Author: Scoop Khabar

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदलाई लक्षित गर्दै कडा टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले गरिब, सुकुम्बासी र विपन्न नागरिकलाई पीडा दिनेहरू अहिले सामान्य प्रश्नको सामना गर्न नसकी भावुक बनेको आरोप लगाएका हुन् । बस्नेतको टिप्पणी पत्रकार टिकाराम यात्रीसँगको अन्तर्वार्तामा रास्वपा सांसद राजुनाथ पाण्डे सेनासँग भएको विवादबारे सोधिएको प्रश्नका क्रममा भावुक बनेको घटनापछि आएको हो । बस्नेतले लेखेका छन्, ‘हजारौँ गरिब र सुकुम्बासीलाई घरबारविहीन बनाएर उनीहरूका आँखाबाट बलिन्द्र आँसु झार्न बाध्य पार्नेहरू आफूलाई कठोर र शक्तिशाली शासकका रूपमा प्रस्तुत गर्थे। तर आज आफूमाथि सामान्य प्रश्न उठ्नेबित्तिकै भकानिएर आँसु झार्दै भावुकताको…

थप

काठमाडौं । नेपाली कांग्रेसका नेता अभिषेक गिरी पाँच लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका छन्। विराटनगर महानगरपालिका–८ मधुमाराका ४८ वर्षीय गिरीविरुद्ध निर्माण व्यवसायी सुवास श्रेष्ठले विभिन्न प्रभाव प्रयोग गरी ठेक्का मिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले उनलाई गत असार २३ गते मोरङबाट पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा गिरीले श्रेष्ठबाट २१ करोड ३२ लाख ७६ हजार ५ रुपैयाँ ठगी गरेको निष्कर्ष निकाल्दै सीआईबीले उक्त रकम पीडितलाई भराइदिनुपर्ने मागसहित मुद्दा चलाउन राय दिएको थियो। सोही रायका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले साउन १५ गते काठमाडौं जिल्ला अदालतमा…

थप

काठमाडौं । नेपाली कांग्रेसको प्रवासमा रहेको शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो महाधिवेशन अगष्ट १४, १५ र १६ गते अमेरिकाको भर्जिनिया राज्यमा हुँदैछ। महाधिवेशनको मिति नजिकिँदै जाँदा संस्थाभित्र युवा नेतृत्व स्थापित गर्ने उद्देश्यसहित अमेरिकाभरका नेपाली युवाहरू एकताबद्ध हुन थालेका छन्। ‘हामी जोडियौं, हामी जोडिँदै जानेछौं’ भन्ने नारासहित सुरु गरिएको अभियानले छोटो समयमै अमेरिकाका विभिन्न राज्यमा रहेका कांग्रेससमर्थक युवाहरूको उल्लेखनीय साथ पाएको अभियन्ताहरूले बताएका छन्। अभियानको मूल उद्देश्य संस्थाको नेतृत्वमा नयाँ पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्नु, संगठनलाई थप पारदर्शी र जवाफदेही बनाउनु तथा युवालाई केवल प्रयोग गर्ने होइन, नेतृत्व गर्ने अवसर दिलाउनु रहेको जनाइएको छ। यस अभियानको औपचारिक शुभारम्भसँगै अमेरिकाका विभिन्न…

थप

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आजदेखि अनिवार्य अवकाशमा गएका छन्। उमेर हदका कारण सेवा निवृत्त भएका गुरागाईँलाई महानगरपालिकाले बुधबार औपचारिक रूपमा बिदाइ गरेको हो। गुरागाईँले करिब दुई वर्ष काठमाडौं महानगरपालिकाको प्रशासनिक नेतृत्व सम्हालेका थिए। नेपाल सरकार (मन्त्रिपरिषद्) को २०८१ भदौ २७ गतेको निर्णयअनुसार उनले २०८१ असोज ७ गते प्रमुख प्रशासकीय अधिकृतका रूपमा पदभार ग्रहण गरेका थिए। उनको कार्यकालमा महानगरका तत्कालीन प्रमुख बालेन्द्र (बालेन) शाहसँग प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर पटक–पटक विवाद भएको थियो। विभिन्न समयमा उनलाई महानगरबाट हटाउने प्रयास भए पनि उनी आफ्नो कार्यकालभर जिम्मेवारीमा कायम रहेका थिए। बुधबार आयोजित बिदाइ कार्यक्रममा महानगरकी कार्यवाहक प्रमुख सुनिता…

थप

काठमाडौं । पत्रकारको आवरणमा खैरो हेरोइन ओसारपसार भइरहेको सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले ४४.३४० ग्राम खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) दुर्गाराज रेग्मीका अनुसार, साउन २० गते सिन्धुलीको दुधौली नगरपालिका–१ स्थित सिराहाको मिर्चैयाबाट काठमाडौंतर्फ आउँदै गरेको बा १६ च ७८५९ नम्बरको रेनो (Renault) कारलाई शंकाको आधारमा रोकी खानतलासी गरिएको थियो। खानतलासीका क्रममा कारको गियर बक्सभित्र विशेष रूपमा लुकाइराखिएको ४४ ग्राम ३४० मिलिग्राम खैरो हेरोइन बरामद भएपछि कारमा सवार तीनै जनालाई नियन्त्रणमा लिइएको एसपी रेग्मीले जानकारी दिए। पक्राउ पर्नेमा सिराहाको लक्ष्मीपुर गाउँपालिका–२ का २६…

