Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । देशका लागि पदक जित्ने लक्ष्य बोकेर दिनरात पसिना बगाइरहेका खेलाडीलाई स्वच्छ, सुरक्षित र पोषणयुक्त खाना उपलब्ध गराउनुपर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमै खेलाडीको स्वास्थ्यसँग गम्भीर खेलबाड भइरहेको पाइएको छ। राखेप परिसरमा पशुराम ओलीले संचालनक गरेको चमेना गृहमा खेलाडीले खाने खानाको थालमै मरेको साङ्ला भेटिएको घटना सार्वजनिक भएको छ। घटना दुई हप्ताअघिको हो। २०औँ एसियन गेम्समा सहभागिता जनाउने खेलाडीहरू नियमित रूपमा खाना तथा खाजा खाने क्रममा डाइटको थालमा साङ्ला भेटिएपछि चमेना गृहको सरसफाइ र खाद्य स्वच्छतामाथि गम्भीर प्रश्न उठेको हो। घटनाको तस्बिरसमेत सार्वजनिक भएको छ। खाना खानका लागि राखेपको चमेना गृहमा पुगेका खेलाडीको थालमा नै साङ्ला भेटिनुले भान्साको सरसफाइ,…
काठमाडौं । भाडाको ट्याक्सीमा छुटेको बहुमूल्य माला तथा विभिन्न सामानसहितको झोला ट्राफिक प्रहरीले फेला पारेर सम्बन्धित धनीलाई फिर्ता गरेको छ। गत साउन २३ गते चावहिल–बौद्धबाट चप्पल कारखानातर्फ जाने क्रममा BAH ९४९३ नम्बरको भाडा ट्याक्सीमा एक थान झोला र एक थान साइड झोला छुटेको भन्दै चप्पल कारखाना बस्ने शान्तिकुमारी राईले ट्राफिक प्रहरीमा निवेदन दिएकी थिइन्। निवेदनका आधारमा ट्राफिक प्रहरीले ट्याक्सी र चालकको खोजी गरी छुटेको सामान फेला पारेको थियो। झोलाभित्र बहुमूल्य माला लगायत विभिन्न सामान रहेका थिए। फेला परेको सामान ट्राफिक प्रहरीले आज साउन २६ गते सम्बन्धित धनी शान्तिकुमारी राईलाई हस्तान्तरण गरेको जनाएको छ।
काठमाडौं । स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलाम बिक्री गरेको प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भुपेन्द्र भण्डारीसहित २२ जनालाई प्रतिवादी बनाउन राय दिएको छ। सीआईबीले अनुसन्धान पूरा गरी काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको ब्युरोका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले जानकारी दिएका छन्। प्रतिवादी बनाउन राय दिइएकामध्ये स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशकसहित ६ जना, स्मार्टको सामान खरिदमा संलग्न ३ जना, एनसेलका ९ जना, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका २ जना र नेपाल दूरसञ्चार प्राधिकरणका १ जना रहेका छन्। स्मार्ट टेलिकमको लाइसेन्स नवीकरण नभएपछि २०८० वैशाखदेखि सेवा बन्द भएको थियो। कम्पनी नवीकरण नभएपछि प्राधिकरणको स्वामित्वमा आउनुपर्ने उपकरण…
भैरहवा । कानुनले नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा रोक लगाए पनि भैरहवाका अधिकांश क्यासिनोमा नेपालीहरू खुलेयाम प्रवेश गरी जुवा खेलिरहेको पाइएको छ। केही क्यासिनोमा नेपालीको उपस्थिति न्यून देखिए पनि अधिकांशमा नेपाली जुवाडेको उल्लेख्य उपस्थिति देखिएको स्रोत बताउँछ। केही क्यासिनोमा जुवा खेल्नेहरूमध्ये झण्डै ५० प्रतिशतसम्म नेपाली रहेको बताइएको छ। रूपन्देहीसँगै कपिलवस्तु, नवलपरासी, पाल्पा, दाङ, बाँकेलगायतका जिल्लाबाट नेपाली जुवाडे भैरहवाका क्यासिनो पुग्ने गरेको स्रोतको दाबी छ। काठमाडौंलगायतका ठाउँबाट समेत नियमित रूपमा खेलाडी आउने गरेको बताइएको छ। नेपालीलाई प्रवेश निषेध भए पनि खुलेयाम क्यासिनोभित्र नेपालीको भीड देखिनुले रुपन्देही प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। स्थानीय तथा क्यासिनोसम्बद्ध स्रोतहरूले क्यासिनो सञ्चालक र विभिन्न तहका प्रहरीबीच…
सामाजिक सञ्जाल दुरुपयोग नियन्त्रणमा प्रहरीको नयाँ योजना: ‘एआई’देखि ‘इमिडिएट फ्रड रिपोर्टिङ सिस्टम’सम्म !
