काठमाडौं । नेपाल प्रहरीमा प्रहरी नायब उपरीक्षक (डीएसपी)का २६ पद रिक्त छन्। तर, रिक्त पदभन्दा कैयौँ गुणा बढी प्रहरी निरीक्षक बढुवाको दौडमा रहेपछि लामो समयदेखि बढुवा प्रक्रिया अघि बढ्न सकेको छैन।
अघिल्लो आर्थिक वर्षको अन्त्यतिर प्रहरी प्रधान कार्यालयले डीएसपी बढुवाको प्रारम्भिक गृहकार्य अघि बढाउन खोजे पनि आकांक्षी अधिकृतहरूको चलखेल, दबाब र गृह मन्त्रालय तथा प्रहरी नेतृत्वबीचको समन्वय अभावका कारण प्रक्रिया रोकिएको स्रोतको दाबी छ।
डीएसपी बढुवाका लागि २०६४ पुस १२ गते प्रहरी निरीक्षकमा नियुक्त भएका चन्द्रबहादुर थापा प्रमुख दाबेदार मानिन्छन्। त्यस्तै, २०५४ चैत १६ गते प्रहरी सहायक निरीक्षकबाट सेवा प्रवेश गरी आन्तरिक बढुवाबाट निरीक्षक बनेका धर्मराज मुडभरी, गौतम बोहोरा र प्रविण जोशी (ज्ञवाली) पनि प्रतिस्पर्धामा छन्।
यी चार अधिकृतबीच खासै प्रत्यक्ष प्रतिस्पर्धा नरहेको देखिए पनि मुख्य चुनौती २०७२ सालको ठूलो ब्याचबाट सीमित संख्यामा अधिकृत छनोट गर्नु हो।
२०७२ असोज ८ गते प्रहरी निरीक्षकमा नियुक्त भएको ब्याचमा १२४ जना छन्। तर, डीएसपीमा २२ जनालाई मात्र समेट्नुपर्ने भएपछि प्रहरी नेतृत्वमाथि योग्य, वरिष्ठ र व्यावसायिक अधिकृत छुट्ने जोखिमसँगै आफू निकट अधिकृतलाई समेट्ने दबाबसमेत परेको बताइन्छ।
यो ब्याचमा केशव राज भट्ट, गणेश पौडेल, किसन बस्नेत, संबित भण्डारी, बिनोद श्रेष्ठ, थम्मन जि.सी., बिनोद सुवेदी, हिमबहादुर के.सी., शंकर श्रेष्ठ, मोहनविक्रम के.सी., वसन्त आचार्य, सुदर्शन पन्थी, धर्मराज जोशी, बुद्धिराम चौलागाईं, रमेश बिष्ट, रविनराज मैनाली, बुद्धिप्रसाद सुवेदी, कृष्ण खड्का, उमेश गुरुङ (श्रेष्ठ), खेमप्रसाद नेपाल, दीपक थापा, अमरबहादुर माझी, नारायण थापा, रोशनराज पाण्डेय, कृष्ण बस्याल, जितेश दाहाल, दिवाकर रिजाल र फलबहादुर तामाङ लगायत छन्।
त्यस्तै रबिन्द्र महत, ऋषिराज ढकाल, नरबहादुर साउद, माधव के.सी., उमाकान्त जोशी, गणेश सुवेदी, दीपक के.सी., जनकराज बन्जरा, कान्तिराज जोशी, देवराज काफ्ले, यामबहादुर मल्ल, दीपक महत क्षेत्री, प्रकाश राउत, धनदेव साउद, लक्ष्मी खड्का, राजाराम खड्का, भरतराज गिरी र विकासकुमार तामाङ पनि बढुवाका आकांक्षी हुन्।
यसैगरी जगदिश रेग्मी, सुशिल के.सी., वीरेन्द्र घिमिरे, प्रकाश सिंह कार्की, शुभेश अधिकारी, हृदेशकुमार सापकोटा, सुन्दर चौलागाईं, मोतिलाल योन्जन तामाङ, कन्चन तामाङ, प्रशान्त श्रेष्ठ, खगेन्द्र सिंह साउद, सुदर्शन देव जोशी, राजकुमार तामाङ, उद्धव पोखरेल, डेकेन्द्र शर्मा (रेग्मी), वीरेन्द्र सिंह थापा, रामराजा केशरी र भुपेन्द्र गिरी पनि प्रतिस्पर्धामा छन्।
