थापासहित एक दर्जनभन्दा बढी प्रहरी अधिकारीलाई फिर्ता बोलाएको हो। थापाको स्थानमा संयुक्त राष्ट्रसंघ (यूएन) शाखामा कार्यरत एसपी सुधिरराज शाहीलाई खटाइएको स्रोतले जनाएको छ। प्रहरी स्रोतका अनुसार राहदानी खरिद प्रक्रियासम्बन्धी अनुसन्धानमा देखिएको कार्यसम्पादन र अनुसन्धानको प्रभावकारिताबारे गुनासो आएपछि काज फिर्ताको निर्णय गरिएको हो। यस विषयमा थप छानबिनसमेत हुने बताइएको छ। स्रोतका अनुसार गृहमन्त्री सुधन गुरुङले अख्तियारमा कार्यरत प्रहरी अधिकारीहरूको व्यापक सरुवाका लागि निर्देशन दिएका थिए। प्रहरी प्रधान कार्यालयका एक…

थप

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ले काठमाडौं उपत्यका प्रहरी कार्यालयको नेतृत्व सम्हालेका छन्। सरकारले बिहीबार गरेको एआईजीहरूको सरुवा निर्णयअनुसार अपराध अनुसन्धान विभागबाट सरुवा भएका राठौरले उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका हुन्। यसअघिको अपराध अनुसन्धान विभागमा कार्यरत रहेका राठौरलाई सरकारले काठमाडौं उपत्यका प्रहरी कार्यालयको कमान्ड सुम्पिएको हो। उपत्यका प्रहरी कार्यालयका तत्कालीन प्रमुख एआईजी ईश्वर कार्कीको भने प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा सरुवा भएको छ। सरकारले बिहीबार ८ जना एआईजीको सरुवा गर्ने निर्णय गरेको थियो।

थप

महोत्तरी । सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा दोषी ठहर भएका नेकपा (एमाले)का नेता तथा पूर्व प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो (कोइरी) पक्राउ परेका छन्। प्रहरीले उनलाई महोत्तरीको गौशालास्थित एमाले पार्टी कार्यालयबाट पक्राउ गरेको जनाएको छ। फरार रहेका कोइरी उक्त कार्यालयमा लुकिछिपी बसेको अवस्थामा पक्राउ परेका हुन्। उच्च अदालत जनकपुरले यसअघि महोत्तरी जिल्ला अदालतको फैसला उल्टाउँदै कोइरीलाई असई थमन विक हत्या प्रकरणमा दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय सुनाएको थियो। २०७२ भदौ २५ गते मधेश आन्दोलनका क्रममा उपचारका लागि एम्बुलेन्समा लगिँदै गरेका सशस्त्र प्रहरीका असई थमन विकको हत्या भएको थियो। उक्त घटनामा लक्ष्मी महतो (कोइरी)सहित २८ जनाविरुद्ध २०७५ साउन…

थप

काठमाडौं । मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआइजीलाई सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआइजी ईश्वर कार्कीलाई प्रहरी प्रधान कार्यालय मानव स्रोत विभागमा सरुवा गरेको छ। यस्तै अ. अ. विभागमा कार्यरत एआइजी सुशील सिंह राठौरलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरी खटाइएको छ भने केन्द्रिय अनुसन्धान ब्युरोमा उमा चतुर्वेदीलाई पठाइएको छ भने सिआइबीका एआइजी मनोज केसीको अ.अ. विभागमा सरुवा भएको छ। त्यस्तै मानव स्रोत विभागका एआइजी राजन अधिकारीको प्रहरी एकेडेमीमा सरुवा भएको छ भने…

थप

काठमाडौं । बारा प्रहरीले चारजना बालबालिकालाई सार्वजनिक स्थानमा डोरीले बाँधेर कुटपिट गरेको आरोपमा चार महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार जितपुर सिमरा उपमहानगरपालिका–१६ स्थित टांगिया बस्तीमा मंगलबार बिहान करिब ९ बजे मोबाइल चोरीको आरोप लगाउँदै चार जना बालबालिकालाई सार्वजनिक चौतारामा रहेको बरको रुखमा डोरीले बाँधेर कुटपिट गरिएको घटनापछि प्रहरीले अनुसन्धान थालेको थियो। घटनामा संलग्न रहेको आरोपमा स्थानीय ६२ वर्षीया मिना रजन मगर, ३२ वर्षीया पवि कुमारी आले मगर, ३० वर्षीया रानिमाया मोक्तान र ४२ वर्षीया निर्मला वाईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूविरुद्ध बालबालिकाविरुद्धको कसुर अन्तर्गत मुद्दा दर्ता गरेको छ। बारा जिल्ला अदालत, कलैयाबाट पाँच…

