काठमाडौं । प्रहरीले मकवानपुरबाट पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ ।
मकवानपुरको बागमती गाउँपालिका–९ बेतनी अगौटेबाट प्रहरीले एक थान पेस्तोल र त्यसमा लाग्ने एक थान म्यागजिन बरामद गरेको हो।
प्रहरी वृत्त नयाँबानेश्वर, काठमाडौँबाट खटिएको टोलीले बेतनी अगौटे बस्ने १९ वर्षीय टेकबहादुर सिङतानलाई आइतबार दिउँसो नयाँबानेश्वरबाट नियन्त्रणमा लिएको थियो।
सोधपुछका क्रममा सिङतानले आफ्नो घरमा पेस्तोल लुकाएर राखेको बताएपछि नयाँबानेश्वर र इलाका प्रहरी कार्यालय फापरबारी, मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनको घरमा तलासी गरेको थियो।
तलासीका क्रममा घरमा रहेको जेब्रा झोलाभित्र लुकाएर राखिएको अवस्थामा पेस्तोल र म्यागजिन फेला परेको प्रहरीले जनाएको छ।
Facebook Comments Box