काठमाडौं । सामाजिक सञ्जालमार्फत फैलिने मिथ्या सूचना, भ्रामक सूचना, ‘डिपफेक’, ‘हेट स्पिच’ तथा साइबर ठगीका घटना बढ्दै गएपछि नेपाल प्रहरीले प्रविधिमैत्री अनुसन्धान र निगरानी प्रणालीलाई प्राथमिकता दिएको छ। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोगबाट सामाजिक सद्भाव खल्बलिन सक्ने तथा शान्ति सुरक्षामै चुनौती उत्पन्न हुन सक्ने भएकाले प्रहरी यसप्रति सचेत रहेको बताएका छन्। उनका अनुसार यस्ता गतिविधि नियन्त्रणका लागि प्रहरीको जनशक्ति र प्रविधि दुवैलाई थप सक्षम बनाइँदैछ। सामाजिक सञ्जालको निगरानी र अनुसन्धानका लागि साइबर ब्युरोलाई थप साधनस्रोत सम्पन्न बनाउने तथा प्रविधिमा दक्ष जनशक्ति परिचालन गर्ने तयारी छ। प्रहरीले ‘एडभान्स्ड एनालिटिक्स सेल’ मार्फत सामाजिक सञ्जालमा भइरहेका गतिविधिको निगरानीलाई समेत प्रभावकारी…
काठमाडौं । लैनचौरस्थित गाउँबेसी थकालीमा प्रहरीले छापा मार्दा जुवा खेलिरहेको अवस्थामा नेपाल प्रहरीका सई सरोज गिरीसहित १५ जना पक्राउ परेका छन्। दरबारमार्ग प्रहरीले आइतबार छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूको साथबाट करिब १२ लाख रुपैयाँ नगद बरामद भएको प्रहरी स्रोतले जनाएको छ। पक्राउ परेका सई गिरी हाल गौशाला प्रहरी वृत्तमा कार्यरत रहेको बताइएको छ। प्रहरीले उनको जुवा अखडा सञ्चालकहरूसँगको सम्बन्ध र घटनास्थलमा उपस्थितिको कारणबारे अनुसन्धान गरिरहेको छ। थकालीका सञ्चालक सुजन लामासहित १५ जना पक्राउ परे पनि जुवा अखडा सञ्चालक ‘कमल बुकी’ नामले चिनिने कमल ज्ञवाली भने फरार छन्। ज्ञवाली पूर्वप्रहरी कर्मचारी रहेको खुलेको छ। सई गिरीले जुवा सञ्चालकहरूसँग…
चितवन । चितवनमा कपाल काटिरहेका एक युवकमाथि खुकुरी प्रहार भएको छ। भरतपुर महानगरपालिका–२३ कसराचोकमा सोमबार कपाल काटिरहेका २८ वर्षीय शरण गिरीमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। खुकुरी प्रहारबाट गिरीको बायाँ हत्केलामा चोट लागेको प्रहरीले जनाएको छ। घटना लगत्तै खुकुरी प्रहार गर्ने व्यक्ति घटनास्थलबाट फरार भएका थिए। प्रहरीका अनुसार फरार व्यक्तिको खोजी भइरहेको छ। घटनाबारे थप अनुसन्धानसमेत जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
रौतहट । नेपालमा रासायनिक मलको अभाव चर्किरहेका बेला सीमावर्ती नेपाली किसान भारतबाट मल ल्याउन बाध्य छन्। तर, भारतबाट मल ल्याउने क्रममा किसान पक्राउ पर्ने क्रम भने रोकिएको छैन। सर्लाहीका दुई किसान तीन बोरा रासायनिक मल ल्याएको आरोपमा भारतमा पक्राउ परी ३८ दिन जेल बसेर रिहा भएको घटना सेलाउन नपाउँदै फेरि एक नेपालीसहित दुईजना भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा परेका छन्। भारतको बिहारस्थित मोतीहारी जिल्लाको आदापुर थाना क्षेत्रमा नेपालतर्फ युरिया मल ल्याउँदै गरेको आरोपमा एक नेपालीसहित दुईजनालाई भारतीय प्रहरीले सोमबार पक्राउ गरेको हो। भारतीय पक्षका अनुसार नेपालतर्फ युरिया मल लैजान लागेको सूचना पाएपछि आदापुरका कृषि पदाधिकारी र स्थानीय प्रहरीको संयुक्त टोलीले औरैया गाउँस्थित…
ताप्लेजुङ । अन्तर्राष्ट्रिय सुरक्षा मिसनमा छनोट भएपछि ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेश जोशी अढाई महिनामै जिल्ला प्रहरी प्रमुखको जिम्मेवारीबाट बिदा भएका छन्। जोशी अबको केही दिनभित्रै एक वर्षे अन्तर्राष्ट्रिय सुरक्षा मिसनका लागि सुडानको डार्फर जाने तयारीमा छन्। अन्तर्राष्ट्रिय मिसनमा मनोनयन भएपछि उनी ताप्लेजुङबाट बिदा भएका हुन्। जोशीको बिदाइसँगै रिक्त भएको जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी अब डिएसपी कमल बजगाईंले सम्हाल्ने भएका छन्। प्रहरी प्रधान कार्यालयले ताप्लेजुङको प्रहरी प्रमुखका रूपमा बजगाईंलाई पठाउने तयारी गरेको छ। जोशी छोटो अवधिमै जिल्लामा प्रभावकारी प्रहरी नेतृत्व प्रदान गर्ने अधिकृतका रूपमा परिचित थिए। समन्वय तथा सहकार्यमा काविल, अपराध अनुसन्धानमा निपूर्ण, जिम्मेवारीप्रति कर्तव्यनिष्ठ, सेवाग्राहीमैत्री र…
काठमाडौँ । पर्साको वीरगन्जबाट प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित चार जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका–१० आदर्शनगरबाट सोमबार साँझ दुईवटा मोटरसाइकलमा सवार उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। पर्साका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार चेकजाँचका क्रममा उनीहरूको साथबाट स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँ बरामद भएको हो। पक्राउ पर्नेमा भारतको सीतामढी घर भएका २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका–१ का ३२ वर्षीय उपेन्द्र साह र सोही ठाउँका २६ वर्षीय सागरकुमार सर्राफ तथा पर्साको विन्दबासिनी गाउँपालिका–१ झौवागुठीका २५ वर्षीय राहुलकुमार गुप्ता छन्। प्रहरीका अनुसार सुरजको साथबाट १ लाख रुपैयाँ, उपेन्द्रको साथबाट १८ लाख १६ हजार रुपैयाँ, सागरकुमारको साथबाट १८…