थप

काठमाडौं । दोहोरो तथा किर्ते नागरिकता प्रयोग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले ‘सुजन’ भनेर चिनिने उमेश भोम्जनलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी माधव काफ्लेका अनुसार विभिन्न आपराधिक गतिविधिमा फरक–फरक नागरिकता प्रयोग भएको देखिएपछि उमेशलाई पक्राउ गरिएको हो। प्रहरी अनुसन्धानका क्रममा उमेशले २०६९ साल साउनमा जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट बकैया गाउँपालिकालाई स्थायी ठेगाना उल्लेख गरी सुजन भोम्जन नामबाट पहिलो नागरिकता लिएको खुलेको छ। त्यसपछि २०७८ सालमा सोही स्थायी ठेगाना प्रयोग गर्दै आमाबुबाको विवरण फरक राखी उमेश भोम्जन नामबाट अर्को नागरिकता लिएको प्रहरीको दाबी छ। प्रहरीका अनुसार उनीसँग…

थप

पोखरा । लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका–८ सिर्जना चोकस्थित एक रेस्टुरेन्टको आवरणमा हेरोइन बिक्री–वितरण गरिरहेको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। ब्युरोका अनुसार साउन २० गते गरिएको विशेष अपरेशनका क्रममा भारतको मोतिहारी जिल्ला घर भएका ४० वर्षीय चन्देश्वर महतो (Chandeshwar Mahato) लाई १५८.२७ ग्राम खैरो हेरोइन सहित पक्राउ गरिएको हो। प्रहरीले पक्राउ परेका महतोको साथबाट १५८.२७ ग्राम खैरो हेरोइन, एक थान मोबाइल फोन र एक थान डिजिटल तराजु समेत बरामद गरेको जनाएको छ। पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्की बुझाइएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ। ब्युरोका…

थप

काठमाडौं । इप्रका सिम्रौनगढ बाराको प्रमुख छन् प्रहरी निरीक्षक (इन्स्पेक्टर) किसुन्देव साह (केडी)। प्रहरी निरीक्षक साह झण्डै ९ महिनाअघि सिम्रौनगढ सरुवा भएका थिए। तर, इन्स्पेक्टर साहले नाका खुकुलो छोड्दा सिम्रौनगढमा भारतीय तस्करहरू सक्रिय भएका छन्। सिम्रौनगढ, खजानी, कचोर्वा, बसवरियामा अहिले दुवै देशका तस्करहरू तस्करीमा सक्रिय छन्। भारतीय तस्करहरूले भारतबाट मोटरसाइकल र ट्याक्टरका पाट्र्स, चिनी, कपडा, खानेतेल नेपाल भित्र्याउदै सिम्रौनगढ, कचोर्वा, कटहरिया, बङ्कुल, गरुडा, चन्द्रपुर, निजगढ, कोल्हवी, मौलापुर, हर्नैया पु¥याउने गरेका छन्। यसरी सिम्रौनगढमा तस्करी गतिविधि मौलाउनुमा इन्सपेक्टर साहको मिलेमतो रहेको छ । जसले गर्दा ठूलो मात्रामा अवैध कारोबार सञ्चालन भइरहेको हो। प्रहरीको मुख्य दायित्व अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम…

थप

दाङ । दाङका विभिन्न सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रबाट प्रहरीले बेवारिसे अवस्थामा ५५ नाल भरुवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार साउन १६ देखि १९ गतेसम्म जिल्लाका विभिन्न वन क्षेत्रमा विशेष खोजतलास अभियान सञ्चालन गरिएको थियो। अभियानमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीबाट खटिएका संयुक्त प्रहरी टोली सहभागी थिए। प्रहरीका अनुसार बंगलाचुली गाउँपालिका–४, ५, ६, ७ र ८ अन्तर्गतका हिमाल लालीगुराँस, खारखोली, बंगलाचुली, लहरे, मौवालेख, ल्वाङे–भत्कुले, न्यु कालिका र नव चेतनशील सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रबाट ४८ नाल भरुवा बन्दुक बरामद गरिएको हो। यस्तै, लमही नगरपालिका–९ स्थित बिरह सामुदायिक वनबाट थप…

थप

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–४ हुप्रचौरस्थित एक होटलमा मदिरा सेवनपछि झगडा गरेको आरोपमा दुई सरकारी कर्मचारी पक्राउ परेका छन्। मंगलबार साँझ होटलमा मादक पदार्थ सेवनका क्रममा दुई पक्षबीच विवाद र झगडा भएको सूचना पाएपछि वडा प्रहरी कार्यालय सानोपोखराको टोली घटनास्थल पुगेको थियो। प्रहरीले झगडामा संलग्न दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाएको जनाएको छ। घटनास्थलबाट बागमती प्रदेश ०३–००१ ब ३४९ र बागमती प्रदेश ०३–००१ ब २९० नम्बरका सरकारी नम्बर प्लेट भएका दुई मोटरसाइकल पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ती मोटरसाइकल कुन सरकारी कार्यालयका हुन् र कसले प्रयोग गरिरहेका थिए भन्ने विषय खुल्न बाँकी…

थप