Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौँ । काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशी नगर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा भएका छन्। महानगर कार्यपालिकाको निर्णयअनुसार नगर प्रहरीको नेतृत्व सम्हाल्दै आएका जोशीलाई नगर प्रहरी उपरीक्षक (एसपी) बाट बढुवा गरी एसएसपीको जिम्मेवारी दिइएको हो। महानगर कार्यपालिकाले गत जेठ ३ गते नै उनको बढुवाको निर्णय गरेको थियो। सोही निर्णयअनुसार बुधबार उनलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँईले जोशीलाई दर्ज्यानी चिन्ह लगाइदिएका थिए। नवनियुक्त एसएसपी जोशीको महानगर प्रहरीमा तीन दशकभन्दा लामो सेवा अनुभव रहेको छ। उनले वि.सं. २०५० साल भदौ १४ गते नगर प्रहरी सई (नायव…
एसएसपीहरूलाई आईजीपी कार्कीको निर्देशन : प्राप्त जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नू
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले हालै सरुवा भएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई प्राप्त जिम्मेवारी इमान्दारी, निष्ठा र व्यावसायिकताका साथ निर्वाह गर्न निर्देशन दिएका छन्। बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सरुवा भई आ–आफ्नो कार्यक्षेत्रमा जान लागेका एसएसपीहरूलाई सम्बोधन गर्दै आईजीपी कार्कीले नवीन सोच र सिर्जनशीलतासहित कार्यसम्पादन गर्न आग्रह गरे। उनले उपलब्धिमूलक तथा उत्कृष्ट कार्यसम्पादनका लागि शुभकामना व्यक्त गर्दै संगठनको गरिमा र नागरिकको विश्वास कायम रहने गरी जिम्मेवारी बहन गर्नुपर्ने बताए। प्रहरी महानिरीक्षक कार्कीले संगठनको शुद्धीकरण र सुदृढीकरणलाई प्राथमिकतामा राखी नेपाल प्रहरीको संस्थागत विकासमा योगदान पुग्ने गरी काम गर्न निर्देशन दिए। उनले शून्य सहनशीलताको नीतिअनुसार प्रविधिको अधिकतम प्रयोग…
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको विशेष सम्बन्धलाई अझ सुदृढ बनाउन नयाँ सरकारसँग सहकार्य गर्न भारत तयार रहेको बताएका छन्। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगको भेटपछि सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै मोदीले यस्तो धारणा व्यक्त गरेका हुन्। मोदीले लामिछानेसँग भेटवार्ता गर्न पाएकोमा खुसी व्यक्त गर्दै साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने प्रतिबद्धतालाई स्वागत गरेको उल्लेख गरेका छन्। उनले नेपाल र भारतबीचको सम्बन्ध विशेष, घनिष्ठ तथा बहुआयामिक रहेको बताउँदै त्यसलाई थप उचाइमा पुर्याउन भारत प्रतिबद्ध रहेको बताएका छन्। ‘नेबरहुड फर्स्ट’ (छिमेकी पहिलो) नीतिअन्तर्गत नेपाल भारतको प्राथमिक साझेदार रहेको उल्लेख गर्दै मोदीले दुई देशबीचको सहकार्यलाई…
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई आफूले बयान नदिएको दाबी गरेका छन् । असंवैधानिक सरकारले फसाउनका लागि आयोग बनाएको उनको आरोप छ । ‘मैले बयान दिइनँ, तर आयोगले बयान दियो भनेर छाप्यो’ उनले एमालेको राष्ट्रिय कार्यशालामा बुधबार भने,’आयोगले मलाई प्रश्नपत्र पठाएको थियो । मैले म बयान दिन्नँ भनेर फिर्ता पठाइदिएँ । तर मैले बयान दिइनँ ।’ फागुन २१ को चुनावमा एउटा पूर्वनिर्धारित नाटक भएको आरोप लगाएका छन् । चुनाव सकिएको करिब तीन महिनापछि उनले चुनावको परिणाममाथि प्रश्न उठाएका छन् । उनले जे जस्तो भए पनि अब चुनावी परिणामलाई स्वीकारेर संसद्मा भूमिका खेलिरहेको उल्लेख…
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार पूर्वाग्रहको पोको भएको जिकिर गरेका छन् । बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारले नयाँ दल र सेनाको सम्पत्ति छानबिन नगर्ने नीति लिएको भन्दै खाली आफू र पुराना पार्टीका मान्छेहरुलाई मात्रै फसाउन लागिपरेको बताए । सम्पत्ति छानबिन आयोग बनाएर राज्यले छानिछानि फसाउन खोजेको भन्दै उनले यस्ता अयोगलाई आफूले नमान्ने र बयान पनि नदिने बताए । उनले भने, ‘अरुले बयान दिएपनि मचाहिँ बयान दिन्नँ । सम्पत्ति विवरण भरेर म पठाउँदिनँ, जेजे गर्न सक्छ गरोस् । यो राज्य राज्य होइन । यो पूर्वाग्रहको पोको हो ।’ साथै उनले राज्य संयन्त्रमा रहेका…