थप

कञ्चनपुर । अदालतको फैसला कार्यान्वयन गर्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकार खेम भण्डारीलाई पक्राउ गरेको छ। जिल्ला अदालत कञ्चनपुरले गालीगलौजसम्बन्धी मुद्दामा भण्डारीलाई १ महिना ७ दिन कैद सजाय र १२ हजार १ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। उक्त फैसला कार्यान्वयनका लागि उनलाई आज बिहान ७ बजे भीमदत्त नगरपालिकाबाट प्रहरीले नियन्त्रणमा लिएको हो। यसैगरी उच्च अदालतले समेत सोही प्रकरणमा भण्डारीलाई २ हजार १ सय रुपैयाँ जरिवाना र थप ७ दिन कैद सजाय हुने फैसला सुनाएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी नेत्रमणि गिरीका अनुसार पक्राउ परेका भण्डारीको हकमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतको फैसला कार्यान्वयन गरिनेछ। भण्डारीविरुद्धको मुद्दामा…

थप

काठमाडौं । सर्वोच्च अदालतको आदेश, सम्बन्धित स्थानीय तहको अनुमति र राजस्व कार्यालयमा आवश्यक प्रक्रिया पूरा गरेको दाबी गरिएका कवाड ढुवानी गर्ने सवारीसाधनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएपछि विवाद उत्पन्न भएको छ। परिसर प्रहरीले सोमबार थानकोट क्षेत्रबाट ४ वटा कवाड बोकेका गाडी नियन्त्रणमा लिएको थियो। गाडी नियन्त्रणमा लिइएपछि व्यवसायीहरू जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका थिए। उनीहरूका अनुसार परिसर प्रमुख एसएसपी दिलिप घिमिरेले प्रारम्भिक रूपमा ‘सामान्य सोधपुछ’ का लागि नियन्त्रणमा लिइएको भन्दै करिब दुई घण्टाभित्र छाडिने आश्वासन दिएका थिए। तर, गाडीहरू अझै प्रहरी नियन्त्रणमै रहेका छन्। यति मात्र होइन, त्यसको भोलिपल्ट मंगलबार पनि प्रहरीले थप चार वटा कवाड गाडी बल्खुबाट नियन्त्रणमा…

थप

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याबको क्षमता अभिवृद्धिका लागि विभिन्न डिजिटल फरेन्सिकसम्बन्धी सफ्टवेयर तथा हार्डवेयर उपकरण हस्तान्तरण गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमको उपस्थितिमा उक्त उपकरण हस्तान्तरण गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले अमेरिकी दूतावासले डिजिटल फरेन्सिक ल्याबको विकास र सुदृढीकरणका लागि उन्नत उपकरण, विशेष सफ्टवेयर तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको बताए। उनले यस्ता सहयोगले नेपाल प्रहरीको डिजिटल अपराध अनुसन्धान क्षमतामा वृद्धि गर्नुका साथै दुई देशबीचको विश्वास, मित्रता र साझा प्रतिबद्धतालाई थप मजबुत बनाउने उल्लेख गरे।

थप

रौतहट । मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) ओमप्रसाद अधिकारीले प्रहरी कर्मचारीलाई संगठनको मर्यादा कायम राख्दै नागरिकमैत्री सेवा प्रवाह गर्न निर्देशन दिएका छन्। मंगलबार जिल्ला प्रहरी कार्यालय रौतहटको निरीक्षणपछि आयोजित निर्देशन कार्यक्रममा डिआईजी अधिकारीले प्रहरी आचरणविपरीतका गतिविधिमा संलग्न नहुन, अनुशासन र व्यावसायिक निष्ठाका साथ जिम्मेवारी पूरा गर्न आग्रह गरे। उनले लागुऔषध नियन्त्रण, अवैध चोरी–पैठारी नियन्त्रण, शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिताराम रिजालका अनुसार डिआईजी अधिकारीले सामाजिक सञ्जालको दुरुपयोग नगर्न, गैरव्यावसायिक आर्थिक गतिविधिबाट टाढा रहन तथा प्रहरी संगठनको नीति र आचरण पालना गर्न स्पष्ट…

थप