त्यस्तै ईश्वरी अधिकारी, सुमनकुमार थापा, कैलाशकुमार अधिकारी, महेशराज पाठक, शुकदेव पौडेल, अनिष भण्डारी, अमृत भण्डारी, पुष्करराज पन्त, सरला गिरी, पंकज चुदाली, नवराज सापकोटा, निरन्जन घिमिरे, सबिनकुमार संग्रौला, देउप्रसाद लिम्बु, राजकुमार भट्ट, गणेश खनाल, रामकृष्ण श्रेष्ठ, कमल परियार, अनोज बि.क. र शोभा पाण्डेय पनि दौडमा छन्।
अर्को समूहमा वीरेन्द्रराज गुरुङ, ध्रुवबहादुर बिष्ट, रामबालक राय, उमाशंकर प्रसाद शाह, कृष्ण श्रेष्ठ, सुशोभन श्रेष्ठ, कोशिसबाबु जोशी, कल्पना सापकोटा, दिनेश रिमाल, निरोज चौलागाईं, अरविन्दकुमार साह, शान्ता वाईबा, चुडामणि पुन, ध्रुवनारायण श्रेष्ठ, जितेन्द्र श्रेष्ठ, माधव विश्वकर्मा, खगेन्द्र एक्तेन, उज्ज्वलबहादुर सिंह, घनेन्द्र हाङ खजुम, विशाल तामाङ र अस्मिता कपाली रहेका छन्।
त्यस्तै चुडा कुमारी खड्का, कोमल ठाकुर, विक्रम साह, हिक्मतबहादुर थापा, भगवती तिमिल्सेना, मनोजकुमार यादव, ओमप्रकाश यादव, महेन्द्र दर्नाल, चन्द्रकिशोर साह, कमला नराल, ज्ञानमञ्जरी शर्मा, अशोककुमार शाह, सुजता तुम्वाहाङ्फे, राजकिशोर साह तेली, विष्णु बि.क., दीपक मगराठी, इन्द्रजीत सुनार र देवेन्द्र दास पनि डीएसपीका आकांक्षी हुन्।
को कस्ता ?
बढुवा दौडमा रहेका केही अधिकृत विगतमा विभिन्न घटनाका कारण विवादमा आएका छन्। केशवराज भट्ट कलंकी ट्राफिकमा रहँदा कार्यालय डुबानमा परेको घटनापछि चर्चामा आएका थिए। त्यस्तै गणेश पौडेल झापा ट्राफिक र थम्मन जि.सी. दाङ ट्राफिकमा रहँदा चेकजाँचका नाममा अनधिकृत रकम असुली भएको आरोपमा विवादित बनेको स्रोत बताउँछ।
खेमप्रसाद नेपाल बारा क्राइम इन्चार्ज हुँदा अकुत सम्पत्ति आर्जन तथा जिल्लाभित्र सरुवामा चलखेल गरेको आरोपपछि प्रदेश प्रहरी कार्यालय तानिएको बताइन्छ।
बुद्धिप्रसाद सुवेदी, मोहनविक्रम के.सी. र दीपक थापा पनि विवादका कारण चर्चामा आएका अधिकृतका रूपमा स्रोतले उल्लेख गरेको छ। उनीहरू बढुवाका लागि विभिन्न राजनीतिक तथा शक्तिकेन्द्रसँग सम्पर्क बढाइरहेको दाबीसमेत स्रोतको छ।
जितेश दाहाल ट्राफिकमै बस्न रुचाउने अधिकृतका रूपमा चिनिने गरेको, जबकि नारायण थापा लालबन्दी इलाका प्रहरी कार्यालयमा रहँदा विवादमा आएको बताइन्छ। लक्ष्मी खड्का बलम्बु प्रहरी प्रभागमा रहँदा विवादमा आएकी थिइन्।
इन्स्पेक्टर भुपेन्द्र गिरी, वीरेन्द्र घिमिरे पनि विवादित अधिकृतको सूचीमा रहेको स्रोतको दाबी छ। कन्चन तामाङ मुग्लिन प्रहरी प्रमुख हुँदा विवादमा तानिएका थिए।
सुमनकुमार थापा रसुवाको टिमुरेमा कार्यरत रहँदा शान्ति सुरक्षाभन्दा आर्थिक गतिविधिमा बढी केन्द्रित भएको आरोपमा विवादित बनेका थिए। पुष्करराज पन्त निलम्बनमा परिसकेका अधिकृत हुन् भने शोभा पाण्डे हाल कास्की ट्राफिक प्रमुखका रूपमा कार्यरत रहँदा चेकजाँचका नाममा चालकलाई दुःख दिएको आरोपमा आलोचित भएको स्रोतको दाबी छ।
त्यस्तै जितेन्द्र श्रेष्ठ, कोशिसबाबु जोशी, शान्ता वाईबा, विशाल तामाङ, रामबालक राय र उमाशंकर प्रसाद शाह पनि कमजोर कमाण्ड क्षमता वा विगतका विवादका कारण चर्चामा आएका अधिकृतका रूपमा स्रोतले उल्लेख गरेको छ।
