Author: Scoop Khabar

काठमाडौं । नेपाल प्रहरीमा प्रहरी नायब उपरीक्षक (डीएसपी)का २६ पद रिक्त छन्। तर, रिक्त पदभन्दा कैयौँ गुणा बढी प्रहरी निरीक्षक बढुवाको दौडमा रहेपछि लामो समयदेखि बढुवा प्रक्रिया अघि बढ्न सकेको छैन। अघिल्लो आर्थिक वर्षको अन्त्यतिर प्रहरी प्रधान कार्यालयले डीएसपी बढुवाको प्रारम्भिक गृहकार्य अघि बढाउन खोजे पनि आकांक्षी अधिकृतहरूको चलखेल, दबाब र गृह मन्त्रालय तथा प्रहरी नेतृत्वबीचको समन्वय अभावका कारण प्रक्रिया रोकिएको स्रोतको दाबी छ। डीएसपी बढुवाका लागि २०६४ पुस १२ गते प्रहरी निरीक्षकमा नियुक्त भएका चन्द्रबहादुर थापा प्रमुख दाबेदार मानिन्छन्। त्यस्तै, २०५४ चैत १६ गते प्रहरी सहायक निरीक्षकबाट सेवा प्रवेश गरी आन्तरिक बढुवाबाट निरीक्षक बनेका धर्मराज मुडभरी, गौतम बोहोरा र…

थप

काठमाडौं । प्रहरीले मकवानपुरबाट पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । मकवानपुरको बागमती गाउँपालिका–९ बेतनी अगौटेबाट प्रहरीले एक थान पेस्तोल र त्यसमा लाग्ने एक थान म्यागजिन बरामद गरेको हो। प्रहरी वृत्त नयाँबानेश्वर, काठमाडौँबाट खटिएको टोलीले बेतनी अगौटे बस्ने १९ वर्षीय टेकबहादुर सिङतानलाई आइतबार दिउँसो नयाँबानेश्वरबाट नियन्त्रणमा लिएको थियो। सोधपुछका क्रममा सिङतानले आफ्नो घरमा पेस्तोल लुकाएर राखेको बताएपछि नयाँबानेश्वर र इलाका प्रहरी कार्यालय फापरबारी, मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनको घरमा तलासी गरेको थियो। तलासीका क्रममा घरमा रहेको जेब्रा झोलाभित्र लुकाएर राखिएको अवस्थामा पेस्तोल र म्यागजिन फेला परेको प्रहरीले जनाएको छ।

थप

पोखरा । बेलायतमा अथाह सम्पत्ति रहेको र नेपाल आएर सँगै जीवन बिताउने प्रलोभनमा परेकी कास्कीकी एक महिलाले अनलाइन ठगीबाट ३१ लाख रुपैयाँ गुमाएकी छन्। ठगी भएको भन्दै प्रहरीले थप रकम नपठाउन सचेत गराए पनि भावनात्मक दबाबमा परेकी उनले पुनः २२ लाख रुपैयाँ पठाएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ठगीको सुरुवात फेसबुकबाट भएको थियो। बेलायतको कोड भएको ह्वाट्सएप नम्बर प्रयोग गर्ने एक व्यक्तिले आफू अविवाहित रहेको र बेलायतमा प्रशस्त सम्पत्ति रहेको भन्दै ती महिलासँग सामाजिक सञ्जालमार्फत मित्रता गाँसेका थिए। ती व्यक्तिले बेलायतमा रहेको सम्पत्ति बेचेर नेपाल आउने, यहाँ घरजग्गा किन्ने र महिलासँगै जीवन बिताउने भन्दै विश्वास दिलाएका थिए।…

थप

रविन सिंह बस्नेत काठमाडौं । नेपाल अहिले केवल राजनीतिक नेतृत्व परिवर्तनको बहसमा छैन, राज्य सञ्चालनको शैली नै परिवर्तन गर्नुपर्ने मोडमा उभिएको छ। एकातिर लिपुलेक, कालापानी र लिम्पियाधुराजस्ता सीमा प्रश्न राष्ट्रिय संवेदनशीलताका विषय बनेका छन् भने अर्कोतर्फ दुई ठूला छिमेकी भारत र चीन आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारतर्फ अघि बढिरहेका छन्। यस्तो अवस्थामा नेपालको परराष्ट्र नीति सीमा विवादमा मात्रै केन्द्रित हुने कि राष्ट्रिय हितलाई केन्द्रमा राखेर आर्थिक कूटनीतिको नयाँ बाटो खोल्ने भन्ने प्रश्न गम्भीर रूपमा उठेको छ। सीमा नेपालको सार्वभौमिकता र राष्ट्रिय स्वाभिमानसँग जोडिएको विषय हो। त्यसमा कुनै सम्झौता हुन सक्दैन। तर सीमा प्रश्नलाई कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रयाससँगै व्यापार, पारवहन,…