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनाहरू सामान्य आन्दोलन वा क्रान्ति नभई तत्कालीन सरकारलाई विस्थापित गर्न रचिएको पूर्वनियोजित षड्यन्त्र भएको बताएका छन् । २१ फागुनको चुनावपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका अध्यक्ष ओलीले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनको सार संक्षेपलाई उद्धृत गर्दै ती घटनाहरू प्रायोजित र आपराधिक क्रियाकलापको हिस्सा भएको दाबी गरेका हुन् । संवैधानिक र लोकतान्त्रिक रूपमा बलियो तथा जननिर्वाचित बहुमत प्राप्त सरकारलाई कानूनी र संसदीय प्रक्रियाबाट ढाल्न नसकेपछि अवैधानिक र आपराधिक मार्ग अपनाइएको ओलीको तर्क छ । उनले ती घटनाहरूको पृष्ठभूमिमा लामो समयदेखि तालिम र तयारी गरिएको समेत उल्लेख गरे…
काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासको भित्तामा सजाएर राखिएका हात्तीका दुई थान दाह्रा चोरी भएको खुलेको छ । गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले राष्ट्रपति निवास तोडफोड गर्नुका साथै आगजनी समेत गरेका थिए । राष्ट्रपति बस्ने कुर्सीदेखि, भित्तामा सजाइएका तस्बिरहरु समेत जलाउने, भाँच्ने काम भएका थिए । त्यही मौकामा भित्तामा राखिएका दुई थान हात्तीका दाह्रा समेत चोरी भएको खुलेको हो । चोरी भएको करिब ९ महिनापछि प्रहरीले दाह्रा चोरीको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले नयाँ बसपार्क तथा मनमैजु क्षेत्रमा अपरेशन चलाएर दाह्रासहित केही व्यक्तिलाई पक्राउ…
काठमाडौं । डडेलधुराको परिगाउँ बीओपीमा कार्यरत सशस्त्र प्रहरी जवान ओमप्रकाश पुन मगर हराएको तीन दिनपछि महाकाली नदीमा मृत अवस्थामा भेटिए। उनी १५ जेठमा सीमा गस्तीका क्रममा हारबोर बीओपीमा बसेपछि १६ जेठ बिहान रोलकलमा अनुपस्थित भएका थिए। सशस्त्र प्रहरीका अनुसार पुन मगर विवाह वर्षगाँठ मनाउन भन्दै बीओपीबाट निस्किएका थिए। उनीसँगै उनका मामा नाता पर्ने तीर्थबहादुर थापाको शव पनि महाकाली नदीमा भेटिएको छ। दुवै जना माछा मार्न गएको हुनसक्ने आशंका गरिएको भए पनि यसको आधिकारिक पुष्टि भएको छैन। घटनापछि सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी अभियान सञ्चालन गरेका थिए। पुन मगरको शव सोमबार कञ्चनपुर–टनकपुर ब्यारेज क्षेत्रको महाकाली नदीमा फेला परेको थियो। गस्तीमा…
२० महिनादेखि तलब नपाएका कर्मचारी क्यान्सरसँग जुध्दै, तलबको माग गर्दै नगरपालिकामा तालाबन्दी
रौतहट । रौतहटको कटहरिया नगरपालिका–२ हथियाहीका कार्यालय सहयोगी श्रीराउत बरै यतिबेला क्यान्सर रोगसँग संघर्ष गरिरहेका छन्। भरतपुरस्थित क्यान्सर अस्पतालमा विगत डेढ महिनादेखि उपचाररत बरै आर्थिक अभावका कारण थप समस्यामा परेका छन्। परिवारका अनुसार उनको स्वास्थ्य अवस्था जटिल रहेकाले निरन्तर उपचार, औषधि तथा नियमित स्वास्थ्य निगरानी आवश्यक छ। तर, उपचार खर्च बढ्दै जाँदा परिवारलाई आर्थिक व्यवस्थापन गर्न कठिन भइरहेको छ। समाजसेवी विनोदलाल कर्णका अनुसार बरैले कटहरिया नगरपालिकाबाट पाउनुपर्ने करिब २० महिनाको तलब हालसम्म प्राप्त गरेका छैनन्। लामो समयदेखि पारिश्रमिक रोकिँदा परिवारको आर्थिक अवस्था कमजोर बनेको र बिरामी परेपछि समस्या झन् जटिल भएको उनको भनाइ छ। ‘एकातिर रोगसँग संघर्ष गरिरहेका छन् भने…
अमेरिका, रुस, चीन, भारत, बेलायत तथा अन्य शक्तिशाली राष्ट्रहरूमा सरकार प्रमुखले नियमित रूपमा सुरक्षा तथा गुप्तचर निकायबाट ब्रीफिङ लिने गर्छन्। राष्ट्रिय सुरक्षा, राजनीतिक अवस्था, सामाजिक तनाव, अन्तर्राष्ट्रिय घटनाक्रम र सम्भावित जोखिमबारे उनीहरूलाई निरन्तर जानकारी गराइन्छ। किनकि राज्य सञ्चालन केवल राजनीतिक भाषण, प्रशासनिक निर्णय वा कूटनीतिक गतिविधिमा मात्र सीमित हुँदैन। राज्य सञ्चालनको आधार भनेकै समयमै प्राप्त हुने सूचना, त्यसको विश्लेषण र त्यसअनुसार गरिने निर्णय हो। विश्वका यी मुलुकहरूमा सुरक्षा निकाय र सरकार प्रमुखबीचको सम्बन्ध औपचारिक मात्र होइन, कार्यगत रूपमा पनि अत्यन्त महत्वपूर्ण मानिन्छ। सुरक्षा संयन्त्रले संकलन गर्ने सूचना र सरकार प्रमुखले लिने निर्णयबीचको समन्वयलाई राज्यको स्थायित्वसँग जोडेर हेरिन्छ। विकसित लोकतन्त्रदेखि शक्तिशाली…