हिक्मतबहादुर थापा नागढुंगा प्रभागमा रहँदा मदिरा सेवनसँग जोडिएको विवादमा परेको र कीर्तिपुरको होल्डिङ सेन्टरमा पनि विवादमा आएको बताइन्छ। इन्द्रजित सुनार पनि बढुवाका लागि सक्रिय रहेको स्रोतको दाबी छ।
यता प्रहरी महानिरीक्षक दानबहादुर कार्कीका पिएसओका रूपमा कार्यरत निरोज चौलागाईं समेत डीएसपी बढुवाको दौडमा छन्। प्रहरी नेतृत्वसँग निकट रहेका अधिकृतको बढुवा गर्ने कि बरियतामा रहेका व्यावसायिक अधिकृतलाई प्राथमिकता दिने भन्ने विषयले पनि नेतृत्वलाई अप्ठ्यारोमा पारेको बताइन्छ।
२६ पदका लागि यति ठूलो संख्यामा आकांक्षी रहेकाले बढुवा सिफारिस प्रहरी नेतृत्वका लागि सहज देखिएको छैन। वरिष्ठता, कार्यसम्पादन, कमाण्ड क्षमता, विगतको विवाद र शक्तिकेन्द्रसँगको निकटता- यी सबै पक्षलाई सन्तुलनमा राखेर नाम छनोट गर्नुपर्ने भएपछि डीएसपी बढुवा प्रक्रिया थप पेचिलो बनेको छ।
पुसको अवकाश पनि कुर्दै प्रहरी नेतृत्व
अहिले रिक्त रहेका डीएसपीका २६ दरबन्दीमा तत्कालै बढुवा गर्नेभन्दा आगामी पुसमा हुने उच्च अधिकृतहरूको अनिवार्य अवकाशपछि एकैपटक बढुवा प्रक्रिया अघि बढाउने रणनीति प्रहरी प्रधान कार्यालयले बनाएको बुझिएको छ।
आगामी पुसको पहिलो साता नेपाल प्रहरीका १२ उच्च अधिकृतले एकैपटक अवकाश पाउने भएपछि त्यसपछि डीएसपीसहित माथिल्लो तहमा थप दरबन्दी रिक्त हुनेछन्। त्यसैलाई मध्यनजर गर्दै प्रहरी प्रधान कार्यालयले हाल रिक्त रहेका पदलाई समेत समेटेर एकैपटक ठूलो संख्यामा बढुवा गर्ने तयारी गरेको स्रोतको दाबी छ।
नियमित अवकाशको करिब १० दिनअघि नै आगामी मंसिर २३ गते ५६ वर्षे उमेरहदका कारण प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले अवकाश पाउनेछन्।
त्यसपछि पुस ४ गते ३० वर्षे सेवाहदका कारण प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिद्धिबिक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विश्वकर्माले अनिवार्य अवकाश पाउनेछन्।
सोही दिन डीआईजीहरू माधवप्रसाद श्रेष्ठ, दिलीपसिंह देउवा, दीपककुमार बस्नेत, ओमबहादुर राना र सुरेन्द्र गुरुङले पनि ३० वर्षे सेवाहदका कारण अवकाश पाउनेछन्।
राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा स्थानान्तरण भएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शारदाप्रसाद चौधरीले समेत ५५ वर्षे उमेरहदका कारण नियमित अवकाशको करिब डेढ वर्षअघि नै पुस ४ गते अवकाश पाउनेछन्।
यसरी पुसको पहिलो साता मात्रै नेपाल प्रहरीका १२ उच्च अधिकृत अवकाशमा जाँदा डीएसपीभन्दा माथिल्लो तहमा समेत उल्लेख्य संख्यामा दरबन्दी रिक्त हुनेछन्। त्यसपछि रिक्त हुने पदलाई समेत समेटेर प्रहरी प्रधान कार्यालयले बढुवा प्रक्रिया अघि बढाउने तयारी गरेको बुझिएको छ।
