Author: Scoop Khabar

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले नेपाल प्रहरीका बहालवाला उच्च अधिकृतहरूको पनि सम्पत्ति छानबिन गर्ने भएको छ। आयोगको कार्यादेशअनुसार प्रहरी संगठनका वरिष्ठ अधिकृतदेखि नेतृत्व तहसम्मका अधिकारीहरूको सम्पत्ति छानबिन हुने भएको हो । आयोगका सदस्य तथा पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेश केसीका अनुसार आयोगलाई दिइएको कार्यविवरण (टिओआर) ले नेपाल प्रहरीका निश्चित तहका अधिकृतहरूको सम्पत्ति छानबिन गर्ने अधिकार दिएको छ। कार्यविवरणअनुसार प्रहरी संगठनमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) देखि प्रहरी महानिरीक्षक (आईजीपी) सम्मका बहालवाला अधिकारीहरूको सम्पत्ति छानबिन हुनेछ। यस्तै प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्रहरी उपरीक्षक (एसपी) मध्ये जिल्ला, कार्यालय वा कुनै इकाइमा एकपटक वा सोभन्दा बढी समय…

थप

काठमाडौं । सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले पहिलो पटक सांसद तथा मन्त्री बनेका व्यक्ति, बहालवाला न्यायाधीश, नेपाली सेनाका अधिकारी र संवैधानिक आयोगका पदाधिकारीहरूको सम्पत्ति छानबिन नगर्ने भएको छ। आयोगका सदस्य गणेश केसीका अनुसार आयोगलाई दिइएको कार्यादेशभित्र यी पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्ने अधिकार छैन। उनीहरूविरुद्ध उजुरी परेमा भने सम्बन्धित निकायमा अनुसन्धानका लागि सिफारिस गरिनेछ। आयोगले पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, पूर्वन्यायाधीश, पूर्वसांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका पदाधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, निजामती सेवाका उच्च अधिकारीलगायतको सम्पत्ति छानबिन गर्नेछ। यस्तै राष्ट्रपति, उपराष्ट्रपति, पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति तथा पूर्वराजा पनि आयोगको प्रत्यक्ष छानबिनको दायराबाहिर रहेका छन्। आयोगले सार्वजनिक सूचना जारी गर्दै अस्वाभाविक वा गैरकानुनी रूपमा…

थप

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नेत्रमणि गिरीले नेतृत्व सम्हालेको केही दिनमै कञ्चनपुर प्रहरीको एउटा विवादित कारबाही अदालतबाट अस्वीकार भएको छ। महेन्द्रनगरस्थित न्यू रोयल दरबार होटलमा भएको तोडफोड घटनापछि प्रहरीले होटलका कर्मचारी र ग्राहकलाई नियन्त्रणमा लिएर अभद्र व्यवहार मुद्दा चलाएको थियो। तर जिल्ला अदालत कञ्चनपुरले उक्त अभियोग पुष्टि हुने पर्याप्त आधार नदेखिएको भन्दै पाँचै जनालाई सफाइ दिएको छ। जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश राजेन्द्र सिंह भण्डारीको इजलाशले होटलका कर्मचारी सन्तोष भण्डारीसहित हर्कबहादुर चन्द, प्रकाश टेर, पवन थापा र परमानन्द भण्डारीविरुद्ध दायर मुद्दामा प्रहरीको दाबी नपुग्ने ठहर गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मंगलबार सरकारी वकिलको कार्यालयमार्फत उनीहरूविरुद्ध…

थप

काठमाडौँ । शेल कम्पनी र कृत्रिम व्यवसाय खडा गरी प्रभु बैंक लिमिटेडबाट लिइएको कर्जा दुरुपयोग गरेको कसुरमा राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डे पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई बुधवार धनुषाबाट पक्राउ गरेको हो । काठमाडौँ महानगरपालिका-९ रातोपुल बस्ने पाण्डे राम जानकी हेल्थ फाउन्डेसनको सञ्चालक समितिका अध्यक्ष हुन् । उनले महोत्तरीको बर्दिबास नगरपालिका-६ मा ‘इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एन्ड भेटेरिनरी साइन्सेज प्राइभेट लिमिटेड’ नामक शेल कम्पनी खडा गरेका थिए । सोही कम्पनीको एकल सञ्चालक समेत रहेका पाण्डेले विना विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा धितोको अस्वाभाविक रूपमा बढी मूल्याङ्कन गरी बैंकबाट कर्जा लिएको सीआईबीले…

थप

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्किएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल औपचारिक भ्रमणमा नयाँदिल्ली जाने भएका छन्। भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा मन्त्री खनाल आगामी शनिबार तीनदिने भ्रमणका लागि दिल्ली जाने तयारी रहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए। परराष्ट्रमन्त्रीका रूपमा खनालको यो पहिलो औपचारिक विदेश भ्रमण हुनेछ। यसअघि उनी मंसिरमा आयोजित नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी भएका थिए। त्यस क्रममा उनले भारतीय समकक्षी जयशंकर र अन्य केही नेतासँग भेटवार्ता गरेका थिए। मरिससमा खनाल र जयशंकरबीच बदलिएको परिवेशमा नेपाल-भारत सम्बन्धलाई अगाडि बढाउने विषयमा छलफल भएको थियो।