थप

रौतहट । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बारा जिल्लाको निजगढ–धन्सार खोला पुल नजिक सडकको अवस्था लामो समयदेखि जोखिमपूर्ण बन्दै गएको छ। सडकमा देखिएको क्षति करिब तीन वर्षदेखि क्रमशः बढ्दै गए पनि त्यसको स्थायी समाधानतर्फ सम्बन्धित निकायले प्रभावकारी कदम नचालेको यात्रुहरूको गुनासो छ। दिनहुँ हजारौँ सवारीसाधन गुड्ने देशकै प्रमुख राजमार्गमा सडकको एक भागमा भ्वाङ तथा क्षति देखिँदा समेत लामो समयसम्म मर्मत नहुनुले सडक सुरक्षा र सरकारी निकायको अनुगमनमाथि गम्भीर प्रश्न उठाएको छ। यात्रु प्रितम कुमार मिश्रले सामाजिक सञ्जाल फेसबुकमार्फत सडकको तस्वीर सार्वजनिक गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। उनले सडकको क्षति नयाँ नभएको र करिब तीन वर्षदेखि क्रमशः बिग्रिँदै गएको उल्लेख गर्दै तत्काल मर्मत…

थप

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गरेका छन्। भेटवार्ता अहिले जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री शाहले आजै दिउँसो ३ बजे चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता गर्ने तयारी रहेको छ। प्रधानमन्त्री शाहले राजदुतहरुसँग एक्लाएक्लै भेटवार्ता गर्न लागेको यो पहिलो पटक हो। प्रधानमन्त्री शाहले यसअघि गत चैत २५ गते नेपालका लागि विभिन्न देशका राजदूत र कुटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक भेटवार्ता गरेका थिए। यसअघि प्रधानमत्री शाहले विदेशी राजदुत र उच्च अधिकारीहरुलाई भेट्न अस्वीकार गर्दै आएका थिए।

थप

दार्चुला । नौगाड गाउँपालिका–१ को वडा कार्यालयमा मदिरा सेवन गरी कर्मचारीहरूसँग विवाद गर्दै अश्लिल हर्कत गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नौगाड गाउँपालिका–१ ईयरकोटका रोशन ठगुन्ना रहेका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गौरव महतका अनुसार ठगुन्नालाई आइतबार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको हो । प्रहरीका अनुसार वडा कार्यालयमा ठगुन्नाले अश्लिल हर्कत गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाबारे अनुसन्धान थालिएको हो । भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाले सार्वजनिक चासोसमेत पाएको थियो । के भएको थियो ?प्रहरीका अनुसार घटना गत शुक्रबारको हो । वडा कार्यालय नजिकै घर भएका…

थप

काठमाडौं । नाबालिकाको डिम्ब किनबेच प्रकरणमा पक्राउ परेकी डा. नुतन शर्मा हाजिर जमानीमा छुटेकी छन् । सरकारी वकिलको कार्यालय ललितपुरले बिहीबार शर्मालाई हाजिर जमानीमा राख्न आदेश दिएको हो । बिएन्डबी अस्पतालस्थित आईभीएफ क्लिनिकबाट १७ वर्षीया किशोरीको डिम्ब निकालिएको घटनामा उनीमाथि अनुसन्धान भइरहेको छ । फिलिपिन्समा रहेकी शर्मा नेपाल फर्किएपछि अनुसन्धानमा सहयोग गर्ने भन्दै निवेदन दिएर प्रहरीसमक्ष उपस्थित भएकी थिइन् । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार उनलाई बिहीबार नियन्त्रणमा लिएर सोही दिन सरकारी वकिलको कार्यालयमा बयान लिइएको थियो । प्रहरी स्रोतका अनुसार बयानका क्रममा शर्माले आफूले कुनै गैरकानुनी काम नगरेको दाबी गर्दै आरोप अस्वीकार गरेकी छन् । बयानपछि…

थप

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच आइतबार साँझ बालुवाटारमा भेटवार्ता भएको छ । सरकार र पार्टीबीच बढ्दो संशय तथा तिक्तताबीच भएको भेटवार्ता करिब ४५ मिनेट चलेको बताइएको छ । लामिछाने प्रधानमन्त्री शाहलाई भेट्न आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । उच्च स्रोतका अनुसार भेटमा सरकार सञ्चालनमा पार्टीको भूमिका, सरकारका कामकारबाही तथा पार्टी र सरकारबीचको समन्वयलगायत विषयमा छलफल भएको थियो । त्यस्तै, लामिछानेको आसन्न भारत भ्रमण र प्रधानमन्त्री शाहले समेत भारत भ्रमण गर्ने तयारीबारे छलफल भएको बताइएको छ । दुवै भ्रमणको तयारी तथा त्यससँग जोडिएका विषयमा उनीहरूबीच कुराकानी भएको स्रोतको दाबी…

थप

काठमाडौं । आफ्नो अभिव्यक्तिको आलोचना भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका छन् । आइतबार फेसबुकमार्फत स्पष्टीकरण दिँदै ढकालले आफूले सिंहदरबारको नाम र त्यसको ‘स्वभाव–भावभंगी’बारे प्रश्न उठाएको बताएका छन् । उनले आफ्नो भनाइलाई वर्तमान परिवर्तनसँग मात्र जोडेर नहेर्न आग्रह गरेका छन् । ‘त्यो दरबारको स्वभाव–भावभंगी नामजस्तै देखिने हुनुहुन्न भन्ने सन्दर्भ थियो, सत्यको लिगेसीको सन्दर्भ थियो,’ उनले लेखेका छन्, ‘यसपटकको परिवर्तन होइन, पहिले–पहिलेका परिवर्तनमा कति धेरै ठाउँका नाम परिवर्तन भए । त्यसको पनि परिवर्तन गरेर अरू नै नाम राखिदिएको भए हुने थियो भनेको थिएँ ।’ ढकालले आफ्नो पूरा भिडियो हेरेर धारणा बनाउन आग्रह गर्दै आफू आफ्नो तर्कमा…

थप