काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गरेका छन्।
भेटवार्ता अहिले जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री शाहले आजै दिउँसो ३ बजे चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता गर्ने तयारी रहेको छ।
प्रधानमन्त्री शाहले राजदुतहरुसँग एक्लाएक्लै भेटवार्ता गर्न लागेको यो पहिलो पटक हो। प्रधानमन्त्री शाहले यसअघि गत चैत २५ गते नेपालका लागि विभिन्न देशका राजदूत र कुटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक भेटवार्ता गरेका थिए।
यसअघि प्रधानमत्री शाहले विदेशी राजदुत र उच्च अधिकारीहरुलाई भेट्न अस्वीकार गर्दै आएका थिए।
Facebook Comments Box