थप

काठमाडौं । बुधबार राति सशस्त्र प्रहरी बल (एपीएफ) को प्रधान कार्यालय हल्चोकस्थित सवारी शाखामा आगलागी हुँदा कम्तीमा पाँच वटा सवारीसाधन जलेका छन्। स्रोतका अनुसार पार्किङ क्षेत्रमा राखिएका सवारीसाधनमा अचानक आगो लागेपछि केही समयका लागि मुख्यालय परिसरमा त्रासको अवस्था सिर्जना भएको थियो। आगलागीमा अमेरिकाले सहयोगस्वरूप उपलब्ध गराएका केही सवारीसाधनसमेत क्षतिग्रस्त भएको बताइएको छ। घटनास्थल सशस्त्र प्रहरी जवानहरूको ब्यारेक नजिकै रहेकाले आगो थप फैलिने जोखिम थियो। आगलागीको जानकारी प्राप्त हुनासाथ दमकल, सुरक्षा कर्मचारी तथा उद्धार टोली परिचालन गरिएको थियो। समयमै आगो नियन्त्रणमा लिइएकाले ठूलो क्षति हुनबाट जोगिएको सशस्त्र प्रहरीका अधिकारीहरूले बताएका छन्। ‘आगो छिट्टै नियन्त्रणमा आएकाले आसपासका महत्वपूर्ण भवनहरू सुरक्षित रहे। ढिलो…

थप

काठमाडौं । राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनबाट गोपाल बराइली अध्यक्षमा निर्वाचित हुनुभएको छ। बराइली हाल धनकुटास्थित रेडियो धनकुटाका अध्यक्षसमेत हुनुहुन्छ। महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा गोरखापत्रकर्मी लक्ष्मण दर्नाललाई निर्वाचित गरेको छ। त्यसैगरी खुला उपाध्यक्षमा विनोद परियार (रेडियो जागरण), महिला उपाध्यक्षमा सावित्री रसाइली (नेपाल टेलिभिजन), कोशी प्रदेश उपाध्यक्षमा सरिता बराइली (रेडियो नेपाल), मधेश प्रदेश उपाध्यक्षमा भोला पासवान (अवलोकृत डटकम) तथा बागमती प्रदेश उपाध्यक्षमा सुशील दर्नाल (राष्ट्रिय समाचार समिति) निर्वाचित हुनुभएको छ। त्यस्तै गण्डकी प्रदेश उपाध्यक्षमा नरभूपाल विक, लुम्बिनी प्रदेश उपाध्यक्षमा मानसिंह विक, कर्णाली प्रदेश उपाध्यक्षमा टेकेन्द्र रसाइली, सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा प्रेम विक तथा समावेशी उपाध्यक्षमा भिमबहादुर गन्धर्व निर्वाचित हुनुभएको छ।…

थप

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जना उच्च अधिकारीलाई ज्यान मार्ने धम्की दिएको घटनाको अनुसन्धानमा गम्भीर प्रश्न उठेको छ । सामान्यतया जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गर्नुपर्ने ज्यान, संगठित अपराध र आपराधिक षड्यन्त्रसम्बन्धी कसुरमा अख्तियारमा कार्यरत प्रहरी अधिकृतहरू नै प्रत्यक्ष रूपमा संलग्न भएको तथ्य खुलेपछि अनुसन्धान प्रक्रियामाथि नै प्रश्न उठेको हो । जबकी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन २०५८ अनुसार कारबाही किनारा लगाउनुपर्ने विषयमा मात्रै अनुसन्धान गर्छ । तर अख्तियारमा कार्यरत प्रहरीले प्रमुख अभियुक्त प्रकाश पाठकसँग केरकार र बयान लिएको पाइएको हो । प्राप्त बयान तथा अनुसन्धानसम्बन्धी कागजातअनुसार प्रमुख अभियुक्त पाठकसँग बयान लिने,…

थप

काठमाडौं । एनआईसी एसिया बैंकको सञ्चालक समिति अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् । सोमबार सम्पन्न २८औं वार्षिक साधारण सभाले संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेसँगै गरेको हो । योसँगै अब उनको अध्यक्ष पदको कार्यकाल ४ वर्षको हुनेछ । नवनियुक्त अध्यक्ष अग्रवालले सोही दिन नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । अध्यक्ष अग्रवालले नेपालको बैंक तथा वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुको साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पुर्‍याएका छन् । उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालिन योजनामा विश्वास राख्ने…

थप

धनगढी । सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल र भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पालमाथि दुई महिनासम्म स्कार्पियो गाडी प्रयोग गरेर दुई लाख रुपैयाँ भाडा नतिरेको आरोप लागेको छ। कैलालीका विष्णु विष्टले २०८० जेठदेखि भदौसम्म आफ्नो गाडी प्रयोग गरिए पनि सहमतिअनुसारको रकम हालसम्म नपाएको बताएका छन्। रकम माग्दा रावलले आफूले कुनै सम्झौता नगरेको बताएको र पाल सम्पर्कमा नआएको विष्टको दाबी छ। विष्टका अनुसार एमालेका अन्य केही नेताहरूले समेत चुनावी अभियानका क्रममा प्रयोग गरेको गाडीको भाडासहित कुल ५ लाख १५ हजार रुपैयाँ अझै उठ्न बाँकी छ। आरोपितमध्ये केहीले रकम तिर्न बाँकी रहेको स्वीकार गरेका छन् भने केहीले दाबी अस्वीकार गरेका छन्।

थप